Wednesday, March 30, 2016

महिला बास्केटबलमा नेपालको लगातार दोस्रो जित

चैत १८ । राजधानीमा जारी प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

पहिलो दिन बंगलादेशलाई ९२–२६ ले हराएको नेपालले ‘राउन्ड रोविन लिग’को दोस्रो खेलमा बुधबार माल्दिभ्सलाई ७७–३६ ले हरायो ।
नेपालको जितमा स्नेहा श्रेष्ठले २४ स्कोर गरिन् । स्नेहालेबंगलादेशविरुद्धको खेलमा २६ स्कोर गरेकी थिइन् ।
चौथो क्वार्टरमा १२–१७ ले पछि परेको नेपाल त्यसअघिका क्वार्टरमा भने निकै अगाडि थियो ।
नेपालले पहिलोमा २२–०, दोस्रोमा १९–१३ तथा तेस्रोमा २४–६ को अग्रता हासिल गरेको थियो ।
प्रतियोगितामा श्रीलंकाले पनि लगातार दोस्रो जित हासिल गरेको छ ।
पहिलो दिन माल्दिभ्सलाई हराएको श्रीलंकाले दोस्रो बुधबार दिन भुटानलाई ११२–३१ ले पराजित गर्‍यो ।
प्रतियोगिताअन्तर्गत् बिहीबार बंगलादेश र माल्दिभ्स तथा भुटान र नेपालबीचको खेल हुनेछ । 


from ARENA http://ift.tt/1M1LrY7
via IFTTT

आज भारत र वेस्ट इन्डिज भिड्ने

चैत १८ । न्युजिल्याण्डलाई हराउँदै इङ्ल्यान्ड विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
भारतको दिल्लीमा बुधबार राति सम्पन्न खेलमा इङ्ल्यान्ड ७ विकेटले विजयी भएको हो । पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो । न्युजिल्याण्डकालागि कोलिन मुनरोले ४६ रन तथा केन विलियम्सनले ३२ रन जोडे ।
जवाफमा १५४ रनको लक्ष्य इङ्ल्यान्डले १८ औं ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । इङ्ल्यान्डका लागि सुरुवाती व्याट्सम्यान जेसन रोयले ७८ रन जोडे ।
५० बल सामना गरेका रोयले ११ चौका र २ छक्का प्रहार गरे । जितसँगै इङ्ल्यान्डले विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटको फाइनलमा प्रवेश गर्दै दोस्रो पटक उपाधि जित्ने सम्भावना बलियो पारेको छ भने पराजित टोली न्युजिल्याण्डको पहिलो उपाधि जित्ने सम्भावना टुंगियो ।
विश्वकप क्रिकेटको दोस्रो सेमिफाईनलमा आज भारतले वेष्ट इन्डिजको सामना गर्नेछ । भारतको मुम्बईमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे सुरु हुनेछ । आजको खेलमा भारतका लागि विराट कोहली तथा वेष्ट इन्डिजका क्रिश गेललाई हेर्न लायक खेलाडीको रुपमा लिइएको छ ।
दुबै टोलीले यसअघि विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि जितिसकेका छन् ।


from ARENA http://ift.tt/22Qlu5b
via IFTTT

आज भारत र वेस्ट इन्डिज भिड्ने

चैत १८ । न्युजिल्याण्डलाई हराउँदै इङ्ल्यान्ड विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
भारतको दिल्लीमा बुधबार राति सम्पन्न खेलमा इङ्ल्यान्ड ७ विकेटले विजयी भएको हो । पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो । न्युजिल्याण्डकालागि कोलिन मुनरोले ४६ रन तथा केन विलियम्सनले ३२ रन जोडे ।
जवाफमा १५४ रनको लक्ष्य इङ्ल्यान्डले १८ औं ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । इङ्ल्यान्डका लागि सुरुवाती व्याट्सम्यान जेसन रोयले ७८ रन जोडे ।
५० बल सामना गरेका रोयले ११ चौका र २ छक्का प्रहार गरे । जितसँगै इङ्ल्यान्डले विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटको फाइनलमा प्रवेश गर्दै दोस्रो पटक उपाधि जित्ने सम्भावना बलियो पारेको छ भने पराजित टोली न्युजिल्याण्डको पहिलो उपाधि जित्ने सम्भावना टुंगियो ।
विश्वकप क्रिकेटको दोस्रो सेमिफाईनलमा आज भारतले वेष्ट इन्डिजको सामना गर्नेछ । भारतको मुम्बईमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे सुरु हुनेछ । आजको खेलमा भारतका लागि विराट कोहली तथा वेष्ट इन्डिजका क्रिश गेललाई हेर्न लायक खेलाडीको रुपमा लिइएको छ ।
दुबै टोलीले यसअघि विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि जितिसकेका छन् ।


from SHYANE http://ift.tt/1qkySNQ
via IFTTT

SLC परीक्षा आजबाट सुरु, लेटर ग्रेडिङ पद्धति लागू

चैत १८ । यस वर्षको एसएलसी परीक्षा आजबाट सुरु हुँदै छ । बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ परीक्षा सहभागी हुँदैछन् ।
यस पटक साधारण विषयमा नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१, एक्जाम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ र प्राविधिकमा ३ हजार २ सय ५५ परीक्षार्थी छन् । नियमिततर्फ २ लाख २५ हजार२ सय ४६ छात्र र २ लाख २७ हजार ५ सय ३५ छात्रा छन् ।
प्राविधिक एसएलसीमा १ हजार ९ सय ८२ छात्र र १ हजार २ सय ७३ छात्रा छन् । परीक्षामा सबैभन्दा धेरै काठमाडौंबाट ३५ हजार ७ सय २९ र सबैभन्दा कम मनाङबाट ६३ जना सहभागी हुँदैछन् ।
एसएलसीको ८२ वर्षे इतिहासमा यसै वर्षदेखि ग्रेडिङ पद्धति लागू हुँदै छ । नियमित, प्राविधिक र एक्जाम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशित गरिने छ ।
एसएलसीका लागि देशभर १ हजार ९ सय ४३ परीक्षा केन्द्र तोकिएका छन् । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी, सुरक्षाकर्मी गरी ७२ हजारभन्दा बढीको जनशक्ति खटाइएको छ ।
यसैबीच परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षालाई मर्यादित बनाउन विद्यार्थी, अभिभावक, नागरिक समाजलगायतलाई आग्रह गरेका छन् ।


from SHYANE http://ift.tt/1ZM5r3h
via IFTTT

Tuesday, March 29, 2016

आज न्यूजिल्याण्ड र इङ्ल्याण्ड भिड्ने


चैत १७ । भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज न्यूजिल्याण्ड र इङ्ल्याण्ड भिड्ने छन् । खेल दिल्लीको फिरोज शाह कोटला मैदानमा हुनेछ ।
सुपर टेन चरणमा अपराजित एकमात्र टोली न्यूजिल्याण्डसमूह विजेता हो भने इङ्ल्याण्ड अर्को समूहको उपविजेता हो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि मुम्बईमा आयोजक भारतसँग वेष्ट इन्डिज भिड्ने छ । वेष्ट इन्डिज आफ्नो समुहको विजेता हो भने भारत उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो ।
यसपटकको विश्वकप टि ट्वेन्टी क्रिकेटमा साविक विजेता श्रीलंकासहित दावेदार टोलीहरु अष्ट्रेलिया र दक्षिण अफ्रिका सुपर टेन चरणबाटै घर फर्किएका छन् ।


from ARENA http://ift.tt/1V3bek9
via IFTTT

दक्षिण एसियाली महिला बास्केटबलमा नेपालको विजयी सुरुआत

चैत १७ । पहिलो दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा जारी प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।

नेपालले मंगलबार बंगलादेशलाई ९२–२६ को फराकिलो अन्तरले पराजित गरेको हो । नेपालका लागि स्नेहा श्रेष्ठ एक्लैले२५ स्कोर गरिन् ।

प्रतियोगिताअन्तर्गत् पहिलो दिनको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १०६–३७ को फराकिलो अन्तरले पराजित गर्‍यो ।

नेपाल बास्केटबल संघको आयोजनामा जारी पाँचदिने प्रतियोगितामा दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता छ ।

दोस्रो दिन दिउँसो २ बजे भुटानले श्रीलंकासँग तथा अपराह्न साढे ४ बजे नेपालले माल्दिभ्ससँग खेल्ने कार्यक्रम छ । 


from ARENA http://ift.tt/1q0nh6s
via IFTTT

नेदरल्याण्ड्स विजयी

चैत १७ । अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले इङ्ल्यान्डलाई २–१ ले हराएको छ ।
इङ्ल्यान्डकै ऐतिहाँसिक वेम्बले रंगशालामा भएको खेलमा घरेलु टोलीका जेमी भार्डीले पहिलो गोल गरे । तर दोस्रो हाफमा पाहुना टोलीका भिन्सेन्ट यान्सेन र लुसियानो नरसिंहले एक–एक गोलगर्दै नेदरल्याण्ड्सलाई विजयी गराए ।
अघिल्लो हप्ता जर्मनीलाई हराउँदै हौसिएको इङ्ल्यान्ड मंगलबार रातिको हारपछि भने निराश भएको छ । उता जर्मनीले मंगलबार राति भएको अर्को मैत्रिपुर्ण खेलमा ईटालीलाई ४–१ को फराकिलो अन्तरमा हराएको छ ।
जर्मनीमै भएको खेलमा घरेलु टोलीका लागि टोनी क्रुश, मारियो गोत्जे, योनास हेक्टर र मेसुत ओजीलले एक–एक गोल गरे । ईटालीका अल शरावीले एक गोल फर्काए ।
अन्तराष्ट्रिय मैत्रिपुर्ण फुटबल अन्तर्गत मंगलबार राति भएका अन्य खेलमा फ्रान्सले रुसलाई ४–२ ले, पोर्चुगलले बेल्जियमलाई २–१ ले, स्कटल्याण्डले डेनमार्कलाई १–० ले तथा आईसल्याण्डले ग्रिसलाई ३–२ ले हराएका छन् ।


from ARENA http://ift.tt/1pJm3fm
via IFTTT

नेदरल्याण्ड्स विजयी

चैत १७ । अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले इङ्ल्यान्डलाई २–१ ले हराएको छ ।
इङ्ल्यान्डकै ऐतिहाँसिक वेम्बले रंगशालामा भएको खेलमा घरेलु टोलीका जेमी भार्डीले पहिलो गोल गरे । तर दोस्रो हाफमा पाहुना टोलीका भिन्सेन्ट यान्सेन र लुसियानो नरसिंहले एक–एक गोलगर्दै नेदरल्याण्ड्सलाई विजयी गराए ।
अघिल्लो हप्ता जर्मनीलाई हराउँदै हौसिएको इङ्ल्यान्ड मंगलबार रातिको हारपछि भने निराश भएको छ । उता जर्मनीले मंगलबार राति भएको अर्को मैत्रिपुर्ण खेलमा ईटालीलाई ४–१ को फराकिलो अन्तरमा हराएको छ ।
जर्मनीमै भएको खेलमा घरेलु टोलीका लागि टोनी क्रुश, मारियो गोत्जे, योनास हेक्टर र मेसुत ओजीलले एक–एक गोल गरे । ईटालीका अल शरावीले एक गोल फर्काए ।
अन्तराष्ट्रिय मैत्रिपुर्ण फुटबल अन्तर्गत मंगलबार राति भएका अन्य खेलमा फ्रान्सले रुसलाई ४–२ ले, पोर्चुगलले बेल्जियमलाई २–१ ले, स्कटल्याण्डले डेनमार्कलाई १–० ले तथा आईसल्याण्डले ग्रिसलाई ३–२ ले हराएका छन् ।


from SHYANE http://ift.tt/1VSzR3y
via IFTTT

वैज्ञानिकले बनाए नपुंसकता रोक्ने कट्टु

चैत १७। मोबाइल फोनबाट निस्कने विकिरणका कारण पुरुषमा नपुंसकताको खतरा बढ्ने तथ्य वैज्ञानिकहरुले पुष्टि गरिसकेका छन् । यो खतरालाई कम गर्ने उपाय पनि वैज्ञानिकहरुले नै पत्ता लगाएका छन् ।
हालै एउटा कट्टुको आविष्कार गरिएको छ, जसले मोबाइलबाट निस्कने विकिरणलाई शरीरमा प्रवेश गर्नबाट रोक्न सक्छ । अधिकांश पुरुषलेआफ्नो मोबाइल पाइन्टको खल्तीमा राख्ने गर्दछन् । त्यसैले मोबाइलबाट निस्किने विकिरणको असरबाट शुक्राणुलाई जोगाउन यो कट्टु लाभदायक हुने वैज्ञानिकहरुको ठहर छ ।
‘क्राउन ज्वेल्स अन्डरवियर’ नाम दिइएको यो कट्टु चार जर्मन वैज्ञानिकले आविष्कार गरेका हुन्


from SHYANE http://ift.tt/1ol2tFa
via IFTTT

अवैध मोबाइल ब्लक हुने , सक्कली हो/होइन कसरी थाहा पाउने ?

चैत १७  । नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख १ गतेदेखि अवैधरुपमा आयात गरिएका वा विदेशबाट ल्याइएका मोबाइल फोन ‘ब्लक’ गर्ने भएको छ ।

व्यक्तिगत् प्रयोजनका लागि विदेशबाट मोबाइल ल्याएर प्रयोग गरिरहेकाहरु आत्तिहाल्नु नपर्ने पनि प्राधिकरणले प्रस्ट पारेको छ ।

राष्ट्रिय उपकरण दर्ता पहिचान (एनइआइआर)को मुख्य उद्देश्यहराएको वा चोरिएको मोबाइल पत्ता लगाउने, ब्लक गर्ने, र अपराधिक क्रियाकलाप रोक्नु हो ।

जसबाट मोबाइल फोनको अवैध बजार कम गरी राजश्व त बढाउँछ नै त्यसमाथि विभिन्नखाले सुरक्षा अवस्थामाथिको खतरा न्यून गर्न पनि सघाउने निश्चित छ ।

प्राधिकरणले वैशाख १ गतेदेखि आइएमइआइ अर्थात् इन्टरनेसनल मोबाइल इक्युप्मेन्ट आइडेन्टिटी नम्बर नभएका मोबाइल ब्लक गराउने तयारी गरेको नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्यालले जानकारी दिए ।


from SHYANE http://ift.tt/1RpWN8A
via IFTTT

Sunday, March 27, 2016

स्लिम बन्द ध्यान दिने अतिआवश्यक कुरा

स्लिम बन्ने तरिका सजिलो छ । हामीले खानामार्फत ग्रहण गर्नेभन्दा खेर फाल्ने क्यालोरीको मात्रा कम हुनुपर्छ । यसका लागि कम खाने र शारीरिक काम बढी गर्ने गर्नुपर्छ । तर, स्लिम बन्ने बहानामा धेरैले यस्ता गल्ती गर्नु हुँदैन ।
प्रोटिन बढी खाने: फ्याट, कार्बोहाइड्रेट र सुगरजन्य खानाले शरीर मोटाउने भएकाले स्लिम बन्न चाहनेले यस्ता खानाको मात्रा कम गरेर प्रोटिनजन्य खाना बढी खाने गर्छन् । तर, औसतभन्दा बढी प्रोटिन हाम्रो शरीरले ग्रहण ग¥यो भने यो शरीरभित्र फ्याट र सुगरमा परिवर्तन हुन्छ, जसले गर्दा स्लिम हुनुको सट्टा थप मोटाइने जोखिम बढ्छ ।
जुस खाने: ब्रेकफास्टले गर्दा शरीरको वजन अझ बढ्ने डरले डायटिङ गर्नेहरू बिहान एक ग्लास जुस पिएर खाली पेट बसेको भन्ठानी मनमनै रमाउने गर्छन् । तर, यसले उल्टो नतिजा दिन्छ । जुस पिउनाले रगतमा सुगरको मात्रा बढ्छ, जसले गर्दा शरीरमाअतिरिक्त इन्सुलिन उत्सर्जन हुन्छ । अतिरिक्त इन्सुलिनले भोक लगाइरहने गर्छ, जसको कारण स्लिम बन्नुको सट्टा अझ मोटाइन्छ ।
दुब्लाइएन भनेर खिन्न हुने: व्यवस्थित रूपमा डायटिङ गर्न थालेको सुरुको दुई साता वजन उल्लेख्य मात्रामा घट्छ । दुई सातापछि वजन घट्ने क्रम कम हुन्छ । वजन घट्ने क्रम भएपछि ‘डायटिङ गरेर पनि स्लिम भइँदैन रहेछ’ भनेर खिन्न हुने र फेरि पहिलेकै जस्तो खानपान र जीवनशैलीमा फर्किने धेरै हुन्छन् । सुरुको दुई साताजस्तै ह्वात्तै शरीरको वजन कम गर्न सम्भव छैन भन्ने कुरा नबुझ्ने गल्ती धेरैले गर्छन् ।
कम सुत्ने: बढी सुत्नाले वजन बढ्ने डरले डायटिङमा लागेका मानिस कम सुत्ने गर्छन् । तर, स्लिम शरीरका लागि पर्याप्त निद्रा आवश्यक पर्छ । अनिद्राले भोकको स्तर निर्धारण गरिदिने गर्छ । अर्थात्, कम सुत्नुभयो भने तपाईंलाई बढी भोक लाग्छ, जसले गर्दा वजन घट्नुको सट्टा उल्टो बढ्छ ।
व्यायाममा निरन्तरता नदिने : व्यस्तताले गर्दा नभ्याएको भन्दै दुब्लाउने अभियानमा लागेकाहरूले कहिलेकाहीँ नियमित व्यायामसमेत नगर्न गर्छन् । दुब्लाउने प्रक्रियाअन्तर्गत रहँदा व्यायाम र खानपानको सन्तुलन मिलाउन सकिएन भने शरीरको वजन उल्टो बढ्नसक्ने भएकाले व्यस्ततालाई बहाना बनाएर व्यायामलाई निरन्तरता नदिने गल्ती भरिसक्के गर्नु हुँदैन ।
एउटै खालको व्यायाम गर्ने: स्लिम बन्न चाहनेमध्ये अधिकांशले सधँै एकैखालको व्यायाम गर्ने गर्छन् । कुनै एउटा किसिमको व्यायाम गर्दा यसले शरीरका केही निश्चित भागमा स्टे«ेस पैदा गर्ने र त्यहाँका मांसपेशीलाई चलायमान बनाउने काम गर्छ । तर, सधँै त्यही व्यायाम दोहो¥याउँदा शरीरका अन्य भागमा कसरत पुग्दैन । जसले गर्दा सोचेजति स्लिम बन्न सकिँदैन ।
कसरत नबढाउने: शरीरको वजन घटाउन चाहने शहरियाहरूले घरभित्रै जडान गरिएका मेसिनहरूमा दगुर्नेलगायत गर्छन् । यसो गर्नु राम्रो हो, तर सधँै यसैमा अल्झिनु चाहिँ पर्याप्त होइन । कसरतलाई बिस्तारै बढाउँदै लग्न सकियो भने मात्रै वजन घटाउने क्रमलाई निरन्तरता दिन सकिन्छ ।
अल्छी गर्ने: कसरत गर्न अल्छी गर्नाले पनि चाहेजति स्लिम बन्न नसक्ने हुन्छ । ‘आज ज्यादै थाकेको छु, कसरत गर्दिनँ’ भन्ने खालका गल्ती धेरैले गर्छन् । यसो भन्नुको सट्टा ‘आज १० मिनेट मात्रै कसरत गर्छु’ भन्नुस् । कसरत गर्न थालेपछि यसको अवधि आफैँ बढ्छ । किनकि, कसरतले शरीरको थकान र आलस्य दुवै हटाउँछ ।
भोजनको बेला मन डुलाउने: भोजनको बेला रेडियो सुन्ने, टीभी हेर्ने, फोनमा कुराकानी गर्ने, कसैले पढ्दै गरेको सुन्ने जस्ता काम गर्ने गर्नुभएको छ भने आजैदेखि छोडिहाल्नुस् । किनकि, यस्ता कुरामा मन डुलाएर खान थालियो भने थाहै नपाई बढी खाइन्छ । अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित एउटा अनुसन्धान प्रतिवेदनमा यसरी खाना खाँदा मानिसले १५ प्रतिशत बढी खाने गरेको जनाइएको छ ।
फ्याटफ्री अथवा सुगरफ्री खाना: स्लिम बन्ने होडबाजीमा बजारमा पाइने फ्याटफ्री अथवा सुगरफ्री खाद्य परिकार खाएर मख्ख पर्ने गल्ती डायटिङ गर्नेहरूले गर्ने गरेका छन् । तर, कोर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यस्ता खानाले सामान्य अवस्थामा खाइने खाना खाँदाभन्दा बढी क्यालोरी ग्रहण गर्ने गरेको तथ्य पत्ता लगाएका थिए । यस्ता फ्याट अथवा सुगरफ्री खानाले भोक  अझ लगाउने गर्छ । जसले गर्दा खानाको मात्रा बढ्न गई क्यालोरी इन्टेक पनि बढ्छ र शरीर अझ मोटाउन जान्छ ।
खाना कम खाने: स्लिम बन्ने बहानामा खाना कम खाने बानी धेरैमा हुन्छ । तर, खाना कम खाँदा क्यालोरीमात्र होइन, शरीरलाई आवश्यक पर्ने अन्य पदार्थको इन्टेक पनि घट्छ । परिणामतः शरीर निरोगी र बलियो बन्न पाउँदैन । खाना कम खाँदा न्युट्रिसन्स र भिटामिन्सजस्ता शरीरलाई निरोगी र बलियो राख्ने तŒवको मात्रा पनि घट्न पुग्छ । यसले अनेक खालका रोग निम्त्याउन सक्छ । स्लिम बन्न खाना घटाउने गल्ती गर्नुको सट्टा पोषणयुक्त खाना सन्तुलित मात्रामा खाने गर्नुपर्छ ।


from SHYANE http://ift.tt/22SNsdp
via IFTTT

विजुलीको बल्बले नै सफाचट् हुनेछन् कपडा

दिनहुँ घरमा धेरै लुगा कपडा धोइरहनुपर्ने महिलाहरुका लागि खुसीको खबर छ । अब कपडा धोएर लामो समय खर्च गरिरहनुपर्ने र अन्य कामका लागि समय छुट्टाउन नसक्ने महिलाहरुलाई थुप्रै समय बच्ने भएको छ ।
अब छिटै कपडा सफला गर्नका लागि धुनु आवश्यक पर्नेछैन । शोधकर्ताहरुले एउटा यस्तो प्रविधिको विकाश गरेका छन् जसबाट प्रकाशले नै कपडा सफा गरिदिनेछ । उक्त प्रविधियुक्त बल्बको उज्यालो वा घाममा ६ मिनेटसम्म मैलो कपडा झुण्डाएर राख्दा त्यसमा भएको मैला आफै साफ हुनेछ ।
अस्ट्रेलियाको आरएमआटी विश्वविद्यालयका शोधकर्ताहरुले विशेष सुक्ष्म प्रविधि अर्थात् नानो टेक्नोलोजीबाट एक कपडा तयार गरेका छन् जुन आफै सफा हुन्छ ।
शोधकर्ताहरुले चाँदी तथा तामामा आधारित सुक्ष्म संरचनाबाट यो कपडा तयार गरेका हुन् । जसमा प्रकाशलाई सोस्ने क्षमता हुन्छ । जब यो नानो संसरचनामा प्रकाश ठोक्किन्छ यसमा उर्जा संचार हुन्छ र तातो इलेक्ट्रोन निस्किन्छ । उक्त तातो इलेक्ट्रोनले निकै धेरै उर्जा निकाल्दछ जसका कारण कपडाबाट धुलो, माटोे जस्ता अनेकन अजैविक मैलो पदार्थहरु बाहिर निस्किन्छन् ।
प्रयोगशालामा यो प्रविधि सफल भएको छ र अब यसलाई व्यवसायिक उत्पादनमा लैजाने चुनौति छ । तर यो प्रविधिबाट तयार कपडामा केवल अजैविक फोहोर मात्र घामले सफा गरिदिन्छ । जैविक फोहोरहरु पनि कपडाबाट आफै सफा हुने प्रविधिको समेत आविष्कार गरेमा मात्र यो उपयोगी हुने देखिन्छ ।


from SHYANE http://ift.tt/1RvzlDx
via IFTTT

१६ वर्षअघि मरेको मुसाबाट जन्मियो सन्तान

जापानका वैज्ञानिकहरुले १६ बर्ष पुरानो मुसाको मृत कोषबाट क्लोनिङ प्रविधि अपनाई उस्तै शरीर र ब्यबहार भएको स्वस्थ मुसो तयार पारेका छन् । मृत कोषबाट पुनर्जीवन सिर्जना गरिएको वैज्ञानिक जगतमै यो पहिलो पटक हो ।
विज्ञान जगतलाई चकित पार्ने र नयाँ आशा पैदा गर्ने उक्त वैज्ञानिक परीक्षण जापानको कोबे शहरस्थित जीवशास्त्रविकास केन्द्रका वैज्ञानिकहरुको एक टोलीले गरेको हो । यस सफल परीक्षणले अस्तित्वको खतरामा परेका जनावरहरुका प्रजातिको संरक्षण गर्नेदेखि लोप भइसकेका प्रजातिहरुलाई चिहानबाट उठाई पुनर्जीवन प्रदान गर्ने कार्यसम्मको सम्भावना जन्माएको बताईन्छ ।
परीक्षणमा डा. वाकायामाको टोलीले १६ वर्ष पहिले मुत्यु हुनासाथ माइनस २० डिग्री सेल्सियस तापक्रममा संकलन गरिएको मुसाको दिमागको कोषलाई प्रयोग गरेको थियो । वैज्ञानिकहरुका अनुसार त्यति कम तापक्रममा राखिएपछि मृत शरीरका कोषहरु चिसोले जम्ने क्रममा नै नाश भईसक्छन् । तर डा. वाकायामाले कोष तन्तुहरुलाई पिस्ने प्रक्रिया अपनाई चिसोले जमेको मृत कोषभित्र अझै सुरक्षित अवस्थामा रहेको न्युक्लेसलाई छुट्याएर निकाल्ने तरिकाको आविष्कार गरे । यो आविष्कारमा मृत अवस्थामा पनि न्युक्लेसभित्र सुरक्षित रहेका बंशाणु तथा डि.एन.ए लाई पुनः क्रियाशील बनाउन बाटो खुला भएको छ ।
यस अघिसम्म चिसोले जमेर रहेको कोषलाई पगालेर क्लोनीङ गर्न कठिन हुने धारणा वैज्ञानिकहरुले बनाउँदै आइरहेका थिए । किनभने, उनीहरुको तर्क थियो, बरफका मणिभहरुले डि.एन.ए लाई नष्ट गर्छ । र जापानी वैज्ञानिकहरुले बरफमा जमेर रहेको मृत मुसोलाई पगालेर त्योसँग रहेको मस्तिष्क तन्तुमा रहेको कोषभित्रको न्युक्लेस संकलन गर्न सफलता प्राप्त गरे । त्यसपछि उनीहरुले न्युक्लेस झिकेर डि.एन.ए रहित पोथी मुसाको डिम्ब कोष उक्त न्युक्लेस पसाईदिए । मृत कोषबाट निकालेर ल्याईएको न्युक्लेसभित्रका डि.एन.ए हरु निस्क्रिय थिए । तिनीहरुलाई क्रियाशिल तुल्याउन वैज्ञानिकहरुले डिम्बलाई विद्युतीय झट्का दिए ।
अचम्मको कुरा, मृत कोषको न्युक्लेस पाएको डिम्बभित्र जैविक प्रक्रिया शुरु हुन थाल्यो । डिम्ब कोष विभाजित हुँदै कोषहरुको संख्या थपिदैं त्यो भ्रुणमा विकसित भयो । प्रयोगशालामा तयार पारिएको त्यस भु्रणलाई केही दिनपछि वैज्ञानिकहरुले जीवित र स्वस्थ पोथी मुसाको गर्भाशयमा १६ बर्ष पहिले मृत मुसाको जन्म भयो, जुन १६ बर्ष पहिले मृत मुसाको दुरुस्त स्वरुप वा क्लोन थियो ।
जापानी वैज्ञानिकहरुले मृत मुसाको कोषबाट स्वस्थ क्लोन तयार पार्न सफलता प्राप्त गरेपछि लोप भइसकेको जनावरहरुको पनि क्लोन तयार गरी उनीहरुलाई पुनर्जीवन दिन सकिन्छ भन्ने विचार विज्ञान जगत उठ्न थालेको छ । उनीहरु अहिले लाखौं वर्ष पहिले नै लोप भएको हात्तीको हाराहारीको भीमकाय म्यामोठ नामको जनावरलाई पुनरागमन गर्न सकिन्छ भनी सोच्न थालेका छन् । किनकि ती जनावरहरुको अवशेष पृथ्वीको बरफले ढाकिएका स्थानहरुमा बरफसँगै जमेर रहेको हुन सक्ने सम्भावना छ ।
मृत मुसाको शरीरको कोषबाट क्लोन तयार गर्न सफलता प्राप्त भएबाट त्यस्तो क्लोन मृत मानिसको पनि तयार गर्न सकिन्छ कि भन्ने विचार अहिले उठ्न थालेको छ । (एजेन्सीहरुको सहयोगमा)


from SHYANE http://ift.tt/1RyWg2P
via IFTTT

बराबरी मै चित्त बुझायो नेपालले

चैत १५ 
 । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रिपूर्ण खेलमा मलेसियाको २२ बर्ष मुनिको टोलीसँग बराबरीमै चित्त बुझाएको छ । मलेसियाको क्वालालम्पुरमा भएको खेल १-१ गोलको बराबरीमै सकिएको हो ।
खेलको ३७ औं मिनेटमा गोल गर्दै भरत खवासले नेपाललाई प्रारम्भिक अग्रता दिलाए पनि ८७ औं मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउँदैमलेसियाले गोल गरेको थियो ।
यो बराबरीले भने नेपालले अझै टिममा सुधार गर्नुपर्ने स्पष्ट भएको छ । यो खेललाई केही समयअघि नेपाली टोलीको जिम्मेवारी सम्हालेका जापानी प्रशिक्षक ग्योतोकु कोजीको परीक्षाको रुपमा लिइएको थियो । तर नेपाली टिमले भने यसअघिका खेलमा गर्दै आएको गल्तीलाई दोहोर्‍याएको छ ।
कोजीले यो खेल आफ्ना लागि नेपाली खेलाडी चिन्ने अवसर भएको बताउँदै टोलीमा अधिकांश युवा खेलाडी भएकाले उनीहरुमा सिक्ने, जित्ने र राम्रो फुटबल खेल्ने चाहना र क्षमता भएको बताएका छन् ।
बिराज महर्जनको कप्तानीमा मैदानमा उत्रिएको नेपाली टोलीमा बिमल घर्तिमगर, अञ्जन बिष्ट, अनन्त तामाङ, रोहित चन्दलगायतका केही प्रमुख खेलाडी भने उपस्थित थिएनन् ।


from ARENA http://ift.tt/1ofDdzX
via IFTTT

अष्ट्रेलियालाई पराजित गर्दै भारत सेमिफाइनलमा

चैत १५ । अष्ट्रेलियालाई हराउँदै आयोजक भारत विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मोहालीमा गएराति भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो । भारतको जितमा विराट कोहलीको अविजित ८२ रन महत्वपूर्ण रह्यो । १६१ रनको चुनौती पछ्याउने क्रममा भारतका लागि युवराज सिंहले२१ रन बनाए । अरु ब्याट्सम्यान भने क्रिजमा टिक्न सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन जोड्यो । पाहुना टोलीका लागि आरोन फिन्चले सर्वाधिक ४३ रन बनाए ।
जितसँगै सेमिफाईनलमा पुगेको भारतले अब अन्तिम चारको भिडन्तमा वेष्ट इन्डिजको सामना गर्नेछ । प्रतियोगिताको अर्को सेमिफाईनल खेलमा न्यूजिल्याण्ड र इंग्ल्याण्ड भिड्नेछन् ।


from ARENA http://ift.tt/25rCMob
via IFTTT

Tuesday, March 22, 2016

मलेसियाविरुद्धको फुटबलका लागि नेपाली टोली घोषणा

चैत ९  । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही चैत १४ गते आइतबार मलेसियाको २२ वर्षमुनिको टिमसँग हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योउतोकु कोजीले सोमबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जितेकाखेलाडीको बाहुल्यता भएको टोलीमा गोलकिपरमा विकेश कुथू, विशाल श्रेष्ठ र किरणकुमार लिम्बु छन् ।

डिफेन्डरमा विजय धिमाल, विराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मनबहादुर तामाङ, रविन श्रेष्ठ र रन्जित धिमाल छन् ।

त्यस्तै, मिडफिल्डरमा विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ र सुनिल बल समावेश छन् ।

भरत खवास, विश्वास श्रेष्ठ, नवगुग श्रेष्ठ, रन्जन विष्ट र सुमन लामाले फरवार्ड लाइन सम्हाल्ने छन् ।

गत महिनामात्र नेपाली टोलीको जिम्मेवारी पाएका जापानी पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका प्रशिक्षक कोजीले नेपालको फुटबल विकासका लागि सक्दो सहयोग गर्ने भन्दै खेलाडीहरुमा धेरै सम्भावना रहेको बताए ।

एक वर्षसम्म नेपालले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने कार्यक्रम नरहेकाले टोलीलाई व्यस्त राख्न मैत्रीपूर्ण खेलको अवधारणा ल्याएको अखिल एन्फाले जनाएको छ ।

नेपाली टिम १२ गते शुक्रबार राति मलेसिया जानेछ । 


from ARENA http://ift.tt/1XJiAIC
via IFTTT

भेडेटार बाट एकै पटक एकसय वटा पाराग्लाइडिङ उडाइने

चैत ९ । पर्यटकीय शहर धरानमा पाराग्लाइडिङ च्याम्पियनसीप हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् र नेपाल पाराग्लाइडिङ एण्ड ह्याङग्लाइडिङ एसोसिएसनको आयोजना तथा एक्स्ट्रिम धरानको संयोजनमा च्याम्पियनसिप गर्न लागिएको हो ।
यही चैत १३ र १४ गते हुने च्याम्पियनसीपमा धरानको आकाशमा एकै पटक एक सय वटा पाराग्लाइडिङ उडाइनेभएको छ । पाराग्लाइडिङका लागी राम्रो मानिएको धरानको आकाशमा चैत १३ र १४ गते एकै साथ एक सयको हाराहारीमा पाराग्लाइडिङ उडान गर्दै प्रतियोगिता गर्न लागिएको हो ।
चौथो माउन्टेन स्पोर्टस् फेस्टिवलअन्र्तगत राष्ट्रियस्तरको पाराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपमा यत्तिको संख्यामा पाराग्लाइडिङ धरानको आकाशमा उड्ने भएका हुन् ।
२०६७ सालमा पहिलो पटक परिक्षण उडान सफल भएसगै धरानमा यो च्याम्यिनसिप हुन लागेको हो । प्याराग्लाइडिङको उत्सव मानिने यो कार्यक्रमले पाराग्लाइडिङलाई पूर्वमा विस्तार गर्न सहयोग पुग्ने कार्यक्रम आयोजकको भनाइ छ ।
प्रतियोगितमा पहिलो हुनेले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँसहित ट्रफि र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।


from ARENA http://ift.tt/1pZfSUR
via IFTTT

विश्वकप ट्वेन्टी–२० क्रिकेटमा अष्ट्रेलियाको पहिलो जित


चैत ९ । बंगलादेशलाई हराउँदै अष्ट्रेलियाले भारतमा जारी विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
भारतको बैङ्ग्लोरमा सोमबार भएको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ३ विकेटले हरायो । खेलमा पहिले व्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनायो ।
justify;">जवाफमा १ सय ५७ रनको चुनौती अष्ट्रेलियाले खेलमा ९ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गर्‍यो ।
अष्ट्रेलियाको जितमा सुरुवाती व्याट्सम्यान उस्मान खवाजाको ५८ रन महत्वपूर्ण रह्यो । जितसँगै अष्ट्रेलियाले विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा अंकको खाता खोलेको छ ।
विश्वकप क्रिकेटमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्नेछन् । लगातार दुई खेल जितेको न्युजिल्याण्ड उत्कृष्ट लयमा छ भने एक खेलमा जित तथा एक खेलमा हार भोगेको पाकिस्तान आजको खेलपूर्व दबाबमा छ ।


from ARENA http://ift.tt/1XJi4KR
via IFTTT

विश्वकप ट्वेन्टी–२० क्रिकेटमा अष्ट्रेलियाको पहिलो जित

चैत ९ । बंगलादेशलाई हराउँदै अष्ट्रेलियाले भारतमा जारी विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
भारतको बैङ्ग्लोरमा सोमबार भएको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ३ विकेटले हरायो । खेलमा पहिले व्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनायो ।
justify;">जवाफमा १ सय ५७ रनको चुनौती अष्ट्रेलियाले खेलमा ९ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गर्‍यो ।
अष्ट्रेलियाको जितमा सुरुवाती व्याट्सम्यान उस्मान खवाजाको ५८ रन महत्वपूर्ण रह्यो । जितसँगै अष्ट्रेलियाले विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा अंकको खाता खोलेको छ ।
विश्वकप क्रिकेटमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्नेछन् । लगातार दुई खेल जितेको न्युजिल्याण्ड उत्कृष्ट लयमा छ भने एक खेलमा जित तथा एक खेलमा हार भोगेको पाकिस्तान आजको खेलपूर्व दबाबमा छ ।


from SHYANE http://ift.tt/1Znb7jT
via IFTTT

आज होलीको पहिलो दिन

चैत ९।  रंगहरुको पर्व फागु अर्थात होली मंगलबार काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाईंदै , वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व  एक आपसमा मैत्रीभाव प्रकट गर्दै सामूहिक रुपमा मनाइदै छ।  तराईका जिल्लाहरुमा भने भोलि बुधबार होली मनाइने गरिन्छ । फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुभकामना ब्यक्त।  


from SHYANE http://ift.tt/1VyxVgw
via IFTTT

Sunday, March 20, 2016

किन गर्ने शृंगार, शृंगारका बैज्ञानिक कारण

चैत ७।  हिन्दु महिलाको पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी र पाउजुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । यतिसम्मकी आफ्ना बुज्रकहरुको भनाइलाई धारणा बनाउँदैं महिलाहरु पनि फेसनका रुपमा यी गहनाहरु पहिरिने गरेका छन् । तर, सिन्दुर, मंगलसुत्र, चुरा, औठी र पाउजुसँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ ।
किन लगाइन्छ सिन्दुर ?
सदियौंदेखि विवाहिता हिन्दु महिला सिउँदोमा सिन्दुर लगाउँदैं आएका छन् । सिन्दुर शिरलाई दुई भाग पारेर बीचौ हिस्सामा लगाइन्छ । यस विन्दुलाई महत्वपूर्ण र संवेदनशील मानिन्छ । यस ठाउँमा सिन्दुर लगाउनाले सधैं सर्तक र सक्रिय रहने वैज्ञानिक कारण रहेको ।
वास्तवममा सिन्दुरमा ‘मर्कती’ हुन्छ जो एकमात्र यस्तो धातु हो जो तरल पदार्थका रुपमा पाइन्छ ।यही कारण हो कि सिन्दुर लगाउँदा शितलता मिल्छ र दिमाग तनावमुक्त हुन्छ । सिन्दुर विवाहपछि लगाइन्छ किनकी मानिन्छ विवाहपछि महिलाको जिम्मेवारी बढ्छ र दिमागलाई शान्त र ब्यवस्थित राख्न जरुरी हुन्छ ।
काँचका चुरा लगाउने वैज्ञानिक कारण :
विवाह गरेकी महिलालाई काँचका चुरा लगाउनु शुभ मानिन्छ । नयाँ दुलहीको चुराको आवाजले उनको उपस्थितीको आभासलाई थाहा पाउन सकिन्छ । तर, यसका पछाडि एक वैज्ञानिक कारण लुकेको छ ।
वास्तवममा काँचमा सात्विक र अंश प्रधान रुपमा रहेको हुन्छ । जसका कारण चुरा आपसमा टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ ।
मंगलसुत्रको पहिरनसँग जोडिएको वैज्ञानिक कारणः
मानिन्छ कि मंगलसुत्र लगाउनाले रक्तचाप नियमित हुन्छ । भनिन्छ कि हिन्दु महिला धेरै शारिरीक श्रम गर्ने भएकाले उनीहरुको ब्लड प्रेसर नियन्त्रित हुन आवश्यक छ । जानकारहरु सल्लाह दिने गरेका छन्, मंगलसुत्र लुकाइएको हुनुपर्छ । यसका पछाडिको विज्ञान के छ भने मंगलसुत्र शरीरसँग टच हुनुपर्छ ताकि उसले धेरै भन्दा धेरै प्रभाव पार्न सकोस ।
किन पहिरिन्छन् खुट्टामा औठी :
विवाहिता हिन्दु महिला खुट्टाको दोस्रो औलामा औठी पहिरिन्छन् । हिन्दीमा यसलाई ‘बिछुवा’ भन्ने गरिन्छ । किन पहिरिन्छन् खुट्टाको औलामा चक्रजस्तो औठी ? यसका पछाडि पनि वैज्ञानिक कारण लुकेको छ ।
खुट्टाको जुन औलामा औठी पहिरिइन्छ त्यसको कनेक्सन गर्भाशय र मुटुसँग हुन्छ । यसलाई पहिरिदा महिला सजिलै गर्भधारण गर्न सक्दछन् भने महिवारी चक्र पनि नियमित हुन्छ । औठी चाँदीको हुने भएका कारण जमिनबाट यसले उर्जा ग्रहण गर्दछ र पूरा शरीरमा पु¥याउँदछ ।
कानमा पहिरिने बाली र झुम्काको विज्ञानः
कानमा झुम्का, बाली आदि पहिरिनु फेसन होइन । यसको शरीरको अंगमा समेत प्रभाव पर्छ । कानमा प्वाल बनाएर त्यसमा केही धातु लगाउँदा महिनावारी नियमित गर्नलाई सहयोगी हुन्छ । शरीरलाई उर्जावान बनाउनका लागि इयररिङ र बढी उर्जालाई क मगर्नका लागि चाँदीका इयररिङ पहिरिने सल्लाह दिइन्छ । यस प्रकार अलग–अलग प्रकारका स्वास्थ्य समस्याका लागि अलग–अलग धातुका इयररिङ पहिरिने सल्लाह दिदैं आइएको छ ।
पाउजु पहिरिनुको विज्ञानः
चाँदीको पाउजु पहिरिनाले ढाड, घुडा र कम्मरको पीडा र हिस्टिरिया रोगबाट राहत पाइन्छ ।साथै चाँदीका पाउजु सधैं खुट्टामा राखिराख्नाले स्त्रीको हड्डीका लागि काफी फाइदाजनक हुन्छ । यसबाट उनीहरुको खुट्टाको हड्डी बलियो हुन्छ ।


from SHYANE http://ift.tt/1R74FLX
via IFTTT

सुत्नुभन्दा पहिला यी खानेकुरा नखाएकै राम्रो

चैत ७।  कामको दबाव, परिवारिक तनाव, आर्थिक कारोवार र यस्तै समस्याको सामना गर्दा अधिकांश मानिसमा निद्रा नलाग्ने समस्या अथवा आरामदायी निद्रा नहुने समस्या देखा पर्छ । यो समयमा स्वास्थ्यमा कैयौ समस्याहरु पनि देखापर्छ ।
तर, यी कारणहरुको साथै एउटा अर्काे पनि कारण छ जसले निद्रालाई प्रभावित पार्छ । शायद धेरैलाई जानकारी नहुनसक्छ तर, हाम्रो निद्रा धेरै हदसम्म हाम्रो खानामा निर्भर रहन्छ ।
खाने र पिउने केही यस्ता बस्तु हुन्छन् जसले आरामदायी निद्रा लाग्छ भने केही यस्ता वस्तु पनि छन् जसको सेवनबाट निद्रा खराब गर्नसक्छ । अध्ययनअनुसार सामान्यतया मानिसको शरीरलाई करिब ७ देखि ८ घण्टासम्म निद्रा चाहिन्छ । अर्थात आराम चाहिन्छ ।
यस्तोमा हामीले धेरै कुरा ख्याल गर्नु जरुरी छ । जस्तै हामी राति यस्ता वस्तु नखाउ जसले निद्रा खराब होस अथवा कुनै अन्य समस्या आओस् ।
सुत्नुभन्दा पहिला नखानुस् यी वस्तुः
१) कफीः
कफीको सीधा असर हाम्रो मस्तिष्क अर्थात दिमागमा पर्छ । कफी मिसिएको कुनैपनि चीज सेवन गर्दा निन्द्रामा असर पर्छ । कफीको असर पिएको पांच घण्टा बढी समयसम्म रहन्छ ।
२) अत्यधिक मसालेदार खाना
रातको समयमा बहुत स्पाइसी खाना खानु राम्रो होइन् । अत्यधिक मसालेदार खाना खादा जलन र ग्यासको समस्या देखिन्छ । जसले राम्रो निन्द्रा आउँदैन् ।
३) मासु
मासुमा उच्च मात्रामा फ्याट (चिल्लो पदार्थ) र प्रोटिन हुन्छ । जसलाई पचाउन धेरै समय लाग्छ । यस्तोमा रातको समयमा मासु खाँदा तपाईलाई रातभरी निन्द्रा नलागी अप्ठेरो हुनसक्छ ।
४) जंक फूड
जंक फूडमा उच्च मात्रामा सैचुरेटेड फ्याट अर्थात चिल्लो पदार्थ हुन्छ । जो पच्नमा निकै समय लाग्छ । रातको समयमा जंक फूड खाएर आरामले सुत्न मुश्कील पर्नेछ ।
५) फल
यदि तपाई सुत्नुभन्दा अगाडि फलफूल खाँदैहुनुहुन्छ भने रोक्नुस् । फलफूलमा नेचुरल सुगर हुन्छ जो पच्न समय लाग्छ ।


from SHYANE http://ift.tt/1MuTgQD
via IFTTT

परेलामा मुटु रोगको संकेत यसरि देखिन्छ

आफूलाई हृदयाघात हुने खतरा छ कि छैन भन्ने तपाईंलाई थाहा छ ? जान्न मन लागे आफ़ना परेलामा हेर्दा हुन्छ । नयाँ अध्ययनमा के भनिएको छ भने आँखा छेउछाउको छालामा पहेंलोपन देखिनु मुटु रोगको लक्षण हुन सक्छ ।
ब्रिटिश मेडिकल जर्नलअनुसार डेनमार्कमा अनुसन्धाताहरूले करिव १३ हजार व्यक्तिमा गरेको अनुसन्धानमा पाइयो- ‘ज्यानथेलास्माटा’ नामले चिनिने दाग भए दस वर्षभित्र हृदयाघात हुने वा मृत्यु हुने सम्भावना बढी हुन्छ । कोलेस्ट्रोल जम्मा भएपछि यस्तो दाग हुन्छ । त्यस्ता दाग मुलायम, पीडारहित हुन्छन् । दागको असर आँखाको दृष्टिमा पर्दैन । सामान्यतया सबैजसो यसको उपचार छाला रोग विशेषज्ञसँग गराउँछन् ।
डेनमार्कमा हर्वेल अस्पतालका अनुसन्धाताहरूले सन् १९७० को दशकमा १२ हजार ७ सय ४५ व्यक्तिमा निगरानी गर्न सुरु गरे । अध्ययनको सुरुवातको समय चार-चार प्रतिशत रोगीमा ‘ज्यानथेलास्माटा’ नाम गरेको दाग थियो । ३३ वर्षपछि तीमध्ये १ हजार ८ सय ७२ व्यक्तिलाई हृदयाघात भयो, ३ हजार ६ सय ९९ व्यक्तिलाई मुटु रोग भयो र ८ हजार ५ सय ७ व्यक्तिको मृत्यु भयो । तथ्यांकले के स्पष्ट पार्छ भने जसको आँखाका छेउछाउमा पहेंलो चिनो थियो, उनीहरूमा यसको बढी खतरा थियो ।
पहेंलो चिनो भएका ४८ प्रतिशत व्यक्तिमा हृदयाघात हुने आशंका बढी थियो, ३९ प्रतिशत व्यक्तिमा मुटु रोग हुने आशंका बढी थियो र १४ प्रतिशत व्यक्तिको अध्ययनको समयमा मृत्यु भयो । हृदयाघातको सम्बन्ध महिलाको दाँजोमा ७० वर्षदेखि ७९ वर्षका पुरुषहरूमा बढी देखियो ।


from SHYANE http://ift.tt/25cCYro
via IFTTT

बैसाखमा इलाममा पर्यटन महोत्सव

चैत ७।  पर्यटकीय जिल्ला इलामको प्रचारप्रसारका लागि नयाँ वर्ष २०७३ को अघिल्लो दिनदेखि तीन दिनसम्म इलाम पर्यटन महोत्सव मनाउने तयारी भएको छ ।
पर्यटनसँग सरोकार राख्ने इलामेली पर्यटन व्यवसायीले आन्तरिक तथा बाह्य पर्यटकलाई आमन्त्रण गर्दै इलाममा महोत्सव गर्ने भएका हुन् । पर्यटन, संस्कृति, खाना र जैविक विविधतालाई प्रमुख आकर्षणको केन्द्रमा राखेर महोत्सव गर्न लागेको आयोजकले जनाएका छन् ।
चैत ३० गतेदेखि वैशाख २ गतेसम्म इलाम चोक बजारमा ‘इलाम पर्यटन महोत्सव २०७३’ सञ्चालन गर्ने योजना छ । विगत तीन वर्षदेखि नयाँ वर्षमा इलाम उद्योग वाणिज्य संघ महिला उद्यमी एकाइले सडक महोत्सवको रूपमा महोत्सव सञ्चालन गर्दै आए पनि यो वर्ष त्यसलाई परिमार्जन गरेर जिल्लास्थित पर्यटनसँग सरोकार राख्ने निकायको संयुक्त आयोजनामा इलाम पर्यटन महोत्सव २०७३ सञ्चालन गर्न लागिएको हो ।
आयोजना गर्न १५ सदस्यीय महोत्सव मूल आयोजक समिति गठन गरिएको छ । सूर्योदय र सूर्यास्त, प्राकृतिक सौन्दर्यले रमणीय एवं मठमन्दिर र संस्कृतिले भरिपूर्ण रहेको पूर्वको पर्यटकीय नगरी जिल्ला इलामको पर्यटन प्रवद्र्धनमा थप मद्दत पुर्‍याउनका लागि महोत्सवको आयोजना गर्न लागिएको इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिका अध्यक्ष विजय राईले बताए ।
महोत्सवमा इलाम घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँका प्राकृतिक एवं धार्मिक पर्यटकीय क्षेत्रको अवलोकन गराई महोत्सवकै माध्यमबाट आगामी दिनमा इलाममा बढीभन्दा बढी पर्यटक भित्राउने उद्देश्यले पनि महोत्सवको आयोजना गर्न लागिएको समितिका महासचिव देवी पौड्यालको भनाइ छ ।
इलाममा धार्मिक पर्यटकीय स्थल गजुरमुखी धाम, माईपोखरी, पाथीभरासहित यहाँका अन्य मठमन्दिर र प्राकृतिक पर्यटकीय स्थल कन्याम, सन्दकपुर, श्रीअन्तु, शिद्धिथुम्कालगायतका स्थान पर्यटकीय दृष्टिले दर्शनीय रहेको हुँदा इलाम आइपुग्ने पर्यटकलाई घुम्ने ठाउँको अभाव नहुने राईले बताए ।
पुष्प मेला प्रदर्शनी, स्थानीय खानाका परिकार, जैविक विविधता तथा जडीबुटी अवलोकन, औद्योगिक मेला, सांस्कृतिक झाँकी र व्यावसायिक प्रतियोगिता महोत्सवका मुख्य आकर्षण हुन् । १० हजार पर्यटक भित्राउने लक्ष्यका साथ तीन लाखको लगानीमा महोत्सव सम्पन्न गर्ने लक्ष्य छ ।
महोत्सवको पहिलो दिन इलाम बसपार्क र इलाम नगरपालिका ९ स्थित बालन गाउँमा रहेको होमस्टेमा क्याम्प फायर सञ्चालन गरिने बताइएको छ । महोत्सव सञ्चालन गर्न बस व्यवसायी संघ इलामले २५ हजार दिने घोषणा गरिसकेको छ ।


from SHYANE http://ift.tt/1nYQjl9
via IFTTT

कुन ब्लड ग्रुप हुनेलाई हुन्छ बढी भुल्ने बिमारी ?



दुर्लभ रगत समुह र कमजोर स्मरण शक्तीबीच केहि सम्बन्ध रहेको एक अध्यनले देखाएको छ । एक अमेरिकी अनुसन्धानका अनुसार एबी रगत समुह भएका मानिस विश्वमा ४ प्रतिशत छन् । यो रक्त समुह भएका ब्यक्तिहरुमा उमेर बढ्दै जाँदा स्मरण शक्ति पनि ह्रास हुँदै जाने हुन सक्छ ।
न्यरोलाजी पत्रिकामा हाल प्रकाशित एक अध्यनका अनुसार बर्लिगटनस्थित वरमान्ट काँलेज अफ मेडिसिनका डाक्टर मेरी कुशमैनको नेतृत्वको टीमले अमेरिकामा करिब ३० हजार मानिसमा यो अनुसन्धान गरिएको थियो । अध्यनमा ४५ वर्ष र योभन्दा बढी उमेरका मानिसहरु सहभागी गराइएको थियो । ३ वर्षसम्म गरिएको सो अनुसन्धानमा ४९५ जनाको स्मरण शक्ति कमजोर थियो । यसको तुलनामा सोही अनुसन्धानमा सहभागी गराइएका ५८७ मानिसहरुको भने स्मरण शक्तिमा कुनै समस्या छैन ।
अनुसन्धानका अनुसार एबी रगत समुह भएका ब्यक्तिकहरुमा स्मरण शक्ति कमजोर हुने समस्या ६ प्रतशत समम पाइएको छ । तर अरु रक्त समुहमा भने यो समस्या लगभग ४ प्रतिशत रहेको छ ।


from SHYANE http://ift.tt/1Pk1XwY
via IFTTT

Saturday, March 19, 2016

१०औ इटहरी गोल्डकपको उपाधी काडकभिट्टा लाई


चैत ७। इटहरी गोल्डकप अन्तराष्टिय आमन्त्रण फुटवल प्रतियोगीतामा झापाको काडकभिट्टा फुटवल ट्रेनिङ सेन्टर विजयी बनेको छ ।  बिआरसी भुटान र काडकभिट्टा बिच भएको खेलको निर्धारित समयमा दुवै तर्फबाट कुनै गोल हुन नसके पछि समयको अभावका कारण अतिरिक्त समय नथपि खेल सिधै ट्राइव्रेकरमा धकेलिएको थियो ।
winerट्राइव्रेकरमा काकडभिट्टाका गोल किपर मनोज प्रधानको उत्कृष्ट बचाउ नै आजको खेल जीत्न निर्णायक बन्यो । उनले अन्तिम समयमा भुटानका धिरज तामाङको प्रहारलाई उत्कृष्ट बचाउ गर्दा टीम विजयी बन्न सफल भयो । उनि आजको खेलको उत्कृष्ट खेलाडी बन्न समेत सफल भए ।
ट्राइव्रेकरमा काकडभिट्टाका तर्फबाट सुमिन मैनालीको पहिलो गोल विपक्षीका गोल रक्षकले असफल बनाइदिएका थिए । त्यस्तै बुद्ध चेम्जोङको गोल समेत पोलमा ठोकिएर बाहिरिएको थियो । काकडभिट्टाका खानिरदिलसन लिम्बु, रोवि थापा र देलेन लोक्थनले गोल गरेका थिए । यता भुटानका तर्फबाट वर्तमान राई र विक्रम लिम्बुको प्रहारले मात्र जाली चुम्न सफल बन्यो । बाँकि खेलाडी निराजन खड्का, दिनेक कार्की र धिरज तामाङको प्रहार विपक्षीका गोल रक्षक मनोज प्रधानले विफल बनाइदिएका थिए ।
प्रतियोगीतामा सर्वोत्कृष्ट खेलाडी काकडभिट्टाका बुद्ध चोम्जोङ घोषित भए । उनले २४ इन्चको एलइडि टेलिजिभन प्राप्त गरे । त्यस्तै सर्वाधिक गोलकर्ता बिआरसी भुटानका धिरज तामाङ घोषित भए । उनले एक थान मोवाइल प्राप्त गरेका छन् । प्रतियोगीतामा उदयीमान खेलाडी आयोजक राष्ट्रिय जागृती क्लबका दिपेन तामाङ घोषित भए । उनले २२ इन्चको एलइडी टेलिभिजन प्राप्त गरे ।
विजयी टीमले १ लाख ११ हजार १ सय ११ रुपैया, शील्ड ट्रफि र प्रमाणपत्र प्राप्त ग¥र्यो भने उपविजेता टीमले ५५ हजार ५ सय ५५ रुपैया, शील्ड ट्रफि र प्रमाणपत्र प्राप्त गर्यो  । विजयी तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केसव विष्टले पुरस्कार प्रदान गरेका थिए ।









from ARENA http://ift.tt/1SaICD7
via IFTTT

कसले अनफ्रेण्ड गर्यो ? यसरी थाहा पाउनुहोस्

विश्वमा डेढ अर्ब भन्दा बढि मानिसले फेसबुक चलाउँदछन् । फेसबुकमा धेरै भन्दा धेरै साथीहरु हुनु व्यक्तिको सामाजिक दायरा विस्तारको द्योतक पनि मान्न सकिन्छ । तर कहिलेकाहीँ अचानक हाम्रो फेसबुक फ्रेण्ड लिष्टमा भएका साथीहरुको संख्या बढ्नुको साटो घटेको हुन्छ । यसको मतलब कसैले तपाइँलाई अनफ्रेण्ड गरिदिएको हुन्छ ।
तपाइँलाई कसले फेसबुकबाट हटाइदियो भनेर थाहा पाउन फेसबुकले कुनै नोटिफिकेसन उपलब्ध गराउँदैन र यो कुरा जान्नका लागि फेसबुकले कुनै फिचर उपलब्ध गराएको पनि छैन । तर यदि तपाइँले सानो जुक्ति लगाउनुभयो भने तपाइँलाई फेसबुकमा कसले अनफ्रेण्ड गर्यो भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ।
हालै एउटा यस्तो एप लञ्च भएको छ, जसको प्रयोग गरेर तपाइँले आफुलाई फेसबुकबाट अनफ्रेण्ड गर्ने मानिस चिन्न सक्नुहुन्छ । हु डिलिटेड मी नामक यो एपद्धारा तपाइँले फेसबुकमा तपाइँलाई कसले ब्लक गर्यो भन्ने कुरा पनि जान्न सक्नुहुन्छ ।
साथै यो एपले हालै तपाइँको अनफ्रेण्ड लिष्टमा को मानिस थपियो भन्ने कुराको सूचि पनि देखाइदिन्छ अनि तपाइँको कुन साथीले आफ्नो अकाउण्ट निस्कृय पार्यो वा पुनः सक्रिय तुल्यायो भन्ने कुरा पनि थाहा पाउन सकिन्छ ।
यसका लागि तपाइँले आफ्नो स्मार्टफोनमा यो एप डाउनलोड गर्नुपर्ने हुन्छ । एप डाउनलोड गर्नुभन्दा पहिले कसैले तपाइँलाई अनफ्रेण्ड गरिसकेको छ भने चाहीँ त्यो थाहा पाउन सक्नुहुनेछैन तर एप डाउनलोड गरिसकेपछि तपाइँलाई अनफ्रेण्ड गर्नेको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।
यो एप हाल एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । एप डाउनलोड गर्न प्लेस्टोरमा गएर whodeletedme एप सर्च गरेर इन्स्टल गर्नुपर्नेछ ।


from SHYANE http://ift.tt/1Rc00Fl
via IFTTT

NCELL भ्वाइस प्याकका लागि भौचर कार्ड

अब भ्वाइस प्याक लिन चाहने एनसेलका प्रिपेड ग्राहकले रिचार्ज कार्ड खरिद गरेझैं सिधै भ्वाइस प्याक खरिद गर्न सक्ने भएका छन् । पि्रपेड ग्राहकका लागि बजारमै पहिलो पटक भ्वाइस प्याक ल्याएको एनसेलले भ्वाइस प्याक भौचर कार्ड बजारमा ल्याएको छ । जसले भ्वाइस प्याक लिन अझै सहज बनाएको छ ।
भ्वाईस प्याक लिन चाहने ग्राकहले बजारबाट सिधै दैनिक तथा साप्ताहिक भ्वाइस प्याक भौचर कार्ड खरिद गरी ब्यालेन्स रिचार्ज गरे झैं आफैले मोबाईलमा चाहेको भ्वाइस प्याक लिन सक्छन् ।
भौचर कार्ड दैनिक प्याक र साप्ताहिक प्याक गरि दुईवटा विकल्पमा उपलब्ध छ ।  दैनिक प्याक भौचर कार्डको करसहित ११ रुपैयाँ पर्छ र यसमा ११ मिनेट दैनिक टक टाइम रहेको छ । साप्ताहिक प्याक भौचर कार्डको करसहित ६० रुपैयाँ पर्छ र यसमा ७० मिनेटको ७ दिन समायावधि भएको टक टाइम रहेको छ । यी टक टाइम एनसेलको कुनै पनि नम्बरमा फोन गर्न प्रयोग गर्न सकिन्छ ।
भौचर कार्ड आफ्नो नजिकको एनसेल सेन्टर, एनसेल सप वा एनसेलका आधिकारिक बिक्रेताबाट खरिद गर्न सकिन्छ ।
‘आफ्ना ग्राहकका लागि प्रभावकारी सल्युसन्स् प्रदान गर्न एनसेल सधैं प्रयासरत छ । यसै क्रममा आएको भौचर कार्डले ग्राहकलाई भ्वाइस प्याक लिन सहज बनाई प्याक अन्तर्गतको विशेष मूल्यको लाभ लिन सहयोग गर्नेछ’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए ।
भ्वाइस प्याकले ग्राहकलाई विशेष दरमा टक टाईम प्रदान गरेको छ, जसले गर्दा ग्राहकले अझ सुलभ दरमा आपसमा सम्पर्क गर्न सक्छन् ।
दैनिक प्याक लिने ग्राहकले एनसेलको नम्बरमा साबिकको भन्दा ६० प्रतिशत कम दरमा कल गर्न सक्छन् भने साप्ताहिक प्याक लिँदा यस्तो कलको मूल्य साबिक भन्दा ६६ प्रतिशत कम पर्छ । विद्यमान शुल्क अनुसार एनसेलको अर्को नम्बरमा कुरा गर्दा प्रति मिनेट कर सहित २.५० रुपैयाँ पर्दछ ।
ग्राहकले चाहेको खण्डमा आफ्नो मोबाइलमा रहेको मेन ब्यालेन्सबाट पनि भ्वाइस प्याक लिन सक्छन् । यसको लागि १७११८ डायल गरी प्राप्त जानकारी अनुसार १ थिचेर दैनिक वा २ थिचेर साप्ताहिक  भ्वाइस प्याक खरिद गर्न सकन्छ । अथवा, दैनिक प्याकका लागि ११ र साप्ताहिक प्याकका लागि ६० टाइप गरी १७११८ मा एसएमएस पठाएर पनि  भ्वाइस प्याक खरिद गर्न सकिन्छ ।


from SHYANE http://ift.tt/1R8LOPl
via IFTTT

भारतसँग पाकिस्तान पराजित

चैत ७ । विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ ।
वर्षाको कारण १८ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेट गुमाउँदै १ सय १८ रन बनायो ।
पाकिस्तानका लागि सोहेब मल्लिकले२६ रन बनाए भने उमर अकमलले २२ रन जोडे । जवाफमा १ सय १९ रनको झिनो चुनौती भारतले खेलमा १३ बल बाँकी छँदा पूरा गर्‍यो ।
भारतको जितमा युवराज सिंह र विराट कोहलीको ६१ रनको साझेदारी महत्वपूर्ण रह्यो । कोहलीले अविजित ५५ रन जोड्दा युवराज सिंहले २४ रन बनाए । पाकिस्तानका मोहम्मद सामीले २ विकेट लिए ।
योसँगै भारतले आफ्नै देशमा भइरहेको विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पहिलो जित हात पारेको छ भने पाकिस्तानले पहिलो हार भोगेको छ ।
यसअघि पहिलो खेलमा भारतलाई न्यूजिल्याण्डले हराएको थियो भने पाकिस्तानले बंगलादेशलाई पाखा लगाएको थियो ।
विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा अफ्गानिस्तान र दक्षिण अफ्रिका भिड्दा दोस्रो खेलमा श्रीलंकाले वेष्ट इंडीजसँग खेल्नेछन ।


from SHYANE http://ift.tt/1pBL78o
via IFTTT

प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई अग्रता

चैत ७ ।  इंङ्गलिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले शिर्ष स्थानको अग्रतालाई फराकिलो पारेको छ ।
शनिबार राती भएको खेलमा क्रिष्टल प्यालेसलाई १-० ले हराँउदै लेष्टरले दोस्रो स्थानको टोटनह्याम हट्सपरसँग ८ अंकको अग्रता लिएको हो ।
शनिबार रातीको जितपछि लेष्टर सिटीले प्रिमियरलिगको उपाधि संभावना बलियो पारेको छ । लिगमा ७ खेल बाँकी छँदा लेष्टरले उपाधि पक्का गर्न ७ खेलमा जित आवश्यक छ ।
तर दोस्रो स्थानको टोटनह्याम र तेस्रो स्थानको आर्सनलले खेल गुमाएको खण्डमा भने लेष्टरले यो भन्दा कम खेल जितेर पनि उपाधि कब्जा गर्न सक्छ । लेष्टरले भन्दा एक खेल कम खेलेको टोटनह्यामले आज बर्नमाउथसँग खेल्नेछ ।
प्रिमियर लिग अन्तर्गत शनिबार राती भएका अन्य खेलहरुमा आर्सनलले एभर्टनलाई २-० ले हराँउदा चेल्सीलाई वेष्ट ह्याम युनाइटेडले २-२ गोलको बराबरीमा रोकेको छ ।
यसैगरी स्टोक सिटीले वाट्फोर्डलाई २-१ ले पराजित गर्दा नर्वीच सिटीले वेष्ट ब्रोमलाई तथा स्वान्सी सिटीले एस्टन भिल्लालाई १-० ले हराएका छन् ।


from ARENA http://ift.tt/21BkewZ
via IFTTT

भारतसँग पाकिस्तान पराजित



चैत ७ । विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ ।
वर्षाको कारण १८ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेट गुमाउँदै १ सय १८ रन बनायो ।
पाकिस्तानका लागि सोहेब मल्लिकले२६ रन बनाए भने उमर अकमलले २२ रन जोडे । जवाफमा १ सय १९ रनको झिनो चुनौती भारतले खेलमा १३ बल बाँकी छँदा पूरा गर्‍यो ।
भारतको जितमा युवराज सिंह र विराट कोहलीको ६१ रनको साझेदारी महत्वपूर्ण रह्यो । कोहलीले अविजित ५५ रन जोड्दा युवराज सिंहले २४ रन बनाए । पाकिस्तानका मोहम्मद सामीले २ विकेट लिए ।
योसँगै भारतले आफ्नै देशमा भइरहेको विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पहिलो जित हात पारेको छ भने पाकिस्तानले पहिलो हार भोगेको छ ।
यसअघि पहिलो खेलमा भारतलाई न्यूजिल्याण्डले हराएको थियो भने पाकिस्तानले बंगलादेशलाई पाखा लगाएको थियो ।
विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा अफ्गानिस्तान र दक्षिण अफ्रिका भिड्दा दोस्रो खेलमा श्रीलंकाले वेष्ट इंडीजसँग खेल्नेछन ।


from ARENA http://ift.tt/1TXTFTD
via IFTTT

Wednesday, March 16, 2016

स्मार्टफोन हरायो ? यसो गर्नुहोस

हामी मध्ये अधिकांस एक न एक चोटी मोबाइल फोन हराउने दुर्घटनाको सिकार भएकै हुन्छौँ । फोन चोरी हुने, कतै खसेर हराउने वा कतै छुटेर हराएको पीडा धेरैले भोगेकै हुन्छौँ ।
फोन हराएसँगै हामीले निकै दुख मनाउ गर्छौँ, सुरुमा त दिमागले काम गर्दैन पनि । गरोस् पनि किन ? पैसा आफ्नो ठाउँमा छ फोन हराएसँगै विभिन्न खाले महत्वपूर्ण तथा गोप्य डाटाहरु पनि हराएका हुन्छन्, जो अरुले प्राप्त गर्ने तथा त्यसको दुरुपयोग गर्ने जोखिम रहन्छ ।
तर दुख मानेर वा रोइकराइ गरेर मात्र पनि केही हुँदैन । त्यसैले यस्तो स्थितिमा आफुलाई सम्हाल्नु तथा बुद्धिमानीपूर्वक कदम चाल्नु आवश्यक हुन्छ । आफ्नो फोन हराइसकेपछि तत्कालै गर्नुपर्ने ६ काम यी हुन्:
  • सबैभन्दा पहिले आफ्नो हराएको वा चोरी भएको फोनमा कल गर्नुहोस् । फोन लागेन भने मेसेज गर्नुहोस् । हुनसक्छ, तपाइँको हराएको फोन कुनै इमान्दार वा असल मानिसको हातमा परेको हुनसक्छ । तपाइँको फोन वा मेसेज पाएपछि उसले तपाइँको फोन फिर्ता पनि दिनसक्छ ।
  • यदि फोन हराइहाल्यो भने तपाइँले कम्प्युटरबाट आफ्नो सोसल अकाउण्ट, इमेल आदिको पासवर्ड बदल्नुहोस् । आफ्नो स्मार्टफोनबाट इन्टरनेट चलाउँदा प्रायः आफ्ना इमेल वा सोसल साइटका अकाउण्ट लगआउट गरिँदैन । यसो हुनाले चोरी भएको फोनमार्फत अरुले तपाइँका इन्टरनेट अकाउण्ट खोल्ने जोखिम हुन्छ । त्यसैले फोन चोरी भएपनि इन्टरनेट अकाउण्ट अरुको हातमा पर्नबाट बचाउन आफ्ना सबैजसो इमेल तथा सोसल साइट लगायत इन्टरनेट अकाउण्टका पासवर्ड परिवर्तन गरिहाल्नुपर्छ ।
  •  एन्ड्रोइड स्मार्टफोन खोजीका लागि एन्ड्रोइड डिभाइस म्यानेजर उपयोगी हुनसक्छ । यसले तपाइँको हराएको फोनकेा लोकेसन पत्ता लगाउँछ र तपाइँको हराएको एन्ड्रोइड डिभाइसलाई लक गर्न पनि सकिन्छ ।
  •  सिम ब्लक गर्नुहोस् । आफ्नो टेलिकम अपरेटरसँग सम्पर्क गरी आफ्नो हराएको मोबाइलमा राखेको सिमकार्ड ब्लक गराउनुहोस् । यसो गर्नाले अरुले तपाइँको सिमकार्ड प्रयोग गर्न नपाओस् ।
  •  पुलिसमा उजुरी गर्नुस् : त्यसपछि तपाइँले गर्ने अर्को काम भनेको सम्बन्धित पुलिस चौकीमा गएर आफ्नो फोन हराएको जानकारी सहित खोजीका लागि निवेदन दिने ।
  • आफ्नो फोन चोरी भएसँगै तपाइँले आफ्ना इन्टरनेट अकाउण्ट कतै प्रयोग भएका छन् की भन्ने कुरामा ध्यान दिनुहोस् । तपाइँको सोसल साइट, इमेल आदि कसैले प्रयोग गरेको पाउनुभयो भने सो जानकारी पुलिसमा दिइहाल्नुहोस् । यसबाट पुलिसले मोबाइल चोर पत्ता लगाउन सजिलो हुन्छ ।


from SHYANE http://ift.tt/1SUyd0y
via IFTTT

निद्रामा बरबराउने किन हुन्छ ?

निद्राको साइकल हुन्छ । त्यो साइकल पार गर्दै जाँदा सपनाहरु आउने हुन्छ । सबै मानिसलाई प्रत्येक दिन सपना आउँछ तर जसलाई निद्राको समस्या हुन्छ, त्यस्ता मानिसले धेरै सपना देख्ने हुन्छ । किन भने धेरै जसो सपनाहरु गहिरो निद्रामा देखिन्छ । गहिरो निद्रामा आएको सपना सम्झिन सकिदैन । तर कम गहिरो निद्रामा आउने सपना मात्र सम्झने हुन्छ । त्यसैले कहिलेकाँही सपनामा आउने कुराहरु बरबराउने हुन्छ । निद्राको कारणले नै बरबराउने हुन्छ । यो रोग होइन, यस्तो समयमा मानिसलाई पनि थाहा हुदैन । यो सपनासँग आउने मात्र हो । कसैलाई निद्रामा दाह्रा किट्ने पनि हुन्छ । यो पनि निद्रामै हुने भएको हुँदा मानिसलाई थाहा हुदैन । यो पनि रोग होइन । यसलाई गम्भीर रुपमा लिनुहुदैन । 


from SHYANE http://ift.tt/1nPI2Qs
via IFTTT

वाथ रोगका १८ लक्षण यस्ता छन्

हाड, जोर्नी, नशा, मांशपेशी आदि दुखेर हुने रोगलाई वाथ रोग भनिन्छ । वाथ साधारण भाषामा रोगलाई बुझाउने एउटा शब्द मात्र हो । वाथ भन्नाले एउटा रोग भन्ने मात्र बुझिदैन । वाथ धेरै किसिमको हुन्छ । चिकित्सा विज्ञान तथा मेरो लामो अनुभवमा वाथ रोग सय भन्दा बढी प्रकारका हुन्छन् । त्यसमध्ये साधारणतयाः जनसमुदायलाई सजिलैसँग बुझाउनका लागि यसलाई चार भागमा विभाजन गर्न सकिन्छ ।
हड्डी बिगार्ने वाथ
मासु बिगार्ने वाथ
नशा बिगार्ने वाथ
मुटु बिगार्ने वाथ
अरु कुनै संक्रमण तथा रोग सँग पनि वाथ सम्बन्धीत हुने गर्छ ।
यस हिसाबले कुन बिरामीलाई कुन प्रकारको वाथ भन्ने पत्ता लगाउन क्निकल जाँच तथा ल्याब परीक्षण गरेर मात्र भन्न सकिन्छ । यसमध्ये कुनै सामान्य प्रकारको र कुनै वाथ जटिल प्रकारको हुन्छ । वाथ कुनै व्यक्ति विशेष वा उमेरअनुसार हुदैन् । यो जुनसुकै मानिसलाई जुनसुकै उमेर वा अवस्थामा पनि हुनसक्छ । सामान्य खालको वाथ पूर्णरूपमा निको हुनसक्छ भने जटिल खालको वाथले गम्भीर असर पनि पार्न सक्छ । जटिल प्रकारको वाथको असर सुरूमा हड्डीमा देखिन्छ र विस्तारै त्यसले मुटु, मिर्गौला, छाला, आँखा, कलेजोलाई पनि गम्भीर क्षती पु¥याउछ । बिरामीलाई चिकित्सकले उपचार पद्धतिद्धारा रोग नियन्त्रण गरी नयाँ जीवन दिनसक्छ ।
अन्धविश्वासका कारण कतिपय मानिसले वाथ रोगलाई अभिशापको रुपमा हेर्छन् । कतिपयले त यस रोगको उपचार नै हुदैन भनि लापरबाही समेत गरेको पाइन्छ । यहि अन्धविश्वासका कारणले कतिपय वाथ रोगी चिकित्सककोमा आउनु भन्दा अगाडी परम्परागत उपचार , धामी, झाँक्री गर्ने, स्यालको मासु खाएर घरमै बस्ने तथा बन्दुकको तेल लगाउने गर्छन् । यी बाहेक पनि बिरामीहरु सुनेको भरमा विभिन्न प्रकारका उपायमा लाग्छन् । यसले रोग निकै नभइ झन् जटिल अवस्थामा पु¥याउँछ । कतिपय बिरामी अस्पताल आइपुग्दासम्म हड्डी बाङ्एिर कुँजो भएका पनि छन् । यसलाई दुर्भाग्य नै भन्नुपर्छ । वाथ रोगीका लागि सर्वप्रथम जनचेतना अभिवृद्धि गर्नु जरुरी छ, ताकि कोहीपनि बिरामी वाथ रोगकै कारण पारिवारीक बोझ र मृत्युको मुखमा पुग्न नपरोस् । चिकित्सा विज्ञानले वाथ रोगका लागि नयाँ नयाँ आविस्कार गरेको छ । जसले रोग पूर्ण रुपमा निकोसम्म हुनसक्छ । नेपालमा पनि त्यस्ता आधुनिक पद्धतीको सुरूवात भइसकेको छ जसमा अहिले नर्भिक अस्पतालले पनि यो सेवा शुरु गरेको छ ।
वाथको रोगीलाई वाथ कै डाक्टर) भन्ने नारा दिएर जनचेतना अभिवृद्धि पनि गरेका छौं । यसको अर्को मतलब भनेको वाथ रोगलाई वाथरोग विशेषज्ञसँग नै उपचार गराउनुपर्छ भन्ने पनि हो । वाथरोग हाड, जोर्नी, हाडरोग, नशा, छाला, ढाड, कम्मर, आँखालगायत शरीरको कुनै पनि भागबाट वाथ उत्पन्न हुनसक्छ ।
साधारणतयाः वाथ रोग पुरुष भन्दा महिलालाई बढी हुने गर्दछ । अर्को कुरा यो रोग जन्मेको बच्चादेखि ८०–९० वर्षको व्यक्तिलाई जुनकुनै बेला पनि हुनसक्छ । महिलामा महिनावारी सुकेपछि, पाठेघर फालेपछि  र ४० वर्ष काटेपछि वाथरोग लाग्ने संभावना बढी हुन्छ । १५ वर्षदेखि कम उमेरका बालबालिकालाई हुने वाथ रोगलाई जुभिनाईल ग्रुप अर्थात चाइल्डहुड अथराइटिसको ग्रुपमा राखिन्छ । वाथ साधारणतया कुनै जिवाणु तथा किटाणुले हुने रोग होईन । यो अटो इम्युन प्रोसेसबाट हुने रोग हो । जसका कतिपय कारणहरु हालसम्म पनि पत्ता लगाउन सकिएको छैन । ती मध्ये केही प्रतिशत वाथ ब्याक्टेरिया वा भाईरसले पनि हुनेगर्छ ।
वाथरोगका लक्षण
शरीरको कुनै भागको हाडजोर्नी, घाँटीको हड्डी दुख्ने ।
पाखुरा, कुईनो , हातका औला, कम्मर दुख्ने
घुँडा, कुर्कुच्चा, गोलीगाँठा, पाईतला, दुख्ने ।
कसैको केही भाग तथा कसैको सम्र्पूण शरीर दुख्छ ।
ज्वरो आउने
कपाल झर्ने
मुखमा घाउ हुने
शरीरमा निला, राता, डाम आउने, (जसलाई केही मानिसहरु बोक्सीले टोकेको पनि भन्छन् )
हड्डी सुनिने
चिसोपानीमा हात राख्दा छालाको रंग परिवर्तन भई सेतो , निलो वा रातो हुने
मुटु काम्ने
निद्रा नलाग्ने
खुट्टा झमझम गर्ने , पोल्ने , सिल्को हान्ने,
अनुहारमा पुतलीको प्वाख जस्तो रातो डाम आउने
छाला विस्तारै विस्तारै तन्किदै जाने र कडा हुने
गर्भ तुहिने
छाती दुख्ने, खकारमा रगत आउने
श्वास लिन गाहे हुने
तथा अरु धेरै नराम्रो वाथका कारणले शरीरको अंग अनुसार विभिन्न लक्षणहरुपनि देखा पर्ने हुन्छ ।
हामीकहाँ उपचार गर्न आएका सय विरामी मध्ये ९० जनाको गुनासोमा विहान उठ्दा शरीर जाम भई कक्रकपरी उठ्न बस्न गाहे हुने गरेको बताउँछन् । यी सबै भिन्न भिन्न प्रकारका वाथका लक्षण हुन् । यी लक्षणद्धारा नै बिरामीलाई कुन प्रकारको वाथ हो भनी पत्ता लगाउन सकिन्छ । वाथ युरिक एसिड बढेर पनि हुने रोग हो । यहाँ मैले भन्न खोजेको मुख्य कुरा युरिक एसिड भनेको सयौं वाथ मध्येको एउटा वाथ हो । जुन पुरुषलाई बढी हुन्छ । अर्को कुरा वाथ अव्यवस्थित जीवनशैली , खानपान, रहनसहन आदि कारणले पनि हुन्छ ।
कति वाथ सामान्य हुने गर्छ जस्ले हड्डी खिईने हुन्छ । जसलाई अस्टियोआरथाइटिस भनिन्छ । यो लाखौंमा एक जनालाई हुन्छ, त्यसमा पनि बढी महिलालाई देखिन्छ । हालसम्म नेपालमा वाथका रोगीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
सामान्य कारणहरु
–यूरिक एसिड
–अव्यवस्थित जीवनशैली
–खानपान
–रहनसहन
–वंशाणुगत
–अटो इम्युन प्रोसेस
कतिपय वाथ वंशाणुगत कारणले पनि हुन्छ । तर वाथ सरूवा रोग भने होईन  वाथको लक्षण देखापर्नासाथ सर्वप्रथम के खाएर वा के गरेर जोर्नी वा शरीर दुखेको हो, त्यसलाई सकेसम्म चाँडो छाड्नुपर्छ । कतिपय वाथ त लक्षण देखिएको केही घण्टा वा महिना दिन भित्रै हड्डी बाङ्गिएर कुँजो हुने स्थितिमा समेत पुग्छ । त्यसकारण वाथको शंका लागेमा जतिसक्दो चाँडो चिकित्सकलाई भेट्नु पर्दछ जसले गर्दा निकोहुने संभावना बढी हुन्छ । वाथको उपचारमा चिकित्सा विज्ञानले  आधुनिक उपचार पद्धति र ईन्जेक्सनको विकास गरिसकेको हुनाले वाथलाई अभिशापको रुपमा नहेरी जतिसक्दो चाँडो उपचार गराउन सके नियन्त्रणमा राख्न सकिन्छ ।


from SHYANE http://ift.tt/1XwjQyK
via IFTTT

युभेन्टसविरुद्ध बार्यनको उत्कृष्ट प्रदर्सन

चैत्र ४।  बार्यन म्युनिखले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युभेन्टसलाई अतिरिक्त समयमा हराएको छ र नाटकीय रुपमा च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएकको छ ।
पहिले लेग २-२ को बराबरीमा सकिएको थियो । बार्यनको घरेलु मैदानमा बुधबार राति भएको दोस्रो लेगमा युभेन्टसले सुरुवाति २८ मिनेटमा नै दुई गोल गर्‍यो ।
इटानियल क्लब युभेन्टसले पाँचौं मिनेटमा पोग्बाको गोलबाट अग्रता लिएको थियो २८ औं मिनेटमा क्वाड्राडोले गोल गरेपछि युभेन्टस निकै सहज अवस्थामा पुग्यो ।
खेलको ७३ औं मिनेटमा रोबर्ट लेभान्डोस्कीले हेड गोल गर्दै घरेलु टोलीको आश जगाए । अन्तिमसम्म पनि घरेलु टोलीले गोल थप्न नसकेपछि युभेन्टस अघिल्लो चरण पुग्ने लगभग पक्का जस्तै देखिएको थियो ।
तर, अन्तिम केही मिनेट सम्हालिन सकेन र थोमर मुलरले ९० मिनेटका खेल सकिनै लाग्दा गोल गरे । र, खेल अतिरिक्त समयमा गयो ।
थपिएको ३० मिनेटमा भने बार्यन हावी भयो । १०८ औं मिनेटमा थिएगोले गोल गरे भने ११० औं मिनेटा कोमानले गोल गर्दै घरेलु टोलीलाई ६-४ को नाटकीय जित दिलाएका छन् ।


from ARENA http://ift.tt/1nPJpi2
via IFTTT

सूर्य नेपाल एनपीजीए गल्फमा पहिलो दिन शीर्ष खेलाडीहरु विजयी


चैत ४  । शीर्ष वरीयताका खेलाडीहरु शिवराम श्रेष्ठ र सञ्जय लामा सूर्य नेपाल एनपीजीए म्याच प्ले गल्फ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

रोयल नेपाल गल्फ क्लबमा सुरु भएको प्रतियोगितामा आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै शीर्ष खेलाडीहरुले अन्तिम आठमा ठाउँ पक्का गरेका हुन् ।

नेपाल नम्बर एक शिवराम श्रेष्ठलेसञ्जीव नेपालीलाई ७–५ ले हराए । दोस्रो वरीयताका सञ्जय लामाले यलम्बर अधिकारीलाई ३–२ ले हराए ।

क्वार्टरफाइनलमा शिवराम श्रेष्ठले राम मगरसँग प्रतिस्पर्धा गर्नेछन् ।

राम मगरसँगै रवि खड्का, सूर्य शर्मा, दीपक थापामगर, भुवन नगरकोटी र धन थापा पनि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

क्वार्टरफाइनल र सेमिफाइनल खेलहरु बुधबार हुने छन् भने फाइनल खेल बिहीबार हुनेछ ।

प्रतियोगितामा अघिल्लो वर्षका शीर्ष १६ जना व्यावसायिक गल्फर सहभागी छन् ।


from ARENA http://ift.tt/1MnZYYB
via IFTTT

तेस्रो राष्ट्रिय लिग पुरुष भलिवल झापामा हुने


चैत ४  । झापाको दुवागढीमा तेस्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । नेपाल भलिवल संघले पत्रकार सम्मेलन गरी आगामी वैशाखको पहिलो सातादेखि प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो ।
बिहानी बचत तथा ऋण सहकारी संस्था दुवागढी र भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा पूर्वाञ्चल भलिबल संघ, मध्यमाञ्चलक्षेत्रिय भलिबल संघ, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ, जाउलाखेल ट्रेनिङ सेन्टर, ढोरपाटन भलिबल क्लब र विभागीय नेपाल पुलीस, सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी सहित ८ वटा टिम सहभागी हुने निश्चित भएको छ ।
चार दिनसम्म सञ्चालन प्रतियोगिताको पहिलो हुनेलाई ३ लाख १५ हजार, दोस्रोलाई १ लाख ७५ हजार रुपौयाँ र तेस्रोलाई १ लाख १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।


from ARENA http://ift.tt/1TPxy1q
via IFTTT