Wednesday, May 30, 2018

पूर्वको सान बढाउने एक मात्र ठाउँ गोकुलम , अब अत्याधुनिक सुबिधाको साथमा ( फिचर भिडियो )

जिबनमा एक पटक घुम्नै पर्ने ठाउँ , पारिवारिक बातावरण चाहिए गोकुलम जाउ।
मोरंग। सुन्दर हरैचा नगरपालिकामा स्थित गोकुलम रिसोर्ट बिगत ५ वर्ष देखि आफ्ना ग्राहक हरुकै सेवा र सुविधामा अनवरत लागिरहेको छ।  विभिन्न बाधा अवरोध , बाढी  पहिरो छिचोल्दै २०७५  साल सम्म आउदा धेरै परिवर्तन तथा सेवा सुबिधा थप्दै गहिरहेको छ। यसै क्रममा हालै मात्र टाईटनिक जहाज भित्र  अत्याधुनिक लज  संचालनमा ल्याएको छ।
      लज  उद्घाटन संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रि लाल बहादुर पण्डितले गरेका थिए। उक्त लज  उद्घाटन गर्दै पण्डितले सबैलाई एकपटक भ्रमण  गर्न आउन आग्रह गरे र चाडै नै आफ्नी धर्म पत्नी र परिवार सहित लज तथा सिंगो रिसोर्टको सुबिधा चाख्ने उद्घोस गरे।
        ११ वटा सुबिधा सम्पन्न (AC  , Wi Fi  , Attach  Rest  Room  , HD TV)   सहित बिस्व प्रख्यात Titanic पानी जहाज  डुबेर गए पनि आज हामी त्यसको अनुभूति गर्दै सामुन्द्रिक जहाज जस्तै पोखरीमा अवस्थित जहाज को भरपुर आनन्द लिन सकिन्छ। ऐलेलाइ एक वटा रूम को २४ घन्टाको लागि मात्र ४ हजार रहेको र येस्मा पनि डीसकाउन्ट रहेको संचालक बताउछन।  अब चाडैनै रूम को बूकिंग अनलाइन बाट  पनि गर्न सकिने र त्यसको लागि गोकुलम रिसोर्ट को वेबसाइट https://ift.tt/2x4VU3D मा लोग इन गरेर बुकिङ्ग गर्न सकिनेछ।
 केहि झलक हरु


 हरेक पटक भ्रमण गर्दा फरक देखाउने रिसोर्ट को जमर्को र नेपाली तथा सिमावर्ती देशका पर्यटकले यस कार्यलाई थप उत्साह थपेको संचालक बताउछन।

साढे ५ बिघामा फैलिएको रिसोर्टमा  अमुर्त मुर्ति देखि धरहरा , पेरिस टावर , ताज महल , विभिन्न लोप उन्मुख जनावरका प्रतिमा तथा नेपाल मै पहिलो पटक उट  सफारीको सुबधा समेत रहेको छ।  यसका अलावा विभिन्न खेल खेल्न रोटे  पिङ्ग, कोलम्बस , बालबालिका हरुलाई मन पर्ने खेल हरु तथा बालबालिका लाइ मन पर्ने विभिन्न कार्टून हरुका दृश्य को मुर्त रुप पनि देख्न सकिन्छ। साथै पिकनिक खानको लागि पानि तथा बिजुलीको स्पोटमै व्यवस्था गरिएको छ।
          तपाई हरु पनि एक पटक आएर त हेर्नुहोस अनि तपाइँ पटक पटक न आइ सुखै छैन। 











   


from SHYANE https://ift.tt/2xqTo7F
via IFTTT