Monday, November 30, 2015

आज अन्तरास्ट्रिय एड्स दिवस

 मंसिर १५ । विश्व एड्स दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । ‘एड्सको महामारीको अन्त्य, दिगो विकासको लक्ष्य’ भन्ने मूल नाराका साथ यस वर्षको विश्व एड्स दिवस मनाईंदै छ ।
एचआईभी र एड्स नियन्त्रण तथा रोकथाममा सामूहिक प्रतिबद्धता व्यक्त गर्ने अभिप्रायले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखकादिन विश्व एड्स दिवस मनाउने गरिन्छ ।
नेपालमा २९ हजार २१४ मानिस एचआईभीको संक्रमणमा रहेको अनुमान छ । जसमा २५ हजार ४४९ पुरुष र १३ हजार ८०० महिला रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक छ ।
नेपालमा ८५ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कका माध्यमबाट हुने गरेको बताइन्छ ।
विश्व एड्स दिवसका अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एचआईभी परीक्षण सेवा जोखिममा परेका समुदायको पहुँचमा पुर्‍याई सबै संक्रमितलाई उपचारको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले औषधी उपचार सेवा एन्टिरेट्रोभाइरललाई विस्तार गर्दै संक्रमण देखिएका सबै संक्रमितको घरदैलोमा पु¥याउन हातेमालो गर्दै अघि बढ्नुपर्ने बताएका छन् । एड्स दिवस मनाउन लागेको २८ वर्ष पुग्दा पनि नेपालले थुप्रै समस्याको सामना गर्नुपरेको भन्दै उनले अबका दिनमा राष्ट्रिय एड्स परिषद् पनि थप सबल भई अब बन्ने रणनीति, नीति, योजना र कार्यक्रममा सहयोग पुर्‍याउने आशा व्यक्त गरेका छन् ।


from SHYANE http://ift.tt/1MSA8y8
via IFTTT

ला लिगाको उत्कृष्ट खेलाडी : मेस्सी

मंगसिर १५।  बार्सिलोनाका स्टार लिओनल मेस्सी स्पेनिस ला लिगाका प्लेयर अफ दि इयर र स्ट्राइकर अफ दि इयर घोषित भएका छन् ।
मेस्सीले टीममेट लुइस स्वरेज र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोलाई पछि पारे । रोनाल्डोले गत सिजन ला लिगामा सर्वाधिक गोल गरेपनि मेस्सी नै उत्कृष्ट फवार्ड बनेका छन् ।
उत्कृष्ट गोलरक्षकमा बार्सिलोनाका ब्राभो र प्रशिक्षकमा बार्सिलोनाकै लइस एनरिके बनेका छन् । उत्कृष्ट डिफेण्डर रियल मड्रिडका सर्जिओ रामोस र मिडफिल्डरमा जेम्स रोडि्रग्वेज छन् ।
बार्सिलोनाका नेयमार ला लिगामा उत्कृष्ट अमेरिकन प्लेयर बनेका छन् । बार्सिलोनाले गत सिजन ला लिगाका साथै च्याम्पियन्स लिगसहित तीन उपाधि जितेको थियो ।


from SHYANE http://ift.tt/1StgSsG
via IFTTT

ला लिगाको उत्कृष्ट खेलाडी : मेस्सी

मंगसिर १५।  बार्सिलोनाका स्टार लिओनल मेस्सी स्पेनिस ला लिगाका प्लेयर अफ दि इयर र स्ट्राइकर अफ दि इयर घोषित भएका छन् ।
मेस्सीले टीममेट लुइस स्वरेज र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोलाई पछि पारे । रोनाल्डोले गत सिजन ला लिगामा सर्वाधिक गोल गरेपनि मेस्सी नै उत्कृष्ट फवार्ड बनेका छन् ।
उत्कृष्ट गोलरक्षकमा बार्सिलोनाका ब्राभो र प्रशिक्षकमा बार्सिलोनाकै लइस एनरिके बनेका छन् । उत्कृष्ट डिफेण्डर रियल मड्रिडका सर्जिओ रामोस र मिडफिल्डरमा जेम्स रोडि्रग्वेज छन् ।
बार्सिलोनाका नेयमार ला लिगामा उत्कृष्ट अमेरिकन प्लेयर बनेका छन् । बार्सिलोनाले गत सिजन ला लिगाका साथै च्याम्पियन्स लिगसहित तीन उपाधि जितेको थियो ।


from ARENA http://ift.tt/1LKjDQC
via IFTTT

खेलकुदमा कुनै ठाउँ छैन लोभी–पापीहरुलाई

मंगसिर १५।  राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव केशवकुमार विष्टले खेलकुदमा ‘लोभी–पापीहरुलाई कुनै ठाउँ नभएको’ स्पस्ट पारेका छन् ।

नेपाल आइस हक्की संघको काठमाडौंको शिवपुरीमा भएको प्रथम साधारणसभालाई सोमबार सम्बोधन गर्दै सदस्यसचिव विष्टले ‘विदेश भ्रमण गर्न र पैसाको चलखेल गर्न पाइन्छ भनेरसमेत खेलकुदमा लाग्नेहरुकोजमात रहेको’ भन्दै दुःखेसो गरे ।

सदस्यसचिव विष्टले केही खेलमा जतिसुकै रकम खर्च गरेपनि उपलब्धि नहुने भन्दै पदक हासिल गर्ने खेललाई विशेष प्रोत्साहन गर्ने बताए ।

आइस हक्की संघको साधारणसभाले लोकबहादुर शाहीलाई पुनः केन्द्रीय अध्यक्षमा चयन गर्दै निर्विरोध १७ सदस्यीय समिति चयन गरेको छ ।

त्यस्तै, नवनिर्वाचित कार्यसमितिले सोमबारै मनोनित १४ सदस्य थप्दै कार्यसमितिलाई ३१ सदस्यीय बनाएको छ ।


from ARENA http://ift.tt/21qymvC
via IFTTT

Sunday, November 29, 2015

उत्तर कोरियाको नयाँ कपाल कानून


उत्तर कोरियामा जनतालाई आफ्ना नेताको जस्तै कपाल बनाउन निर्देशन जारी गरिएको छ ।निरंकुशताको पनि एउटा हद हुन्छ । हुँदाहुँदा शासकले जनतालाई कपाल कस्तो बनाउने भन्ने कुरामा पनि निरंकुशता लादेका छन् ।
जस अनुसार उत्तर कोरियाली हरेक पुरुषले आफ्ना सर्वोच्च नेता किम जोंग अनको जस्तै स्टाइलको कपाल बनाउनुपर्नेछ । जस अनुसार दुर्इ सेन्टिमिटर भन्दा लामो कपाल पाल्न पाइनेछैन र हेयर स्टाइल पनि ठ्याक्कै किमको जस्तै हुनुपर्नेछ ।
पुरुषलाई मात्र कहाँ हो र ? महिलाका लागि पनि नयाँ निर्देशन छ । उत्तर कोरियाली महिलाहरुले अब हेयर स्टाइलमा मनमौजी गर्न पाउनेछैनन् । उनीहरुले किम जोंग अन पत्नी रि सो जु को जस्तै हेयरस्टाइल बनाउनुपर्नेछ । केवल कलाकारहरुलाई मात्र लामो कपाल बनाउन छुट दिइएको छ । सरकारले कपाल कानूनमा कडाइ गर्दै गस्तीलाई तिव्र बनाएको छ । नियम नमान्नेलाई ठाउँका ठाउँ छोप्ने र जबरजस्ती कपाल काटिदिने गरिएको छ ।
कानको छउँछेउँ तथा पछाडिपटि्ट खौरिएको किमको हेयर स्टाइललाई पश्चिमाहरुले निकै खिल्ली उडाउने गरेका छन् । तर यस्तो स्टाइललाई उत्तर कोरियामा भने महत्वाकांक्षाको प्रतिक मानिन्छ र जनतालाई त्यस्तै स्टाइलको कपाल बनाएर आफ्ना महत्वाकांक्षी नेताप्रति सम्मान प्रकट गर्न निर्देशन दिइएको छ ।


from SHYANE http://ift.tt/1XCle23
via IFTTT

पेनाल्टी गोलले लिभरपुल विजयी

मंगसिर १४।  इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति सम्पन्न खेलमा लिभरपुल विजयी भएको छ ।
आफ्नै मैदानमा भएको खेलमा लिभरपुलले स्वान्सी सिटीलाई १-० ले हराएको हो । खेलमा लिभरपुललाई विजयी गराउन जेम्स मिल्नरले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।
प्रिमियर लिग अन्तर्गतकाअन्य खेलहरुमा आर्सनल र नर्वीच सिटी तथा चेल्सी र टोटनह्याम हट्सपरले बराबरीमा चित्त बुझाएका छन् ।
नर्वीच सिटीको मैदानमा भएको खेलमा आर्सनलले १-१ गोलको बराबरी खेलेको हो । यसैगरी पछिल्लो समय खराब लयबाट गुज्रिरहेको चेल्सीले टोटनह्याम हट्सपरसँग उसैको मैदानमा गोलरहित बराबरी खेले ।
आइतबार राति भएको अर्को खेलमा वेष्ट ह्याम युनाइटेड र वेष्ट ब्रोमले १-१ गोलको बराबरी खेलेका छन् । आइतबार रातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १४ खेलबाट २९ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहेको छ ।
समान खेलबाट २९ अंक जोडेको लेष्टर सिटी गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ भने तेस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको २८ अंक छ । २७ अंक जोडेको आर्सनल भने चौथो स्थानमै समेटिएको छ ।


from ARENA http://ift.tt/21nZDPi
via IFTTT

बेलायतले लग्यो डेभिस कप टेनिसको उपाधि

मंगसिर १४।  यस वर्षको डेभिस कप टेनिसको उपाधि बेलायतले जितेको छ । बेल्जियमको घेन्टमा आइतबार राति भएको खेलमा ब्रिटिस खेलाडी एण्डी मरेले बेल्जियमका डेभिस गोफीनलाई हराँउदै उपाधि जिताएका हुन् ।
५ खेलको श्रृंखलामा २-१ को अग्रता लिएको अवस्थामा चौथो खेल जित्दै बेलायतका मरेले टोलीलाई ३-१ को अग्रता दिएपछि उपाधि पक्काभएको हो ।
गोफीन विरुद्धको खेल मरेले ६-३, ७-५ र ६-३ आफ्नो पक्षमा पारे । बेलायतले प्रतिष्ठित डेभिस कप टेनिसको उपाधि जितेको सन् १९३६ पछि यो पहिलो अवसर हो । यो सँगै बेलायतले १० पटक डेभिस कप टेनिसको उपाधि जितेको छ ।


from ARENA http://ift.tt/1XCmh1I
via IFTTT

हिमालयन ह्वाईट वाटर च्यालेन्जमा १५ खेलाडी छनौट

मंगसिर १४।  नेपालमा र्‍याफ्टिङ्गका लागी खुल्ला गरिएका नदीहरुको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ त्रिशुली नदीमा १४ औं हिमालयन ह्वाईट वाटर च्यालेन्ज प्रतियोगिता आयोजना गरिएको छ ।
च्यालेन्ज प्रतियोगिता अन्तर्गत फ्रि स्टाइलमा १५ जना खेलाडीहरु छनौट भएका छन् । अमेरिका, अष्ट्रेलिया, बेलायत, श्रीलंकालगायत १६ विदेशी राष्ट्रहरुसहित ८२ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा रिभर गाइड लगायत अन्य साहसिक जल यात्राका खेलाडीहरुलाई तीन  विधामा प्रतिस्पर्धा गराइएको छ ।
भूकम्पपछि नेपालमा जल यात्रा सुरक्षित रहेको छ भन्ने सन्देस दिनका लागी समेत यस प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएका छन् ।


from ARENA http://ift.tt/1XClA8L
via IFTTT

सिंहदरबारदेखि राष्ट्रसंघ भवन पुल्चोकसम्म मानव साङ्लो

मंगसिर १४।  नेपालमाथि लगाइएको भारतीय नाकाबन्दीलाई अन्तरराष्ट्रियकरण गर्न ‘राष्ट्रिय स्वाधीनता अभियान’ले सिंहदरबारदेखि संयुक्त राष्ट्रसंघ भवन पुल्चोकसम्म आज मानव सांग्लो प्रदर्शन गर्दैछ ।

अभियानले सोमबार २ देखि ३ बजे एक घण्टासम्म राष्ट्रका पक्षमा राष्ट्रिय झण्डासहित सडकमा उभिन सबैलाई आह्वान गरेको छ ।
‘नाकाबन्दी, हिंसा र दण्डहीनताको विरोध गरौँ, राष्ट्रिय स्वाधीनताको रक्षा गराैं’ भन्ने नारा साथ सिंहदरबारदेखि राष्ट्रसंघको कार्यालय पुल्चोकसम्म मानव साङ्लो बनाइनेछ ।
अभियानका नेता तथा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले भने- नेपालले भोगेको संकटलाई अन्तर्राष्टियकरण गर्नका लागि हामीले सिंहदरबार र राष्ट्र संघलाई जोड्न खोजेका हौं । हाम्रो आन्तरिक समस्या हामी आफैं समाधान गर्न सक्छौं भन्ने सन्देश दिने हो ।’
अभियानमा मानवअधिकारकर्मी सबोध प्याकुरेल, एमाओवादी नेता कृष्ण केसी, मसालका कृष्ण अधिकारी, कलाकर्मीहरुको समेत ऐक्यवद्धता रहेको छ । नाकाबन्दीको विरोधमा गर्न लागिएको अभियानमा कवि, लेखक, कलाकार, बुद्धिजीवी, विद्यार्थी तथा युवाहरु सहभागी हुनेछन् ।
भारतले गरेको नाकाबन्दीका कारण नेपालीले दुःखकष्ट व्यहोर्नुपरेको, नेपालीको जनजीवन कष्टकर भएको, भूपरिवेष्ठित देश नेपालले पाउने पारवहन अधिकार कटौती भएको भन्दै आम नागरिकबाट नाकाबन्दीको विरोध गर्न यो अभियान आयोजना गरिएको अभियन्ता एवं चलचित्रकर्मी केपी पाठकले अनलाइनखबरलाई बताए ।
मानव साङ्लो निर्माणसँगै अभियानले नाकाबन्दीका कारण नेपालले भोग्नुपरेका समस्या बारेमा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई ध्यानाकर्षण गराउन नेपालस्थित राष्ट्रसङ्घीय कार्यालयमा ज्ञापनपत्रसमेत बुझाउने कार्यक्रम रहेको पाठकले बताए ।


from SHYANE http://ift.tt/1jsEMYW
via IFTTT

Saturday, November 28, 2015

क्रिकेट स्कुल पाठशाला

मंगसिर १३।  नेपाल स्पोर्टस म्यानेजमेन्टले भेलोसिटी एरिनामा नेपाल क्रिकेट स्कुल सञ्चालनमा ल्याएको छ । काठमाडौंको रातोपुलमा रहेको क्रिकेट स्कुल इन्डोर क्रिकेटको आधारमा सञ्चालनमा आएको हो । एरिनामा फुटसल मैदान पनि रहेको छ ।
राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, कप्तान पारस खड्का र नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएम सेनाबिर्तानाले शनिबार क्रिकेट स्कुलको संयुक्त उद्घाटन गरे । नेपालको प्रशिक्षकका रूपमा आफ्नो कार्यकाल सकेर दासानायकेशनिबार नै गृह नगर क्यानाडा फर्किएका छन् । ४ रोपनी ८ आनामा फैलिएको क्रिकेट स्कुलको इन्डोरमा ५ ओटा विकेट रहेको छ ।
अन्तर्राष्ट्रिय स्तरको आर्टिफिसियल टर्फ रहेको दाबी गरेको नेपाल स्र्पोट्स म्यानेजमेन्टले सेन्टर विकेटमा यूएईको दुबईमा रहेको आईसीसी ग्लोबल एकेडेमी बाला ब्याटिङ टर्फ रहेको जनाएको छ । दासानायकेले नेपाली क्रिकेटको स्तर विकास गर्न क्रिकेट स्कुलले ठुलो भुमिका खेल्न सक्ने जनाए । पारसले यो नेपालको सबैभन्दा ठुलो एकेडेमी भएकाले राष्ट्रिय टोलीका खेलाडीले आफ्नो हिसाबमा यहाँ आएर प्रशिक्षण गर्ने जनाए ।
नेपाल स्पोर्टस् म्यानेजमेन्टले प्रशिक्षक दासानायकेलाई सम्मान गर्दै बिदाइ गरेको थियो । श्रीलंकाका राजदूत डब्लुएम सेनाबिर्तानाले नेपालको क्रिकेट स्थापनाका क्रममा पूर्वप्रशिक्षक रोय डायसले गरेको योगदान र अहिले दासानायकेले नेपाललाई विश्वकपमा पु¥याउन गरेको योगदानको प्रशंसा गर्दै नेपाली क्रिकेटको विकासमा सहयोग गर्न श्रीलंकाबाट सहयोगी भूमिका बनाउन प्रयास गर्ने जनाए ।
काठमाडौं क्षेत्रका पूर्व विकेटकिपर करण घिमिरे लगायतको स्वामित्वमा रहेको क्रिकेट स्कुलको प्रमुख निर्देशकमा राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास र प्रमुख प्रशिक्षकमा पूर्वराष्ट्रिय खेलाडी कलाम अली छन् । राति खेल्न मिल्ने, बलिङ मेसिन, बलिङ गति नाप्न सक्ने स्पिड गन नेपाल क्रिकेट स्कुलमा रहेको अर्का सञ्चालक अकुर रिमालले जनाए ।

२ सयजनासम्म विधार्थी राखेर क्रिकेट प्रशिक्षण सञ्चालन गर्ने क्रिकेट स्कुलले भविष्यमा यू–१४ र यू–१६ इन्डोर प्रतियोगिता पनि सञ्चालन गर्ने जनाएको छ । एरिनामा ब्याडमिन्टन र टेबुल टेनिस पनि थपिने अर्का सञ्चालक सन्देश कटुवालले बताए ।


from ARENA http://ift.tt/1NC4AAf
via IFTTT

ब्याडमिन्टन टोली ढाका प्रस्थान

मंगसिर १३।  बंगलादेश अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज– २०१५ मा सहभागी हुन ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
डिसेम्बर १ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले पुरुष÷महिलाको सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जनाएका छन् । महासचिव श्रेष्ठका अनुसार प्रतियोगितामा विभिन्न २४ राष्ट्रको सहभागिता रहनेछ ।
पुरुषमा रत्नजित तामाङ, विकास श्रेष्ठ, दीपेश धामी, साजनकृष्ण ताम्राकार र विष्णु कटुवाल रहेका छन् । महिलामा सरादेवी तामाङ, नंशलदेवी तामाङ, शिक्षा श्रेष्ठ र अमिता गिरी छन् ।
टोली नेतामा ब्याडमिन्टन संघका सचिव एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य वीरेन्द्र श्रेष्ठ, प्रशिक्षकमा जयन्त श्रेष्ठ तथा व्यवस्थापकमा लवभक्त श्रेष्ठ रहेका छन् ।गत वर्ष भएको प्रतियोगिताको विभिन्न ३ स्पर्धामा क्वार्टरफाइनल पुग्नु नेपाली खेलाडीले यो प्रतियोगितामा हासिल गरेको अहिलेसम्मकै ठूलो उपलब्धि हो । पुरुष सिंगल्समा रत्नजित, पुरुष डबल्समा रत्न र विकासको जोडी तथा मिक्स डबल्समा रत्न र सराको जोडी क्वार्टरफाइनलमा पुगेको थियो । टोलीलाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट र ब्याडमिन्टन संघका अध्यक्ष रमेशकुमार श्रेष्ठले एक कार्यक्रमबिच बिदाइ गरे ।


from ARENA http://ift.tt/1MMaif9
via IFTTT

पूर्व पश्चिम राजमार्गमा सिलिण्डर बम http://ift.tt/1LG1Wll

मंगसिर १३।  पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोताह गाबिस ८ स्थित महुली पुलमा दुईवटा सिलिण्डर बम फेला परेको छ।  नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा गइ डिस्पोजल गरेको छ । संग्युक्त मधिसे मुक्ति मोर्चाले राखेको हुन सक्ने नेपाली सेनाको भनाई  l 


from SHYANE http://ift.tt/1QN1Hww
via IFTTT

१३ जना भारतीय सुरक्षाकर्मी सशस्त्र प्रहरीको नियन्त्रणमा http://ift.tt/1lnx5og

मंगसिर १३।  झापाको बिहारसंग सीमा जोडिएको केचना गाविसको सीमा नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गरेका १३ जना भारतीय सीमा सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान साढे ६ बजेतिर नेपाली भूभागमा छिरेका उनीहरुलाई केचनास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टका सशस्त्र प्रहरीटोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मध्ये चार जनासँग अत्याधुनिक राइफल समेत छ । तस्करलाई लखेट्दै गर्दा नेपाल प्रवेश गरेको उनीहरुले बताएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भने घटनाबारे छानबीन भइरहेको बताएका छन् ।
हतियारसहित पक्राउ परेका सबैलार्ई केचना नाकामा रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा राखिएको छ ।


from SHYANE http://ift.tt/1lnx2ZG
via IFTTT

नेपालमै खुल्यो क्रिकेट पाठशाला http://ift.tt/1MXuDw3

मंगसिर १३।  नेपाल स्पोर्टस म्यानेजमेन्टले भेलोसिटी एरिनामा नेपाल क्रिकेट स्कुल सञ्चालनमा ल्याएको छ । काठमाडौंको रातोपुलमा रहेको क्रिकेट स्कुल इन्डोर क्रिकेटको आधारमा सञ्चालनमा आएको हो । एरिनामा फुटसल मैदान पनि रहेको छ ।
राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, कप्तान पारस खड्का र नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएम सेनाबिर्तानाले शनिबार क्रिकेट स्कुलको संयुक्त उद्घाटन गरे । नेपालको प्रशिक्षकका रूपमा आफ्नो कार्यकाल सकेर दासानायकेशनिबार नै गृह नगर क्यानाडा फर्किएका छन् । ४ रोपनी ८ आनामा फैलिएको क्रिकेट स्कुलको इन्डोरमा ५ ओटा विकेट रहेको छ ।
अन्तर्राष्ट्रिय स्तरको आर्टिफिसियल टर्फ रहेको दाबी गरेको नेपाल स्र्पोट्स म्यानेजमेन्टले सेन्टर विकेटमा यूएईको दुबईमा रहेको आईसीसी ग्लोबल एकेडेमी बाला ब्याटिङ टर्फ रहेको जनाएको छ । दासानायकेले नेपाली क्रिकेटको स्तर विकास गर्न क्रिकेट स्कुलले ठुलो भुमिका खेल्न सक्ने जनाए । पारसले यो नेपालको सबैभन्दा ठुलो एकेडेमी भएकाले राष्ट्रिय टोलीका खेलाडीले आफ्नो हिसाबमा यहाँ आएर प्रशिक्षण गर्ने जनाए ।
नेपाल स्पोर्टस् म्यानेजमेन्टले प्रशिक्षक दासानायकेलाई सम्मान गर्दै बिदाइ गरेको थियो । श्रीलंकाका राजदूत डब्लुएम सेनाबिर्तानाले नेपालको क्रिकेट स्थापनाका क्रममा पूर्वप्रशिक्षक रोय डायसले गरेको योगदान र अहिले दासानायकेले नेपाललाई विश्वकपमा पु¥याउन गरेको योगदानको प्रशंसा गर्दै नेपाली क्रिकेटको विकासमा सहयोग गर्न श्रीलंकाबाट सहयोगी भूमिका बनाउन प्रयास गर्ने जनाए ।
काठमाडौं क्षेत्रका पूर्व विकेटकिपर करण घिमिरे लगायतको स्वामित्वमा रहेको क्रिकेट स्कुलको प्रमुख निर्देशकमा राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास र प्रमुख प्रशिक्षकमा पूर्वराष्ट्रिय खेलाडी कलाम अली छन् । राति खेल्न मिल्ने, बलिङ मेसिन, बलिङ गति नाप्न सक्ने स्पिड गन नेपाल क्रिकेट स्कुलमा रहेको अर्का सञ्चालक अकुर रिमालले जनाए ।

२ सयजनासम्म विधार्थी राखेर क्रिकेट प्रशिक्षण सञ्चालन गर्ने क्रिकेट स्कुलले भविष्यमा यू–१४ र यू–१६ इन्डोर प्रतियोगिता पनि सञ्चालन गर्ने जनाएको छ । एरिनामा ब्याडमिन्टन र टेबुल टेनिस पनि थपिने अर्का सञ्चालक सन्देश कटुवालले बताए ।


from SHYANE http://ift.tt/1MMaMln
via IFTTT

सन्नी लियोन सगै अभिनय गर्ने नेपाली चेली http://ift.tt/1Ih9Fvr


केही समयअघि बजारमा आएको एउटा नयाँ भोड्कामा बलिउड अभिनेत्री सन्नी लियोनले गरेको मोडलिङ स्टाइल मोडल मनीषा पराजुलीलाई मन परेको थियो । मोडलिङमा करिअर बनाउँदै गरेकी मनीषाले जब नेपालमा सोही भोड्काको विज्ञापनमा काम गर्ने अवसर पाइन्, उनी निकै खुसी भइन् ।
टेलिभिजन च्यानलमा सांगीतिक कार्यक्रम प्रस्तोताको रूपमा चर्चा कमाएकी मनीषाले केही महिनाअघि राजधानीमा सम्पन्न ‘मोडल क्वेस्ट इन्रटनेसनल नेपाल–२०१५’ मा भाग लिएकी थिइन् । सो कार्यक्रमबाट व्यावसायिक मोडलिङ यात्रा सुरु गरेकी उनी पछिल्लो समय मोडलिङ पेसामा छाउँदै छिन् । यसै क्रममा विभिन्न ¥याम्प मोडलमा फेसन सो गरेकी मनीषा विज्ञापन मोडलिङ र ¥याम्प मोडलिङमा रुचि राख्छिन् । फेसन सोमा विभिन्न स्टाइलका फेसनमा सजिएर ¥याम्पमा हिँड्दा निकै रमाइलो लाग्ने गरेको उनले बताइन् ।
डीजे पार्टीसँगै फेसन सो प्रायः साँझदेखि अबेर रातिसम्म हुने गर्छ । त्यस्ता कार्यक्रममा मोडलहरूले धूमपान, मद्यपान पनि त्यत्तिकै गर्छन् । तर, मोडलिङमा लाग्दैमा चुरोट  तान्नुपर्ने, ब्वाइफ्रेन्ड बनाएर घुम्नुपर्ने भन्ने कुरामा उनी सहमत छैनन् । त्यसो त मनीषा वाइनसम्म पिउँछिन् । मोडलिङ पनि पेसा भएकाले यसलाई मर्यादित बनाउनुपर्ने उनको सुझाव छ ।
तिन वर्षअघि मिस एसएलसी आइकनमा सहभागी हुँदा उनलाई यो क्षेत्रको बारेमा केही ज्ञान थिएन । तर, अहिले उनले यो क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पाएकी छन् । नाम र दाम दुवै हुने भएकाले यो पेसा मन परेको मनीषाले बताइन् । दुईओटा टेलिभिजन च्यानलमा कार्यक्रम प्रस्तोताको रूपमा काम गरिसकेकी यी मोडल काठमाडौं कोटेश्वरकी हुन् । उनी अहिले बानेश्वरको लिभरपुल इन्टरनेसनल कलेजमा १२ कक्षामा अध्ययनरत छिन् । अध्ययन र मोडलिङलाई सँगै अघि बढाउने योजना सुनाउँदै उनले अध्ययन सकेर नेपाली चलचित्रमा अभिनेत्रीको रूपमा काम गर्ने पनि बताइन् । उनलाई नयाँ चलचित्रमा प्रस्ताव आएको छ । आफू सो चलचित्रमा अनुबन्धित भएपछि मात्र चलचित्रको नाम बताउने मनीषाको कथन छ । 


from SHYANE http://ift.tt/1Ih9Fvl
via IFTTT

नेपाली र भारतीयबीच कुस्ती

मंगसिर १३।  बर्दियाको सदरमुकाम गुलरियामा शनिबारदेखि नेपाल र भारतका खेलाडीहरु सहभागी कुस्ती प्रतियोगिता सुरु भएको छ ।

खेलमा भारतको दिल्ली, हिमाञ्चल प्रदेश, हरियाणा, राजस्थान, कश्मिरलगायतका स्थानबाट ३० जना खेलाडी सहभागी छन् । प्रतियोगिताअन्तर्गत् शनिबार पहिलो दिन भएका छुट्टा–छुट्टै तौल समूहका खेलमा नवलपरासीका बसन्तथापा र भारतीय खेलाडीहरु बादल पहलमान, ज्वाला सिंह पहलमान र नदीम अहमद विजयी भएका छन् ।प्रतियोगिता पाँच दिनसम्म सन्चालन हुनेछ । 


from ARENA http://ift.tt/1On91h2
via IFTTT

पीएसजीलाई १६ अंकको अग्रता

मंगसिर १३।  पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सको लिग १ फुटबलमा १६ अंकको अग्रता लिएको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले अंक तालिकाको पुछारमा रहेको ट्रोयसलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।
पीएसजीको पार्क डे पि्रन्सेसमा खेल सुरु हुनुअघि मैदानमा फ्रान्सको झण्डा प्रदर्शन गरिएको छ । साथै पेरिस आक्रमणमा ज्यान गुमाएकाहरुको सम्झौतामा मौनधारण समेत गरिएको थियो ।
खेलको २० औं मिनेटमा घरेलु टोलीका लागि काभानीले गोल गरे । पीएसजीले बाँकी तीन गोल भने दोस्रो हाफमा गरेको थियो ।
५८ औं मिनेटमा जाल्टन इब्राहिमोभिचले पेनाल्टीमा गोल गरे भने ६७ औं मिनेटमा कुर्जावा र ८४ औै मिनेटमा अगस्टिनले गोल गर्दै पीएसजीलाई ४-० को अग्रता दिलाए । ट्रोयसका लागि खेलको अन्तिम मिनेटमा आयासारले सान्त्वना गोल गरे ।
जितपछि पीएसजी १५ खेलबाट ४१ अंकसहित शीष्र्न स्थानमा छ भने दोस्रो स्थानमा रहेको एंगर्सको २६ अंक छ ।


from ARENA http://ift.tt/1NVmnwm
via IFTTT

बार्सिलोनाको चार गोल रियल सोसिडाड माथि , चार अंककै अग्रता

मंगसिर १३। चोटमुक्त भएर मैदान फर्किएपछि लिओनल मेस्सीको पहिलो लिग गोलको मदतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा चार अंकको अग्रता कायमै राखेको छ ।
शनिबार राति भएको खेलमा लिग लिडर बार्सिलोनाले रियल सोसिडाडलाई ४-० ले पराजित गरेको छ ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलेनाले २२ औं मिनेटमा नेयमारको गोलबाट सुरुवाति अग्रता लिएको थियो । ४१ औं मिनेटमा लुइस स्वरेजले उत्कृष्ट भली गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले २-० ले अगाडि रहृयो ।
दोस्रो हाफको ५३ औं मिनेटमा नै नेयमारले व्यक्तिगत दोस्रो गोल गरे । ला लिगाको १२ खेलमा उनको यो १४ ओं गोल हो ।
खेलको अन्तिममा नेयमारको पासमा मेस्सीले गोल गरे । चोटका कारण दुई महिना मैदान बाहिर रहेका मेस्सी रियल मड्रिडसँगको इएल क्लासिकोबाट मैदान फर्किएका थिए । चोटमुक्त भएर मैदान फर्किएपछि ला लिगामा मेस्सीको यो पहिलो गोल हो ।
जितसँगै बार्सिलोना १३ खेलबाट ३३ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलबाट २९ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।
२४ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा छ र उसले एक खेल कम खेलेको छ ।


from ARENA http://ift.tt/1OxkA3o
via IFTTT

खेलकुद विश्वविद्यालय स्थापना गर्न युवा संघको माग

मंगसिर १३।  युवा संघ नेपालले खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने सहितको ३५ बुँदे माग राख्दै युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष राजीव पहारीको नेतृत्वमा गएको टोलीले एक निर्वाचन क्षेत्र एक खेलकुद मैदानको स्थापना गर्नुपर्ने, बेरोजगार भत्तालाई अनिवार्य गर्नुपर्ने, युवा प्रतिभा पुरस्कारलाई व्यापक गर्नुपर्ने र एक युवा एक रोजगारीको व्यवस्था गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको हो ।
युवा संघले युवा जनसङ्ख्याका आधारमा हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने र शिक्षा, स्वास्थ्य र रोजगारीको संवैधानिक हकलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न समेत माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै मन्त्री मण्डलले युवाले उठाएका जायज मागलाई सम्बोधन गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त थरेका छन् । रासस


from ARENA http://ift.tt/1XzKNAO
via IFTTT