Saturday, November 28, 2015

खेलकुद विश्वविद्यालय स्थापना गर्न युवा संघको माग

मंगसिर १३।  युवा संघ नेपालले खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने सहितको ३५ बुँदे माग राख्दै युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललाई ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष राजीव पहारीको नेतृत्वमा गएको टोलीले एक निर्वाचन क्षेत्र एक खेलकुद मैदानको स्थापना गर्नुपर्ने, बेरोजगार भत्तालाई अनिवार्य गर्नुपर्ने, युवा प्रतिभा पुरस्कारलाई व्यापक गर्नुपर्ने र एक युवा एक रोजगारीको व्यवस्था गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको हो ।
युवा संघले युवा जनसङ्ख्याका आधारमा हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने र शिक्षा, स्वास्थ्य र रोजगारीको संवैधानिक हकलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न समेत माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै मन्त्री मण्डलले युवाले उठाएका जायज मागलाई सम्बोधन गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त थरेका छन् । रासस


from ARENA http://ift.tt/1XzKNAO
via IFTTT

No comments:

Post a Comment