Thursday, December 17, 2015

एसएलसी परीक्षा चैत १८ देखि २९ गतेसम्म



यस वर्षको एसएलसी परीक्षा आगामी चैत १८ गतेबाट सुरु हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।

तराईमा आन्दोलनका कारण पठनपाठन अवरुद्ध भएकाले परीक्षा केही दिन पर सारिएको बताइएको छ ।

परीक्षा नियन्त्रक खगेन्द्र नेपालले साधारण र प्राविधिक धार दुवैको सँगै परीक्षा सञ्चालन हुने जानकारी दिनुभयो ।

पहिलो दिनमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।



चैत १८ गते अंग्रेजी

चैत १९ गते नेपाली

चैत २१ गते गणित

चैत २२ गते विज्ञान

चैत २३ गते सामाजिक शिक्षा

चैत २४ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण

चैत २५ गते ऐच्छिक प्रथम

चैत २६ गते ऐच्छिक द्वितीय

र चैत २७, २८ तथा २९ गते प्राविधिक विषयका परीक्षा परेको छ । 


from SHYANE http://ift.tt/1k5Blrr
via IFTTT

No comments:

Post a Comment