Monday, December 7, 2015

दक्षिण अफ्रिकाविरुद्ध भारतको विशाल जित

मंगसिर २२।  भारतले दक्षिण अफ्रिकाविरुद्धको ४ खेलको टेस्ट क्रिकेट श्रृंखला ३–० ले जितेको छ ।

सोमबार दिल्लीमा सम्पन्न चौथो तथा अन्तिम खेल ३ सय ३७ रनको विशाल अन्तरले जितेसँगै भारतले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट क्रिकेट श्रृंखला ३–० ले जितेको हो ।

४ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १ सय ४३ रनमैसमेटियो ।

श्रृंखलाअन्तर्गत् यसअधि भएको पहिलो तथा तेस्रो टेस्टमा भारतले बाजी मारेको थियो भने दोस्रो टेस्ट वर्षाका कारण बिना नतिजा टुंगिएको थियो ।

भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकाले यसअघि भएको ट्वेन्टी–२० तथा एक दिवसीय क्रिकेट श्रृंखला भने जितेको थियो ।


from ARENA http://ift.tt/1R65ohb
via IFTTT

No comments:

Post a Comment