Sunday, January 31, 2016

नेपालद्वारा भारत सामु ८ विकेट गुमाउदै १७० रनको लक्ष प्रस्तुत

माघ १८।  जारी उण्डर नाइण्टिन विश्वकप अन्तर्गत नेपालको ब्याटिंग सकिए सगै नेपालद्वारा भारत सामु ८  विकेट गुमाउदै १६९   रन बनाइ १७० रनको लक्ष प्रस्तुत गरेको छ।  


from ARENA http://ift.tt/1NL63xD
via IFTTT

नेपालद्वारा भारत सामु ८ विकेट गुमाउदै १७० रनको लक्ष प्रस्तुत

माघ १८।  जारी उण्डर नाइण्टिन विश्वकप अन्तर्गत नेपालको ब्याटिंग सकिए सगै नेपालद्वारा भारत सामु ८  विकेट गुमाउदै १६९   रन बनाइ १७० रनको लक्ष प्रस्तुत गरेको छ।  


from SHYANE http://ift.tt/1VB6DUq
via IFTTT

विश्वकप क्रिकेट: आज नेपाल भारतसँग भिड्दै

माघ १८ । अन्डर नाइन्टिन विश्वकप क्रिकेटअन्तर्गत समुह डी को अन्तिम खेलमा आज(सोमबार) नेपाल र भारत भिड्दै छन् ।
बंगलादेशमा जारी प्रतियोगिताअन्तर्गतको यो खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे सुरु हुनेछ । खेलपूर्व नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले आफ्नो टोली दबाबमा नभएकाले निर्धक्क भएर प्रदर्शन गर्ने बताएकाछन् ।
भारत विश्वकप विजेता राष्ट्र भएकाले आजको खेलमा खेलमा उ पुरै दबाबमा हुने र नेपालले त्यसको फाईदा उठाउने टमाटाको विश्वास छ ।
भारतसँगको खेलमा उनी ढुक्क देखिन्छन् । त्यसको एउटा कारण नेपाल छनोट भइसक्नु हो । ‘दबाब हामीलाई होइन, भारतलाई छ, हामी सामान्य खेल खेल्नेछौं । नेपालले राम्रो खेलिरहेको छ भनेर उनीहरूले हेरेर खेल्नुपर्ने दबाब छ । फिल्डिङ पनि हाम्रो राम्रो छ । हामी भारत बलियो टिम हो भनेर खेल्दैनौं,’ उनले भने ।
एक खेलअघि नै दुवै टिमले क्वार्टरफाइनलमा ठाउँ सुरक्षित गरिसकेका अवस्थामा यो खेलको नतिजाले समूह बिजेताको टुंगो लगाउने छ । दुवै टिमले न्यूजिल्याण्ड र आयरल्याण्डलाई पराजित गर्दै अन्तिम आठमा ठाउँ बनाएका हुन् ।
नेपालले न्यूजिल्याण्डलाई ३२ रनले तथा आयरल्याण्डलाई ८ विकेटले हराउँदै दोस्रो पटक क्वार्टरफाइनलमा पुगेको हो । भारत भने यो उमेर समुहको विश्वकपमा तीन पटकको च्याम्पियन हो । टेष्ट खेल्ने राष्ट्रहरु बाहेक प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने एकमात्र एसोसियट राष्ट्र नेपाल यसपटक त्यहाँभन्दा माथि पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।


from ARENA http://ift.tt/1Q5hqSM
via IFTTT

एपिएफ क्लव माइभ्याली गोल्ड कपको सेमिफाइनलमा

माघ १८ । सरस्वती युथ क्लब काठमाडौंलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लव इलामको ठूलो टुँडिखेलमा जारी माइभ्याली गोल्डकपको सेमिफाइनलमा आइतबार प्रवेश गरेको छ ।
एपिएफले ४–० गोल अन्तरले जित हात पारेको हो । एपिएफका लागि श्याम नेपाली, राजेन्द्र रावल, गणेश लावती र सन्तोष श्रेष्ठले एक/एक गोल गरे ।
खेलको म्यान अफ दि म्याच एपिएफका श्याम नेपाली घोषित भए । सोमबारको  खेल झापा ११ र साहारा फुटबल क्लब पोखराबीच हुनेछ ।


from ARENA http://ift.tt/1Kko5Mb
via IFTTT

अस्ट्रेलियन ओपनको उपाधि जोकोभिचलाई

माघ १८ । सर्बियाका नोभाक जोकोभिचले यो वर्षको पहिलो ग्राण्ड स्लाम उपाधि हात पारेका छन् । अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ टेनिस  उपाधिका लागि भएको भिडन्तमा उनले बेलायतका एन्डी मर्रेलाई पराजित गर्दै वर्षको पहिलो ग्राण्ड स्लाम कब्जा गरेका हुन् ।
जोकोभिचले मर्रेलाई लगातार तीन सेटमा ६–१, ७–५ र ७–६ले पराजित गरे । पहिलो सेट जित्न उनलाई केवल ३० मिनेट लागेको थियो तर दोस्रो सेटमा भने उनले निकै संघर्ष गर्नु पर्‍यो । तेस्रो सेटमा पनि मर्रेले उनलाई कडा टक्कर दिए । अन्ततः टाइब्रेकरमा जोकोभिच हावी भए ।
जोकोभिचको यो छैठौं अस्ट्रेलियन ओपन उपाधि हो । उनले हालसम्म ११ ग्राण्ड स्लाम उपाधि हासिल गरेका छन् ।


from ARENA http://ift.tt/1TvM3Gr
via IFTTT

Saturday, January 30, 2016

तीर्थ र लक्ष्मीलाई स्वर्ण

माघ १७।  भारतीय सेनामा कार्यरत वाग्लुङका तीर्थ पुन र नेपाली सेनाकी लक्ष्मी पाण्डेले‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत सडक दौडको खुलमा शनिबार स्वर्ण जितेका छन् । तीर्थ पुरुष र लक्ष्मी महिलातर्फ पहिलो भए ।
पुरुषमा नेपाली सेनाका राजन खत्री दोश्रो र कल्याण बानियाँ तेश्रो भए । महिलामा सानुमाया कार्की दोश्रो र रेसु बस्नेत तेश्रो भए । पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार तथा तेश्रोले १० हजारका दरले नगद पुरस्कार पाए ।
सडक दौडको कर्मचारीतर्फ पुरुषमा नेपाल टेलिकमका दलबहादुर दमाईं पहिलो, नेपाल विद्युत प्राधिकरणका अनुप केसी दोश्रो तथा नागरिक उड्डयनका निरोज सुवाल तेश्रो भए । सोही स्पर्धाको महिलामा नागरिक उड्डयनकी सुजिता माझी पहिलो तथा टेलिकमका कल्पना रायमाझी र पशुपति गिरी क्रमशः दोश्रो र तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजारका दरले पुरस्कार प्राप्त गरे । खुला र कर्मचारीमा गरी दौडमा जम्मा २ सय २३ प्रतिस्पर्धी सहभागी थिए ।
सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित प्रतियोगिताको बुद्धिचालमा विद्युतका पूर्व नेपाल च्याम्पियन विकासमान लामा प्रथम तथा टेलिकमका पूर्णसुन्दर श्रेष्ठ दोश्रो र गोविन्द खड्का तेश्रो भए । पहिलोले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जिते । बुद्धिचालमा १२ जनाले प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्य, महासचिव रामविनय श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।


from ARENA http://ift.tt/1SsTYDs
via IFTTT

सेरेनालाई हराउँदै केरबर, अस्ट्रेलियन ओपन

माघ १७।  जर्मनीकी एन्जेलिक केरबरले सेरेना विलियम्सलाई स्तब्ध पार्दै शनिबार अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् । जर्मन खेलाडीले टेनिस इतिहासकै ठूलो अप्रत्यासित नतिजाका रूपमा विश्व नम्बर १ तथा डिफेन्डिङ च्याम्पियन सेरेनालाई ६–४, ३–६ र ६–४ ले हराइन् ।
यो हारले अमेरिकी खेलाडी सेरेनाको २२ औं ग्रान्ड स्लाम जित्ने कीर्तिमानको सपना अहिलेका लागि रोकिएको छ । केरबरले ग्रान्ड स्लाम उपाधि जितेको यो पहिलोपल्ट हो । यस्तै सन् १९९९ मा स्टेफी ग्राफले फ्रेन्च ओपन जितेयता जर्मन खेलाडीले ग्रान्ड स्लाम उपाधि जितेको पनि यो पहिलोपल्ट हो ।


from ARENA http://ift.tt/1VyqMKC
via IFTTT

म्यानचेस्टर सिटी एफए कपको पाँचौं चरणमा

माघ १७ । दावेदार क्लबहरु आर्सनल र म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन् ।
शनिबार राती भएको खेलमा आर्सलनले बर्नलेलाई २–१ ले हरायो । यसैगरी एस्टन भिल्लालाई ४–० ले हराउँदै म्यानचेस्टर सिटी पनि पाँचौ चरणमा उक्लिएको छ ।
शनिबार राति नै भएकाखेलमा टोटनह्याम हट्सपरले कोल्चेस्टर युनाइटेडलाई ४–१ ले पाखा लगायो ।
यसैगरी स्टोक सिटीलाई १–० ले हराएको क्रिष्टल प्यालेस, नटिङ्घम फरेष्टलाई १–० ले हराएको वाट्फोर्ड तथा पोटर््समाउथलाई २–१ ले हराएको बर्नमाउथ पनि एफ.ए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन् ।
प्रिमियरसिप प्रतिद्वन्द्वी वेष्ट ह्यामसँग गोल रहित बराबरी खेलेको लिभरपुलले भने पाँचौं चरण प्रवेशका लागि फेरि खेल्नु पर्ने भएको छ ।
गएराति भएका अन्य खेल जित्दै हल सिटी, लिड्स युनाईटेड, ब्ल्याकबर्न रोभर्स र रिडिङ पनि पाँचौं चरणमा प्रवेश गरेका छन् ।


from ARENA http://ift.tt/1KOsuBV
via IFTTT

यु–१९ विश्वकप क्वाटरफाइनलमा नेपाल र भारत

माघ १६ । नेपाल आइसीसी यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समुह डी मा लगातार दोस्रो जित दर्ता गर्दै नेपाल र भारत प्रतियोगितको क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
समुहको पहिलो खेलमा न्युजिल्याण्डलाई पराजित गरेको नेपालले आज आयरल्याण्डलाई पराजित गरेको हो । त्यस्तै भारतले पहिलो खेलमाआयरल्याण्डलाई पराजित गरेको थियो भने आज न्युजिल्याण्डलाई पराजित गरेसँगै समुहको अन्तिम खेल खेल्नु अगावै नेपालसँगै भारत पनि क्वाटरफाइनल पुगेको हो ।
लगातार दुई खेलमा पराजय बेहोरोसँगै आयरल्याण्ड र न्युजिल्याण्ड भने समुह चरणबाटै बाहिरिएका छन् ।
हालसम्म अन्डर नाइन्टिन विश्वकपको सात वटा संस्करण खेलेको नेपालले दोस्रो पटक क्वाटरफाइनलमा स्थान बनाएको हो । यसअघि सन् २००० मा पहिलो पटक अन्डर नाइन्टिन विश्वकपमा सहभागी हुँदा नेपाल क्वाटरफाइनल पुगेको थियो ।
अन्डर नाइन्टिन विश्वकपको दोस्रो चरणमा स्थान बनाउने नेपाल एकमात्र एसोसियट राष्ट्र हो ।
पहिलो खेलमा न्युजिल्याण्डलाई स्तब्ध पारेको नेपालले आज आयरल्याण्डलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै लगातार दोस्रो जित दर्ता गर्‍यो । 
बंगलादेशको फतुल्लाहको खान शाहेव रंगशालामा आयरल्याण्डले प्रस्तुत गरेको १३२ रनको बिजयी लक्ष्य नेपालले २५ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका लागि योगेन्द्र कार्कीले सर्वाधिक नटआउट ६१ रनको योगदान गर्दा आरिफ सेखले ३१ तथा सुनिल धमलाले २८ रन जोडे ।
यसअघि ओपनर सन्दिप सुनार पहिलो बलमै डक आउट भएपछि नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । तर त्यसपछि सम्हालिएको प्रदर्शन गर्दै नेपालले शानदार जित दर्ता गरेको हो ।
खेलमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । नेपाली बलर सन्दिप लामिछानेले ह्याट्रिकसहित कुल ५ विकेट लिएपछि आयरल्याण्ड सस्तैमा समेटिएको थियो ।
सम्हालिएको सुरुवात गरेको आयरल्याण्डले पहिलो विकेट ३९ रनमा गुमाएको थियो तर नेपाली बलरहरुले त्यसपछि सनसनीपूर्ण खेल प्रस्तुत गरे । ४८ रनमा ३ विकेट गुमाईसकेको आयरल्याण्डले त्यसपछि सम्हालिने कोशिश गरेको थियो तर ३२ औं ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिँदै सन्दिप लामिछानेले ह्याट्रिक गरेपछि आइरिस इनिङ ध्वस्त भएको थियो ।
३९ औं ओभरमा ९२ रन बनाउदा ८ विकेट गुमाइसकेको आयरल्याण्डले त्यसपछि धैर्यता देखाउँदै पुरा ५० ओभर खेलेको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले थप १–१ विकेट लिए ।
सन्दिप लामिछाने अन्डर नाइन्टिन विश्वकपमा ह्याट्रिक पुरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि अविनाश कर्णले यो सफलता पाएका थिए ।
समुहको अन्तिम खेलमा सोमबार नेपाल र भारत भिड्दै छन् । सन् २००० मा पहिलो पटक अन्डर नाइन्टिन विश्वकपमा सहभागी हुँदा क्वार्टरफाइनल पुगेको नेपालले त्यसपछिको संस्करणमा त्यस्तो उपलब्धि दोहोर्‍याउन सकेको छैन ।


from ARENA http://ift.tt/1m6r7bA
via IFTTT

नेपाल यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा

माघ १६ । नेपाल आइसीसी यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समुह डी मा लगातार दोस्रो जित दर्ता गर्दै नेपाल र भारत प्रतियोगितको क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
समुहको पहिलो खेलमा न्युजिल्याण्डलाई पराजित गरेको नेपालले आज आयरल्याण्डलाई पराजित गरेको हो । त्यस्तै भारतले पहिलो खेलमाआयरल्याण्डलाई पराजित गरेको थियो भने आज न्युजिल्याण्डलाई पराजित गरेसँगै समुहको अन्तिम खेल खेल्नु अगावै नेपालसँगै भारत पनि क्वाटरफाइनल पुगेको हो ।
लगातार दुई खेलमा पराजय बेहोरोसँगै आयरल्याण्ड र न्युजिल्याण्ड भने समुह चरणबाटै बाहिरिएका छन् ।
हालसम्म अन्डर नाइन्टिन विश्वकपको सात वटा संस्करण खेलेको नेपालले दोस्रो पटक क्वाटरफाइनलमा स्थान बनाएको हो । यसअघि सन् २००० मा पहिलो पटक अन्डर नाइन्टिन विश्वकपमा सहभागी हुँदा नेपाल क्वाटरफाइनल पुगेको थियो ।
अन्डर नाइन्टिन विश्वकपको दोस्रो चरणमा स्थान बनाउने नेपाल एकमात्र एसोसियट राष्ट्र हो ।
पहिलो खेलमा न्युजिल्याण्डलाई स्तब्ध पारेको नेपालले आज आयरल्याण्डलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै लगातार दोस्रो जित दर्ता गर्‍यो । 
बंगलादेशको फतुल्लाहको खान शाहेव रंगशालामा आयरल्याण्डले प्रस्तुत गरेको १३२ रनको बिजयी लक्ष्य नेपालले २५ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका लागि योगेन्द्र कार्कीले सर्वाधिक नटआउट ६१ रनको योगदान गर्दा आरिफ सेखले ३१ तथा सुनिल धमलाले २८ रन जोडे ।
यसअघि ओपनर सन्दिप सुनार पहिलो बलमै डक आउट भएपछि नेपालको सुरुवात राम्रो हुन सकेको थिएन । तर त्यसपछि सम्हालिएको प्रदर्शन गर्दै नेपालले शानदार जित दर्ता गरेको हो ।
खेलमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । नेपाली बलर सन्दिप लामिछानेले ह्याट्रिकसहित कुल ५ विकेट लिएपछि आयरल्याण्ड सस्तैमा समेटिएको थियो ।
सम्हालिएको सुरुवात गरेको आयरल्याण्डले पहिलो विकेट ३९ रनमा गुमाएको थियो तर नेपाली बलरहरुले त्यसपछि सनसनीपूर्ण खेल प्रस्तुत गरे । ४८ रनमा ३ विकेट गुमाईसकेको आयरल्याण्डले त्यसपछि सम्हालिने कोशिश गरेको थियो तर ३२ औं ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिँदै सन्दिप लामिछानेले ह्याट्रिक गरेपछि आइरिस इनिङ ध्वस्त भएको थियो ।
३९ औं ओभरमा ९२ रन बनाउदा ८ विकेट गुमाइसकेको आयरल्याण्डले त्यसपछि धैर्यता देखाउँदै पुरा ५० ओभर खेलेको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले थप १–१ विकेट लिए ।
सन्दिप लामिछाने अन्डर नाइन्टिन विश्वकपमा ह्याट्रिक पुरा गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि अविनाश कर्णले यो सफलता पाएका थिए ।
समुहको अन्तिम खेलमा सोमबार नेपाल र भारत भिड्दै छन् । सन् २००० मा पहिलो पटक अन्डर नाइन्टिन विश्वकपमा सहभागी हुँदा क्वार्टरफाइनल पुगेको नेपालले त्यसपछिको संस्करणमा त्यस्तो उपलब्धि दोहोर्‍याउन सकेको छैन ।


from SHYANE http://ift.tt/1VyrNmb
via IFTTT

Thursday, January 28, 2016

नेपालको विजयी सुरुआत, न्यूजिल्यान्ड ३२ रनले पराजित



माघ १५ । बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।

टेस्ट मान्यता प्राप्त राष्ट्र न्यूजिल्यान्डलाई विहीबार ३२ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सनसनीपूर्ण सुरुआत गरेको हो ।

बंगलादेशको फतुल्लाहमा नेपालले दिएको २३९ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्यान्ड ४७ दशमलव१ ओभरमा २०६ रनमा समेटिएपछि नेपालले शानदार जित दर्ता गरेको हो ।

कसिलो बलिङ गर्दै सुरुआतदेखि न्यूजिल्यान्डलाई दबाबमा राखेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । यस्तै, प्रदीप तामाङले २ तथा सुनील धमला र सन्दीप लामिछानेले १–१ विकेट झारे । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान राजु रिजालको सर्वाधिक ४८ रनको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३८ रन जोडेको थियो ।

नेपालका लागि सन्दीप सुनार र आरिफ सेखले समान ३९–३९ रनको योगदान गर्दा आठौं नम्बरमा क्रिजमा आएका कुशल भुर्तेलले २३ बलमा अविजित ३५ रन बनाउँदै नेपाललाई राम्रो योगफलसम्म पुर्‍याएका थिए ।

यस्तै, राजवीर सिंहले २४, दीपेन्द्रसिंह ऐरीले १६, सुनील धमलाले १५, योगेन्द्रसिंह कार्कीले ६ तथा प्रदीप तामाङले अविजित ४ रन जोडे ।

नेपालले सन् २००६ को प्रतियोगितामा न्यूजिल्यान्डलाई हराएर प्लेट च्याम्पियन बनेको थियो ।

यु–१९ विश्वकप क्रिकेटको विभिन्न संस्करणमा टेस्ट मान्यता प्राप्त टोलीहरु दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र जिम्बाबेलाईसमेत पराजित गरिसकेको नेपालको विहीबारको जितसँगै दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनेको छ ।

आफ्नो दोस्रो खेलमा शनिबार आयरल्यान्डलाई पराजित गर्न सके नेपालको दोस्रो चरण प्रवेशको सम्भावना बलियो बन्ने छ ।

नेपाल रहेको समूह ‘डी’मा न्यूजिल्यान्डसँगै भारत र आयरल्यान्ड छन् । समूहको अन्तिम खेलमा नेपालले सोमबार भारतको सामना गर्नेछ ।


from SHYANE http://ift.tt/1ZXuwXz
via IFTTT

३२ लक्षणले युक्त नारी भन्ने गरिन्छ, आखिर के के हुन् त् ३२ लक्षण


सुन्दर आवरणकी युवती देख्नासाथ लाग्छ यहि होला ३२ लक्षणले युक्त भनेको तर वास्तवमा बत्तीस लक्षणले युक्त नारीलाई विशिष्ट रूपमा हेरिएको हुन्छ । शास्त्रले व्याख्या गरेका नारीका बत्तीस लक्षण हरु के के हुन त ?
१.पद्मासनमा बस्दा वृत्ताकार गोलो आसनमा देखिनु
२. हातका औंला लामा-लामा हुनु
३.औंलाका कापमा छाला केही बढी र जोड्दा टम्म मिलेका हुनु
४. छाला नरम हुनु र उमेर ढल्किएको अवस्थामा पनि युवावस्थाको जस्तै तेज हुनु
५. शरीरमा विभिन्न थरीका सात सुगन्ध हुनु
६. हरिणका जस्ता खुट्टा हुनु
७. गुप्तांग गुप्त रहनु
८. शरीरको माथिल्लो भाग सिंहको झैं सलक्क मिलेको हुनु
९.शरीरका अंग सुगठित हुनु
१०. काँध पुष्ट, चौडा र गोलो हुनु
११. पाखुरा राम्रोसँग र्फकने हुनु
१२. लामा पाखुरा हुनु
१३. सम्पूर्ण शरीर तेजोमय हुनु
१४. शंखजस्तै घाँटी हुनु
१५.सोझो र सिंहको जस्तो चिउँडो हुनु
१६. बत्तीसवटा दाँत हुनु
१७. दाँत चम्किला हुनु
१८. समान र टमक्क मिलेका दाँत हुनु
१९. स्वच्छ र सुन्दर बंगारा हुनु
२०. लामो जिब्रो हुनु
२१. सानोभन्दा सानोसम्मका विभिन्न स्वाद लिने क्षमता हुनु
२२. भँगेराको जस्तो स्वर हुनु
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु
२४.आँखीभौँ नीलकमलको रंगजस्ता हुनु
२५. आँखीभौँका बीचमा कोमल र सूक्ष्म रेखा हुनु
२६.मिलेको केश,
२७.अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु
२८. प्रबल र प्रभावशाली व्यक्तित्व हुनु
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु
३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु
३१. स्तन, नितम्ब, कम्मर आदि सबैका शारीरिक लक्षण आकर्षक हुनु
३२. दृढ स्वभाव हुनु।


from SHYANE http://ift.tt/1UubiqS
via IFTTT

फुटबल, विजेतालाई तीन लाख

माघ १५ । गत वैशाख १२ को विनाशकारी भूकम्पमा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा फुटबल प्रतियोगिता हुने भएको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान, मकवानपुरले भोम्जनको स्मृतिमा हेटौंडामा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्र्रतियोगिता आयोजना गर्न लागेको हो । आगामी फागुन १ गतेदेखि ८ गतेसम्म हुने प्रतियोगितामा६ नेपाली क्लबसहित भारत र भुटानका १–१ गरी कुल ८ टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेता टोलीले तीन लाख रुपैयाँ जित्ने छ भने उपविजेताले १ लाख रुपैयाँ हात पार्नेछ । वैशाख १२ को भूकम्पमा परी गोरखापत्र दैनिकका खेलकुद पत्रकार सुमन भोम्जनको निधन भएको थियो । 


from ARENA http://ift.tt/1JJQ5Je
via IFTTT

नेपालको विजयी सुरुआत, न्यूजिल्यान्ड ३२ रनले पराजित


माघ १५ । बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ ।

टेस्ट मान्यता प्राप्त राष्ट्र न्यूजिल्यान्डलाई विहीबार ३२ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सनसनीपूर्ण सुरुआत गरेको हो ।

बंगलादेशको फतुल्लाहमा नेपालले दिएको २३९ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्यान्ड ४७ दशमलव१ ओभरमा २०६ रनमा समेटिएपछि नेपालले शानदार जित दर्ता गरेको हो ।

कसिलो बलिङ गर्दै सुरुआतदेखि न्यूजिल्यान्डलाई दबाबमा राखेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । यस्तै, प्रदीप तामाङले २ तथा सुनील धमला र सन्दीप लामिछानेले १–१ विकेट झारे । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान राजु रिजालको सर्वाधिक ४८ रनको मद्दतमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३८ रन जोडेको थियो ।

नेपालका लागि सन्दीप सुनार र आरिफ सेखले समान ३९–३९ रनको योगदान गर्दा आठौं नम्बरमा क्रिजमा आएका कुशल भुर्तेलले २३ बलमा अविजित ३५ रन बनाउँदै नेपाललाई राम्रो योगफलसम्म पुर्‍याएका थिए ।

यस्तै, राजवीर सिंहले २४, दीपेन्द्रसिंह ऐरीले १६, सुनील धमलाले १५, योगेन्द्रसिंह कार्कीले ६ तथा प्रदीप तामाङले अविजित ४ रन जोडे ।

नेपालले सन् २००६ को प्रतियोगितामा न्यूजिल्यान्डलाई हराएर प्लेट च्याम्पियन बनेको थियो ।

यु–१९ विश्वकप क्रिकेटको विभिन्न संस्करणमा टेस्ट मान्यता प्राप्त टोलीहरु दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र जिम्बाबेलाईसमेत पराजित गरिसकेको नेपालको विहीबारको जितसँगै दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनेको छ ।

आफ्नो दोस्रो खेलमा शनिबार आयरल्यान्डलाई पराजित गर्न सके नेपालको दोस्रो चरण प्रवेशको सम्भावना बलियो बन्ने छ ।

नेपाल रहेको समूह ‘डी’मा न्यूजिल्यान्डसँगै भारत र आयरल्यान्ड छन् । समूहको अन्तिम खेलमा नेपालले सोमबार भारतको सामना गर्नेछ ।


from ARENA http://ift.tt/1Pm1LCa
via IFTTT

Wednesday, January 27, 2016

मोहनी लगाउने अत्तर , तपाई पनि किन्ने कि ?

वैज्ञानिकहरुले एउटा यस्तो अत्तर अर्थात् स्प्रे तयार पारेका छन् जसलाई सुँघाउने बित्तिकै केटीहरु तपाइँप्रति आकर्षित हुनेछन् । यो स्प्रे आफ्नो जिउमा छर्नुस् अनि मन परेको केटीको छेउँमा जानुस् । केटीले तपाइँको जिउबाट आइरहेको स्प्रेको बासना सुँघ्नेछिन् अनि त सक्किगो नि ।
वैज्ञानिकहरुका अनुसार केटी फकाउने यो स्प्रेमा लभ हर्मोन पनि भनिने सिन्थेटिक अक्सिटोसिन हालिएको छ ।
जर्मनको बन विश्वविद्यालयका शोधकर्ताहरुले आफ्नो प्रयोगका क्रममा यो स्प्रे सुँघेलगत्तै महिलाहरुले आफ्ना पुरुष साथीहरुलाई बढि आकर्षक अनुभव गर्ने गरेको प्रमाणित गरेका छन् । यो स्प्रेको बासना सुँघेलगत्तै महिलाहरुले कुनैपनि पुरुषलाई पहिले भन्दा १५ प्रतिशत बढि आकर्षक देख्ने गरेका छन् ।
यो स्प्रेमा सिन्टोसिनन नामको सिन्थेटिक तत्व हालिएको छ जुन अक्सिटोसिन हर्मोनबाट बनाइएको हो । यो अक्सिटोसिन हर्मोनलाई लभ हर्मोन पनि भनिन्छ र एक अर्कासँग प्रेम तथा सम्भोगका बेला मस्तिष्कबाट यो हर्मोन निस्कन्छ ।
यो हर्मोनले बच्चा पैदा गर्ने, आमाको स्तनमा बच्चाको लागि दुध पैदा गर्ने तथा बच्चाप्रति आमामा ममता विकाश गर्ने काममा पनि सहयोग गर्दछ ।
शोधकर्ताहरुले २० देखि २९ वर्ष उमेरका ४६ जना महिलामा यो स्प्रेको प्रभावका बारेमा अध्ययन गरेका थिए जो कुनै युवकसँग प्रेममा थिए ।
जब उनीहरुलाई यो स्प्रे सुँघाइयो र आफ्नो ब्वायफ्रेण्डप्रतिको आकर्षणको बारेमा सोधियो तब उनीहरुले आफ्नो ब्वायफ्रेण्ड पहिले भन्दा १५
प्रतिशत बढि आकर्षक देखिएको बताए । तर गर्भनिरोधक औषधि खाएका महिलामा भने यो स्प्रेले कुनै असर पारेन ।


from SHYANE http://ift.tt/206F6AE
via IFTTT

एभर्टनलाई हराँउदै म्यान्चेस्टर सिटी फाईनलमा

माघ १४ । एभर्टनलाई हराँउदै म्यान्चेस्टर सिटी क्यापिटल वान कप अर्थात इङ्गलिस लिग कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
पहिलो लेगको खेलमा एभर्टनसँग २-१ ले पराजित सिटीले बुधबार राती आफ्नै मैदानमा भएको दोस्रो लेगको खेल ३-१ ले जित्दै समग्रमा ४-३ को नतिजाको साथ फाईनलमा ठाँउ बनाएको हो ।
सिटीले अब फाईनलमा लिभरपुलको सामना गर्नेछ । यसअघि बुधबार भएको पहिलो सेमीफाईनल खेलमा स्टोक सिटीलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै लिभरपुल फाईनलमा पुगेको थियो ।
लिभरपुल र म्यान्चेस्टर सिटीविचको लिग कप फुटबलको फाईनल खेल आगामी फेब्रुअरी २८ तारीखमा चर्चीत वेम्बले रंगशालामा हुनेछ ।


from ARENA http://ift.tt/1PGjMgE
via IFTTT

न्यूजिल्याण्डसँग नेपाल भिड्दै

माघ १४ । बंगलादेशमा जारी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज न्यूजिल्याण्डसँग खेल्दैछ । नेपाल सन् २००६ मा न्यूजिल्याण्डलाई पराजित गर्दै प्लेट च्याम्पियन बनेको थियो ।
नेपालले विभिन्न संस्करणमा टेष्ट मान्यताप्राप्त टोलीहरु दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र जिम्बाबेलाईसमेत पराजित गरिसकेकालेआज पनि सोही लयलाई सम्हाल्दै विजयी सुरुवात गर्ने अपेक्षा गरिएको छ । नेपाल रहेको समूह डी मा न्यूजिल्याण्डसँगै भारत र आयरल्याण्ड छन् ।
यता प्रतियोगितामा आयोजक बंगलादेश र इङ्गल्याण्डले विजयी सुरुवात गरेका छन् । हिजो भएको उद्घाटन खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई ४३ रनले पराजित गरेको हो भने इङ्गल्याण्डले फिजीलाई २९९ रनको फराकिलो अन्तरले पराजित गर्यो। 


from ARENA http://ift.tt/1KGwpRq
via IFTTT

Tuesday, January 26, 2016

सुत्ने तरिकाले बताउँछ उसको व्यवहार

मानिसको सुत्ने तरिका अलग–अलग हुन्छ । धेरै यस्ता मानिस हुन्छन्, जसलाई निश्चित तरिकाले सुत्दामात्रै राम्रो निन्द्रआउँछ । सुत्ने तरिकालाई ध्यान दिएर हेर्ने हो भने व्यक्तिको स्वभाव पनि जान्न सकिन्छ । मानिसको बानी र व्यवहारको प्रभाव स्वभावमा पनि मेल खान्छ । जस्तो स्वभाव हुन्छ, त्यस्तै व्यवहार र आदत हुन्छ ।
ज्योतिषशास्त्रमा व्यक्तिको बानी र शारिरीक लक्षणलाई हेरेर स्वभाव थाहा पाउने विद्यालई सामुद्रिक शास्त्र भनिन्छ । हामीले यहाँ मानिसको सुत्ने तरिकाअनुसार स्वभाव कस्तो हुन्छ भन्ने बारे जानकारी दिँदैछौं ।
१) दुबैहात र खुट्टा फैलाएर उत्तानो परेर सुत्ने मानिसहरु आफ्नो काम स्वतन्त्रताका साथ गर्न मन पराउँछन् । उनीहरुलाई कसैको हस्तक्षेप मान्य हुँदैन । यस्ता व्यक्तिमा सबै सुख(सुविधा प्राप्त गर्ने मोह हुन्छ । खासगरी यिनीहरुको जीवनमा कैयन उपलब्धि हासिल हुन्छ । यस्ता मानिसहरु सुन्दरतामा छिट्टै आकर्षित हुन्छन् । यिनीहरुलाई ठट्टा रमाईलो गर्न पनि खुबै मन पर्छ ।
२) घोप्टे परेर सुत्ने मानिसहरु कहिले कहीँ निकै संकुचित बन्छन् । यिनीहरु थोरै स्वार्थी पनि हुन्छन् । यिनीहरुले तबमात्रै साथीलाई सम्झिन्छन्, जब यिनीहरुलाई सहयोगको खाँचो हुन्छ । यदि यिनीहरुले यो सुत्ने तरिका बदल्न सके भने निकै शुभफल प्राप्त हुन्छ ।
३) आफूलाई ओड्नेले पूरै ढाकेर सुत्नेहरु भीड तथा भेलाहरुमा निकै शक्तिशाली र फ्रेण्ड्ली देखिन्छन् । तर, वास्तविकतामा भने यिनीहरु लज्जालु र कमजोर पनि हुनसक्छन् । यिनीहरु कैयन राज आफ्नो मनमा दवाएर राख्न सक्छन् । जीवनमा आईपर्ने समस्या र बाधाहरु आफैँ सुल्झाउने प्रयास गर्छन् । आफ्नो समस्यामा अरुलाई दुख दिन र अरुको सहयोग लिन मन पराउँदैनन् । यसहिसाबले निकै स्वाभलम्बी हुन्छन् । यिनीहरुले निद्रामा तरह(तरहको अनुहार बनाउँछन् ।
४) जो मानिस कोल्टे परेर खुट्टा हल्का घुमाएर सुत्छ, ऊ आत्म विश्वासले भरिपूर्ण हुन्छ । यिनीहरुले कुनै पनि कामलाई पूरा विश्वासका साथ गर्छन् र सफलता पनि हात पार्छन् । यिनीहरु आफ्नो उत्साह र प्रयासमा कहिल्यै कमि आउन दिँदैनन् । यसैकारण जुन काममा हात हाल्छन्, त्यसमा सफलता हात लाग्छ । यिनीहरु आफ्नो कामको बलमा नै सबै सुख(सुविधा प्राप्त गर्छन् ।
५) जो मानिस उत्तानु परेर दुई खुट्टालाई एकआपसमा क्रस गरेर सुत्छन्, यस्ता व्यक्तिहरु कुनै पनि कामलाई पागलपनको हदसम्म गर्न रुचाउँछन् । कुनै काम सुरु गर्यो भने त्यसलाई पूरा नगर्दासम्म यिनीहरु चैनले बस्न सक्दैनन् । समस्यालाई आफ्नो एकाग्रता र कडा मिहेनतले सुल्झाउने यिनीहरुको स्वभाव हुन्छ । यिनीहरु थोरै एकान्त प्रेमी पनि हुन्छन् । प्रतिकुल परिस्थितिको सामना गर्ने शक्ति पनि यिनीहरुमा मजवुद् हुन्छ ।
६) जो मानिस कोल्टे परेर खुट्टालाई पूरै खुम्च्याएर सुत्छ, ऊ स्वार्थी स्वभावको हुन सक्छ । यिनीहरु आफ्नो स्वार्थका लागि नै मित्रता गाँस्छन् । रासलिला र रामरौसमा बढी सामेल हुन्छन् । यिनीहरुलाई शुद्ध र सात्विक जीवन खासै मन पर्दैन । यिनीहरु मसलेदार खाना बढी रुचाउँछन् । यिनीहरु कहिले कहीँ साना कुरामा पनि क्रोधित हुन्छन् ।
७) जो मानिस उत्तानु परेर दुबै खुट्टालाई सिधा र दुई हातलाई सिरान हालेर सुत्छन्, यिनीहरु निकै बुद्धिमान हुन्छन् । यिनीहरु कुनै पनि नयाँ कुरा सिक्नका लागि हमेशा तयार रहन्छन् । कहिले९कहिले यिनीहरुले यस्तो कामसमेत गरिदिन्छन्, जुन अरुलाई निकै कठिन लाग्छ । यिनीहरु आफ्नो परिवारप्रति निकै नै जिम्मेवार हुन्छन् । परिवारको सुखका लागि सदैव प्रयत्न गर्छन् । सबैसँग प्रेमपूर्वक व्यवहार गर्छन्, यस्तो व्यवहारले कहिले कहीँ यिनीहरुलाई धोखा पनि मिल्न सक्छ ।


from SHYANE http://ift.tt/1QAOR4g
via IFTTT

योनीबारे १० रोचक तथ्य

हाम्रो समाज यौनबारे त्यति खुल्न नसके पनि यौनका विषयमा आममानिसको चासो उस्तै देखिन्छ । यौनको विषय जति लुकाएर राख्यो, त्यति नै मानिसमा चासो र खुल्दुली बढ्दै जान्छ ।
हिजोआज स्कुलस्तरदेखि नै यौन तथा प्रजनन् शिक्षा दिइने गरिएको छ । प्रायः पुरुषमा महिलाको गुप्तांग अर्थात योनीबारे चासो हुनसक्छ । वास्तवमा योनी निकै संवेदनशील अंग हो । सम्भोगको सन्तुष्टिदेखि सन्तान उत्पादनको मार्ग समेत रहेको योनीका विषयमा थुपै्र अनौठा र रोचक तथ्य छन् ।
१. महिलाको योनीको औषत आकार सम्भोगको चरमोत्कर्षका बेला २ सय प्रतिशतसम्म वृद्धि हुन्छ ।
२. योनीको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन्, जबकि पुरुषको लिंगमा केवल चार हजार मात्र हुन्छ ।
३. एकघण्टाभित्र एकजना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढीमा १६ पटकसम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।
४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ ‘तरबार बोक्नेवाला’ भन्ने हुन्छ ।
५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।
६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।
७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला त्यो भित्ता छाताजस्तै फुक्दछ ।
८. योनीमा कैयन प्रकारका ब्याक्टेरिया पाइन्छन् । योनीमा पाइने केही ब्याक्टेरिया दहीमा समेत पाइन्छन् ।
९. गुप्तांगको रौँ को औषत आयु जम्मा तीनसाता हो । जबकि टाउकोको रौँको आयु अधिकतम ७ वर्ष हुन्छ ।
१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहबासअघि लसुन सेवन नगर्नु राम्रो हुन्छ ।


from SHYANE http://ift.tt/1WN3u4U
via IFTTT

चैत ३ गते ‘हिमालयन रस ट्राइएथलन’

माघ १३।  साहसिक खेल पर्यटनका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको सन्देश दिन चैत ३ गते पोखरामा ‘हिमालयन रस ट्राइएथलन’ खेल प्रतियोगिता आयोजना गरिने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो प्रतियोगितामा विश्वका विभिन्न राष्ट्र र नेपालबाटसमेत गरी १ सय २० बढी स्पर्धीले प्रतिस्पर्धा गर्ने जानकारी दिइयो ।
/>
प्रतियोगितामा पर्यटकीय नगरी पोखराको बेगनास तालमा पौडी प्रतियोगिता गरिनुका साथै पोखराकै विभिन्न स्थानमा साइक्लिङ तथा दौड प्रतियोगिता आयोजना गरिने छ ।

आयोजक हिमालयन रस टिम, फन्टास्टिक नेपाल होलिडेज्का अनुसार भूकम्पपछि नेपालको पर्यटन क्षेत्र र त्यसका पनि साहसिक खेल पर्यटनको क्षेत्र सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन कार्यक्रम आयोजना गर्न लागिएको हो ।


from ARENA http://ift.tt/1NyS1Pv
via IFTTT

आहा–रारा फुटबलको सेमिफाइनल समीकरण पूरा

माघ १३ । बंगलादेशको गजिरच्याट स्पोर्टिङ क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै झापा–११ पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यससँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सबै चार टोलीको टुंगो लागेको छ ।

यसअभि भएका क्वार्टरफाइनलखेलहरुमा विजयी हुँदै आयोजक सहारा, मनाङ–मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगिसकेका छन् ।

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा कर्ण लिम्बुको २ गोलको मद्दतमा झापाले बंगलादेशको गजिरच्याट स्पोर्टिङ क्लबलाई ४–१ ले पराजित गरेको हो । झापाका लागि गणेश खड्का र नगेन्द्र लिम्बुले थप एक–एक गोल गरे ।

गजिरच्याट स्पोर्टिङ क्लबलाई सीधै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान दिइएकोे थियोे भने झापा–११ ले प्रिक्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई हराएको थियो ।

झापाले अब सेमिफाइनलमा मनाङ–मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।


from ARENA http://ift.tt/1NyRqgK
via IFTTT

एन्फासम्बन्धी प्रतिवेदन राखेपलाई पेश

माघ १३ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का सम्बन्धमा छानबिन गर्न गठन गरेको समितिले राखेपलाई ७ बुँदे सुझावपत्र पेश गरेको छ ।

पछिल्लो समय ‘म्याच फिक्सिङ’, गणेश थापामाथि फिफाले गरेको प्रतिबन्धलगायतका घटनाहरु सार्वजानिक भएपछि राखेपले एन्फाका सम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय छानबिन तथा सुझावसमिति गठन गरेको थियो ।

नेपाल सरकारका पूर्वसचिव प्रतापकुमार पाठकको संयोजकत्वमा गठन भएको छानबिन समितिले राखेपसमक्ष मंगलबार ७ बुँदे सुझावपत्र पेश गरेको हो ।

समितिले उपाध्यक्ष कर्माछिरिङ शेर्पालगायतका अन्य तीन पदाधिकारीहरुलाई निलम्बन गर्ने एन्फाको निर्णय विधिसम्मत् नभएको भन्दै उनीहरुलाई सो पदमा कायम राख्न राखेपलाई सुझाएको छ ।

साथै, साधारणसभाको निर्णय नभएसम्मका लागि एन्फाको कार्यकारी समितिलाई कुनैपनि नीतिगत तथा दीर्घकालीन असरपर्ने निर्णय नगर्न राखेपले निर्देशन दिनुपर्ने समितिको ठहर छ ।

यस्तै, फिफाको इथिक्स कमिटीले अध्यक्ष गणेश थापामाथि कारबाही गरेकाले अध्यक्ष पदलाई रिक्त गरी सो पदका लागि विधानसम्मत् निर्वाचन गराउनका लागि राखेपले पहल गर्नुपर्ने समितिको सुझाव छ ।


from ARENA http://ift.tt/1PC2pxw
via IFTTT

Sunday, January 24, 2016

यी सपना जसले मिर्त्युलाई संकेत गर्छन



 सपनालाई भविष्यमा हुन सक्ने सम्भावित घटनाहरूको संकेत मानिन्छ । रामायण र महाभारतमा पनि सपनामा प्राप्त हुने संकेतबारे बताइएको छ । भगवान् रामले दशरथको मृत्युको समय एक अशुभ सपना देखेर अनुमान लगाएका थिए की राजदरबारमा केही अशुभ घटना घटेको छ । यसरी सपनामा देखिन अशूभ संकेतहरूले मानिसको भविष्यमा केही अशुभ क्षण या मृत्यु समेत हुन सक्ने सम्भावना रहेको बताइन्छ । केही यस्ता अशुभ सपनाहरू जसले मानिसको मृत्युतर्फ संकेत गर्छ । थाहा पाँऔ ती सपनाहरू जसले मानिसको मृत्युतर्फ संकेत गर्छ :

– सपनामा काग देख्नुलाई अशुभ मानिन्छ । यसलाई मृत्यु नजिकै रहेको संकेतको रूपमा समेत लिइन्छ ।
– आफू यात्रामा हिडिरहेको देख्नुलाई पनि राम्रो सपना मानिदैन । जुन रात यस्तो सपना देखिन्छ त्यसपछी आउने दिनमा यदी कतै यात्रामा जानु छ भने त्यसलाई रद्द गर्नाले दोष काटिने विश्वास गरिन्छ ।
– सपनामा ढोल तथा अन्य बाजा बजिरहेको देख्नु पनि राम्रो मानिँदैन । यस्तै, आफ्नो टाउको मुण्डन गरिरहेको देखेमा परिवारका कसैको मृत्यु हुन सक्ने मानिन्छ ।
– सपनामा कुनै स्त्री आएर मानिसलाई सुकेको फूलको माला लगाइदिन्छिन् भने यसलाई पनि अशुभ मानिन्छ ।
– सपनामा तेल लगाउनु र गधामा बसेर हिड्नुलाई मृत्यु सूचक मानिन्छ ।
– यदी कुनै स्त्री सपनामा आफूलाई सेतो कपडामा फूका कपालमा देख्नाले यसलाई वियोगको संकेत मानिन्छ ।
– निर्वस्त्र स्त्रीको अंगालोमा बाधिएको देख्नुलाई मृत्यु नजिक रहेको मानिन्छ ।
– देवी देउताको चर्किएको या फुटेको मुर्ति सपनामा देख्नुलाई अशुभ मानिन्छ ।
– रूख आफै ढलेको वा आफू माथिबाट खसेको देख्नुलाई पनि राम्रो संकेत मानिँदैन ।
– पटक-पटक मृत्यु या घाटमा रहेको सपना देख्नुलाई पनि मृत्यु नजिकिएको संकेत मानिन्छ ।


from SHYANE http://ift.tt/1PMJuKA
via IFTTT

तपाई पनि चुम्मन गर्ने सबै तरिका सिक्न चाहनुहुन्छ ? पुरै पद्नुहोस

बिबाहित जोडीमा होस् या अबिबाहित जोडीमा चुम्बन अर्थात् किसको बिशेष भूमिका हुन्छ । किसका अनेक उपाय भएपनि हामी मध्ये धेरैलाई ति सबै प्रकार थाहा नहुन सक्छ । हेर्नुस किस गर्ने १३ तरिका ।
१.नित्तिक चुम्बन :
यो चुम्वन बिशेषगरी सुहागरातमा पतिद्धारा पत्नीलाइ गरिने चुम्वन हो । सुहागरातमा पतिले पत्तीको मुहार पहिलो पटक देखेको हुनाले पति सुन्दर पत्नी पाएकोमा हर्षित हुदै पत्नीका ओठ लगायत हरेक अंगमा चुम्वन गर्दछ तर पत्नी भने प्रथम पटकमा लज्जाको कारणले केही पहल गर्दिनन खालि आनन्द मात्र लिन्छीन । यस्तो प्रकारको चुम्वनलाइ नित्तिक चुम्वन भनिन्छ ।
२.स्फुरित चुम्बन :
पतिले आफ्नो नवविवाहीता पत्नीको ओठमा आफ्ना ओठ राखिदिने र पत्नीलाई चुम्वनको लागि अनु्रोध गर्दछन तर पत्नी भने लाजले चुम्न नसकेर कामी मात्र रहन्छीन यस्तो चुम्वनलाइ स्फुरित चुम्बन भनिन्छ ।
३.घट्टितक चुम्बन :
नव विवाहिता पत्नी आफ्नो पतिको चुम्वनबाट आत्मविभोर भएर आफ्ना आँखाहरु बन्द गरि हातले पतिका आखा छोपेर पतिको ओठमा आफ्नो जिव्रो रथडछिन पतिले पनि यस्तै गर्दछ भने यस्तो चुम्वनलाइ घट्टितक चुम्बन भनिन्छ ।
४.समचुम्बन :
पति पत्नीमा समान भाव छ र एक आपसमा चुम्वनको जवाफ चुम्वनले नै दिन्छन र मजा लिन्छन भने यस्तो चुम्वनलाइ समचुम्वन भनिन्छ ।
५.उद्भ्रान्त चुम्बन :
एकान्तमा बसिरहेका दम्पती मध्ये कुनै एक जनाले उठेर आफ्नो पति वा पत्नीलाइ पछाडिबाट समाती मुखलाइ आफुतिर घुमाएर चुम्वन गर्दछ भने यस्तो चुम्वनलाई उद्भ्रान्त चुम्बन भनिन्छ ।
६.अब पिडितक चुम्बन :
पति पत्नीले एक आपसमा एक अर्कालाइ बेस्करी अठ्याएर च्यापेर चुम्वन गर्दछन । यस्तो चुम्वन कामवेग प्रचन्ड भएको समयमा हुने भएकाले यसबाट अत्याधिक पीडा हुन्छ । तर पनि पिडाको अनुभव भने हुदैन यस्तो चुम्वनलाइ अब पिडितक चुम्बन भन्ने गरिन्छ ।
७.उत्तर चुम्बन :
पति पत्नी मध्ये एउटाले शरिरको कुन ठाउमा ओठमा निधारमा गालामा वा अन्यत्र भागमा जहा चुम्वन गर्दछ त्यहि चुम्वन गरेर फर्काउनेलाइ उत्तर चुम्वन भनिन्छ ।
८.प्रतिबोधक चुम्बन :
पति वा पत्नी निदाइरहेको मौकामा कुनै एक पक्षले मुखमा चुम्वन गर्दछन भने त्यस्तो चुम्वनलाइ प्रतिवोधक चुम्वन भनिन्छ ।
९.छायाँ चुम्बन :
जव दम्पतिले कसैको छायाँलाइ ऐनामा देखेर वा तस्बिरमा फोटो चुम्वन गर्छिन भने यस्तो चुम्वनलाइ छायाँ चुम्वन भनिन्छ ।
१०.द्यु्रत चुम्बन :
यो चुम्वनको एक तिव्र प्रकार हो । यसमा पति पत्नी बिच घम्सा घम्सी हुन्छ लुठाचुडी हुन्छ । पत्नीले शुरुमा पतिलाइ शरिरका सबै अंगमा चुम्न नदिने प्रयत्न गर्छिन तर अन्त्यमा सबै शरिर चुम्नको लागि समर्पीत गर्दछिन यसलाइ द्युत चुम्वन भनिन्छ ।
११.राग संदिपक चुम्बन :
राती निदाइरहेकी पत्नीले कामवासनाको कारण आफ्ना मस्त निदाइरहेका पतीलाइ ब्युझाउनको लागि मुखमा चुम्वन गर्न थाल्दछिन भने यस्तो चुम्वनलाइ राग संदिपक चुम्वन भनिन्छ ।
१२.चलितक चुम्बन :
पतीको ध्यान अन्यत्र रहेको बेला सम्भोगको लागि उसलाइ तयार पार्ने चुम्वन हो यो । प्राय जसो पत्नीहरुले कामातुर अवस्थामा यस्तो चुम्वन गर्ने गर्दछिन । यस चुम्वनलाइ चलितक चुम्वन भनिन्छ ।
१३.तिर्यक चुम्बन :
पति पत्नी अलग अलग स्थानमा बसेर मुख घुमाउदै चुम्वन गर्दछन भने यस्तो चुम्वनलाई तिर्यक चुम्वन ।


from SHYANE http://ift.tt/1KyH9RQ
via IFTTT

लोउ हेर्नुहोस खसरी खानु यस्ता फलफुल

हेर्दै अचम्म लाग्ने यस्ता उट्पट्याङ कुराहरुले मानिसलाई बेलाबखत तानिरहन्छ । कतै रुखले दूध पियो भनेर मान्छे भगवान भन्दै पूजा गर्छन्, कतै राति घरमा ढुंगा बर्सियो भनेर झाँक्री लगाएर फुकफाक गर्छन् । केही अन्धविश्वास, केही भ्रम र केही आश्चर्यलाग्दा घटनाले बेलाबखत चर्चा पाइरहन्छन् ।
उसो त कहीँ कतै भगवानका मूर्ति भेटिएका, असर्फीहरु फेला परेका रुमानी कुराले पनि मानिसलाई प्रभाव पारिरहेको हुन्छ । सुनिन्छ, कहिले बाख्राले मान्छेको अनुहारको पाठा पाएको त कहिले ढुंगामा भगवान कुँदिएका खबरले पनि संसारको ध्यान तानिरहेको हुन्छ ।
पछिल्लो समय बजारमा उपलब्ध तरकारीका आकारप्रकारबारे चर्चा हुन थालेको छ । मान्छे आकृतिका, मान्छेको लिंग जनाउने प्रकृतिका फलफू्रल र तरकारीका तस्बिर भाइरल हुन थालेका छन् । अजिबअजिबका तरकारी, फलफूलका आकृतिले सामाजिक सञ्जाल भरिएको छ ।
आज शनिबार, हामीले केही यस्ता फलफूल, तरकारीका नमूना तस्बिर संकलन गरेर पाठकलाई मनोरञ्जन हेतु प्रस्तुत गरेका छौँ । यी सबै तस्बिर विभिन्न सामाजिक सञ्जालबाट साभार हुन्, फोटोसपबाट पछि बनाइएको होइन ।




















from SHYANE http://ift.tt/1NtS7b0
via IFTTT

खेलकुद प्रेमीका लागि खुशीको खबर

माघ ११ समय–समयमा नयाँ एपहरु सार्वजनिक गर्दै आएको सामाजिक संंजाल फेसबुकले खेलखुद प्रेमीका लागि खेल स्टेडियम ल्याउने भएको छ । फेसबुक प्रयोग गर्ने ६ सय ५० मिलियन खेलकुद प्रेमीहरुलाई लक्षित गरेर यो नयाँ सुविधा ल्याइएको हो ।
कुनै खेलकुद प्रतियोगिता चलिरहेको समयमा आफ्ना साथीहरुसँग नभएपनि उनीहरु साथमै भएको महशुस गर्न सकिने छ । खेलकुदका सबै जानकारीहरु एकैपटक फेसबुकमा आउनेछन् र प्रयोगकर्ताले खेलको बारेमा छलफल गर्ने सक्नेछन् ।
कुन टिभी च्यानलमा खेल आउँछ भनेर पनि फेसबुक बाट नै जानकारी प्राप्त गर्न सकिन्छ। 


from SHYANE http://ift.tt/20nHr77
via IFTTT

कण्डोमबारे अनौठा तथ्य

कण्डोमको प्रयोग
फ्रान्सको एक गुफामा यसको आकार बनाइएको पाइयो । मानिन्छ कण्डोमको प्रयोग पन्ध्र हजार वर्ष पहिलेदेखि हुँदै आएको छ । स्वीडेनमा पनि सबैभन्दा पूरानो कण्डोम पाईएको थियो । कण्डोम पाउन पहिले निकै मुस्किल पर्थ्यो ।
अमेरिकामा डाक्टरको प्रेस्किप्सनपछिमात्रै कण्डोमको प्रयोग सम्भव हुन्थ्यो । यसलाई सन १९२८ बाट वेंडिङ मेसिनबाट निकालिएको हो । साथै सोची ओलम्पिकका दौरान खेलाडिहरुका लागि ओलम्पिक भिलेजमा एक लाख कण्डोम लगिएको थियो ।
कण्डोमको आविरष्कार
१६औं शताब्दीमा कण्डोमको आविरष्कार साइफलिसको बीमारी रोक्नका लागि गरिएको थियो । त्यतिबेला फ्रान्समा कैयन मानिस गुप्त रोग ‘साइफलिस’बाट मरिरहेका थिए । त्यतिबेलासम्म यो रोगको कुनै उपचार सम्भव भएको थिएन ।
ग्याबरियल फ्यालेपियोले यसको उपचार पत्ता लगाउन प्रयास गरे । उनले लिनन शीथ्सको एक केमिकल सोल्यूसनमा मिलाए, फेरि सुकाए । यो शीथ्सलाई पुरुषको लिंगमा लगाइयो अनि रिबनले बाँधियो । यसको प्रयोगबाट शारिरीक सम्बन्धका दौरान पनि साइफलिस हुन छाड्यो ।
 कण्डोममा प्रयोग हुने मेटिरियल प्राय बदलिइरहन्छ । कहिले यसलाई लेटेक्सबाट बनाइन्छ भने, कहिले विभिन्न जनावरका आन्द्राको प्रयोग यसमा गरिन्छ । यसलाईपछि लिनन, स्लिक तथा लेदरबाट बनाउने कोशिशसमेत भइसकेको छ ।
जनावरको आन्द्राबाट कण्डोम 
सोह्रौं शताब्दीमा कण्डोम जनावरको आन्द्राबाट बनाइन्थ्यो । सोही कारण कण्डोम एकदमै महङ्गो पर्थ्यो, यसको प्रयोग कतिपयले दुई पटकसम्म गर्थे । उन्नाइसौ शताब्दीमा यो यति सस्तियो कि मानिसहरुले यसलाई एक पटक प्रयोग गरेर फ्याँक्न थाले । विस्तारै यो युज एण्ड थ्रो का लागि नै बनाउन थालियो ।
यसलाई दुनियाँभरमा कैयन सेलिब्रेटीहरुले समर्थन गरेका छन् । सेफ सेक्सलाई बढावा दिनका लागि यसको जोडतोडका साथ प्रचार र प्रवर्द्धन हुँदै आएको छ । के तपाईंलाई थाहा छ, मोर्डन कण्डममा एक ग्यालेन पानीसमेत अटाउन सक्छ । यसको प्रयोग सैनिकहरुले राईफललाई पानीबाट बचाउन तथा आगो सल्काउन पनि गर्ने गरेका छन् ।
आकार र टाइपमा परिवर्तन
पछिल्लो केही दशक यता कण्डोमको आकार र टाइपमा निकै परिवर्तन आएको छ । यतिसम्म कि अहिले त कण्डोमहरु विभिन्न फ्लेबरदेखि लिएर अलगअलग प्रकारका लुब्रिकेटिड (आयल/ग्रीज)मा बजारमा उपलब्ध छ । यसलाई पहिले निकै नै गोप्य साधनका रुपमा लिइन्थ्यो तर अहिले आएर यो निकै सामान्य बनिसकेको छ ।
इन्भिजिवल कण्डम
इन्भिजिवल कण्डम बनाउनका लागि निरन्तर प्रयास जारी छ । यसलाई लगाउने बित्तिकै लिंगमा भएको तापक्रमका कारण त्यो त्यहीँ फिट हुन्छ र सुरक्षा पनि दिन्छ । प्रयोगपछि त्यसलाई निकाल्न पनि सकियोस् ।


from SHYANE http://ift.tt/1OIqrTR
via IFTTT

पासवर्ड भनेको के हो ? भन्ने दिन आउने भए


पासवर्ड ? त्यो भनेको के हो ? सायद केही समयपछि मानिसहरुले यो प्रश्न सोध्न सुरु गर्नेछन् । अझ आउँदो पुस्ताको लागि त झन यो पासवर्ड भन्ने चिजको अनुभुति गर्ने मौका नै रहनेछैन ।
यदि गुगलको कोसिस सफल भएमा अब तपाइँको स्मार्टफोनमा कुनैपनि पासवर्डको जरुरत पर्नेछैन ।
यो वर्ष सन् २०१६ का लागि गुगलले प्रोजेक्ट एबाकस नामक महत्वाकांक्षी परियोजना अघि बढाउँदैछ । जसको मुख्य लक्ष्य भनेकै स्मार्टफोनमा अंक वा अक्षरको पासवर्डको साटो बायोमेटि्रक रिडिंग मार्फत प्रयोगकर्तालाई आफ्नो स्मार्टफोन लक वा अनलक गर्ने सुविधा प्रदान गर्नु ।
तपाइँको टाइपिंगको आनीबानी, लोकेसन, आवाज तथा अनुहारलाई पहिचान गरी स्मार्टफोनले तपाइँलाई चिन्नेछ र खुल्नेछ । जसका कारण तपाइँले स्मार्टफोनमा पासवर्ड थिचिरहनुपर्ने छैन ।
यी लगायतका अन्य जानकारीहरु एकत्रित गरी गुगलले हरेक स्मार्टफोन प्रयोगकर्ताका लागि एक ट्रस्ट स्कोर तयार गर्नेछ । उक्त ट्रस्ट स्कोर यदि एक संख्याभन्दा माथि भएमा लगइनमा कुनैपनि समस्या हुनेछैन ।
विश्वमा अहिले टु फ्याक्टर अथेन्टिकेसन पासवर्ड वा पासवर्डको दुइ चरणमा प्रमाणिकरण धेरैले रुचाउने विधि बनेको छ । आफ्नो कुनैपनि इन्टरनेट अकाउण्टमा लगइन गर्दा आफ्नो मोबाइलमा एक सेक्रेट कोड प्राप्त हुन्छ । उक्त कोडलाई उक्त वेबसाइटमा हालेर मात्र आफ्नो अकाउण्ट खोल्न सकिन्छ अर्थात् लगइन सफल हुन्छ । तर पासवर्डको युग समाप्त भएसँगै यो झण्झट पनि स्वतः हट्नेछ ।
कतिपय देशमा बैंकहरुले यो प्रविधि अपनाइसकेका छन् किनकी यो सिस्टम ह्याक गर्न सम्भव हुँदैन ।
रिपोर्ट अनुसार यस्तो गर्नु यसकारण पनि अनिवार्य भैसकेको छ कि अहिले धेरै एप तथा वेबसाइटहरुले आफ्ना प्रयोगकर्ताका धेरै गोप्य तथा विस्तृत जानकारीहरु प्राप्त गरिसकेका छन् । अनि यसमा लगाम लगाउन मुस्किल भैरहेको छ र इन्टरनेट प्रयोगकर्ताहरुको गोपनियता संकटमा पर्नुका साथै साइबर जोखिम पनि बढ्दो छ । धेरै ठाउँमा इन्टरनेट प्रयोगकर्ताको जानकारी प्रसारित हुने क्रमलाई रोक्ने प्रयास गुगलले गरिरहेको छ ।
गुगलले आफ्ना प्रयोगकर्ताको विषयमा विभिन्न जानकारी सँगाल्नेछ र त्यसलाई प्रयोगकर्ताको पासवर्डको रुपमा प्रयोग गर्न सम्भव तुल्याउनेछ ।- एजेन्सीको सहयोगमा


from SHYANE http://ift.tt/1RHC6WT
via IFTTT

खेलकुद प्रेमीका लागि खुशीको खबर

माघ ११ समय–समयमा नयाँ एपहरु सार्वजनिक गर्दै आएको सामाजिक संंजाल फेसबुकले खेलखुद प्रेमीका लागि खेल स्टेडियम ल्याउने भएको छ । फेसबुक प्रयोग गर्ने ६ सय ५० मिलियन खेलकुद प्रेमीहरुलाई लक्षित गरेर यो नयाँ सुविधा ल्याइएको हो ।
कुनै खेलकुद प्रतियोगिता चलिरहेको समयमा आफ्ना साथीहरुसँग नभएपनि उनीहरु साथमै भएको महशुस गर्न सकिने छ । खेलकुदका सबै जानकारीहरु एकैपटक फेसबुकमा आउनेछन् र प्रयोगकर्ताले खेलको बारेमा छलफल गर्ने सक्नेछन् ।
कुन टिभी च्यानलमा खेल आउँछ भनेर पनि फेसबुक बाट नै जानकारी प्राप्त गर्न सकिन्छ। 


from ARENA http://ift.tt/1nIqwOy
via IFTTT