Thursday, January 28, 2016

३२ लक्षणले युक्त नारी भन्ने गरिन्छ, आखिर के के हुन् त् ३२ लक्षण


सुन्दर आवरणकी युवती देख्नासाथ लाग्छ यहि होला ३२ लक्षणले युक्त भनेको तर वास्तवमा बत्तीस लक्षणले युक्त नारीलाई विशिष्ट रूपमा हेरिएको हुन्छ । शास्त्रले व्याख्या गरेका नारीका बत्तीस लक्षण हरु के के हुन त ?
१.पद्मासनमा बस्दा वृत्ताकार गोलो आसनमा देखिनु
२. हातका औंला लामा-लामा हुनु
३.औंलाका कापमा छाला केही बढी र जोड्दा टम्म मिलेका हुनु
४. छाला नरम हुनु र उमेर ढल्किएको अवस्थामा पनि युवावस्थाको जस्तै तेज हुनु
५. शरीरमा विभिन्न थरीका सात सुगन्ध हुनु
६. हरिणका जस्ता खुट्टा हुनु
७. गुप्तांग गुप्त रहनु
८. शरीरको माथिल्लो भाग सिंहको झैं सलक्क मिलेको हुनु
९.शरीरका अंग सुगठित हुनु
१०. काँध पुष्ट, चौडा र गोलो हुनु
११. पाखुरा राम्रोसँग र्फकने हुनु
१२. लामा पाखुरा हुनु
१३. सम्पूर्ण शरीर तेजोमय हुनु
१४. शंखजस्तै घाँटी हुनु
१५.सोझो र सिंहको जस्तो चिउँडो हुनु
१६. बत्तीसवटा दाँत हुनु
१७. दाँत चम्किला हुनु
१८. समान र टमक्क मिलेका दाँत हुनु
१९. स्वच्छ र सुन्दर बंगारा हुनु
२०. लामो जिब्रो हुनु
२१. सानोभन्दा सानोसम्मका विभिन्न स्वाद लिने क्षमता हुनु
२२. भँगेराको जस्तो स्वर हुनु
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणी हुनु
२४.आँखीभौँ नीलकमलको रंगजस्ता हुनु
२५. आँखीभौँका बीचमा कोमल र सूक्ष्म रेखा हुनु
२६.मिलेको केश,
२७.अकबरी सुनजस्तै प्रदीप्त शरीर हुनु
२८. प्रबल र प्रभावशाली व्यक्तित्व हुनु
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु
३०. नीलमणिजस्तो कालो र टल्कने केश हुनु
३१. स्तन, नितम्ब, कम्मर आदि सबैका शारीरिक लक्षण आकर्षक हुनु
३२. दृढ स्वभाव हुनु।


from SHYANE http://ift.tt/1UubiqS
via IFTTT

No comments:

Post a Comment