Saturday, March 12, 2016

बालि रुङ्ग्न यौनखेलौना बारीमा

आफ्नु लगाएको बलिको सुरछ्या गर्न जसलाई पनि चिन्ता हुन्छा नि। बालीनालीलाई चराचुरुंगी, बाँदर तथा अन्य जीवहरुबाट बचाउनका लागि खेतबारीमा झुत्रे लुगाहरुको बुख्याँचा बनाएर ठड्याएको त देख्नुभएकै छ ।
तर यौन खेलौना अर्थात् सेक्स डलकै बुख्याँचा बनाएर खेतबारीमा ठड्याउने चलन भने अहिलेसम्म चलेको थिएन । हाम्रो चलन नचलेर के गर्नु ? छिमेकी देश चीन यो मामिलामा एक कदम अघि बढ्दै खेतबारीमा पनि सेक्स डलका बुख्याँचा ठडाउन थालेछ ।
चीनको सिचुआन प्रान्तको राजधानी चेंग्दुका एक किसानले आफ्नो बारीमा हावा भर्न मिल्ने सेक्स डललाई बुख्याँचाको रुपमा ठड्याएका छन् ।
दुरुस्तै एक महिला जस्तै देखिने यो सेक्स डलले पहेँलो हेल्मेट समेत पहिरिएको छ । बाहिरी लुगा समेत लगाइदिएका छन् उनले । यो ठ्याक्कै मानिस जस्ते देखिने भएकाले यसबाट चराचुरुंगी तथा बालीनाली खाइदिने अन्य जिवजन्तु समेत डराउने गरेका छन् । पहिलोपटक देख्ने मानिस पनि झसँग हुन्छ ।
उक्त सेक्स डल ती किसान आफैले किनेको नभै नजिकैको निर्माणस्थलका कामदारहरुले आफ्नो यौनइच्छा पूरा गर्न किनेर प्रयोग गरेको र त्यसपछि फ्याँकेको हुनसक्ने अनुमान गरिएको छ । कामदारको फ्याँकेको उक्त सेक्सडललाई ती किसानले घरमा ल्याई बुख्याँचाको रुपमा प्रयोग गरेका हुन् ।


from SHYANE http://ift.tt/1QNsFSV
via IFTTT

No comments:

Post a Comment