Saturday, May 28, 2016

सातौं राष्ट्रिय खेलकुदका लागि २० करोड बजेट विनियोजन

जेस्ठ १६।  सनिबार गते जारी गरेको आउदो आर्थिक बर्सको बजेटमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि सरकारले २० करोड रुपैयाँमात्र विनियोजन गरेको छ ।

सुदूरपश्चिमाञ्चलमा चार वर्षअघि भएको छैटौं राष्ट्रिय खेलकुदपछि अर्को संस्करण गत वर्ष पूर्वाञ्चलमा हुने भनिए पनि हुन सकेको छैन ।

२०६५ सालमा भएको पाँचौ राष्ट्रिय प्रतियोगितामा झन्डै १७ करोड रुपैयाँ खर्च भएको थियो ।

सरकारले यही वर्ष नै सातौं राष्ट्रिय प्रतियोगिता गर्ने शनिबार बजेट भाषणमार्फत् सार्वजनिक गर्दै बजेटसमेत विनियोजन गरेको हो ।

त्यस्तै, सन् २०१८ मा नेपालमा हुँदै गरेको १३औं दक्षिण एसियाली खेलकुद (साग)को आयोजनाका लागि पूर्वाधार निर्माण गर्न बजेट विनियोजनसमेत गरिएको छ ।

बजेटमा तीन वर्षभित्र मूलपानी, धनगढी र भैरहवामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका लागि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, झापा र काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणको काम थाल्ने, हरेक निर्वाचन क्षेत्रमा एउटा रंगशाला, सबै जिल्लामा प्रत्येक वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने, मुस्ताङ र सोलुखुम्बुमा हाइ अल्टिच्यूट स्पोर्टस्का लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जारी गरेको बजेटमा उल्लेख छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय पदक जित्न सफल खेलाडीहरुलाई उत्साह थप्न पुरस्कार रकममा बृद्धिसमेत गरिएको छ ।


from ARENA http://ift.tt/27XhH6p
via IFTTT

No comments:

Post a Comment