Thursday, May 26, 2016

क्यामरावाला टुथब्रस, अब आफै देख्नुस् मुखभित्रको हालत

धेरै प्रयोगमा आइरहने ससाना चिजवस्तुहरु जस्तै कलम, चाबी, झोला, हेयरब्याण्ड आदिमा सानो आकारको भिडियो क्यामरा जडान गर्ने चलन तिव्र रुपमा बढिरहेको छ । यहीँ मेलोमा एक अमेरिकी कम्पनीले भिडियो क्यामरा जडित दाँत माझ्ने ब्रसको आविष्कार गरेको छ ।
अमेरिकाको सिएटलमा रहेको एक कम्पनीले अतिसुक्ष्म भिडियो क्यामरा भएको टुथब्रस ल्याएको हो । यो ब्रसले दाँत माझिरहेको बेला आफ्नो मुखभित्रको सबे दृश्य क्यामराले खिचेर देखाइदिन्छ ।
प्रोफिक्स नामक यो टुथब्रसलाई विल्मेट अमेरिकाका दन्त चिकित्सक क्रेज कोहलरले बनाएका हुन् । सन् २०१७ सम्ममा यसलाई बजारमा पठाइनेछ र यसको मूल्य ३९९ डलर तोकिएको छ ।
यो टुथब्रसले दाँत माझिरहँदा मुखभित्र खिचेका भिडियोलाई ब्लुटुथ मार्फत स्मार्टफोनमा पठाउनेछ । यसअर्थमा यो टुथब्रसमार्फत मुखभित्रको सफाइको दृश्यलाई लाइभ हेर्न सकिनेछ । स्मार्टफोनमा आफ्नो मुखभित्रका सबै दृश्य हेर्न र मुखको स्वास्थ्यमा सचेत रहन यसले मद्धत गर्नेछ ।


from SHYANE http://ift.tt/1P1PIw0
via IFTTT

No comments:

Post a Comment