Sunday, June 5, 2016

दुनियाकै महंगो स्मार्टफोन

विभिन्न बहुमुल्य धातु जडित फोन भन्दा पनि यो स्मार्ट फोन बेग्लै किसिमको छ।  आम प्रयोगका सामान्य फोनहरुको मूल्य भने सामान्य मानिसले पनि खरीद गर्नसक्ने स्तरको रहँदै आएको छ । तर इजरायलको एक स्टार्टअप कम्पनीले भने हालै सामान्य मानिसले आँट्न नसक्ने तर आम प्रयोगका लागि लक्षित गरी दुनियाकै अहिलेसम्मकै महंगो स्मार्टफोन बनाएको छ ।
इजरायली कम्पनी सिरिन ल्याब्सले विश्वको सबैभन्दा महंगो स्मार्टफोन सोलारिन सार्वजनिक गरेको हो । यो स्मार्टफोन एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने बहुमुल्य फोन हो । यसको मूल्य १४ हजार अमेरिकी डलर अर्थात् झण्डै १५ लाख रुपैयाँ रहेको छ ।
रोल्स रोयस अफ स्मार्टफोन उपमा दिइएको यो स्मार्टफोन हालै लण्डनमा आयोजित एक समारोहका बीच सार्वजनिक गरियो । स्मार्टफोन सार्वजनिक गर्ने कार्यक्रममा हलिउडका चर्चित कलाकारहरु लियोनार्दो डिक्यापि्रयो तथा टम हार्डी लगायतका चर्चित कलाकार उपस्थित थिए ।
आफ्नो मूल्य जस्तै यो स्मार्टफोनको वजन पनि अलिक बढि छ । यो स्मार्टफोनको वजन २५० ग्राम रहेको छ । यो स्मार्टफोनमा अहिलेसम्मकै सबैभन्दा अत्याधुनिक गोपनीयता तथा स्ामर्टफोन सुरक्षाको प्रविधि प्रयोग गरिएको दाबी गरिएको छ । यो स्मार्टफोन तिन रंगमा उपलब्ध छ । यो स्मार्टफोनका अन्य फिचर्स निम्नानुसार छन्ः
५.५ इनचको आइपिएस डिस्प्ले, टू के रिजोलुसन
२३.८ मेगापिक्सेलको मुख्य तथा ८ मेगापिक्सेलको सेल्फी क्यामरा
४ जिबी र्याम तथा १२८ जिबी स्टोरेज
चिप टू चिप २५६ बिट एन्त्रिmप्सन । यो त्यस्तो प्रकारको कोडिंग हो जुन प्रकारले सेनाहरु आफ्नो संचारलाई सुरक्षित राख्न प्रयोग गर्दछन् ।
फिजिकल स्विचका माध्यमबाट एक्टिभेट हुने
क्वालकम स्नापड्रागन ८१० प्रोसेसर
४०४० मिलिएम्पियर आवर क्षमताको ब्याट्री


from SHYANE http://ift.tt/1tbaqzX
via IFTTT

No comments:

Post a Comment