Friday, August 12, 2016

गायिका गंगा गौतम को "हरितालिका" सार्बजनिक

नेपालि हरु को माहान चाड तीज को अवसर पारेर पुर्व मा चर्चित लोक गायिका गंगा गौतम आचार्य ले आफ्नो तेस्रो गीति एल्बम "हरितालिका" एक कार्यक्रम को आयोजना गरि बिमोचन गर्नुभएको छ l 
पुर्बेली साहित्य क्षेत्रमा अग्रणी साहित्यकार टंक प्रसाद न्यौपाने को प्रमुख आतिथ्य मा भएको उक्त बिमोचन समारोह मा विभिन्न मिडिया का पत्रकार, साहित्यकार तथा सांगीतिक क्षेत्र का बिसीष्ट  व्यक्ति हरुको उपस्थिति रहेको थियो l 
अडियो तथा भिडियो बिमोचन पश्चात बरिष्ट साहित्यकार मनु मन्जिल ले गायिका गंगा को प्रयास धेरै र रास्ट्रिय स्तर को गीत तथा भिडियो भएको  बताउनु भयो भने बरिष्ट संगीतकार प्रा ज्ञ राम धामी ले मोफसल मै रहेर   पनि यतिका  गरेर भिडियो निर्माण गर्नु को पछाडी निकै चुनौती रहेको बताउनु भयो l 
गायिका गौतम ले आफुले निकालेको तीज गीत मा अस्लिल सब्द प्रयोग गरि तीज को मान र मर्यादा लाइ लत्याएर हाल केहि समयको लागि चर्चा कमाउने सोच राखेर गीत निकाल्ने हरु को बिरोध गर्दै आफु ले त्यस्तो नगरी परिवार बसेर गाउदै छमछमी नाच्ने खालको गीत आफ्ना दर्सक स्रोता माझ ल्याएको बताउनु भयो l 
परिवार को पूर्ण साथ् पाएको ले गर्दा पनि अहिले सम्म यो क्षेत्र लाई निरन्तरता दिएको बताउदै अब छिटै अर्को एल्बम पनि लिएर आउने जानकारी दिनु भयो l 












from D3 Production Nepal http://ift.tt/2blIDG1
via IFTTT

from SHYANE http://ift.tt/2aROfHB
via IFTTT

No comments:

Post a Comment