Friday, August 26, 2016

ब्रासलेट हिरो रमेश उप्रेती ले भने "सिनेमा खेल्दैमा स्टार बनिदैन" (भिडियो सहित)

यही भदौं १७ गते  प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्रासलेट’ को आजकाल हरेकजसो कार्यक्रमहरुमा आफ्नो चलचित्रलाई प्रचार हुँने शैलीमा देखा पर्दछन् । स्टेजमा हुने कार्यक्रमहरुमा प्राय नछुट्ने यसका निर्देशक निर्मल शर्मा अहिले भने कहि कतै एक्लै देखिदैनन् प्रायः उनी आफ्नो टिमसँगै हुने गर्दछन् । 
यस्तै प्रचार लाइ तिब्रता दिनकै लागि पनि केहि समय अगाडी पुर्व को यात्रा पनि गरेका थिए l ‘ब्रासलेट’ लेखिएको टिसर्ट लगाएका निर्देशक– निर्माल शर्मा, निर्माता– केशव भट्टराई र नायक– रमेश उप्रेतीको ‘केमेस्ट्री’ खुबै मिलेको देखिन्थ्यो भने ब्रासलेट टिमले आफ्नो प्रचारलाई राम्रै उपयोग गरेको देखियो । पुर्व को एक टेलिभिजन अन्तरबार्ता को क्रम मा ब्रासलेट का नायक रमेश उप्रेती ले "सिनेमा खेल्नु चानचुने कुरा हैन, कोहि पनि सिनेमा खेल्दैमा स्टार बनिदैन" भनेका छन् l आफुले निकै मेहनत गरेको यो क्षेत्र मा कुनै समय यहि क्षेत्र ले राम्रै आम्दानि पनि दिलायो तर पछिल्लो समय देश को विभिन्न परिस्थिति का कारण देश छोडेर अमेरिका पलाएन हुनु परेको अन्तरबार्ता मा बताएका छन् l 
१० बर्ष विदेश पलाएन भएका उप्रेती ले आफ्नो कम्ब्याक फिल्म ब्रासलेट मा पहिले को भन्दा निकै राम्रो गरेको र फिल्म अबधि भर तपाइको लगानी खेर जादैन पनि भनेका छन् l हेर्नुस रमेश उप्रेती संग गरिएको कुराकानी यो भिडियो मा : 





via IFTTT

from SHYANE http://ift.tt/2bngRXv
via IFTTT

No comments:

Post a Comment