Friday, September 30, 2016

उदितको कर्णप्रिय गीत "तिमीलाई देखेर"को रिमेक भर्सन लिएर आए बिकाश (भिडियो सहित)

असोज १४,(सुवास संकल्प), इटहरी,
करिब चार दशक अगाडी रेडियो नेपाल मा रेकर्ड भएको भएको गीत "तिमीलाई देखेर आँखा त्यहि छोडी हिडे म.." बोलको गीत अहिले सम्म निकै चर्चित छ l जुन गीत मा स्वर उदित नारायण झा तथा संगीत बरिस्ठ संगीतकार स्व.नाती काजी श्रेष्ठ ले दिनु भएको थियो l 
हाल त्यहि कालजयी गीतलाई केहि भिन्न ढंगबाट प्रस्तुत गर्दै गायक बिकाश कर्णले अडियो तथा भिडियो एक साथ् सार्बजनिक गरेका छन्सा l  सानै देखि उक्त गीत सुन्दै हुर्केको र निकै मन पर्ने भएर श्रोता समक्ष ल्याएको कुरा गायक बिकाश बताउछन् l हुन त  उक्त गीत लाई पहिला नै गायक प्रकाश तिमिल्सिना ले ल्याई सकेका हुन् तर यस गीत को अडियो मा नयापन भएको र अरु भन्दा भिन्न भएको दावी गर्छन गायक बिकाशले l

उदित नारायण झा बाट निकै प्रभावित गायक बिकाश करिब एक दशक देखि संगीत क्षेत्र मै संघर्ष गर्दै छन् l  भिन्न भाषा मा गाउने क्षेमता भएका गायक बिकाश को आगामी दिन मा सफल पार्श्व गायक बन्ने इच्छा रहेको बताए l गायक बिकाश ले ल्याएका यो गीत मा संगीत संयोजन निश्चल भण्डारी को छ भने भिडियो लाई राज ओशोले निर्देशन गरेका छन् l त्यस्तै भिडियोमा एलिना पौडेल र हरि पराजुली लाई देख्न सकिन्छ l 
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2cHcgji
via IFTTT

No comments:

Post a Comment