Friday, September 2, 2016

अलमोडाको ओरजिनल भनिएको 'फन्टास्टिक' गीत युटुबबाट हटाईयो

केही समय अगाडि रिलिज भएर भाइरल बनेको 'फन्टास्टिक' गीतलाई युट्यूबले हटाइदिएको छ। गीतमाथि प्रतिलिपि अधिकार हनन भएको उजुरी परेपछि यूट्यूबले हटाइदिएको हो।
अल्माेडा राना उप्रेतीको स्वर, शब्द तथा संगीतमा रहेको गीतमा मन श्रेष्ठले कम्पोजिसनको आधारमा प्रतिलिपि अधिकार दाबी गरेपछि गीत हटाइएको हो । गीत हटाइएका अल्मोडा यतिबेला आफ्नो कार्यक्रम प्रस्तुतिका लागि अष्ट्रेलिया भ्रमणमा रहेका छन्। यूट्यूबमा अहिले सो गीतका कभर भर्सन र अलमोडाको च्यानलबाट अपलोड भएको लिरिकल भर्सन मात्र उपलब्ध छ । 
प्रतिलिपि दाबी गरेका मनले आफूले ८-९ वर्षदेखी सो गीत गाउँदै आएको बताए। त्यस्तै अष्ट्रेलियामा रहेका अल्मोडाले पानी पर्‍यो लोक धून भएको र कसैको व्यक्तिगत सम्पति नभएको बताउँदै पब्लिसिटीका लागि केही व्यक्तिहरूले गरेको स्टन्ट मात्र भएको बताए। उनले सो 'पानी पर्‍यो' शब्द प्रयोग गरेर पहिले पनि गीत बनाउँदै आएको जानकारी दिए ।
                                                                                                                                सेतोपाटि अनलाईन बाट 



via IFTTT

from SHYANE http://ift.tt/2cvp2af
via IFTTT

No comments:

Post a Comment