Wednesday, September 21, 2016

याम बुद्धको उपस्थितिमा सम्पन्न भयो खादबारी हिपहप फेस्टिवल २०१६

असोज ५, खादबारी, 
संगीत को पनि विभिन्न विधा हरु छन् र पछिल्लो केहि समय अघि बाट नेपाल मा पनि सुरु भएको हिप हप संगीत को बिस्तार द्रुत गति मा अघि बढी रहेको छ l 
बिसेष त युवा वर्ग लाई लक्षीत यो सस्कृति लाई आधार बनाएर विभिन्न कार्यक्रम पनि हुने भएको छ l लाठमाण्डो मा मात्र नभएर मोफसल का हरेक ठाउहरु मा यस्ता किसिम को कार्यक्रम हरु हुने गरेको छ l यहि क्रम मा पूर्वी पहाडी जिल्ला खादबारी मा पनि हिप हप बिसेष कार्यक्रम सम्पन्न भएको छ l 
पूर्वेली इन्टरटेन्मेण्ट खादबारी ले असोज १ गते "खादबारी हिपहप फेस्टिवल २०१६" नाम दिएर आयोजना गरेको उक्त कार्यक्रममा नेपाल का चर्चित र्यापर याम बुद्ध का साथ् मा Easi Twelve, Coolest MC, Zero Gravity Crew, AJ Buddha, Dj EZ, DJ Hangkhim को उपस्थीति रहेको थियो l 
 दिउसो २ बजे बाट सुरु भएको उक्त कार्यक्रम एरिना टेलिभिजन का कार्यक्रम प्रस्तोता तथा पुर्व मा हिप हप सस्कृति को बिकाश मा लागि परेका सरोज श्रेष्ठ ( एम सी नेवा ) ले संचालन गरेका थिए भने उल्लेख्य दर्शक हरु को सहभादिता रहेको थियो l






via IFTTT

from SHYANE http://ift.tt/2d9kbaF
via IFTTT

No comments:

Post a Comment