Monday, October 17, 2016

दयाहांग,नाजिर र बुद्दि तामाङ्ग"हैट"लाई प्रत्यक्ष भेट्ने हैन ? : नाटक लिएर आउदैछन पुर्वाञ्चल

कार्तिक १,(सुवास संकल्प)-इटहरी,
कलाको क्षेत्रमा पुर्वाञ्चल पनि निकै बिकशित हुदै गई रहेको समयमा पुर्वमा पनि कलाकार हरुको जमघट र कला सम्बन्धि बिबिध विधामा विभिन्न क्रियाकलाप हुदै आईरहेको छ l त्यस्तै नेपालि फिल्म नगरी मा रंग मंच का कलाकारको उपस्तिथी बढिरहेको क्रममा काठ्माण्डो केन्द्रित रंगमंच का कलाकार हरुले नाटक प्रदर्शनीको लागि पछिल्लो समय मोफसलको यात्रा पनि थालनी गरिरहेको छ l 
यहि क्रम मा रंगमंचमा सफल कलाकार हरु जन्माउने मण्डला थिएटर नेपाल संगको सहकार्य मा लेट्स इन्टरटेन्मेण्ट ले पुर्वाञ्चल लाई प्राथमिकतामा राख्दै "पुर्वाञ्चल नाट्य यात्रा २०७३" सुरु गर्ने भएको छ l कार्तिक ३ गते देखि लगातार कार्तिक १३ गते सम्म को नाट्य यात्रा मा चर्चित कलाकार हरु दयाहाङ्ग राई, नाजिर हुसेन, बुद्दि तामाङ्ग "हैट" को साथ् मा सिर्जना सुब्बा, राजन खतिवडा, प्रदिप कुमार चौधरी, सोमनाथ खनाल, सुलक्षण भारती, उमेश तामाङ्ग, बिकाश जोशी, आर्जेश रेग्मी, सारदा अधिकारि, निमिश कट्टेल, इन्गीहोपो कोईच सुनुवार, शक्ति राई, सिजन दाहाल, रोहित पौडेल. अनिल कार्की, सुरेश कार्की र आधा सुर को सहभागिता रहने छ l 
"घुम्ती रंगमंच" र "हल मन्चन" गरि नाटक लाई दुई भाग मा विभाजन गरिएको छ l घुम्ती रंगमंच अन्तर्गत राजन खतिवडा निर्देशित "मनचिन्ते फिरन्ते" नाटक कार्तिक ३ गते साझ ६ बजे धरान, कार्तिक ४ गते बिहान १० बजे इटहरी, कार्तिक ४ गतेकै साझ ६ बजे बिराटनगर, कार्तिक ५ गते बिहान १० बजे लेटाङ्ग को फडानी स्कुल, कार्तिक ५ गते साझ ६ बजे बेलबारी, र कार्तिक ६ गते साझ ६ बजे दमक मा मन्चन गरिने छ भने उक्त नाटक निसुल्क हेर्न पाईने छ l त्यस्तै हल मन्चन अन्तर्गत दयाहांग राई निर्देशित "डिग्रि माईला" कार्तिक ९ गते दिउसो १ र ४ बजे दमक, कार्तिक १० गते दिउसो १ र ४ बजे बेलबारी, कार्तिक ११ गते दिउसो १ र ४ बजे इटहरी, कार्तिक १२ गते दिउसो १ र ४ बजे बिराटनगर र कार्तिक १३ गते दिउसो १ र ४ बजे धरान मा मन्चन गरिने छ भने यो नाटक हेर्न लाई ३०० र ५०० को टिकट निर्धारण गरिएको छ l 



via IFTTT

from SHYANE http://ift.tt/2dXY8GL
via IFTTT

No comments:

Post a Comment