Friday, October 7, 2016

२० वर्षपछि "ट्वाक्क टुक्क रिटर्न्स" : ऋषि धमलाको पनि अभिनय, नया कलाकारको खोजि

असोज २१, इटहरी, 
हाँस्यव्यंग्यको दुनियाँमा कुनै समय लोकप्रिय कार्यक्रम 'ट्वाक्क टुक्क' पुनः ट्वाक्क टुक्क रिटर्न्स को नाम मा सुरु भएको छ ल कान्तिपुर टेलिभिजन बाट यहि सुक्रबार बाट 'ट्वाक्क टुक्क रिटर्न्स' नामबाट  बेलुका साढे सात बाजे प्रसारण सुरु भएको कार्यक्रमलाई एड रिलिजले निर्माण गरेको हो भने निर्देशक दिनेश डिसी रहेका छन् । 
ट्वाक्क टुक्कको नयाँ संस्करणमा दिनेश डिसी,  महादेव त्रिपाठी, रेशम फिरिरी, शुशिला निरौला (बिम्ली),  जुंगे भट्टराई, माधव पण्डित, शंकर पाण्डे, सुरेश असिम लगायतका साथमा पत्रकार ऋषि धमलाको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
हरेक हप्ता एक सेलिब्रेटीको समेत अभिनय राख्न लागिएको यस कार्यक्रमको दोस्रो भाग अर्थात आगामी साता भने जितु नेपाल रहनेछन् । यसमा नयाँ कलाकारको समेत खोजी भइरहेको निर्देशक डिसीले बताए ।



via IFTTT

from SHYANE http://ift.tt/2e9x4VG
via IFTTT

No comments:

Post a Comment