Wednesday, October 5, 2016

अक्टुबरमा सार्बजनिक गरे हिमाल सागरले सातौँ एल्बम “अक्टुबर २४” (भिडियो सहित)

असोज १९, इटहरी,
नेपाली सांगीतिक धरातलमा झन्डै डेढ दशक पुग्न लाग्दा पनि निरन्तर रुपमा सफलता हात पार्न सफल गायकहरु मध्यका एक स्थापित गायक हुन् हिमाल सागर । बि.स.२०६० सालबाट गीति एल्बम निकाल्न शुरु गरेका गायक सागरले २०७३ मा आएर आज आफ्नो सातौँ एल्बम “अक्टुबर २४” नामक एल्बम सार्वजनिक गरेका छन् । यस अघि उनले रिलेशन, फर यू, त्यो दिन, टेल मि, कहानी र फुली जस्ता एल्बमहरु सार्वजनिक गरिसकेका छन् । 
आफ्नो जन्म दिनलाई आधार मानेर उनले सातौँ एल्बमको नामाकरण गरेका छन् । झापाको बनियानी स्थायी घर भएका हिमाल सागर अहिले देश विदेश लगायतका विभिन्न सांगीतिक कार्यक्रम हरुमा ब्यस्त हुँदै आएका छन् । उनले गाएका गीतहरुमा मेरो माया मरेपछि, मेरो मनमा आगो लाउनेको, न मैले लेंखे न उनले लेखिन, नांच तिमि आज मादलको तालमा, तीन ढिके फुली, जस्ता गीतहरुले निकै चर्चा बटुलेका थिए । तेस्तै गरि अहिलेको सातौँ एल्बममा माया कहिले मुस्कुराउने, तिम्रो रुप देखेर,एका देशको कथा भनुँ, रहरहरु थाँती राखी, मायाँ त् दुइतर्फी नै थियो हाम्रो, तिम्रो चोलीको जस्ता बोलका ६ ओटा गीतहरु समावेश भएका छन् । जसमा डा. भोला रिजाल, कृसु क्षेत्री श्याम पराजुली तथा गायक हिमाल सागरका शब्दहरु रहेका छन् । नयाँ एल्बममा रहेको तिम्रो रुप देखेर बोलको गीत पनि निकै चर्चित बन्न पुगेको छ । कृसु क्षेत्रीको संगीत तथा हिमाल सागरको स्वरमा रहेको यस गीतको म्यूजिक भीडीयोलाई अर्जुन अधिकारीले निर्माण गरेका हुन् भने दिनेश कार्की, नन्दिता के.सी. र हिमाल सागरले अभिनय गरेका छन् ।
सोहि एल्बममा रहेको चर्चित गीत “मायाँ कहिले मुस्कुराउने कहिले रिसाउने आगो जस्तो दन्किएर कहिले सल्किने” बोलको गीतको पनि म्यूजिक भीडीयो सार्वजनिक हुनु भन्दा अगाडी नै जनमानसमा लोकप्रिय भैसकेको थियो । उक्त म्यूजिक भीडीयोमा हिमाल सागर र केकी अधिकारीले अभिनय गरेका छन् भने डा.भोला र शब्द तथा गायक हिमाल सागरकै संगीत रहेको छ । अर्जुन अधिकारीको निर्देशनम तयार गरिएको यस म्यूजिक भिडियोलाई युट्युब मार्फत एसियन म्यूजिकले सार्वजनिक गरेको छ । बिगतका एल्बमहरु जस्तै उक्त नयाँ एल्बमले पनि सफलता पाउने गायक हिमाल सागरले बताएका छन् । 
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2dIWMwM
via IFTTT

No comments:

Post a Comment