Sunday, October 9, 2016

खुलासा : छबि-सिल्पाको बिहे चर्चा संगै नायिका तथा निर्मात्री रेखा थापा पनि घरजमको तयारिमा

असोज २१, इटहरी,
नेपालकी चर्चित नायिका तथा फिल्म निर्माता रेखा थापाले आउँदो मंसिरमा नयाँ घरजम गर्ने तयारी गरेको बताएकी छन् । उनका पूर्वपति छवि ओझाले दशैंको टिकाको साइतमा नवनायिका शिल्पा पोखरेलसँग विहे गर्ने खबर बाहिर आइरहेका बेला रेखा थापाले पनि आफ्नो विहे मंसिरको पहिलो साता हुने खुलासा गरेकी हुन् ।

बिबिसी नेपालि सेवा को फेसबुक लाईकर ३० लाख पुगेको उपलक्ष्य मा पहिलो फेसबुक भिडियो लाईभ अन्तर्वार्तामा नायिका थापाले आउने मंसिरमा विहे गर्ने तयारी रहेको बताइन् । तर हुनेवाला पतिको नाम चाहीँ खुलाउन चाहिनन् । हुनेवाला पति को त ? भन्ने पत्रकारको जिज्ञासामा, उनले नाम अहिले नभनौं तर पेशा चाहीँ चलचित्र क्षेत्रको भन्दा बाहिरको हो, विहेपछि थाहा भइहाल्छ नि भनेर बात मारिन् ।

यसअघि नै रेखाले आफूले विगतलाई सम्मान गर्दै अर्को विहे गर्ने तयारीमा रहेको बताइकी थिइन् । उक्त अन्तर्वार्तामा छविराज ओझासँग आफ्नो विहे नभएको समेत रेखाले दावी गरिन् । निर्माता छविराज ओझा र रेखा मध्य कसको पहिले बिहे हुने हो त्यो भने दर्शक श्रोतले पर्तिक्षा गर्नु पर्ने देखिन्छ l 
                                                                                                   बिबिसी नेपालि सेवाको फेसबुक बाट 



via IFTTT

from SHYANE http://ift.tt/2dcI82D
via IFTTT

No comments:

Post a Comment