Sunday, November 20, 2016

छोटो समयमै सफलताको स्वाद चाख्दै मोडेल कसिश दाहाल

मंसिर ५, (सुवास संकल्प)-इटहरी,
रंगीन दुनियामा रमाउने, सबै सामु चिनिने अनि चर्चित हुने सपना सबैले बोकेको हुन्छ l यो कुरामा कोहि सफल छन् त कोहि असफल हुदै रंगीन दुनियाबाटै पलायन छन्, रै पनि यो क्षेत्रमा प्रवेश गर्नेको लर्को भने कम छैन l 

सुन्दर अनुहार, हिस्सि परेकी, मिलेको फिगर अनि सबै संग छिटै घुलमिल हुने स्वभाब को कसिश दाहाल पनि यहि लर्को को एक पात्र हो l आफ्नो मुख्य कर्म थलो पुर्वको इटहरी र बिराटनगरलाई बनाएकी कसिशले बितेका समयमा मेडिकल लाईन मा निकै समय काम गरिन, संगै आफ्नो सपना साकार पर्न पनि लागि परिरहिन l 
पछिल्लो समय इटहरी छोडेर काठमाण्डो बाट कलाकारिता लाईन मा मात्रै लागि रहेकी दाहालले हाल सम्म दर्जनौ म्युजिक भिडियो मा अभिनय गरिसकेकी छिन भने आधा दर्जन भन्दा बढी ठुलो पर्दा को फिल्म मा मुख्य पात्रको भूमिका निर्भाह गरिसकेकी छिन l  
छोटो समयमै राम्रो सफलता हासिल गरेकी कसिश हाल आधा दर्जन बढी म्युजिक भिडियो शुटिङ्ग को लागि मलेसियामा छिन भने अहिले "भिडियो शुटिङ्ग सक्कीसके पनि क्यामेरा सहित भिडियोको फ़ुटेजहरु मलेसियामै लुटिएको कारणले अलि दुखि रहेको र सुरक्षा निकायलाइ खबर गर्दा पनि खासै चासो नदिएकोले अब के गर्ने भन्ने कुरामा दोधार भएको उनले जानकारी गराए l 
मोडल तथा नवनायिका कशिस दाहालको नेपाली कथानाक चलचित्र फुर्के, डिल्लीराम, राना लगायतका चलचित्र रिलिज हुने क्रममा रहेका छ l



via IFTTT

from SHYANE http://ift.tt/2eU1zzY
via IFTTT

No comments:

Post a Comment