Saturday, November 26, 2016

परे म त दंग भन्दै छिन गायिका मुना थापा मगर (भिडियो सहित)

मंसिर ११, इटहरी,
नेपाली लोक संगीत को बजारमा एउटा छुट्टै पहिचान बनाउन सफल गायिका मुना थापा मगरको सुमधुर स्वरमा अर्को एक नयाँ रमाईलो लोकदोहोरी गीत बजारमा आएको छ ।

मुनाको स्वर रहेको ‘फुल जस्तै फुलेको, जून जस्तै बलेकोे जवानी देखेर परे म त दंग’ बोलको उक्त गीत गायक पुरुषोत्तम सत्यालकोे लोकदोहोरी गीत जवानी भाग २ मा समाबेश गरिएको छ l स्मृती तिमिल्सिन गुरुआमाको निर्देशनमा  तयार भएकाे उक्त गीतको भिडियोमा रिना थापा र केशब बस्नेतको अभिनय देख्न सकिन्छ । 
मधुकर थापाको शब्द तथा लयमा तयार पारिएको यो गीतमा पुरुषोत्तम सत्यालले स्वरमा मुना थापालाई साथ दिएका छन । भिडियोको छायांकन सुरेश श्रेष्ठ र सम्पादन दिपक बिष्टले गरेका हुन् भने गीत एम.पि.क्रियशनबाट बजारमा ल्याएको छ ।
भिडियो 




via IFTTT

from SHYANE http://ift.tt/2g3FttU
via IFTTT

No comments:

Post a Comment