मंसिर १३, (सुवास संकल्प)-इटहरी,
२३ बर्षको उमेर मै अन्तराष्ट्रिय स्तरबाट ज्योतिष तथा बास्तुशास्त्रीमा राम्रो शीक्षा हासिल गर्ने व्यक्ति हुन् हरिहर अधिकारी l वर्ल्ड अस्ट्रोलोगर सोसाईटी बाट स्नातकोत्तर गरिसकेका हरिहर पछिल्लो समय सबै वर्ग का व्यक्ति हरु माझ चर्चित छन् l
उनले गरेका केहि भबिश्यबाणि हरु सत्य साबित भएपछी चर्चा मा आए संगै महानायक राजेश हमाल को बिहेको प्रसङ्गमा पनि निकै नै चर्चा मा आएका थिए l उनै ज्योतिष तथा बास्तुशास्त्री हरिहर अधिकारीले कान्तिपुर टेलिभिजन मार्फत कार्यक्रम "मार्गदर्शन" लिएर आए पछि धेरै ले आफ्नो भबिष्यको बारेमा जान्ने मौका पाए भने उनि झनै लोकप्रिय को सिखर मा चड्दै गए l सानै उमेर मा यति धेरै प्रगति र सफलता देखेर उनको प्रसंसा गर्नेको पनि कमि छैन l
केहि समय हराए संगै हाल उनले छिमेकी देश भारत बाट प्रसारित चर्चित केयर वर्ल्ड टेलिभिजन बाट मार्गदर्शन नामकै ज्योतिष तथा बास्तुशास्त्र सम्बन्धि कार्यक्रम सुरु गरेका छन् l उक्त कार्यक्रम केयर वर्ल्ड टेलिभिजन बाट एकै दिन मा दुई पटक अर्थात हरेक दिन बिहान ८ बजे र बेलुका ८:५० बजे प्रत्यक्ष हुन थालेको छ l यो कार्यक्रम यहि नोभेम्बर २७ तारिकबाट सुरु भएको हो भने कार्यक्रममा हरिहर संगै अर्की प्रस्तोतालाई पनि देख्न सकिन्छ l
हेर्नुस भिडियो :
via IFTTT
from SHYANE http://ift.tt/2gx25Un
via IFTTT
No comments:
Post a Comment