Monday, December 12, 2016

सुरु भयो घरदेश देखि परदेश सम्मको यात्रामा ‘प्रेमगीत २’ छायांकन

मङ्सिर २७, इटहरी,
गएको बर्षको हिट चलचित्र ‘प्रेमगीत’को अर्को भाग ‘प्रेमगीत २’को छायांकन सुरु गरिएको छ। सोमबार पशुपतिनाथ मन्दिरदेखि सुरु भएर चावहिल गणेश मन्दिरमा पूजाअर्चनासहित शुभसाइत गरियो ।
चलचित्रको दुई महिना नेपालसहित विदेशी रमणीय थलोमा यो कस्मोपोलिटन लभस्टोरी फिल्मांकन हुनेछ । आशुसेन ब्यानरकोनिर्माण हुने यास चलचित्रलाई सन्तोष सेनले निर्माण गर्न लागेका हुन । चलचित्रलाई रामशरण पाठकले निर्देशन गर्दैछन् । निर्माता सन्तोष सेनले सिनेमालाई स्तरिय बनाउन प्रयत्नशिल हुने बताए । ‘मेकिङलाई क्वालिटी तुल्याउनेतर्फ हामी केन्द्रित छौं’ उनले भने । प्रदीप खड्का, अश्लेष ठकुरी, भुवन चन्द, श्रद्धा प्रसाइँ, कैलाश कट्वाल, राजाराम पौडेल, प्रशान्त घिमिरे, संगीता नापित, कविता रेग्मी, कुमार कार्की, मुक्तबाबु आचार्य र सौरभ क्षेत्री लगायतका कलाकारको चलचित्रमा अभिनय रहने छ ।
काठमाडौं, मुगुको रारा ताल, कपिलवस्तुको लुम्बिनी, थाइल्यान्डको पताया र बैंकक हुँदै नेपाली भाषी बहुल म्यानमारको रंगुन लगायतका थलोमा फिल्म सुट हुनेछ । दोस्रो विश्वयुद्धदेखि तत्कालिन बर्मा (म्यानमार)मा बस्दै आएका नेपालीलाई सांस्कृतिक र भावनात्मक सम्बन्ध गाँस्ने कडीको रुपमा प्रेमगीत २ स्थापित हुने विश्वास आशुसेन फिल्मका जनसम्पर्क अधिकृत रेशम शाहले लिए । फिल्ममा रिनशा राईको नृत्य, अष्ट महर्जनको द्धन्द्ध, पुरुषोत्तम प्रधानको छायांकन समावेश हुनेछ । यसपटक प्रेमगीतको दोस्रो संस्करणलाई लिएर दर्शकमाझ पर्खाइ छ । आगामी भदौमा रिलिज डेट लक्ष्य राखिएको छ ।
                                                                                                                          समाचार : NamasteFilmy



via IFTTT

from SHYANE http://ift.tt/2hqcnE0
via IFTTT

No comments:

Post a Comment