Tuesday, January 31, 2017

११ र १२ कक्षाको परीक्षातालिका सार्वजनिक।

-
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचनाका अनुसार कक्षा १२को परीक्षा आगामी वैशाख १० गतेदेखि सुरु हुनेछ । त्यस्तै कक्षा ११को परीक्षा वैशाख २४ गतेदेखि सुरु हुनेछ । कक्षा ११को परीक्षा जेठ तीन गतेसम्म सञ्चालन हुनेछ भने १२ कक्षाको वैशाख २२ गते सकिने छ ।
सँगै परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीहरुलाई सामयमै परीक्षा आवेदन फाराम भर्न सूचना प्रकाशित गरेको छ ।
२०७४ सालको वाषिर्क परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आगामी माघ मसान्तभित्र परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने छ । उक्त समयसम्ममा छुटेका परीक्षार्थीले थप शुल्कसहित फागुन १५ गतेसम्म आवेदन फारम बुझाउन सक्नेछन् ।


from SHYANE http://ift.tt/2kO9MF1
via IFTTT

आज सरस्वती पुजा।

माघ १९।  आज सरस्वती पुजा। देशै भरिका विभिन्न बिद्या पिठ तथा बिद्यालय , विश्व बिध्यलायामा बिध्याकी देवी सरस्वतिको प्रतिमा तथा मुर्ति स्थापना गरि पुजाआजा गरिदै।
सरस्वति माया द्रिस्टा बिणा पुस्तक धरणी
हंस बाहान संगुक्ता बिद्या दानम करोतुमे।।
साना साना बालबालिका हरुलाई अक्षराम्भ दिवसको रुपमा पनि आजको दिनलाई लिने गरिन्छ। 


from SHYANE http://ift.tt/2jsD1jL
via IFTTT

धनगढी प्रिमियर लिगलाई जगशक्तिको सहप्रायोजन

माघ १९  । धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेजको उत्पादन जगशक्ति स्टिलले सहप्रायोजन गर्ने भएको छ ।


धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल क्रिकेट एकेडेमीको आयोजना हुन लागेको देशकै सर्वाधिक ठूलो धनराशीको प्रतियोगिता आगामी चैत ५ गतेदेखि धनगढीमा सुरु हुँदैछ ।
प्रतियोगितालाई प्रायोजन गरेबापत जगशक्ति स्टिलले ७ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।
नेपालमा पहिलोपटक ‘अक्सन’मार्फत् खेलाडी खरिद गरी आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण खेलहरु डिसहोम स्पोर्टस च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
सगरमाथा सिमेन्टले प्रमुख प्रायोजन गरेको प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगितामा राष्ट्रिय टोलीका प्रमुख खेलाडीहरुको कप्तानीमा विभिन्न ६ टोलीहरुले प्रतिस्पर्धा गर्दैछन् ।


from ARENA http://ift.tt/2jADY4D
via IFTTT

आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

माघ १९  । त्रिभुवन आर्मी क्लब झापामा जारी झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


मंगलबार भएको क्वार्टरफाइनलमा रुपन्देही–११ लाई २–० ले पराजित गर्दै आर्मीले अन्तिमा चारमा ठाउँ पक्का गरेको हो ।
आर्मीलाई जिताउन नवयुग श्रेष्ठ र *भरत खवासले एक–एक गोल गरे ।
यसअघि सोमबार भएको पहिलो क्वार्टरफाइनलमा सशस्त्र प्रहरीलाई पराजित गर्दै हिमालयन शेर्पा क्लब सेमिफाइनलमा पुगिसकेको छ ।
तेस्रो क्वार्टरफाइनलमा बुधबार झापा–११ ले सुदूरपश्चिमाञ्चल फुटबल टिमसँग खेल्नेछ ।
झापाले प्रिक्वार्टरफाइनलमा शेर फुटबल क्लबलाई हराएको थियो । सुदूरपश्चिमाञ्चललले भने सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको हो ।


from ARENA http://ift.tt/2jsFSZR
via IFTTT

अनुले आर्यमानलाई धोका दिएपछि रेशमले गाए यस्तो गीत (भिडियो सहित)

माघ १८, इटहरी,
नेपालि सांगीतिक क्षेत्रमा नया-नया प्रतिभाहरुको आगमन हुने क्रम पछिल्लो समय निकै नै बढि रहेको छ l यहि क्रममा भर्खेरै मात्र एक नव गायकले आफ्नो पहिलो गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् l 
"जसलाई दिलमा" बोलको उक्त गीतको सुटिङ्ग भएको लगभग एक महिना भन्दा बढि भई सकेको छ l यो लामो प्रतिक्षा पछि सार्बजनिक गरिएको भिडियोमा एक प्रेमीको अधुरो कथा अर्थात बिस्वासमा घात देखाईएको छ l इटहरीका नव गायक रेशम खड्काको स्वर रहेको छ भने गीतमा प्रकाश भट्टराईको सब्द समाबेश गरिएको छ l पुर्वको पर्यटकिय स्थल गोकुलम रिसोर्ट र आस-पासमा सुटिङ्ग सम्पन्न गीतको म्युजिक भने गायक स्वयं को रहेको छ l 
भिडियो मा अर्यमान अर्याल, अनु राई र राजुको अभिनय देख्न सकिन्छ l डि थ्री प्रोडक्सन उत्पादन तथा प्रस्तुति रहेको सो भिडियोलाई सुवास संकल्प ले निर्देशन गरेका छन् भने निक बिष्टले छायांकन गरेका छन् l म्युजिक नेपाल बाट सार्बजनिक उक्त भिडियो मा सोम मग्रातिको मेकअप रहेको छ भने एन्जल थापाले सम्पादन गरेका छन् l
हेर्नुस भिडियो :



via IFTTT

from SHYANE http://ift.tt/2jQd75H
via IFTTT

Monday, January 30, 2017

आज नेपाल र अष्ट्रेलिया भिड्दै

माघ १८ । दृष्टिविहीन विश्वकप क्रिकेटमा आज नेपालले अष्ट्रेलियासँग खेल्दैछ ।

भारतको नयाँ दिल्लीमा जारी प्रतियोगिताको खेल नेपाली समय अनुसार विहान सवा ९ वजे सुरु हुनेछ । दृष्टिविहीन विश्वकप क्रिकेटको यो दोस्रो संस्रकण हो ।
पाँच वर्ष अघि भारतले नैं पहिलो संस्करण आयोजना गरेको थियो । त्यतिवेला पनि नेपाल र अष्ट्रेलिया भिड्दा नेपाल ७ विकेटले पराजित भएको थियो ।
यसपटक सुधारिएको प्रदर्शन गर्ने लक्ष्यसहित भारत पुगेको नेपाललाई उक्त हारको बदला लिने अवसर छ ।


from ARENA http://ift.tt/2kO8SaX
via IFTTT

हिमालयन शेर्पा झापा गोल्डकपको सेमिफाइनलमा

माघ १८ । हिमालयन शेर्पा क्लव झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।


झापामा जारी प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा सोमबार  सशस्त्र प्रहरीमाथि नाटकीय जित हासिल गर्दै हिमालयनले अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।
८६ मिनेटसम्म २-० ले पछाडि परेको हिमालयनले अन्तिम चार मिनेटमा दुई गोल गरेसंगै खेल निर्धारित ९० मिनेटसम्म बराबरी भयो ।
थपिएको २० मिनेटको खेलमा गोल नभएपछि खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा ३-२ ले विजयी हुँदै हिमालयन शेर्पाले सनसनीपूर्ण जित हासिल गरेको हो ।


from ARENA http://ift.tt/2klhN6V
via IFTTT

चर्चित गीत "जता हेरेपनि हजुर पूर्वै रमाइलो" को भिडियो सार्बजनिक (भिडियो सहित)

माघ १७, (करन धिताल)-पथरी,
गायक गौरभ दर्पण र श्रृष्टि हिङमाङको आवाजमा सजिएको पुर्वाञ्चलको प्रतिनिधि गीत ‘जता हेरे पनि हजुर पूर्वै रमाइलो" गीतको म्युजिक भिडियो लामो समयको प्रतिक्षा पश्चात युट्युव मार्फत् सार्वजनिक भएको छ । गीति एल्बम पाइला मार्फत् ट्रेड भिजन इन्भेष्टमेन्ट प्रा.लिले बजारमा ल्याएको उक्त गीत २०६५ सालमा इटहरीमा आयोजित एक प्रतियोगितामा प्रथम भएको गीत थियो l 
त्यस पश्चात विभिन्न चाडबाड, पूजाआजा, पिकनिक, देउसी नाच लगायतमा अत्यधिक लोकप्रिय भएको छ । आज सम्म पनि विवाह, पार्टी, सेमिनार आदिमा उत्तिकै ढंगले यो गीतमा कम्मर मर्काइन्छ । कमला खनालको संगीत, गौरभ दर्पणको शब्द रहेको गीतलाई पवनवाङ लामाले संगीत संयोजन गरेका छन् भने मित्रलामाले संगम स्टुडियोमा ध्वनी सम्पादन गरेका हुन् । 
भिडियोमा सुप्रिया कटुवाल र दीपक बास्तोले अभिनय गरेका छन् । सन्तोष कुमार श्रेष्ठ र आशिका भन्डारीको लगानीमा बनेको भिडियोलाई अर्जुन तिवारी, राम केसी र चर्चित ढुंगेलले पूर्वका विभिन्न धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थलमा छायांकन गरेका छन् भने कविमिलन र दिनेश माङमुले नृत्य निर्देशन गरेका छन् । 
गायक तथा परिकल्पनाकार गौरभ दर्पणको यो गीतलाई शान्तिम कोइरालाले निर्देशन गरेका हुन् । भिडियोमा युनिक डान्स सेन्टर उर्लाबारी र समाज सुधार समूह नेपाल चुलाचुली इलामका कलाकारको नृत्य देख्न सकिन्छ भने पाख्रीवास साहित्य समाज धनकुटाका कलाकारहरुको पनि अभिनय देख्न पाइन्छ । उक्त भिडियोलाई अल्लारे म्युजिक च्यानलले युटुब मार्फत सार्वजनिक गरेको हो । 
हेर्नुस भिडियो :





via IFTTT

from SHYANE http://ift.tt/2kKcWx0
via IFTTT

Sunday, January 29, 2017

पुलिसलाई हरायो एनआरटीले

माघ १६ । झापाको बिर्तामोडमा जारी रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको दोसो खेलमा न्यूरोड टिम (एनआरटी) विजयी भएको छ ।

आइतबार झापाको डोमलाल राजवंशी रंगशालामा भएको खेलमा एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराएको हो ।
एनआरटीको जितमा अशोक थापा र राज पौडेलल १–१ गोल गरे ।
पुलिसका विक्रम धिमालले एक गोल फर्काए ।


from ARENA http://ift.tt/2kJ08CV
via IFTTT

फेडेररले जिते अष्ट्रेलियन ओपन टेनिस


माघ १६ । अस्ट्रेलियन ओपन टेनिसको उपाधि स्वीस खेलाडी रोजर फेडेररले जितेका छन् ।


आइतबार भएको फाइनलमा स्पेनिस खेलाडी रफाइल नदाललाई पराजित गर्दै फेडेररले उपाधि जितेका हुन् ।
पूर्वविश्व नम्बर एकहरुको भिडन्तमा फेडेरर ६–४, ३–६, ६–१, ३–६ र ६–३ ले विजयी भए ।
योसँगै सर्वाधिक ग्रान्डस्लाम जितको कीर्तिमानलाई अझ थप्नेक्रममा फेडेररले ग्रान्डस्लाम संख्यालाई १८ पुर्‍याएका छन् ।
१४ पटकका ग्रान्डस्लाम विजेता नदाललाई हराएसँगै फेडेररले अस्ट्रेलियन ओपन उपाधिको संख्या पनि पाँच पुर्‍याएका छन् ।
अष्ट्रेलियन ओपन पाँचपटक जितेसँगै फेडेररले तीनओटा छुट्टाछुट्टै ग्रान्डस्लाममा पाँच वा सोभन्दा बढी उपाधि जित्ने कीर्तिमान पनि रचेका छन् ।
फेडेररले अष्ट्रेलियन र युएस ओपन पाँच/पाँचपटक जितेका छन् भने विम्बल्डन टेनिस सातपटक जितेका छन् । फ्रेन्च ओपन भने फेडेररले एकपटक जितेका छन् ।
३५ वर्षीय फेडेररले सन् २०१२ को विम्बल्डन टेनिसपछि पहिलोपटक ग्रान्डस्लाम जितेका हुन् ।


from ARENA http://ift.tt/2kJ12iP
via IFTTT

फेडेरर र नाडालबीच प्रतिस्पर्धा हुने

माघ १६ । अस्ट्रेलियन ओपन टेनिसको पुरुष एकल तर्फको उपाधिका लागि आज रोजर फेडेरर र राफेल नाडालबीच प्रतिस्पर्धा हुँदैछ ।


१७ औं बरियताका स्वीस खेलाडी फेडेरर र नवौं बरियताका स्पेनी खेलाडी नाडालबीच प्रतिस्पर्धा हुन लागेको हो ।
सेमिफाइनलमा फेडेररले स्टानिसलास वावरिन्कालाई हराएर तथा नाडालले ग्रिगोर दिमित्रोवलाई हराएर फाइनल खेल्न लागेका हुन् । खेल नेपाली सयम अनुसार दिउँसो सवा दुई बजेपछि सुरु हुनेछ ।
फेडेरर र नाडालबिच यसअघि ८ पटकग्राण्ड स्लामको फाइनलमा भेट भएको छ । नाडालले अहिलेसम्म एक पटक तथा फेडेररले चार पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।
अस्ट्रेलियन ओपनमा पछिल्लो पटक सन् २००९ मा फेडेररलाई हराएर नाडालले उपाधि जितेका थिए ।


from ARENA http://ift.tt/2kfC0e7
via IFTTT

मनाङ–मर्स्याङ्दीले जित्यो आहा–रारा गोल्डकप

माघ १६  । पोखरामा सम्पन्न १५औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि फेरि पनि मनाङ–मर्स्याङ्दी क्लबले नै जितेको छ ।


साविक विजेतासमेत रहेको मनाङले लगातार दोस्रोपटक उपाधि जित्नेक्रममा शनिबार भएको फाइनलमा आयोजक सहारा क्लबलाई १–० ले पराजित गर्‍यो ।
खेलको ७०औं मिनेटमा कमल श्रेष्ठले गरेको एकमात्र गोल नै मनाङलाई जिताउन पर्याप्त भयो ।
योसँगै मनाङले १२औं संस्करणमा फाइनलमा सहारासँग भोगेको १–० को हारकोसमेत बदला लिएको छ ।
मनाङले आहा–रारा गोल्डकपको उपाधि जितेको यो पाँचौंपटक हो ।
सेमिफाइनलमा आर्मीलाई हराउँदै सहारा तथा संकटालाई हराउँदै मनाङ फाइनलमा पुगेका थिए ।
जितसँगै मनाङले ५ लाख १ हजार १ र उपविजेता सहाराले २ लाख ५१ हजार १ रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी बनेका सहाराका गोलकिपर सुुजित गुरुङले स्कुटर पुरस्कार प्राप्त गरे भने प्रतियोगितामा सर्वाधिक ३ गोल गरेका झापा–११ का कर्ण लिम्बूले २५ हजार रुपैयाँ पुरस्कार प्रप्त गरे ।
यस्तै, मनाङका कमल श्रेष्ठ उत्कृष्ट डिफेन्डर, मनाङकै सुजल श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, सहाराका शिव सुवेदी उत्कृष्ट स्टाइकर र सहाराका किरण श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।


from ARENA http://ift.tt/2jJNdR7
via IFTTT

Saturday, January 28, 2017

संचारकर्मी महेश सिक्देलको म्युजिक भिडियो निर्देशनमा डेब्यु (भिडियो)

माघ १६,(अर्जुन गुरागाईं), इटहरी,
लामो समय संचारकर्ममा लागेका महेश सिक्देलले म्युजिक भिडियो निर्देशनमा डेब्यु गरेका छन । महेश सिक्दलद्धारा निर्देशित माया लाउदा बोलको लोक पप गित हालै सार्बजानीक भएको हो । 
राजन सिक्देलको शब्द रहेको गितमा स्वर भने संदिप मोतेको रहेको छ । उक्त गीतमा संगित भने गजेन बान्तवाको रहेको छ भने गजबको चौतारी नामक युट्युब च्यानल मार्फत सो गीतलाई शुक्रबार सार्बजानीक गरीएकोे छ । भिडियोमा सुनिल, मिना, प्रताप, मिलन र नगेन्द्रको अभिनय रहेको छ । भिडियोमा छायाकन गजेन्द्र घलेको रहेको छ भने सिरकुमार साम्पाङ्गको सम्पादन रहेको छ ।
भिडियो :





via IFTTT

from SHYANE http://ift.tt/2jCWTz1
via IFTTT

Friday, January 27, 2017

श्रीलंकाको चर्चित सांगीतिक समूह इराज संग गीत गाए कमल खत्रीले (भिडियो सहित)

माघ १५,(सुवास संकल्प), इटहरी,
नेपालका चर्चित गायक कमल खत्रीले श्रीलंकाको चर्चित सांगीतिक समूह इराज प्रोडक्सन संग सहकार्य गर्दै नेपालि भर्सनमा गीतको भिडियो सार्बजनिक गरेका छन् l 
यो केहि समय अगाडी सार्बजनिक भएको श्रीलंकाकै गायक कल्पना नयनामधु को गीत तथा भिडियोको नेपालि भर्सन हो l "आसावारी" बोलको उक्त गीतमा इराजले संगीत भरेका छन् भने नेपालीमा सब्द र स्वर कमल खत्री को रहेको छ l एकै संगीत र भिडियोमा श्रीलंका र नेपालका गायकहरुको नेपालि र श्रीलंकियन भाषामा फरक फरक भिडियो सार्बजनिक भएको हो l 
यस गीतलाई ईराजको आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरिएको छ भने यस अघि इराज प्रोडक्सन सग इन्दिरा जोशी, सन्तोष लामा, स्व. याम बुद्ध जस्ता नेपालि गायक गायिकाहरुले सहकार्य गरेर गीतहरु गाई सकेका छन् l 
हेर्नुस नेपालि र श्रीलंकियन भाषामा फरक फरक भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2jortsO
via IFTTT

"पर्सनल छैन" भन्दै क्यामेरा अगाडि किन ढाटे निर्देशक अर्पण बस्नेतले ? (हेर्नुस भिडियो)

माघ १५, (सुवास संकल्प)-इटहरी,
अभिनयबाट आफ्नो कला यात्रा सुरु गरेका अर्पण बस्नेत हाल फिल्म निर्देशन तिर होमिएका छन् l कर्माण्य नामक छोटो फिल्म निर्देशन गरेर निर्देशकीय क्षमता प्रस्तुत गरेका अर्पण हाल सोहि फिल्मको च्यारिटि शो गरिरहेका छन् l 
थिएटरमा गरिने नाटकहरुमा आफ्नो अभिनय प्रस्तुत गरेर सबैको माया पाएका अर्पणलाई अबको दिनहरुमा भने थिएटर संगै चलचित्र क्षेत्रमा पनि देख्न सकिने छ l युवावर्गलाई लक्षित गरेर एच आई भी मा केन्द्रित भई निर्माण गरिएको चलचित्र कर्माण्य हेरिसके पछि दर्शकको राम्रो प्रतिक्रिया प्राप्त गरेको उनि बताउछन l 
हेर्नुस कर्माण्य निर्देशक अर्पण बस्नेत संग गरिएको रमाईलो कुराकानी :





via IFTTT

from SHYANE http://ift.tt/2jz1imL
via IFTTT

गायक प्रकाश ओझा १० बर्षका लागि जेल चलान : यौन शोषण गरेको आरोप (भिडियो सहित)

माघ १४, इटहरी,
तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्य सहित वेबसाइटमा प्रकाशित गरेको आरोपमा अदालतबाट १० वर्षको सजाय पाएका गायक प्रकाश ओझा आज पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो । 
४३ वर्षीय ओझालाई आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेश अनुसार कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाइएको व्यूराले जनाएको छ । उनलाई सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउदै १० दिनअघि मानव बेचबिखन तथा ओसार पसारका दुई मुद्दामा ५–५ वर्षको सजाय सुनाएको थियो । इटहरी घर भएका ओझा कुनै बेलाका चर्चित गायक र हास्य कलाकार समेत हुन् । उनी काठमाडौंमै लुकीछिपी बसेर गीत रेकर्डिङ समेत गर्ने गरेको व्यूरोले जनाएको छ । अदालतले कैद फैसला गरे लगत्तै ओझा फरार थिए । 
                                                                                                                                                    समाचार/भिडियो : एरिना टिभी बाट l
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2k9ON1B
via IFTTT

प्रेम दिवस नजिकिदै गर्दा "महसुश" गर्दैछन गायक कमल र आर के खत्री (भिडियो सहित)

माघ १४, (सुवास संकल्प)-इटहरी,
युवापुस्ता माझ लोकप्रिय गायक कमल खत्री पछिल्लो समय देश बिदेशका विभिन्न सास्कृतिक कार्यक्रम हरुमा ब्यस्त छन् l यहि क्रममा कमलले उनका भाई आर के खत्री को गीतेमा फ़िचरिङ्ग गरेको गीत भर्खेरै सार्बजनिक भएको छ l 
"महसुश तिम्लाई गर्छु" बोलको उक्त गीतमा कमलले पहिलो पटक आफ्नै भाई संग एउटै गीतमा आवाज भरेका हुन् l नजिकिदै गरेको प्रेम दिवसलाई मध्यनजर गरेर सार्बजनिक गरिएको सो गीतको सब्द तथा कम्पोज आर के खत्रिकै रहेको छ भने सैलेन्द्र प्रधान "बाबु" को एरेन्ज रहेको छ l 
पछिल्लो समय "हेरन", "रातो लिबिस्टिक", "गोलि" जस्ता गीत गाएर चर्चा कमाउदै गरेका गायक आर के को "महसुश" मा सोहम जी एन र श्री पाण्डेलाई देख्न सकिन्छ भने पवन सुस्लिङ्गले पहिलो पटक यहि गीतबाट निर्देशनमा हात हालेका छन् l द मोण्टाजले बजारमा ल्याएको "महसुश" मा शोहम गुरागाईंको कन्सेप्ट रहेको छ l
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2ksFx6r
via IFTTT

Thursday, January 26, 2017

‘शायद–२’ को हङकङबाट प्रदर्शन सुरुवात : नेपालमा असार ३० गतेबाट सार्वजनिक प्रदर्शन हुदै

माघ १३, काठमाडौं, 
हङकङबाट प्रदर्शनको सुरुवात गरेको ‘शायद–२’ अब नेपालमा असार ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । ‘सायद’, ‘होस्टेल’, ‘होस्टेल रिटन्र्स’बाट स्थापित ब्यानरको रुपमा चिनिएको दुर्गिश फिल्मस्ले चलचित्र ‘सायद–२’लाई निर्माण गरेको हो । जसका निर्माता सुनिल रावल हुन् ।
निर्माण कार्यमा रावललाई इश्वर श्रेष्ठ र सुभाष लामिछानेले सघाएका छन् । पुष्पराज न्यौपानेको निर्देशन रहेको चलचित्र शायद-२ सुरुमा चैत्र ४ गते प्रदर्शनको मिति तोके पनि एसएलसी परिक्षाको कारणले जेष्ठ १२ गते नयाँ मिति तोकिएको थियो । जेष्ठ १२ मा पनि शायद २ चलचित्रका लक्षित दर्शकको फेरि परिक्षा पर्ने भएकाले चलचित्रको प्रदर्शनको मिति तेस्रो पटक सार्दै असार ३० लाई तोकिएको निर्माता सुनिल रावलले बताए । चलचित्र मार्च १९ का दिन जापानको टोकियोमा प्रिमियर गरिने भएको छ । प्रिमियरमा सहभागी हुन निर्माता सुनिल रावल, दुर्गिस थापा, कलाकार शुसील श्रेष्ठ, स्यारोन श्रेष्ठ र रंग पत्रकार श्याम अर्याल टोकियो जाने भएका छन् ।
राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको सायद–२ मा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईंको मुख्य भूमिका रहेको छ । चलचित्र शायद २ बहुप्रतिक्षित चलचित्रहरु मध्येको एक हो । चलचित्रले युवा पुस्तालाई हलसम्म तान्न सक्ने कुरामा निर्माण पक्ष विश्वस्त देखिएको छ । निर्माता रावलले अब दुई चलचित्रहरु ‘लाहुरे’ र ‘उलन म्यारी’को निर्माण कार्यको थालनी समेत गरिसकेका छन् ।



via IFTTT

from SHYANE http://ift.tt/2jiyE63
via IFTTT

गायिका शोभा अधिकारिले कसलाई भन्दैछिन "आई लाभ यु" ? (भिडियो सहित)

माघ १३,(सुवास संकल्प), इटहरी,
आफ्नो कला र गलाको सदुपयोग गर्न सबैलाई रहर हुन्छ, तर यो जमानामा आफ्नो कलालाई त्यति सजिलै बजारमा बिकाउन सकिदैन l यहि कुरा लाई चुनौती दिदै संगीत क्षेत्रमा आफ्नो छुटै स्थान बनाउन लागि परेकी नव गायिका शोभा अधिकारिले एक नया गीतको म्युजिक भिडियो भर्खेरै सार्बजनिक गरेकी छिन l 
चितवनमा जन्मिएकी सोभा अहिले काठ्माण्डौ मा बसेर पढाई संगै आफ्नो सपनाको संगीतलाई अगाडि बढाई रहेकी छिन l आफ्नो जीवनको पहिलो गीतको म्युजिक भिडियो सार्बजनिक गरिसकेकी उनले हालै "आई लाभ यु" बोलको आफ्नो दोस्रो म्युजिक भिडियो सार्बजनिक गरेकी हुन् l  
सैलेन्द्र मोहन प्रधानको एरेन्ज रहेको उक्त गीतमा सब्द तथा कम्पोज स्वयं गायिका शोभाकै रहेको छ भने पिक स्टुडियो काठ्माण्डौले गीतलाई बजारमा ल्याएको छ l सो गीतको भिडियोलाई भक्तपुर तथा सुर्यविनायकको रमणिय ठाउहरुमा शुटिङ्ग गरिएको छ भने सुरेश काफ्लेले छायांकन गरेका छन् l प्रेमभाब झल्किने भिडियोमा बिशाल सापकोटालाई देख्न सकिन्छ भने उनलाई गायिका शोभाले नै साथ् दिएकि छिन l 
हेर्नुस भिडियो : 




via IFTTT

from SHYANE http://ift.tt/2k44g3l
via IFTTT

काठ्माण्डौ पछि "छमछमी-३" को अडिसन अब नेपालको मुख्य सहरहरुमा : इटहरीमा पनि हुदै

माघ १३, (सुवास संकल्प)-इटहरी,
नृत्य पारखी हरुको लागि नेपालकै सबै भन्दा ठुलो प्लेटफ़म "राष्ट्रव्यापी एकल नृत्य प्रतियोगिता-छमछमी ३" फेरी सुरु भएको छ l नेपालको सरकारी मातहतबाट संचालित एक मात्र टेलिभिजन "नेपाल टेलिभिजन" ले संचालन गर्ने उक्त डान्सिङ्ग रियालिटी सो "छमछमी" को यो तेस्रो सृंखला हुने छ l 
नेपाल भरिका कुना काप्चामा लुकेर रहेका नृत्य प्रतिभाहरुलाई उजागर गर्ने हेतुले संचालन गरिएको उक्त प्रतियोगिताको नेपालभरि अडिसन हुदै छ l छमछमी र छमछमी २ को अपार सफलता साथै राम्रो प्रतिभालाई सबै सामु चिनाएर प्रसंसित छमछमी टीमले यो तेस्रो सृंखलाको अडिसन मिति र स्थान सार्बजनिक गरेको छ l प्रतियोगताको काठ्माण्डो अडिसन पश्चात नेपालको मुख्य ७ सहरमा अडिसन गरिने छ l यहि माघ २४ गते नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरमा अडिसन हुदैछ भने जिल्ला बिकाश समिति हाल धनगडीमा माघ २६ गते, बाल मन्दिर परिषद बुटवलमा माघ २८ गते, उप महानगरपालिका सास्कृतिक भवन इटहरीमा फाल्गुन ८ गते, अग्रसेन भवन बिर्तामोडमा फाल्गुन १० र ११ गते, उद्ग्योग बाणिज्य संघ हल बिरगंजमा फाल्गुन १३ गते र उद्ग्योग बाणिज्य संघ हल नारायनघाट मा फाल्गुन १५ गते अडिसन तय गरिएको छ l
रियो मुख्य प्रायोजक रहेको यो प्रतियोगिताको अडिसन साथै फाइनलको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट गर्ने गरिन्छ l प्रतियोगिताको प्रथम पुरस्कारमा डाट्सन को रेडि गो कार, दोस्रो पुरस्कार नगद रु ५ लाख बराबरको एल जी होम अप्लाइन्सेस, तृतीय पुरस्कारमा नगद रु ३ लाख बराबरको एल जी होम अप्लाइन्सेस र प्रोत्साहन पुरस्कार स्वरुप सात जनालाई प्रति व्यक्ति ३२ इञ्च को एलजी स्मार्ट टिभि रहेको छ l 



via IFTTT

from SHYANE http://ift.tt/2k4aNe7
via IFTTT

बिशालले "के यो माया हो" भिडियो छिटै बजारमा ल्याउने तयारि

माघ १३. आर.बी.कट्वाल (राम), झुम्का,
सुनसरीको रामधुनी भासीका बिशाल पोखरेल सानै उमेरदेखी संगित क्षेत्रमा तल्लिन छन् । मोफसलमै बसेर उनले एक पछि अर्को गर्दै धमाधम गितहरु रेकर्ड गर्न थालेका छन् । पोखरेलले हाल सम्म ३ वटा गित गाइसकेका छन् । रेकर्डको लागि भने केही गित तयारी अवस्थामा रहेको बताउछन् । १६ बर्षिय पोखरेलले सानै उमेरदेखी गित संगितलाइ माया गर्ने गरेको कारण पनि संगित क्षेत्र प्रति उनको आकर्षण रहेको छ । बच्चै देखी गित गुनगुनाउने बानी भएका उनीमा गित गाउने मात्र हैन, गित लेख्ने र गितलाइ  संगित भर्ने क्षमता पनि रहेको छ । 
 केही दिन अगाडी ‘के यो माया हो..’ बोलको गित रेकर्ड गरेका पोखरेलले छु्ट्टै ब्याण्ड समेत खोलेका छन् । माया प्रितीको भाव झल्कने सो गित उनले पुर्वाञ्चलमै रेकर्ड गरेका हुन् । सो भिडियोको सुटिङ्ग समेत सकिएको उनी बताउछन् । पोखरेल कै शब्द, संगित र स्वर रहेको सो गितको काठमाण्डौ, गोदावारी र आसपासका रमणीय स्थानमा सुटिङ्ग भएको हो । साथमा उनलाइ उनकै ब्याण्डका राज तामांग, रायन राइ र विवेक चौधरीले कोरसमा साथ दिएका छन् । विराज घिमिरेले निर्देशन गरेको सो भिडियोमा रवी आचार्य, सोमीया को मुख्य भूमिका रहेको छ । द आरबी स्क्वायर ब्याण्डको पहिलो म्युजिक भिडियोको रुपमा पोखरेलले के यो माया हो बोलको गितमा स्वर भरेका हुन । सो गितको भिडियो सम्पादन भइरहेको र चाँडै नै रिलिज गरिने बताइएको छ । यस अघि पनि रेडक्रस भुमिका बोलको गित गाइसकेका छन् । प्रशन्न रिमालद्धारा निर्देशित राष्ट्रिय स्तरको चलचित्र लाटीको "सुनकोशीमा मुखै" बोलको गित समेत गाउन भ्याइसकेका छन् । 
अध्ययन सँगसँगै गित संगितलाइ पनि अघि बढाउने सोच रहेको उनी बताउछन् । ‘म्युजिकलाइ म छोड्न सक्दिन, यसलाइ अध्ययन सँगै अघि बढाउछु’ उनी भन्छन –‘यही महिना भित्र अर्को गित रेकर्ड गर्दैछु ।’   कक्षा ८ देखी नै गित रेकर्ड गर्न थालेका पोखरेल जिल्लाका विभिन्न स्थानमा हुने महोत्सव र सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो प्रस्तुती देखाउने गरेका छन् । जिल्ला बाहिरबाट पनि आयोजकले बोलाउने गरेको तर यस पालि एसएलसीको तयारी गर्नुपरेकाले जान नभ्याएको उनको भनाइ रहेको छ । सानै उमेरदेखी संगितलाइ अँगाल्ने पोखरेलले लक्ष्य पनि राम्रो गायक बन्ने राखेका छन् । हुने बिरुवाको चिल्लो पात भने झै उनको गित सुन्ने जो कोहीले पनि उनको लक्ष्य प्राप्तीमा कठिनाइ नपर्ने बताउछन् । कारण सानै उमेरमा गित गाएर सबैको मन जित्न सक्ने क्षमता नै हो । 



via IFTTT

from SHYANE http://ift.tt/2k6Dpny
via IFTTT

Wednesday, January 25, 2017

बोल्टको ओलम्पिक स्वर्ण खोसिने

माघ १३। जमैकन धावक उसेन बोल्टले आफ्नो एक ओलम्पिक स्वर्ण पदक फिर्ता गर्नु पर्ने भएको छ ।

जमैकन टिममेट निस्का कार्टर डोपिङ टेष्ट पोजेटिभ भेटिएपछि बोल्टको स्वर्ण खोसिएको हो । अन्तराष्ट्रिय ओलम्पिक कमिटीले गत वर्ष लिएको ४५४ जनाको स्याम्पलमा कार्टरको पनि थिए । र, प्रतिवन्धित पदार्थ भेटिएको छ ।
बेइजिङ ओलम्पिक २००८ मा जमैकाले ४ गुणा १०० मिटरमा स्वर्ण जित्दा कार्टर पनि टिममा थिए ।
३० वषर्ीय बोल्टले रियो ओलम्पिकमा टि्रपल टि्रपल पुरा गरेका थिए । उनले २००८ र ०१२ का साथै रियो ओलम्पिक २०१६ मा पनि १०० मिटर, २ सय मिटर र ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेका थिए ।


from ARENA http://ift.tt/2jrRfj3
via IFTTT

रियल मड्रिड बाहिरियो

माघ १३ । स्पेनिस फुटबल क्लव रियल मड्रिड किङ्स कप फुटबलबाट बाहिरिएको छ ।


लगातार ४० खेलमा अपराजित रहँदै कीर्तिमान बनाएपछि खराब लयमा झरेको रियाल मड्रिडलाई सेल्टा भिगोले किङ्स कपबाट बाहिर पठाएको हो । यो महिना खेलिएको ५ खेलमध्ये रियल मड्रिड एकमा मात्रै विजयी भएको छ ।
किङ्स कपअन्तर्गत गएराति भएको क्वाटरफाइनल दोस्रो लेगको खेलमा सेल्टा भिगोले रियाल मड्रिडलाई २÷२ गोलको बराबरीमा रोक्यो ।
खेलमा रियलका लागि क्रिस्टियानो रोनाल्डो र लुकास भाज्क्वेजले एक–एक गोल गरे । सेल्टा भिगोका ड्यानिएल वासले एक गोल गर्दा रियल मड्रिडका ड्यानिलोले एक आत्माघाती गोल गरेका थिए ।
दोस्रो लेगको खेल २-२ गोलको बराबरीमा सकिएपछि पहिलो लेगमा हात पारेको २-१ को जितको मद्दतमा सेल्टा भिगो सेमिफाइनलमा पुगेको हो । दुई लेगको समाप्तिपछि सेल्टा भिगो समग्र स्कोरमा ४-३ ले विजयी भएको हो ।
किङ्स कप अन्तर्गत गएराति भएको अर्को खेलमा एथ्लेटिको मड्रिड र आईबारले २-२ गोलको बराबरी खेलेका छन् । पहिलो लेगमा हात पारेको ३-० को जितको मद्दतले यो खेल एथ्लेटिकोेले समग्रमा ५-२ ले जितेको छ ।


from ARENA http://ift.tt/2kmgv9b
via IFTTT