Thursday, January 26, 2017

काठ्माण्डौ पछि "छमछमी-३" को अडिसन अब नेपालको मुख्य सहरहरुमा : इटहरीमा पनि हुदै

माघ १३, (सुवास संकल्प)-इटहरी,
नृत्य पारखी हरुको लागि नेपालकै सबै भन्दा ठुलो प्लेटफ़म "राष्ट्रव्यापी एकल नृत्य प्रतियोगिता-छमछमी ३" फेरी सुरु भएको छ l नेपालको सरकारी मातहतबाट संचालित एक मात्र टेलिभिजन "नेपाल टेलिभिजन" ले संचालन गर्ने उक्त डान्सिङ्ग रियालिटी सो "छमछमी" को यो तेस्रो सृंखला हुने छ l 
नेपाल भरिका कुना काप्चामा लुकेर रहेका नृत्य प्रतिभाहरुलाई उजागर गर्ने हेतुले संचालन गरिएको उक्त प्रतियोगिताको नेपालभरि अडिसन हुदै छ l छमछमी र छमछमी २ को अपार सफलता साथै राम्रो प्रतिभालाई सबै सामु चिनाएर प्रसंसित छमछमी टीमले यो तेस्रो सृंखलाको अडिसन मिति र स्थान सार्बजनिक गरेको छ l प्रतियोगताको काठ्माण्डो अडिसन पश्चात नेपालको मुख्य ७ सहरमा अडिसन गरिने छ l यहि माघ २४ गते नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरमा अडिसन हुदैछ भने जिल्ला बिकाश समिति हाल धनगडीमा माघ २६ गते, बाल मन्दिर परिषद बुटवलमा माघ २८ गते, उप महानगरपालिका सास्कृतिक भवन इटहरीमा फाल्गुन ८ गते, अग्रसेन भवन बिर्तामोडमा फाल्गुन १० र ११ गते, उद्ग्योग बाणिज्य संघ हल बिरगंजमा फाल्गुन १३ गते र उद्ग्योग बाणिज्य संघ हल नारायनघाट मा फाल्गुन १५ गते अडिसन तय गरिएको छ l
रियो मुख्य प्रायोजक रहेको यो प्रतियोगिताको अडिसन साथै फाइनलको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट गर्ने गरिन्छ l प्रतियोगिताको प्रथम पुरस्कारमा डाट्सन को रेडि गो कार, दोस्रो पुरस्कार नगद रु ५ लाख बराबरको एल जी होम अप्लाइन्सेस, तृतीय पुरस्कारमा नगद रु ३ लाख बराबरको एल जी होम अप्लाइन्सेस र प्रोत्साहन पुरस्कार स्वरुप सात जनालाई प्रति व्यक्ति ३२ इञ्च को एलजी स्मार्ट टिभि रहेको छ l 



via IFTTT

from SHYANE http://ift.tt/2k4aNe7
via IFTTT

No comments:

Post a Comment