Tuesday, January 10, 2017

म्यानचेस्टर युनाइटेडको जित


पुस २७ । इंग्लिश लिग कप फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेडले हल सिटीलाई २–० ले पराजित गरेको छ ।

सेमिफाइनल पहिलो लेगमा हात पारेको जितसँगै जोजे मौरीन्होको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाईटेड फाइनल नजिक पुगेको छ ।
गएराति आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन हुँवा माटा र मराउने फेलियानीले एक–एक गोल गरे ।
दोस्रो लेगको खेल दुई हप्तापछि हल सिटीको मैदानमा हुनेछ ।
लिग कप फुटबलको दोस्रो सेमिफाईनल खेलमा आज राति साउथह्यम्पटन र लिभरपुल भिड्नेछन् ।


from ARENA http://ift.tt/2jh18OL
via IFTTT

No comments:

Post a Comment