Sunday, January 8, 2017

यस्तो छ, फिफा उत्कृष्ट खेलाडीले पाउने ट्रफी

पुष २५। फ्रान्स फुटबलसँग छुटि्टएपछि विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने उत्कृष्ट बर्ष फुटबलरको अवार्ड ‘द बेष्ट’का लागि विश्वकपको ट्रफीसँग मिल्दोजुल्दो आकर्षक ट्रफी तयार भएको छ ।
यो सुन्दर ट्रफीको पहिलो बिजेता क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र एन्टोइन गि्रजम्यानमध्ये एक हुनेछन् । अवार्डको घोषणा आगामी जनवरी ९ मा स्वीट्जरल्याण्डको जुरिचमा गरिनेछ ।
क्रोएशियाली डिजाइनर आना बार्बिक काटिकिक्ले यो ट्रफी डिनाइन गरेकी हुन् भने उनले यस्तै डिनाइन छान्नुको कारण पनि प्रष्टसँग खुलाएकी छन् ।
‘यो डिजाइन फिफाले संसारकै उत्कृष्ट खेलाडीलाई सम्मानित गर्नका लागि तयार पारिएको हो ।’ उनले भनिन् ।


from ARENA http://ift.tt/2i85yc4
via IFTTT

No comments:

Post a Comment