Monday, January 16, 2017

राष्ट्रिय तथा स्थानिय कलाकारको साथ भारौलामा सास्कृतिक कार्यक्रम हुदै

माघ ४, (सुवास संकल्प), इटहरी,
नेपाली कला क्षेत्रमा "कला संगत" नाममा सस्था को स्थापना भैइ हाल नेपाली कलाकारको हक हितमा लागिपरेको छ l उक्त सस्थाले हाल नेपालको विभिन्न जिल्लामा कलाकारहरुको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सास्कृतिक कार्यक्रमको आयोजना गर्दै आईरहेको छ। 
विभिन्न ठाउमा आफ्नो सास्कृतिक कार्यक्रम भब्य, सभ्य र सफल बनाई सकेको कला संगतले सुनसरीको भरौलमा पनि सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ l नव मोडेल इशा परियारको अग्रसरता र डि थ्री प्रोडक्सनको सहयोग साथै अन्य मा "कला संगत भरौल धमाका सास्कृतिक कार्यक्रम-२०७३" को नाममा हुने सो कार्यक्रम यहि माघ ५ गते बिहान १०:३० बजे देखि संचालन हुदैछ l कार्यक्रममा शिव गौतम, रमेश परियार, अन्जली सुनाम र इशा परियारको साथमा स्थानिय कलाकारहरुको पनि बिसेष प्रस्तुति रहने छ l
कला संगत नेपाल यसै बर्ष स्थापना भैइ हाल कला र कलाकारको हितमा काम गरिरहेको छ । आगामी दिनमा सुनसरीमा पनि उक्त सस्था स्थापना गरि कलाकारिता को क्षेत्रमा काम गर्ने तयारि भई रहेको सस्थाका अध्यक्ष शिब गौतमले जानकारी गराउनुभयो l



via IFTTT

from SHYANE http://ift.tt/2iwbY6N
via IFTTT

No comments:

Post a Comment