Saturday, January 14, 2017

चर्चित र्यापर यम बुद्धको आत्महत्या भएको परिवार श्रोत बाट पुष्टि

माघ १, इटहरी,
युवा गायक एवं चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ ।  शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन्। २९ बर्षीय गायक आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए। 
उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले उल्लेख गरेको छ। बीबीसीका भगिरथ योगीसँग परिवारका सदस्यले मृत्युको पुष्टी गरेका समाचार विवरणमा उल्लेख छ । 
उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ ।  मृत्यु भएको पुष्टी गर्दै कारणबारे पोष्टमार्टम पछि मात्र भन्न सकिने अष्ट्रेलियामा रहेका उनका नातेदार रेश मरहठ्ठाले नागरिकन्युजलाइ बताए।



via IFTTT

from SHYANE http://ift.tt/2jJ4j14
via IFTTT

No comments:

Post a Comment