Thursday, February 16, 2017

"एरिना म्युजिक भिडियो अवार्ड" को लागि इटहरीमा राष्ट्रिय कलाकारको ओईरो

फागुन ६,(सुवास संकल्प), इटहरी,
पुर्वाञ्चल मा पहिलो पटक भएको देशकै ठुलो म्युजिक भिडियो अवार्ड "एरिना म्युजिक भिडियो अवार्ड" को अवार्ड वितरण कार्यक्रम आज साझ इटहरीमा भब्यताको साथ् सम्पन्न हुने भएको छ l 
इटहरीबाट संचालित एरिना टेलिभिजनको आयोजनामा हुन गईरहेको उक्त अवार्ड वितरण कार्यक्रममा राष्ट्रिय स्तरमा ख्याति कमाएका गायक राम कृष्ण ढकाल, मोडेल बर्षा सिवाकोटी, बेनिशा हमाल, गायिका टिका प्रसाईं, मोडल तथा पल शाह लगायत दर्जन बढि कलाकारहरु इटहरी आईपुगेका छन् l 
Monetize your website traffic with yX Media
रमपम तयारि चाउचाउ को मुख्य प्रायोजनमा हुन लागिरहेको भिडियो अवार्डलाई विभिन्न १५ विधामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुलाई अवार्ड वितरणको कार्यक्रम राखिएको छ l आज साझ ४ बजे देखि इटहरीको ओसियन पार्कमा गरिने कार्यक्रमको एरिना टेलिभिजन बाट पनि प्रत्यक्ष प्रसारण हुदै छ l 



via IFTTT

from SHYANE http://ift.tt/2m0h3S5
via IFTTT

No comments:

Post a Comment