Saturday, February 18, 2017

एरिना म्युजिक भिडियो अवार्ड सम्पन्न : पल साह संगै उत्कृष्ट बने रामकृष्ण ढकाल, फोटो फिचर (भिडियो सहित)

फागुन–७,(सुवास संकल्प), इटहरी,
पुर्वाञ्चलमा पहिलो पटक आयोजित ‘‘रमपम एरिना म्युजिक भिडियो अवार्ड २०७३” शुक्रबार इटहरी स्थित ओसियन पार्कमा भव्यताका साथ सम्पन्न भएको छ । 
विशिष्ट व्यक्तित्व र अतिथिको उपस्थितिमा एरिना टेलिजिनद्वारा आयोजित अवार्ड कार्यक्रममा लाइफ टाइम एचिभ्मेन्ट अवार्डबाट एल पी. जोशीलाई सम्मान गरिएको थियो । एरिना टेलिभिजनका प्रबन्ध निर्देशक तथा कार्यक्रमका अध्यक्ष समिर कार्कीको संयोजकत्वमा आयोजना गरिएको सो अवार्ड कार्यक्रममा उत्कृष्ट छायाकारको अवार्ड "नभेटी नभेटी" गीतबाट हरि हुमागाईलाई प्रदान गरिएको थियो । त्यसैगरि उत्कृष्ट पुरुष गायन आधुनिक विधातर्फको पाच जना प्रतिस्पर्धिलाई पछि पार्दै गायक रामकृष्ण ढकालले "धारिलो रहेछ माया" गीतबाट अवार्ड जितेका छन् । उता उत्कृष्ट पप गायक महिला तर्फ भने प्राश्ना शाक्यले हासिल गरिन भने उत्कृष्ट निर्देशक अवार्ड बिभोर पोख्रेलले जितेका छन् । त्यसैगरि बसन्त सापकोटाले उत्कृष्ट संगीतकार आधुनिक विधाबाट अवार्ड हासिल गरिरहदा नव गायकको अवार्ड रबि मल्लले हासिल गरेका छन् ।
Monetize your website traffic with yX Media
यसैगरि  टेकेन्द्र शाहले उत्कृष्ट सम्पादक र अन्जु गौतमले पुर्वेली लोक गीतबाट अवार्ड हासिल गरेकि छन् । उत्कृष्ट पुरुष मोडलको अवार्ड भने पल शाहले आफनो पोल्टामा पार्न सफल भए भने महिला मोडल तर्फ सुप्रिय कटुवालले अवार्ड उचालेकि छन् । आधुनिक पप महिला गायन तर्फको अवार्ड मिलन अमात्यले, पप गायकतर्फ विजय लामाले "रिन काटी रुमाल" गीतबाट अवार्ड जितेका छन् । यसैगरि उत्कृष्ट म्युजिक भिडियो तर्फको विधामा नितिन थापाले र उत्कृष्ट गीतकारको अवार्ड भरत बाबु के.सीले हासिल गरेका छन् । कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष रहेका समिर कार्किले कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएको घोषण गरेका छन् । पुर्वाञ्चलमै पहिलो पटक  रमपम एरिना म्युजिक भिडियो अवार्ड २०७३ गर्न सफल भएको भन्दै उनले अगामि दिनमा यस्ता कार्यक्रमहरु आयोजन गर्दै जाने पनि बताएका छन् । 
हेर्नुस भिडियो :
















कार्यक्रमा विभिन्न आकर्षक नृत्यहरु समेत राखिएको थियो । हेर्नुस कार्यक्रम का तस्बिरहरु :
Monetize your website traffic with yX Media



via IFTTT

from SHYANE http://ift.tt/2kJLqep
via IFTTT

No comments:

Post a Comment