Thursday, February 23, 2017

संकल्पको अभिनयमा "संगै जिउने कसम" सार्बजनिक (भिडियो सहित)

फागुन १२,(सुवास संकल्प), इटहरी,
नेपालि रंगिन दुनियामा पछिल्लो समय अभिनयमा व्यस्त रहेका मोडेल संकल्प श्रेष्ठको एक पछि गर्दै अर्को भिडियो बजारमा आउने क्रम संगै मोडलिङ्ग यात्राको अर्को एक आधुनिक गीतको भिडियो सार्बजनिक भएको छ l मोडलिङ्ग यात्राको छोटो समयमै व्यस्त बन्दै गएका संकल्पको पछिल्लो समय "संगै जिउने कसम" बोलको म्युजिक भिडियो सार्बजनिक भएको हो । 
बहु प्रतिभाको धनीको रुपमा आफुलाई स्थापित गराउन लागि परेका उनले पछिल्लो समय आफ्नै आवाजमा गीत समेत रेकर्ड गराएर आफुलाई गायकको परिचय पनि बनाउन खोजिरहेका छन् । सार्बजनिक भिडियोमा गायक यमन माझीको स्वर तथा संगीत रहेको छ भने अर्जुन खड्काले निर्देशन गरेका हुन l त्यस्तै गायक माझी आफैले नै यस भिडियोलाई छायांकन गरेका छन । यस बि  क्रियटिभ मोडल एजेन्सीको प्रस्तुती रहेको भिडियो प्रेम कथामा हुने मिलन बिछोडलाई देखाउन खोजिएको छ भने भिडियो राम्रो बनेको र सकारात्मक प्रतिक्रियाहरु आईरहेकोले आफु खुशी रहेको र आगामी दिनहरुमा अझै राम्रो काम गर्दै जाने संकल्प बताउछन ।
हेर्नुस भिडियो :
Monetize your website traffic with yX Media




via IFTTT

from SHYANE http://ift.tt/2lzG4ED
via IFTTT

No comments:

Post a Comment