Thursday, February 9, 2017

"म गीत हु तिम्रो" पछि सिम्पल र कमलको "कशिम" सार्बजनिक (भिडियो सहित)

माघ २८,(सुवास संकल्प), इटहरी,
नेपालि सुगम पप संगीतमा पछिल्लो समय एक छत्र राज गर्न सफल चर्चित गायक कमल खत्रीले फेरी आफ्नो अर्को गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् l 
उनको आवाजमा रहेको गीतको म्युजिक भिडियोहरु त दिनै जसो सार्बजनिक हुने गरेको छ तर उनको बिशेष गीतहरु भने केहि समयको अन्तरालमा सार्बजनिक हुन्छ l "आत्मामा" बाट आफ्नो भबिष्यको सहि मार्ग समात्दै सबैको प्रिय बन्न सफल कमलले आज भन्दा करिब छ महिना अगाडि "म गीत हु तिम्रो" बोलको बिशेष गीत सार्बजनिक गरेका थिए भने हाल उक्त गीतलाई यो समाचार तयार पार्दा सम्म ६ लाख ६५ हजार भन्दा बढीले हेरिसकेका छन् l 
Monetize your website traffic with yX Media
आफ्नो युटुब च्यानल बाट सो भिडियो सार्बजनिक गरे पश्चात प्रेम दिवस अर्थात भ्यालेण्टाईन डे को अवसर पारेर हालै मात्र उनले दोस्रो गीतको रुपमा "कशिम" बोलको प्रेम भाब झल्किने गीतको भिडियो सार्बजनिक गरेका छन् l आफ्नै संगीतमा गायक कमलले गीत आफै लेखेका छन् भने भिडियोमा पनि आफैले अभिनय गरेका छन् l रीकेश गुरुङको एरेन्ज रहेको सो गीतमा मोडेल तथा गायिका सिम्पल खरेलले निर्देशन गरेकी छिन भने उनैले कमललाई गायन तथा अभिनयमा साथ् दिएकि छिन l आकाश सिकरियाको "कसीम" एल्बममा समाबेश उक्त गीतको भिडियोलाई हरि हुमागाईंले छायांकन गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् l
हेर्नुस भिडियो :

Monetize your website traffic with yX Media



via IFTTT

from SHYANE http://ift.tt/2kyI5Sz
via IFTTT

No comments:

Post a Comment