Monday, February 13, 2017

हास्यकलाकार जितु नेपालको आक्रोस : आफ्नो प्रस्तुति युटुबमा अपलोड गर्नेलाई कारबाहीको चेतावनी

माघ ३,(सुवास संकल्प), इटहरी,
नेपालका चर्चित हास्यकलाकार हरुको सुची तयार गर्ने हो भने टप-५ भित्र पर्ने नाम हो जितु नेपाल l उनि अहिले एक बिषयलाई लिएर आक्रोशित भएका छन् l 
उनले आफ्नो स्टेजबाट गरिएको हास्य प्रस्तुतिको बिषयमा सामाजिक संजालबाट आक्रोस पोखेका हुन् l आफुले विभिन्न स्टेजमा दीएको प्रस्तुतिलाई आफ्नो अनुमति बेगर खिचेर आफ्नो युटुब च्यानल बाट अपलोड नगर्न बारम्बार अनुरोध गर्दा पनि लुकीलुकी खिचेर युटुबमा अपलोड गरि पैसा कमाउने काम गरेको हुनाले उनले अब त्यस्ता व्यक्तिको च्यानलको नाम सहित कपिराईट र प्रहरीमा उजुरी दिने तयारि गरेका छन् l 
Monetize your website traffic with yX Media
अर्काको सिर्जनालाई जस्ताको त्यस्तै ४०/५० मिनेट सम्म खिचेर युटुबबाट पैशा कमाउने उद्देश्य राख्नु गैर कानुन हो कि हैन भन्दै "चोर ज्युहरू" उपनाम दिदै "अब त अति भो, तपाईहरुको भिवर्स अब देखाउछु म" भन्दै फेसबुक बाट आक्रोस पोखेका छन् l उक्त भिडियोहरु १ दिन भीत्र न हटेमा लिष्ट सहीत उजुरी परे पछिको अवस्थाको सामना गर्न तयार रहनु होला भन्दै यो कुरालाई शेयर गर्न र सबै तिर पुर्याउन सबैमा अनुरोध कलाकार जितु नेपालले गरेका छन् l 



via IFTTT

from SHYANE http://ift.tt/2l2tIV3
via IFTTT

No comments:

Post a Comment