माघ २९,(सुवास संकल्प), इटहरी,
आफ्नो जन्मभुमि छोडेर बिदेशमा कर्म गर्न जानुको एक वियोगान्त कथा सहितको म्युजिक भिडियो संगै सुगम संगीतका चर्चित गायक हेमन्त राना फेरी दर्शक माझ आएका छन् l
"साईली" बोलको सो गीतको अफिसियल म्युजिक भिडियो सार्बजनिक गर्नु भन्दा २ हप्ता अगाडी नै लिरिकल भिडियो सार्बजनिक गरिएको थियो, जसलाई यो समाचार तयार पर्दा सम्म युटुबमा १० लाख ५७ हजार भन्दा बढिले हेरिसकेका छन् भने युटुब ट्रेण्डिङ्ग को छैठौ स्थानमा रहन सफल भएको छ l छोटो समयमै धेरैको मन जित्न सफल भएको सो गीतको निकै उत्सुकता सहित म्युजिक भिडियो धेरैले पर्खिरहेका थिए l
हेमन्त रानाको आवाज रहेको सो गीतमा कलि प्रसाद बास्कोटाको संगीत रहेको छ भने हिमाल साउदलाई कलि प्रसाद बास्कोटाले सब्द लेखनमा साथ् दिएका छन् l त्यस्तै रिकेश गुरुङको एरेन्ज रहेको गीतको भिडियोलाई गायक राना आफैले निर्देशन गरेका छन् भने गौरभ पहारी र मेनुका प्रधानको जिवन्त अभिनय देख्न सकिन्छ l काठमाडौँ र दुबईमा छायांकन गरिएको सो गीतलाई उज्वल जोशीले खिचेका छन् भने उनैले भिडियोलाई सम्पादन पनि गरेका छन् l
हेर्नुस साईलिको अफिसियल म्युजिक भिडियो :
via IFTTT
from SHYANE http://ift.tt/2kSt3pd
via IFTTT
No comments:
Post a Comment