Sunday, March 19, 2017

"सानो-सानो घर" बनाउने कुरा गर्दै छिन चर्चित मोडल पार्वती राई (भिडियो सहित)

चैत्र ६.(सुवास संकल्प), इटहरी,
देशमा भन्दा पनि बिशेष गरि बिदेशमा रहेका नेपालिहरुले बढि रुचाउने लोक दोहोरी गीतमा उनीहरुले आफ्नोपनको आभाष पाउने गर्छन l एक पछि अर्को गर्दै नेपालि सांगीतिक बजारमा उत्कृष्ट गीत तथा भिडियोहरुको प्रस्तुति दिदै आएको प्रियशी म्युजिक प्रालि ले भर्खरै एक अर्को लोक दोहोरी म्युजिक भिडियो सार्बजनिक गरेको छ l 
छमछमी नाच्ने शैलीको गीतमा तयार भएको "बनाउ हाम्रो दिलमा सानो सानो घर" बोलको यो म्युजिक भिडियोले पनि नेपाल तथा बिदेशमा रहेका नेपालीहरुले रुचाउने पक्का देखिन्छ l प्रियशी म्युजिकले उत्पादन गरेको यो गीत तथा भिडियोमा राम सरु मगर र सिर्जना बर्देवा को स्वर रहेको छ l त्यस्तै भरत कुमार मगरको सब्द रहेको छ भने उनैले गीतमा संगीत पनि भरेका छन् l त्यस्तै सागर गौतमले छायांकन गरेको भिडियोलाई निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका छन् l 
नेपालि मोडलिङ्ग क्षेत्रमा चलेका मोडलहरुको गन्ति गर्ने हो भने अग्र स्थानमा आउने नाम हो पार्वती राई, यस भिडियोमा उनैलाई छमछमी नाच्न साथ् दिएका छन् अघिल्लो भिडियोहरुमा पनि राम्रो चर्चा बटुल्दै आएका ओम श्रेष्ठ ले l प्रियशी म्युजिक कै युटुब च्यानल बाट सार्बजनिक गरिएको भिडियोलाई अविनाश डिशि ले सम्पादन गरेका छन l 
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :




via IFTTT

from SHYANE http://ift.tt/2n3WhnG
via IFTTT

No comments:

Post a Comment