फागुन २७,(सुवास संकल्प), इटहरी,
बिषेश गरि नेपालि सांगीतिक क्षेत्रमा निकै अग्रस्थान अनि उत्कृष्ट भिडियोहरु सांगीतिक बजारमा पस्किरहेको गीत तथा भिडियो उत्पादन कम्पनीहरु मध्ये अग्र स्थानमा आउछ प्रियशी म्युजिक प्रा लि l यसै म्युजिक कम्पनि मार्फत हालै एक मार्मिक भिडियो सार्बजनिक भएको छ l
चर्चित लोक गायिका देबी घर्ति मगरको सुमधुर स्वरमा सजिएको "तिम्रै यादमा पागल हुन लाछु" बोल रहेको उक्त गीतको भिडियो निकै मार्मिक तथा भाबुक बनाउने रहेको छ l शिला दुखि को सब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा एक दम्पतिको सुखमय जीवनयापन चलिरहेको बेला आफ्नो श्रीमान् ले अचानक धर्ति छोडे पछि आफु बिदुवा हुदाको पिडालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ l
प्रियशी म्युजिक प्रालि को स्वामित्वमा रहेको सो गीत तथा भिडियोलाई पछिल्लो समय छोटो समयमै आफ्नो कला, मेहनत, मिजासिलो स्वभाबले गर्दा सबैको प्रिय बन्दै भिडियो निर्देशनमा अगाडि बढिरहनु भएको महिला निर्देशक बबिता श्रेष्ठ पुरीले निर्देशन गर्नु भएको छ l त्यस्तै यो भिडियोलाई मुकेश हुमागाईं ले छायांकन गर्नु भएको छ भने भिडियोमा आशा खाड्का र रामकाजी सिम्खडाको जिवन्त अभिनय देख्न सकिन्छ l भिडियोलाई अविनाश डिसी ले सम्पादन गरेका छन् भने प्रियशी म्युजिक कम्पनीकै आधिकारिक युटुब च्यानल बाट भिडियो लाई सार्बजनिक गरिएको छ l
भिडियो हेर्नको लागि तलको लिंक मा क्लिक गर्नुहोला :
भिडियो हेर्नको लागि तलको लिंक मा क्लिक गर्नुहोला :
via IFTTT
from SHYANE http://ift.tt/2m7s2JL
via IFTTT
No comments:
Post a Comment