Wednesday, March 22, 2017

"आईकम बि कम" जति पढेनि काम लागेन गायक डेबिट संकरलाई (भिडियो सहित)

चैत्र ९,(सुवास संकल्प), इटहरी,
नेपालि सुगम संगीतका गायक डेविड शंकरले आफ्नो दोस्रो एकल एल्बममा समाबेश गरिएको एक गीतको म्युजिक भिडियो आफ्नो दर्शक स्रोता माझ सार्बजनिक छन् । "आईकम बि कम" बोल रहेको उक्त गीतमा गायकको आफ्नै शब्द, संगीत समाबेश गरिएको छ l गोपाल रसाईलिको संगीत संयोजन रहेको सो गीतको भिडियोलाई फराज अर्पणले छायांकन, निर्देशन र सम्पादन गरेका छन् भने नेपाली युवाको वर्तमान अवस्थालाई चित्रण गर्न खोजिएको भिडियोमा गायक डेबिट आफै देखिएका छन् l 
आफ्नो पहिलो एल्बम "माई ड्रिम्स" को सफलता संगै दोस्रो एल्बम नया बर्षको अवसरमा सार्वजनिक गर्ने तयारीमा रहेका उनि पछिल्लो समय नेपालि फिल्मको पार्स्व गायनमा पनि ब्यस्त छन् भने हालसम्म तीन दर्जन चलचित्रमा पार्स्व गायन दिइसकेका छन् l २०६२ सालमा मोफसलबाट संचालनमा आएको गायन प्रतियोगिता "पाचथर आइडल" को उपाधि हासिल गरे पश्चात निरन्तर सांगीतिक क्षेत्रमा सक्रिय गायक शंकरले ०६४ सालमा पूर्वाञ्चल आइडलको उपाधि पनि हात पर्न सफल भईसकेका छन् । फार अवे इन्टरटेन्मेन्टले निर्माण गरेको उनको यो भिडियोलाई हाइलाइट्स नेपालले यूट्युव मार्फत विश्वब्यापी रिलिज गरेको हो ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :




via IFTTT

from SHYANE http://ift.tt/2nByYCW
via IFTTT

No comments:

Post a Comment