Thursday, May 11, 2017

भक्तपुरमा शक्तिशाली बम विस्फोट

भक्तपुर—शुक्रबार बिहान भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ। बम विस्फोटबाट राप्रपा नेता माधव खत्रीको घरमा क्षति पुगेको छ।

खत्री संविधान सभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर एकका राप्रपा उम्मेदवार थिए। विस्फोटबाट घरका शिशाहरु फुटेका छन्। साथै छिमेकका घरहरुमा पनि विस्फोटले क्षति पुराएको खत्रीले बताए।

बिहान करिब ३ बजे भएको बम विस्फोटपछि स्थानीय त्रसित छन्। सुरक्षाकर्मी पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ। कसले किन बम विस्फोट गराएको भन्ने खुल्न सकेको छैन। घटनामा मानवीय क्षति भएकाे छैन। source:nagariknews.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2pqgzKZ
via IFTTT

No comments:

Post a Comment