Tuesday, May 30, 2017

ज्योतिषले असार ९ माओवादीलाई राम्रो छ भनेपछि प्रचण्डले चुनाव सारेः ओली

१६ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार ९ गते चुनाव सार्ने निर्णयमा आफ्नो सहमति नभएको बताएका छन् ।

चुनाव सार्न एमालेको समर्थन रहेको भनेर गलत प्रचार गरिएको भन्दै उनले भने, ‘म कराएर भन्न चाहन्छु यस्ता वाहियात काममा एमालेको समर्थन छैन ।’

काठमाडौं एमालेको विजयी सभालाई सम्बोधन गर्दै उनले मध्यवर्षामा चुनाव सारेको भन्दै असन्तुष्टि जनाए । मुस्लिम धर्मावलम्बीहरुको पर्व पर्नुका साथै वर्षाका कारण भोट हाल्न जान र मतपत्रको सुरक्षा गर्न पनि गाह्रो हुने उनले बताए ।

तर, सरकारमा बस्नेहरुलाई जनताको कुनै परवाह नभएको भन्दै ओलीले भने, ‘एउटा ज्योतिषले असार ९ गते माओवादीलाई राम्रो छ भनेको रहेछ त्यही भएर चुनाव सारेको हो ।’

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qvEIAg
via IFTTT

No comments:

Post a Comment