Monday, May 29, 2017

श्रीमान छोडी काठमाण्डौँमै बस्छिन् हर्षिका

२०७२ सालमा भारतीय युवा प्रसुन झुनभुनवालासँग प्रेमविवाह गरेकी अभिनेत्री हर्षिका श्रेष्ठ केही समय अभिनयबाट टाढिइन् । घरपरिवार सम्हाल्नका लागि पतिको घर, कोलकातामै ब्यस्त भएकी हर्षिकाले बीचमा एउटा फिल्ममा अभिनय गरिन्–मेरी कुसुम । सो फिल्म अब प्रदर्शनको तयारीमा रहेको छ । असार २ गते प्रदर्शन हुने फिल्मको प्रचारप्रसारलाई लक्षित गरीि हर्षिका काठमाण्डौँ आएकी छिन् ।

‘फिल्मको प्रमोसन गर्नुपयो नि !,’ अब काठमाडौँमै बस्ने योजना बनाएकी उनले भनिन्, ‘आफूले अभिनय गरेको फिल्मको प्रमोसनमा साथ दिनुका साथै फेरि अभिनयमा सक्रिय हुनका लागि आएकी हुँ’ हर्षिका अब पहिलाझैँ निरन्तर फिल्म अभिनयमा लाग्ने बताउँछिन् । ‘परिवारसहित काठमाण्डौँमै बस्छु’ उनले भनिन्, ‘श्रीमान् भने वेलामौकामा काठमाडौँ आउनुहुन्छ । मचाहिँ अब यतै बस्छु ।’

फिल्म अभिनयमा व्यस्त नै रहँदै गर्दा हर्र्षिकाले दुई वर्षअघि प्रसुनसँग बिहे गरेकी हुन् । बिहेपछि पनि फिल्म अभिनय गर्न पतिको पूर्ण साथ रहेको उनी बताउँछिन् । ‘किन मायामा’, ‘जन्जिर’, ‘नागबेली’, ‘नतिजा’, ‘मुखौटा’, ‘मिस्टेक’, ‘मेरी कुसुम’ लगायतका झन्डै दुई दर्जन फिल्ममा अभिनय गरेकी हर्षिका मेरी कुसुमबाट निकै आशावादी छिन् ।
साभारः नयाँ पत्रिका

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rePVEQ
via IFTTT

No comments:

Post a Comment