Saturday, May 27, 2017

दुर्घटनाग्रस्त गोमा एयरकी घाइते एयर होस्टेस प्रज्ञालाई थप उपचारका लागी काठमाडौँ ल्याउँदै गरेको हेलिकोप्टर उड्नै सकेन

काठमाडौ । दुर्घटनाग्रस्त गोमा एयरमा सवार घाइते एयर होस्टेस प्रज्ञा महर्जनलाई थप उपचारका लागी काठमाडौँ ल्याउने प्रयास जारी रहेपनि मौसम प्रतिकुलताका कारण काठमाडौं ल्याउन सकिएको छैन्।

एयर होस्टेस महर्जनलाई लिएर काठमाडौं उडान भरेको डाइनेस्ट एयरको नाइन एन एजेडी हेलिकोप्टर सोलुखुम्बुको चौरीखर्कमा अवतरण गर्नुपर्यो ।

तेन्जिङ हिलारी लुक्ला विमानस्थलमा नाइन एन एके वाइ कल साइन र एलइटी ४१० फ्लाइट नम्बरको कार्गो अवतरणका क्रममा दुर्घटना हुँदा गम्भीर घाइते भएका पाइलट पारसकुमार राईको निधन भइसकेको छ भने कोपाइलट श्रीजन मानन्धर अवस्था गम्भीर छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rs1IAm
via IFTTT

No comments:

Post a Comment