Wednesday, May 31, 2017

कक्षा ११ को परीक्षा फेरि सर्‍यो

काठमाडौं,जेठ १७ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म गर्ने निर्णय गरेको छ। स्थानीय तहको निर्वाचनका कारण पटकपटक स्थगित हुँदै आएको कक्षा ११ को परीक्षा निर्वाचनको मिति सरेसँगै पुनः सरेको हो। राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले असार १ गतेदेखि १० गतेसम्म परीक्षा गर्ने निर्णय गरेको छ। यसअघि असार ८ गतेदेखि परीक्षा संचालन गर्ने तय गरिएको थियो ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति असार १४ गते सरेपछि परीक्षाको मिति अघि सारिएको हो । यसअघि वैशाख २३ मा तोकिएको परीक्षा वैशाख ३१ गतेको स्थानीय तहको पहिलो चरणको निर्वाचनका सरेको थियो। सरकारले मधेसीवादी दलका माग सम्बोधन गरेर मात्र दोस्रो चरणको निर्वाचन गर्ने भन्दै चुनावको मिति पटकपटक सारेपछि कक्षा ११ को परीक्षा सरेको थियो।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2slwd7D
via IFTTT

No comments:

Post a Comment