Wednesday, May 31, 2017

एक दिनमा ३३ सय यात्रु कारबाहीमा : कति उठ्यो राजश्व ?

जेठ १७, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि उपत्यकामा पैदल यात्रु सुरक्षा अभियान लागू गरेको छ । करिब डेढ महिना जनचेतनाका कार्यक्रम सञ्चालन गरेर नियम लागू गरिएको पहिलो दिनमै साढे ३३ हजार पैदल यात्रु कारबाहीमा परेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

दुर्घटना न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि पैदल यात्रु सुरक्षा अभियानको नियम लागू गरेको डिआइजी मिङमार लामाले बताए । उनका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा जथाभावी सडक पार गर्ने ३३ सय ४८ पैदल यात्रु कारबाहीमा परेका छन् ।

एकदिनमा ४२ हजार राजश्व संकलन
पैदल यात्रु सुरक्षा अभियान नियम लागू भएको पहिलो दिनमै कारबाहीबाट ४२ हजार चार सय बढी राजश्व संकलन भएको ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिङमार लामाले जानकारी दिए । महाशाखाका अनुसार जेब्रा क्रसिङबाहेक जथाभावी सडक पार गर्ने २ हजार एक सय २० पैदल यात्रुबाट जनही २ सयका दरले राजश्व असुल गरिएको छ । जरिवाना तिर्न नसकेका एक हजार २ सय २८ पैदल यात्रुलाई सडक सुरक्षा कक्षा लिएपछि छाडिएको डिआइजी लामाले बताए ।

उपत्यकामा सबै भन्दा बढी काठमाडौंमा पैदल यात्रु कारबाहीमा परेका छन् । काठमाडौंको दरबारमार्गमा दुई सय ४० र नयाँ बसपार्क क्षेत्रमा २ सय २१ जना कारबाहीमा परेका छन् ।

पैदल यात्रुमा धेरै लापरवाही
जनचेतनापछि पनि पैदल यात्रु सचेत नभएको डिआइजी मिङमार लामाले बताए । ‘करीब डेढ महिना जनचेतना अभियान चलाउदा पनि पैदल यात्रुमा धेरै लापरवाही देखिएको छ’, डिआइजी लामाले भने, ‘त्यतिधेरै सचेत पार्दा पनि एकै दिनमा धेरै संख्यामा कारबाहीमा पर्नुले पैदलयात्रुको लापरवाही पुष्टि गर्छ ।’

महानगरीय ट्राफिक प्रहरीले उपत्यकालाई हर्न नषिेधित क्षेत्र बनाउन सफल भएपछि पैदल यात्रु सुरक्षा अभियानको नियम कार्यान्वयन गरेको हो । १ बैशाखदेखि उपत्यकालाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको थियो । त्यसको १५ दिनपछि पैदल यात्रु सुरक्षा अभियान लागू गर्न सचेतना अभियान थालिएको थियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2riT04q
via IFTTT

No comments:

Post a Comment