Friday, May 12, 2017

पूर्वराजा ज्ञानेन्द्रपनि भोट हाल्ने तयारीमा, पहिलो रोजाईमा पर्यो यो पार्टी

काठमाडौं, २९ बैशाख । यही बैशाख ३१ गते अर्थात आगामी आईतबार स्थानीय तहको पहिलो चरणको निर्वाचन हुँदैछ । निर्वाचनमा उल्लेखनीय जनसहभागिता हुने निर्वाचन आयोगले विश्वास लिएको छ। यतिवेला चुनावी रौनकहरु गाउँदेखि शहरसम्म छाएको छ । यतिवेला काठमाडौं उपत्यका रित्तिँदैछ । काठमाडौं बस्नेहरु चुनावमा भोट हाल्नको लागि आफ्नो गृहजिल्ला गैरहेका छन्। छिमेकि राष्ट्र भारतको विभिन्न ठाउँमा कामको सिल्सिमामा रहेका नेपाली पनि भोट हाल्न आफ्नो देस फर्कने क्रम जारी छ । भारतमा रहेका नेपाली मतदाताहरुलाई आज साँझसम्ममा महेसपुर र त्रिवेणी नाकाबाट नेपाल प्रवेश गरिसक्न जिल्ला प्रशासन कार्यालय नवलपरासीले छुट दिएको छ । नवलपरासीको महेसपुर र त्रिवेणी नाका भोलीदेखि ४८ घण्टासम्मका लागि बन्द हुदै छ । स्थानिय तहको निर्वाचनको सन्दर्भमा, भोटिङ्गको दिनदेखि ७२ घण्टा अगावै नै बर्डर सिज गर्नपर्ने नेपाली नियम रहेको हुँदा प्रशासनले आजको दिन मतादातालाई नेपाल भित्रिन छुट दिदै भोलीदेखि ४८ घण्टासम्म बर्डर सिज गर्ने जानकारी दिएको छ ।

झण्डै दुई दशकपछि हुन गैरहेको स्थानीय तहको निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि भोट हाल्ने तयारी गरेका छन् । शाहले यसबारेमा आफू निकट सहयोगीहरुसँग आन्तरिक छलफल समेत गरेको खुल्न आएको छ। सूत्रको दाबी अनुसार यसपटक उनको रोजाईमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले परेका छन् । पछिल्लो समय यी दुई पार्टीहरुले राष्ट्रियताको पक्षमा लिएको अडानका कारण पनि पूर्वराजा शाहलाई यी पार्टीको पक्षमा भोट हाल्ने ईच्छा जाहेर भएको स्रोतको दाबी छ। source:sankhuwasavaonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2psxbSD
via IFTTT

No comments:

Post a Comment