Tuesday, May 30, 2017

जहाज दुर्घटनामा बाँचेकी प्रज्ञाको आफनो दुखाई चिकित्सकलाई बताउन सक्ने हुनु भएको छ

काठमाडौं : गोमा एयरको कार्गो विमान दुर्घटनामा घाइते हुनु भएकी परिचारिका प्रज्ञा महर्जन आफनो दुखाई चिकित्सकलाई बताउन सक्ने हुनु भएको छ।काठमाडौको धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएकी प्रज्ञा बोल्न सक्ने भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनु भयो ।

चिकित्सकहरुले ‘प्रज्ञा तपाईलाई कस्तो छ’ भनेर सोध्दा उहाँले ‘ठीकै छ’भनी जवाफ दिने गर्नु हुन्छ।‘हामीले सोधेका प्रश्नको जवाफ दिनुहुन्छ’ उपचारमा संलग्न चिकित्सक चक्रराज पाण्डेले मंगलबार अन्नपूर्णसँग भन्नुभयो ‘हामीले हरेक दिन परिक्षण गरिरहेका छौ।उहाँलाई दुखाई छ।तर पनि उहाँ अव हाम्रो नियन्त्रणमा हुनुहुन्छ ।’

हाइकेयरमा राखेर उहाँको उपचार भइरहेको छ।उहाँको उपचारमा चिकित्सकहरु चक्रराज पाण्डे,विनोद बिजुक्छे र अर्जुन कार्की संलग्न हुनुहुन्छ ।

गोमा एयरमा आवद्ध भएको दुई बर्षको अवधिमा आफनो पेशामा रमाइरहेकी प्रज्ञाको दुर्घटनामा परेर तीन ठाउँमा ढाड भाँचिएको छ।ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनु भएका पाण्डेका अनुसार मंगलबार पनि ढाडको एमआरआइ गरेर हेरिएको छ।

‘स्वास्थ्यमा सुधार हुँदै गएपछि शल्यक्रिया गर्नु पर्नेछ’ पाण्डेले भन्नुभयो।उहाँका अनुसार प्रज्ञाको कम्तिमा पाँच वटा शल्यक्रिया गर्नु पर्ने हुन सक्छ।प्रज्ञाको ढाडमा मात्रै होइन, खुट्टाका औला जोडने हडडी र दुवै हातको औलामा समस्या छ।‘अहिलेसम्म उहाँको उपचार राम्रो हुँदै गएको छ’पाण्डेले भन्नुभयो ‘उहाँको पेटको समस्या स्थिर छ ।’ यस्तो दुर्घटनामा परेका विरामीको रगत जम्न सक्ने,श्वास प्रश्वासमा केहि समस्या आउन सक्ने पाण्डेले बताउनुभयो ।

०५२ सालमा काठमाडौको कीर्तिपुरमा जन्मनु भएकी प्रज्ञा सन २०१५ मा गोमा एयरमा परिचारिकाको रुपमा आवद्ध हुनु भएको हो ।

गोमा एयरको कार्गो जहाज गत शनिवार लुक्लामा दुर्घटना भएको थियो। सो दुर्घटनामा परेर चालक पारसकुमार रार्इ र सहचालक सृजन मानन्धरको निधन भइसकेको छ।

प्रतिकुल मौसमका कारण प्रज्ञालाई आइतबार मात्रै काठमाडौ ल्याएर ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।प्रज्ञालाई शनिवार लुक्लास्थित अस्पतालमा सामान्य उपचार गराइएको थियो।उहाँलाई ग्राण्डीमा ल्याएपछि २४ घण्टासम्म बोल्न दिइएको थिएन ।

प्रज्ञाका लागि कम्तिमा दुई महिना अस्पतालमा राखेर उपचार गर्नुपर्ने पूर्वानुमान चिकित्सकले गरेका छन्। source:annapurnapost.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qCgcJ7
via IFTTT

No comments:

Post a Comment