Saturday, May 13, 2017

भोजन पश्चात गर्नै नहुने यी कामहरू,जुन काम गरे शरिरलाई नै हुनेछ हानी

विशेष रूपमा मनिसहरू खाना खाइसकेपछि यस्ता काम गर्छन्, जसका बारेमा उनीहरू आँफैलाई थाहा हुँदैन र यसको बानीले उनीहरूको शरीरलाई नोक्सान पुर्याउँछ । हामी केहि यस्ता जानकारी दिन्छौँ, जुन खाना खाइसके पश्चात गर्नु हुँदैन ।

(१) खाना पछि नुहाउनु हुँदैन

चिकित्सकका अनुसार, खानालाई डाइजेस्ट गर्न एनर्जीको आवश्यकता पर्दछ। खाना पश्चात तुरून्त तातो पानीले नुहाउँदा शरीरको तापक्रम बढ्छ। यसलाई पूरा गर्न ब्लड सर्कुलेशन स्किन तर्फ बढ्छ, जसले गर्दा प्रयाप्त एनर्जी नष्ट हुन्छ। र दोस्रो, खाना पछि ब्लड हात एवम् खुट्टामा पुग्छ तर पेटमा ब्लडको मात्रा कम हुन्छ। लगातार यस्तो गर्दा पाचन प्रणाली कमजोर हुन्छ। यस्तो अवस्थामा तपाइँले सानो चिज खाँदा पनि पचाउने क्षमता कम हुन्छ।

(२) चिया पिउँनु हुँदैन

कतिपय मानिसहरू खाना पछि चिया पिउन मनपराउने गर्दछन्। यदि तपाइँको यस्तो बानी छ भने तुरून्त परिवर्तन गर्नुहोस्। चियामा पोलिफिनोल्स र टेनिस जस्ता केमिकल हुन्छ। जुन आहार बाट इनटेक गरिएको न्यूट्रिशन्सलाई नष्ट गर्छ । दोस्रो, चियाको ५० ग्राम प्याकेटमा ४० ग्राम एसिड हुन्छ, जो शरीरको प्रोटीनलाई नोक्सान पुर्याउँछ ।

(३) घुम्न निस्कनु हुँदैन

खानापछि मानिसहरू यो सोचेर घुम्न निस्कन्छन् कि उनीहरूको भोजन पच्ने र साथमा फ्याट कम हुन्छ तर यो गलत धारणा हो । खानापछि क्यालोरी बर्न गर्ने कुरामा, एक किलोमिटरको वाक लगभग 18 क्यालोरी बर्न गर्छ जबकि नर्मल वाक 70 क्यालोरी बर्न गर्छ । वास्तवमा यति कम समयमा शरीरले न्यूट्रिशन्स इनटेक गर्न सक्दैन। यसकारण आधा घण्टा पछि घुम्न जानु स्वास्थ्यको लाभदायक मानिन्छ।

(४) तुरून्तै फल खानु हुँदैन

यदि तपाइँ खाना सँगै वा खाना खाएको तुरून्तै पछि फल खानु हुन्छ भने यो पेटमा चप्किने र सही तरिकाले आन्द्रा सम्म पुग्दैन । यस्तोमा त्यसबाट मिल्ने पोषण कम हुन्छ । यसकारण खाना खानु भन्दा केहि घण्टा पहिले र खाना खाएको १ घण्टा पछि खानुपर्दछ ।

(५) सिगरेट सेवन गर्नु हुँदैन

धुम्रपानको सेवनले धेरै रोगहरू लाग्छ भन्ने सबैलाई थाहा नै होला । तर विशेषज्ञका अनुसार खाना खाएको ठिक समय पछि सिगरेट सेवन गर्दा १० गुणा बढी खतरा हुन्छ।

-Etajakhabar.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qectVh
via IFTTT

No comments:

Post a Comment