Friday, June 30, 2017

रातभर व्यायफ्रेण्डसँग कुरा गरेपछि कुटाइ खाएकि प्रियंका घरै छाड्ने तरखरमा! यस्तो छ प्रियंकाकाे कहानी

किशोरावस्थाको १८ वर्षसम्म तनाब र समस्या कति पनि हुन्न सबै कुरा हाम्रो परिवारले हेरिदिएको हुन्छ । त्यसैले यो पल जिन्दगीको सबैभन्दा रमाईलो पल हो । त्यो बेलामा हाम्रो करियर खासै सुरु भएको हुँदैन । सबै कुरा रमाईलोसँग बितेको हुन्छ । स्कुल सकेर कलेज जाने समयमा कुन विषय लिएर पढ्ने भन्ने कुरा मुख्य हुन्छ । यो उमेरमा परिवारको कुरा भन्दा पनि आफ्नो कुरा राम्रो लाग्छ, आफ्नो कुरा सही लाग्छ । हामीले गरेको सबै कुरा सहि लागेकै कारण यो बेलामा केटीले धेरै केटा साथी बनाउने, केटाले केटीसाथी बनाउने, घुम्न जाने रमाईलोमा नै बितेको हुन्छ । किशोरावस्था महत्वपुर्ण अवस्था हो ।

यस अवस्थामा तपाईले सकारात्मक र नकारात्मक बाटो छुट्याउन सक्नुपर्छ । सानोमा मलाई चलचित्रमा खेल्ने माधुरी दिक्षित जस्तो कपाल उडाउने रहर धेरै थियो । तर म काली छु हुँदैन होला जस्तो पनि लाग्थ्यो। अनि आफ्नो अध्ययनलाई अगाडि लैजादै गर्दा, कामहरु गर्दै जाँदा मान्छेलाई अनुहारले हैन कामले राम्रो बनाउदोँ रहेछ भन्ने कुरा थाहा भयो, अनि कहिले पनि म नराम्री छु भन्ने लागेन।

किशोरावस्थामा हुँदा डाक्टर देख्दा यस्तै डाक्टर बन्छु भन्ने सोच्ने अनि इन्जिनियर देख्दा इन्जिनियर नै बन्न मन लाग्ने । एयरहोस्टेज देख्दा त्यही बन्न मन लाग्ने जसलाई देख्यो पछि म पनि यस्तै बन्छु जस्तो सोच हुने । त्यो बेलाको उमेर भनेकै त्यस्तै रैछ । मलाई टिभी देख्यो की यो टिभीमा देखिनको लागि के गर्नु पर्ने होला म कसरी त्यो ठाँउ सम्म पुग्ने भन्ने कुराचै जहिले लागि रहन्थ्यो।

अभिनय र डान्स मलाई धेरै मनपर्ने सानै देखी यही क्षेत्रमा लाग्छु भन्ने सोच रहेको थियो । चलचित्र,संगीत अनि फेसनमा लाग्ने रहर हुने किशोर किशोरीको लागि अझै पनि परिवारले खुलेर सर्पोट गर्न सकेको छैन । अर्थात यो क्षेत्रबाट पनि लाईफ राम्रो हुन्छ भन्ने कुरा परिवारलाई अझै पनि विश्वास लागेको छैन । तर त्यो बेलामा पनि मेरो परिवार त्यस्तो थिएन एकदमै सहयोग गर्ने परिवार हो मेरो । चाहेको कुरा गर्न नदिएका कारण कति किशोर,किशोरीहरु रिसको झोकमा घर छोडेर हिड्ने गर्नुहुन्छ त्यस्तो नगर्नु होला । आफ्नो अभिभावकलाई बुझाउने प्रयास गर्नुस्। आफ्ना सन्तानका चाहना अनुसार नै काम गर्ने रहर सबै अभिभावकको हुन्छ ।

आज भन्दा १० वर्ष पहिले नेपालमा चलचित्रको बारेमा राम्रो अथवा अभिनयको विषय पढ्ने स्कुल थिएन । तर मेरो रहर, चाहना भनेको यही थियो । म चलचित्रमा काम गर्न चाहन्थें तर नेपालमा यस विषयमा पढाई हुने स्कूल थिएन । अनि मैले मेरो परिवारलाई मेरो पढाई, मेरो रुचिबारे जानकारी गराएपछि मलाई पढ्नको लागि बाहिर पठाउनु भएको हो । आफ्नो उदेश्य के लिएर हिड्नु भएको छ, त्यसमा एकदमै मेहेनत गर्नुस् । मैले पनि त्यसरी नै मेहनत गरे । नेपालमा पनि यो फिल्म क्षेत्र विस्तारै विकास हुँदै गयो र म मेरो देशमा आएर राम्रोसंग काम गरिरहेको छु । राम्रो भइरहेको पनि छ । म पनि खुशी मेरो परिवार पनि मेरो काम देखेर खुशी हुनुहुन्छ ।

ब्वायफ्रेण्डसँग कुरा गर्दा पिटाई खाए
मेरो पनि त्यो बेलामा ब्वायफ्रेण्ड थियो । परिक्षा चलिरहेको थियो । पढ्नुपर्ने बेलामा मोबाइलमा व्यस्त हुँदा पिटाई खाएँ । अनि “पखलास् अब यो परीक्षा सकेपछि घर छोडेर जान्छु” भन्ने लागेको थियो । तर घर नै छाडेरे हिड्नु भनेको चै नराम्रो कुरा हो भन्ने अहिले आएर थाहा भयो । त्यसैले किशोरावस्थाको बेलामा हामीले सकेसम्म आफुभन्दा ठूलोले भन्नुभएको कुरालाई मान्नुपर्छ । यसले हामीलाई सकारात्मक बाटोमा हिड्न सिकाउँछ

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tviXRw
via IFTTT

सुन्तलीले यसरी मनाइन् जन्म दिन

हास्यकलाकार कुञ्जना घिमिरे (सुन्तली)ले मुसहर बालबालिकासँग आफ्नो जन्म दिन मनाएकी छिन् । महोत्तरी बर्दिबासमा रहेका मुसहर बालबालिकालाई टिफिन बक्स वितरण गरेर जन्म दिन मनाएकी हुन् । मुसहर बालबालिकाले सम्मान र शुभेच्छासहित कुञ्जनाको जन्म दिनलाई विशेष बनाइदिएका छन् ।

 

उनीहरुले गरेको सम्मानले आफुलाई भावुक बनाएको कुञ्जना घिमिरेले बताएकी छिन् । मुसहर बस्तीका बालबालिकामा आएको परिर्वतन देखेर आफुहरु भावुक बनेको उनको भनाई छ । जुन परिर्वतनको अपेक्षा गरेका थियौँ, त्यो देख्न पाउँदाको आनन्द शब्दमा व्यक्त गर्न सकिरहेको छैन, कुञ्जनाले भनिन् ।

‘मुसहर बालबालिका नियमित पढ्न थालेका छन्, तर उनीहरुलाई घरबाट खाजा लैजानका लागि समस्या छ । त्यसैले जन्म दिनमा हुने खर्चले टिफिन बक्ससँगै केहि शैक्षिक सामग्री किनेर दिएँ, उनीहरुसँगै रमाईलो गरेर जन्म दिन मनाएँ’ सुन्तलीले भनिन् ।

 

सरसफाई अभियानका क्रममा मुसहर बस्ती पुगेका धुर्मुस सुन्तलीले गएको वैशाखमा ५३ परिवार मुसहरहरुका लागि एकिकृत बस्ती हस्तारण गरेका थिए । बालविवाह, अशिक्षा, गरिबीलगायतका समस्याबाट पिल्सीएको मुसहर समुदायमा धुर्मुस सुन्तली प्रवेश गरेपछि निकै परिर्वतन भएको थियो । उनीहरुकै कारण बस्तीका १ सय भन्दा बढी बालबालिका नियमित विद्यालय जान सुरु गरेका थिए ।

त्यहि परिर्वतनबाट प्रभावित भएर धुर्मुस सुन्तलीले मुसहर नमूना एकिकृत बस्ती निर्माण गरेका थिए । बस्ती हस्तान्तरण गरिसक्दा मुसहरहरुप्रतिको माया अझै बढेर गएकाले जन्म दिन मनाउन धुर्मुसलाई लिएर बर्दिबास पुगेको कुञ्जना घिमिरेले बताएकी छिन् ।

 

सुन्तलीको जन्म दिनमा संयोगवस मुसहर बस्ती अवलोकनका लागि कलाकारहरु शंकर बिसी, पशुपति शर्मा, मञ्जु पौडेल, रमेशराज भट्टराई, जानुका केसी, पल्पसा डंगो, सुशिला निरौला, जुनु रिजाल, रामचन्द्र फाफ्लेलगायत पनि मुसहर बस्ती पुगेका छन् ।


धुर्मुस सुन्तलीले मुसहर बस्ती निर्माण पश्चात नमुना नेपाल निर्माणको तयारीमा जुटेका छन् । नेपालका विविध भाषा, संस्कृतिको प्रतिनिधित्व हुने गरी निर्माण हुने नमुना नेपालमा नेपालको चिनारीको रुपमा रहेका लुम्बीनी, धरहरा, स्वयम्भु, पशुपतिलगायतका मन्दिर र मस्जिद निर्माण गर्ने उनीहरुको योजना छ ।

 

उक्त नमुना नेपालमा दुख र पिडामा रहेका सय भन्दा बढी पिडित परिवारलाई राखिनुका साथै पर्यटकीय गन्तव्य पनि बनाइने सिताराम कट्टेल बताउँछन् । पर्यटकबाट संकलन भएको रकमले अन्य सामाजिक कामहरु गर्ने उनको भनाई छ । gazzabkoonline

http://ift.tt/2tzstnE

from SHYANE http://ift.tt/2ut3uie
via IFTTT

श्रीदेवीको जेठी छोरी जाह्न्वी कपूर बलिउडमा डेब्यु गर्ने तयारीमा

श्रीदेवीको जेठी छोरी जाह्न्वी कपूर बलिउडमा डेब्यु गर्ने तयारीमा छिन तर उनकी कान्छि छोरी आफ्नो लागि केहि अलग सोचेकी छिन् । भारतीय मिडियाका अनुसार खुसी कपूरले डान्स रियालिटी शो ‘डान्स प्लस’ को सिजन ३ को लागि अडिसन दिएकी छिन् । यो शोलाई चर्चित कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाले जज गर्नेछन् ।

एक लिडिङ वेबसाईटका अनुसार अडिसनको दौरान खुसीले आफ्नो परिचय खुलाएकी थिईनन् । जब उनी टप ३५ मा पुगिन् र रेमोको अगाडी प्रस्तुती दिईन् तबमात्र उनी श्रीदेवीको छोरी हुन् भन्ने खुलासा भएको थियो । अडिसन आफ्नो क्षमताको कारणले जित्न चाहना भएकोले आफुले खास कुरा बाहिर नल्याएको समेत बताएकी छिन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tzrmEu
via IFTTT

मुग्लिन-नारायणगढ सडकको बिजोग : छिनछिनमै खस्छ पहिरो

भरतपुर : नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा शुक्रबार बिहानै पहिरो गएको छ । बिहान साढे आठ बजे गएको पहिरो हटाएर सकिनै लाग्दा उक्त स्थानमा दिउँसो १ बजे पुनः पहिरो खस्यो । दिनभरि पहिरो हटाउने काम गरिए पनि पहिरो हटाउन सकिएन । पाँच घन्टा लगाएर पहिरो हटाउने काम सकिनै लाग्दा फेरि त्यसैमा पहिरो थपिएको हो । ‘पहिलाको पहिरो हटाएर सकिनै लागेको थियो, त्यसैमा फेरि पहिरो गयो’, चितवनका एसपी दीपक थापाले भन्नुभयो, ‘पानी परिरहेकाले थपिरहन्छ, छिनछिनमा पहिरो जाने हुनाले यात्रा जोखिमयुक्त बनेको छ ।’ रातिसम्म पनि पहिरो हटाउने काम गरिएको थियो । राति काम गर्न मजदुर असुरक्षित महसुस गर्छन् ।

पहिरोले ५० मिटर सडक ढाकेको छ । करिब आठ हजार घनमिटर पहिरो खसेको छ । एउटा ब्रेकरले ढुंगा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम गरिएको थियो । १२ घन्टासम्म पनि पहिरो हटाउन सकिएको थिएन । पहिरोको कारण स्थानीय एकबहादुर मगरको ज्यान गएको छ । ६१ वर्षीय मगर पहिरो पन्छाएको हेर्न जाँदा पहिरोले पुरिएका हुन् । पहिरो हटाएर खोज्ने क्रममा उनको शव भीरमा भेटिएको थियो ।

निकै ठूलो पहिरो खसेपछि यातायात सञ्चालन अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । इच्छाकामना ६ मा बिहानै पहिरो गएको हो । ठूलो पहिरो गएपछि जाममा परेका सवारीसाधन प्रहरीले फर्काएको थियो । पश्चिम जाने सवारी साधनलाई पोखराको बाटो हुँदै पठाइएको थियो । राजधानी जाने सवारीसाधन हेटौडको बाटो हुँदै पठाइएको थियो ।

पहिरो हटाउनका लागि चारवटा मेसिन प्रयोग गरिएको छ । पहाडबाट ढुंगा खस्दा पहिरो हटाउन निकै जोखिम छ । पहिरोग्रस्त क्षेत्र मानिने यहाँ ठूलो पहिरो गएका कारण हटाउन निकै समय लागेको हो । मुग्लिनदेखि ९ किलोसम्मको क्षेत्रमा अधिकांश स्थानमा पहिरो खस्ने गरेको प्रहरीले जनाएको छ । कालिखोला, तोपेखोला, चार किलो, नौ किलो, साढे दुई किलोमा पहिरो खसिरहने गर्छ । त्यसै घुमाउनेमा पहिरोको जोखिम छ । सामान्य पानी पर्दा पनि पहिरो जाने गरेको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाले भौगोलिक अध्ययनसमेत गरेको थियो । त्यसक्रममा २९ स्थानलाई पहिरो आउन सक्ने भनी जोखिम क्षेत्र मानेको थियो । आयोजनका इन्जिनियर शिव खनालले भूकम्प र सडक निर्माण क्रममा चट्टान कटान गर्दा पहिरोको जोखिम बढेको बताउनुभयो ।

वर्षासँगै पहिरो जाने क्रम बढेको छ । पहिरोका कारण घन्टौं सवारी जाम हुनाका साथै यात्रा पनि जोखिमपूर्ण रहेको छ । मुग्लिन प्रहरीको टोली पहिरो हटाउनेमा केन्द्रित हुने गरेको छ । असार १२ गते कालिखोला यसअघि प्रहरीको भ्यान र ट्रक बगाएको स्थलबाट करिब ५० मिटर मुग्लिनतर्फ पहिरो खसेको थियो । चार प्रहरीसहितको भ्यान र ट्रक बगाएको थियो ।annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u8gVVg
via IFTTT

बाउछोरीको योजनामा व्यापारीको अपहरण, घनाजंगलमा ढुंगाले किचेर हत्या !

काठमाण्डौ । केही दिनदेखि बेपत्ता दाङको व्यापारी राजकुमार श्रेष्ठको शुक्रबार शव फेला परेको छ । श्रेष्ठलाई निकै लामो समयको योजनापछि नाटकीय ढंगले जालमा फसाएर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले शुक्रबार घटनामा संलग्न भई पक्राउ परेका केहीलाई सार्वजनिक गर्दै अपहरण र हत्यामा बाबुुछोरी लगायतको समूह नै संलग्न रहेको र अपहरणको मुख्य उद्देश्य मोटो रकम फिरौतिको रुपमा असूल गर्नु रहेको देखिएको प्रष्टाएको हो ।

अपहरणका मुख्य योजनाकार तुल्सीपुर ६ का ४० वर्षीय निर्मल भनिने टिकाराम घर्तिले आफ्नी १७ वर्षीया छोरी पूजा र अन्य एक किशोरीलाई प्रयोग गरी व्यापारी श्रेष्ठलाई जालमा पारेको र समूह नै मिलेर अपहरण गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एक प्रहरी अधिकृतकाअनुसार पूजाले श्रेष्ठसँग सुरुवातमा हिमचिम बढाएकी थिइन् । जेठ २६ गते श्रेष्ठलाई सल्यान घुम्न भन्दै बोलाएको र अर्की एक केटीसाथीसहित श्रेष्ठकै कारमा चढेर करिब एकघण्टाको बाटो पार गरेपछि योजना अनुसार बाटोमा तैनाथ अन्यको सहयोगमा उनको अपहरण भएको देखिएको छ ।

अपहरणकारीहरुले श्रेष्ठको मुक्तिका लागि ३ करोड फिरौति मागेका थिए । श्रेष्ठ परिवार ३ करोड दिन सहमत भइसकेको थियो । तर, घनाजंगलमा श्रेष्ठ बिरामी परी अचेत भएपछि सबै फसिने डरले अपहरणकारीहरुले हत्या गरेको बयान दिएका छन् । व्यापारी श्रेष्ठ ब्लड प्रेसर र सुुगरका बिरामी थिए । अपहरणको तीन दिनसम्म औषधि नखाएका उनी जंगलको लामो हिडाईपछि बेहोस भएका र अपहरणकारीहरुले नै ढुंगाले किचेर विभत्स ढंगले हत्या गरेका देखिएको छ ।

को–को थिए संलग्न ?

अपहरणमा परेका तुलसीपुरका ब्यापारी राजकुमार श्रेष्ठको हत्यामा सँलग्न केहीलाई प्रहरीले शनीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो । असार २६ गते अपहरण भएका श्रेष्ठको शबलाई प्रहरीले शनिबार बिहान मात्र फेला पारेको हो । हत्यामा सँलग्न भएका भनिएका तुलसीपुर १२ का कमल भन्ने अबिरल महतराको बयानको आधारमा व्यापारी श्रेष्ठको शब हत्या गरेको अबस्थामा सल्यानको क्षत्रेश्वरी गाँउपालिका वार्ड नम्बर ४ झिम्पेरेन्जको जँगलको ओडारमा फालेको अबस्थामा फेला पारेको थियो ।

पत्रकार सम्मेलनमा अञ्चल प्रहरी प्रमुख ज्ञानबिक्रम शाहले हत्यामा सँलग्न भनिएका महतराले आफूू समेत हत्या भएको स्थानमा रहेको बयान दिएका थिए । अनुसन्धानमा सँलग्न सिआईबीका एसपी दिनेश लोहनीले व्यापारी श्रेष्ठको अपहरणपछि जेठ २९ गते नै हत्या भइसकेको थियो । अनुसन्धानको क्रममा श्रेष्ठको हत्याको मुख्य कारण पैसा नै भएको देखिएको छ । पत्रकार सम्मेलनममा जानकारी गराउदै घटनाका मुख्य योजनाकारहरु सल्यान झिम्पे ४ का बर्ष ३५ का मानबहादुर भण्डारी, जिल्ला दाङ शान्तिनगर हाल तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ६ का बर्ष ४० को निर्मल भन्ने टिकाराम घर्ती, तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ६ बस्ने बर्ष १७ की पुजा घर्तीमगर र जिल्ला दाङ घोराही उपमहानगरपालिका वार्ड नम्बर १४ नयाँ बजार बस्ने बर्ष ३८ की जमा पुन रहेको प्रहरीले बताएको छ । घटनामा ७ जना संलग्न भएका र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

साभार श्राेतः बिजशाला डटकम

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2svKqyg
via IFTTT

आयुश्मान र प्रियंकाको यस्तो रोमान्स गर्दै गरेको भिडियो बाहिरियो

आयुश्मान देशराज जोशी र प्रियंका कार्की बिचको प्रेमसम्बन्धको चर्चा चलनैरहेको छ । उनीहरुले केहि साता अघि राजधानी काठमाण्डौँमा भएको एक अवार्ड कार्यक्रममा गरेको किसको कुराले उनीहरुको मायालाई त उजागर गरिदियो नै उनीहरुको चर्चा पनि चुलिएको थियो ।

उनै नायक आयुश्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ जसमा उनीहरु एकदमै रोमान्टिक बनेका छन् । ‘हात थामी’ बोलको गीतमा सुजाता उपाध्याय मानन्धर र राजेश घिमिरेको स्वर रहेको छ । एकतारेको शब्द सृजनामा बनेको गीतको भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sa7cMO
via IFTTT

मजाले पैसा कमाउन यो तान्त्रिक विधि अपनाउनुस्

काठमाडौं, — जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् ।

काममा बाधा आउन पाउँदैन । अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।

सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।

पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।

यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् ।

अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् । त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् ।

त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।

आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सीको सहयोगमा

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tsi0cZ
via IFTTT

ट्रम्पको निर्णयमा सर्वोच्च अदालतको साथ, ६ देशका नागरिकलार्इ अमेरिका जान प्रतिवन्ध लाग्यो

वासिङटन। अन्ततः अमेरिकाले मुस्लिम बाहुल्य रहेका विभिन्न देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच महिना अघिदेखि नै सो कानुनको घोषणा गरेका थिए। तर अमेरिकाका अधिकारवादी र अदालतको विरोधका कारण ती देशका नागरिक र शरणार्थीमाथिको यात्रा प्रतिबन्धको कानुनको कार्यान्वयन हुन सकेको थिएन ।

पहिले राष्ट्रपति ट्रम्पले मुस्लिम बाहुल्य रहेका इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमन गरी छ देशका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने गरी कानुन बनाएका थिए।उक्त कानुनको व्यापक मात्रामा विरोध भएको थियो । जसका कारण संघीय अदालतले यात्रामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

तर बिहीबार अमेरिकाको सर्वोच्च अदालतले ट्रम्पको सो नीति सदर गरिदिएको छ । यो फैसलामा उक्त कानुन पूर्ण रुपमा प्रतिबन्ध लगाउने गरी नभई आंशिक कार्यान्वयनको लागि फुकुवा गरिएको छ ।

पाँच महिनामा यहाँका अधिकारवादीहरुसँगको सङ्घर्षपछि बिहीबार राति अमेरिकाले अब ती छ देशका नागरिकलाई पूर्ण रुपमा नभई आंशिक रुपमा प्रतिबन्ध लगाउन पाउने भएको छ । पहिले नै प्रवेशाज्ञा भएका नागरिक, अमेरिकामा स्थायी रुपमा बसोबास गर्ने पारिवारका वास्तविक आफन्तजन र त्यहाँ व्यापारिक सम्बन्ध भएका नागरिकका हकमा भने यो कानुन लागू हुने छैन ।

यी शर्त राखेर अमेरिकी सर्वोच्च अदालतले यहाँको सरकारले पाँच महिना अघि नै ल्याएको कानुन कार्यान्वयनका लागि अनुमति दिएको छ । अहिलेको लागि ती छ देशका नागरिकलाई ९० दिनको र शरणार्थीहरुलाई भने १२० दिनको प्रतिबन्ध लगाउन पाउने गरी अदालतले सो आदेश दिएको छ ।

यसका आधारमा आगामी दिनमा ती देशमा यात्रा प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने बारेको पनि निर्णय गर्न सजिलो हुने पनि बताइएको छ । त्यसैले अहिलेको लागि यो प्रतिबन्धात्मक कानुनलाई परीक्षणका रुपमा मात्र हेर्नुपर्ने अवस्था रहेको अधिकारीहरुले जनाएका छन् ।

यस आदेशको पनि अधिकारवादीहरुले बिरोध गरेका छन् । बिहीबार पनि यो कानुन कार्यान्वयनमा आएसँगै जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकारवादीहरु उपस्थित भएर अध्यागमनका अधिकारीहरुलाई प्रवेशाज्ञा लिएर आएका नागरिकलाई नफर्काउन आग्रह गरिरहेका थिए ।

उनीहरुले यो कानुनको कार्यान्वयन हुनुभन्दा अघिनै प्रवेशाज्ञा प्राप्त गरेका नागरिकलाई नरोक्न आग्रह गरिरहेका थिए । त्यस्तै प्रतिबन्ध लगाइएका ती देशका अमेरिकामा बसोबास गरिरहेका नागरिकले पनि यस कानुनको विगतदेखि नै विरोध गर्दै आएका छन् ।

इराकको विरोध
अमेरिकाले छ वटा मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिकाको भ्रमणमा लगाएको प्रतिबन्ध वास्तवमै निन्दनीय भएको इराकी विदेशमन्त्री मोहमद जाभेद जारिफले बताए।

‘अमेरिकाले हाल इरानी हजुरआमाहरुलाई आफ्ना नातीनातीनालाई भेट गर्ने प्रतिबन्ध लगाएको छ, यो वास्तवमै निन्दनीय भएकोले यसको इरानले विरोध गर्दछ–जारिफले आफ्नो ट्वीटरमा लेखेका छन्।

अमेरिकामा इरानी मूलका अमेरिकी नागरिक १० लाख भन्दाबढी रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा मुस्लिम बाहुल्य रहेका इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमन गरी छ देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएको छ । अमेरिकी सर्वाेच्च अदालतको पछिल्लो आदेशले आगामी ९० दिनसम्म ती देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिवन्ध लगाउने सरकारको नीतिलाई सदर गरेको छ ।

त्यसैगरी ती छ देशका शरणार्थीलाई १२० दिनसम्म रोक लगाइएको छ । यसबाट अमेरिकामा आतङ्ककारी भित्रिन रोक लाग्ने ट्रम्पको भनाइ रहेको छ । यस निर्णयको अमेरिकामा विरोध भइरहेको छ । अमेरिकी इरानीयहरुले आ–आफ्नो ट्वीटरमार्फत आफ्ना हजुरबा आमा आतङ्ककारी नभएको भनी विरोध गरेर ट्वीट गरेका छन् र उनीहरुले ती हजुरबा आमाको फोटो पनि ट्वीटरमा राखेका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s9EJXE
via IFTTT

२० वर्ष पछि जम्मा २ मतले जिते ‘दारीवाला’ले

२० वर्ष पछि जम्मा २ मतले जिते ‘दारीवाला’ले

गुल्मी -नेकपा एमाले बृत्तमा दारीवाला कमरेडका रुपमा परिचित कर्णध्वज जिसी २० वर्ष पछि मुसिकोट नगरपालिका वडा नम्वर ३ मा चुनाव लडेर जम्मा दुई मतको अग्रताले विजयी भएका छन् ।

२०५४ सालका स्थानिय निर्वाचनमा हालको वडा नम्वर ३ र ४ को बडागाउँ गाविसमा गाविस उपाध्यक्ष जितेका जिसीले यसपाली कांग्रेसका उमेदवार झविन्द्र भण्डारीलाई ६१९ का विरुद्ध ६२१ मतले अग्रता लिई विजय हाँसिल गरेका हुन् । विजयी जुलुसमा हिडेका जिसीले छोटो प्रतिकृया दिदै भने -२० वर्ष पछि पुनः यो रोचक चुनावी अनुभव संगाल्न पाएको छु र अत्यन्तै खुशी छु ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tsz7ve
via IFTTT

करिष्मा मानन्धर, केकी अधिकारीसहितका दुई दर्जन कलाकार लण्डन पुगे

काठमाडौं, १६ असार । एक अवार्डस कार्यक्रममा सहभागी हुन चर्चित दुई दर्जन कलाकारहरु वेलायत पुगेका छन् । दशौं नेशनल बक्स अफिस फिल्म फेयर अवार्डस’ कार्यक्रममा सहभागी हुन उनीहरु वेलायतको लण्डन पुगेका हुन् ।

थर्ड आइले शनिबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा हुन लागेको उक्त अवार्डस कार्यक्रममा सहभागी हुन करिष्मा मानन्धर, आर्यन सिग्देल, अनुप विक्रम शाही, केकी अधिकारी, अशिष्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, नम्रता योगी, सलोन बस्नेत, गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, प्रदीप उदय, पुस्कर लामा, रामकेशर बोगटी, ज्ञानेन्द्र देउजा, सुन्दरलाल श्रेष्ठ, कुशल थापालगायतका कलाकारहरु लन्डन पुगेका हुन् ।medianp

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s9EGuW
via IFTTT

मेलम्ची पाइप बिच्छ्याउने काम ९० प्रतिशत सम्पन्न : असोजमा पानी आए पुसबाट घरघरमा पानी (भिडियो)

असार १६ काठमाडौँ । काठमाडौँ उपत्यकामा निमार्ण सम्झौताअनुसार पाइप लाइन बिस्तारको काम ९० प्रतिशत सम्पन्न भएको छ । ६१ किलोमिटर थोक वितरण प्रणालीमध्ये अति जरुरी ५२ कि.मि.मा पाइप लाइन बिछ्याउने काम सकिएको हो । थोक वितरण प्रणालीमा ५० कि.मि.भन्दा बढी पाइप बिछ्याइएको मेलम्ची खानेपानी आयोजना–२ को आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले जानकारी दिए ।

चावहिल क्षेत्र, सहिदगेटदेखि त्रिपुरेश्वर, सहिदगेटदेखि माइतीघरसम्म र जाउलाखेल क्षेत्रमा पाइपलाइन बिछ्याउन बाँकी छ । जाउलाखेलमा झन्डै ३ सय मिटर क्षेत्रमा पाइप बिछ्याउन बाँकी छ ।

यस्तै वितरण प्रणालीअन्तर्गत ६ सय ७० किलोमिटर सम्पन्न गर्नुपर्नेमा ६ सय कि.मि. पाइपलाइन जडान भइसकेको छ । अहिले वितरण प्रणालीको काम ज्ञानेश्वरमा भइरहेको छ । पाटन, ठमेललगायतका क्षेत्रहरुमा पनि काम जारी छ । मेलम्चीबाट आएको प्रशोधित पानी वितरणका लागि पूर्वाधार निमार्णको जिम्मा पाएको आयोजना कार्यान्वयन निर्देशनालयले असोजसम्म सम्पूर्ण काम सक्ने जनाएको छ । ३ चरणमा गरी एसियाली विकास बैङ्कको २६ अर्ब लगानीमा यो आयोजना सम्पन्न हुन लागेको हो ।

६ पानी पोखरी, ५ सम्पन्न

काठमाडाँै उपत्यकाको चक्रपथभित्र सर्वसाधारणको घरमा पानी पठाउनका लागि आवश्यक ६ वटा पानी पोखरीमध्ये ५ ओटा निमार्ण सम्पन्न भइसकेको छ । निमार्ण भइरहेको एउटा पानी पोखरीको २५ प्रतिशत काम सम्पन्न भएको छ ।

यस्तै ८५ हजार धारा जडान गर्नुपर्नेमा ३७ हजार घरमा जडान गरिसकेका आयोजनाका प्रमुख तिरेश खत्रीले जानकारी दिए ।

असोजमा काठमाडौँमा पानी आउने योजना भएअनुसार असोजसम्म पाइपलाइन विस्तारको अधिकांश काम सम्पन्न भइसक्ने उनको भनाइ छ ।

अत्याधुनिक वितरण प्रणाली

पानी वितरणको अवस्था कस्तो छ, कुन ठाउँमा पानी चुहावट भयो, कसको धाराबाट कति लिटर पानी झर्यो सबै जानकारी एउटै कोठाबाट जानकारी लिन सकिने प्रणाली व्यवस्था गर्न लागेको आयोजनाले जनाएको छ । यसका लागि टेन्डर प्रक्रिया पनि सुरु गर्न लागिएको छ ।आयोजना प्रमुख खत्रीले भने– ‘यो प्रणालीलाई अटो मेसन सिस्टममा लगिनेछ । एउटा कन्ट्रोल रुममा बसेर सबै कुरा हेर्न सकिने प्रणाली स्थापना गर्न लागिएको हो । जसले खानेपानीको पाइपलाइनमा कहाँ समस्या छ, त्यसबारे एउटा कन्ट्रोल रुममा बसेर हेर्न सकिन्छ ।’

पानी वितरण प्रणालीमा १ सय २० वर्षभन्दा बढी पुराना पाइपलाइन समेत छन् । जीर्ण तथा खिया लाग्नुका साथै अन्य विविध कारणले पानीको चुहावट बढिरहेको छ । पुरानो पाइपलाइन सञ्जाललाई अब नयाँ पाइप लाइनले विस्थापित गर्नेछ, जसले पानीको चुहावट कम हुने अपेक्षा गरिएको छ ।

६ वटा पानी सङ्कलन केन्द्र

काठमाडौँको चक्रपथभित्र ६ वटा पानी सङ्कलन केन्द्रमा ५० हजार क्युविक मिटर पानी अट्ने छ ।

चक्रपथ बाहिर भक्तपुरको कटुञ्जे, ठिमीको टिगनी र कीर्तिपुरमा अलग अलग थप पानी सङ्कलन केन्द्र निमार्णको काम भइरहेको छ । चक्रपथ बाहिरका पानी सङ्कलन केन्द्रमा १५ हजार क्युविक क्षमतामा पानी भण्डारण हुनेछ ।

पहिलो चरणमा १७ करोड पानी पानी काठमाडौँ आउनेछ भने दोस्रो र तेस्रो चरण गरेर ५१ करोड लिटर पानी काठमाडौँ आउने छ । मेलम्चीबाट १७ करोड लिटरका साथै याङ्री र लार्के खोलाको पानी जोडेर ५१ करोड पानी ल्याउने लक्ष्य राखिएको हो ।

दैनिक ४ घन्टा पानी

पहिलो चरणमा मेलम्चीबाट दैनीक १७ करोड लिटर पानी काठमाडौँ आएपछि काठमाडौँबासीको घरमा दैनिक कम्तीमा ४ घण्टा पानी आउँनेछ । यस्तै दोस्रो र तेस्रो चरणको आयोजना सम्पन्न भएपछि २४ घन्टा उपभोक्ताको घरमा पानी आयोजना प्रमुख खत्रीले जानकारी दिए ।याङ्री र लार्के खोलाबाट मेलम्चीसम्म पानी ल्याउन १० किलोमिटर सुरुङ्ग खन्नुपर्ने हुन्छ ।

त्यसका लागि दातृ निकाय एसियाली विकास बैङ्कसँग कुरा भइरहेको छ ।

पाइपलाइन विस्तारका समस्या

पाइपलाइन बिछ्याउनका लागि सडक खन्दै जाँदा सडकमुनि ढल तथा खानेपानीको पाइपलाइन भेटिँदा अवरोध र्सिजना हुने गरेको छ । आयोजना प्रमुख तिरेश खत्रीले भने– ‘सडकमुनि विद्युत प्राधिकरणको तार छ, नेपाल टेलिकमको तार छ, त्यसबारे कुनै सङ्केत तथा रेखाङ्कन छैन । न त सम्बन्धित निकायसँग नै छ । सडकमुनि के भन्ने भन्ने सङ्केत नहुँदा विभिन्न ठाउँमा काममा अवरोध हुने गरेको छ ।’

टेलिकम, विद्युत प्राधिकरणसँग समन्वय गर्ने गरेको तर उनीहरुलाई पनि त्यसबारे जानकारी नहुने गरेको उनले बताए । जसले गर्दा बढी समय र खर्च बढी लाग्ने भएको छ ।

यता सडकमा काम गर्नका लागि टेन्डर आह्वान गर्दा प्रतिस्पर्धाका लागि विदेशी कम्पनी आएका भए पनि नेपाली निर्माण व्यवसायीले काम गरिरहेका छन् । निमार्ण व्यवसायीले समयमा काम नगरिदिँदा हिलो, धुलोका कारण पैदल यात्री, ट्राफिकलाई समस्या परिरहेको छ ।

पाइप लाइनमाथि अस्थायी कालोपत्रे
चक्रपथभित्रका मुख्य र व्यस्त मानिएका १८ किलोमिटर सडक खनेर पाइपलाइन बिछ्याउनुपर्नेमा हालसम्म १६ कि.मि.मा काम भएको छ । जसमध्ये १४ किलोमिटरमा अस्थायी कालोपत्र गरिएको छ । वर्षायाममा हिलो हुने भएकाले बाँकी स्थानमा पनि अस्थायी कालोपत्रे गरिने आयोजना प्रमुख खत्रीले जानकारी दिए ।
मेलम्चीबाट काठमाडौँमा पानी आएपछि पानीको थोक तथा वितरण प्रणाली परीक्षण गर्नुपर्ने भएकाले अस्थायी कालोपत्रे गरिएको हो । अहिले पनि ट्याङ्करबाट पानी हालेर जाँच गर्ने काम भइरहेको छ । मेलम्चीको पानी आएपछि पूरै पाइपलाइन जाँच गरेर मात्र सडक पिच गर्ने आयोजनाको योजना रहेको छ । बागमतीको पानी प्रशोधन भइरहेको र त्यो पानीले भ्याएसम्म मेलम्चीको पाइपलाइन सफा गरिने भएको हो ।

काठमाडौँमा पानी आएको ३ महिनापछि मात्र उपभोक्ताको धारामा

मेलम्चीको पानी काठमाडौँ आउने बित्तिकै घरघरमा पानी पुग्छ भन्ने सोच्नुभएको छ भने त्यस्तो नहुने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार मेलम्चीको पानी काठमाडौं आएपछि तुरुन्तै उपभोक्ताको धारामा झर्दैन । त्यसका लागि दुई तीन महिना कुर्नुपर्ने हुन्छ । पाइपलाइनको सञ्जालभित्र रहेको फोहोर पूर्णरुपमा नहटेसम्म उपभोक्ताको घरमा पानी नपठाइने भएको छ ।

आयोजना प्रमुख तिरेश खत्रीले भने– ‘पाइपभित्र सर्प पसेको होला, मरेका जनावरहरु होलान त्यसलाई पूर्णरुपमा सफा गरेपछि मात्र उपभोक्ताको घरमा पानी पठाउँछौँ । पाइपलाइन सफा गर्न कम्तीमा पनि दुई तीन महिना लाग्छ ।’

निर्धारित योजनाअनुसार असोजमा मेलम्चीको पानी काठमाडौँ आयो भने उपभोक्ताको घरमा पुसदेखि पानी वितरण हुनेछ ।

मेलम्ची खानेपानी आयोजनाको झन्डै ३ किलोमिटर सुरङ खन्न बाँकी छ । यो आयोजना सम्पन्न भएपछि काठमाडौँमा दैनिक १७ करोड लिटर पानी आउनेछ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tsoHfa
via IFTTT

ज्योति मगर दुई सन्तानकी आमा भएको खुलासा

बिगत केहि वर्ष देखि कलाकारितामा सक्रिय लोकगायिका ज्योति मगर यतिबेला तीजको गीतको तयारीमा जुटेकी छिन् । लामो समय संघंर्ष गर्दा पनि सफलता नपाएपछि उनलाई ग्ल्यामरस देखिने निहुँमा छाडा भएर चर्चा पाएको आरोप पनि लागेको छ । तर उनले यी सबै कुराहरुलाई सहजै लिने गरेकी छिन् ।

विभिन्न म्युजिक भिडियो र स्टेज कार्यक्रमहरुमा व्यस्त रहने ज्योति अब काठमाण्डौमै घर किन्ने सोचमा पनि पुगेकी छिन् । तर त्यसको लागि केही समय लाग्ने भन्दै उनले अहिले आफ्नो कमाई दुईवटा छोरा पढाउन ठिक्क भएको खुलाईन् । खासमा ज्योतिका दुईवटा छोराको वास्तविकता के हो ? हेर्नुहोस् भिडियोमा ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tsuOjR
via IFTTT

ज्वाईँले जेठानलाई एक मतले हराए, श्रीमतीको भोट बन्यो निर्णायक

धनकुटा, असार १६ – माओवादी केन्द्रवाट छथर जोरपाटी गाउँपालिका वडा नं. २ को वडाध्यक्षका उम्मेदवार बनेका कृष्णकुमार मगर निकटम प्रतिद्वन्द्वी भन्दा एक मत बढी ल्याएर विजयी हुनुभएको छ । उहाँ निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रबहादुर सारुमगरलाई १ मतले पछि पार्दै वडाध्यक्षमा विजयी हुनुभएको हो ।

विजयी कृष्णकुमार मगरले ४९९ मत र पराजित भएका इन्द्रबहादुर सारु मगरले ४९८ मत पाएका छन् । उनीहरु साइनोमा ज्वाईँ जेठान हुन् ।
एउटै पदका लागि आफ्ना श्रीमान र दाई उठेपछि कृष्णकुमार मगरकी श्रीमती तथा इन्द्रबहादुर सारुमगरकी बहिनीलाई कसलाई भोट हाल्ने भनेर निकै दिन दोधारमा पर्नुभएको थियो । तर अन्तिममा उहाँले श्रीमानलाई भोट हालेपछि कृष्णकुमार मगरको जित सुनिश्चित भएको हो । ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s9nUvW
via IFTTT

माग्ने बुढा र धुर्मुसको फेरि संगै काम गर्ने चाहना ( भिडियो सहित )

केदार घिमिरे उर्फ माग्ने बुढा र सीताराम कट्टेल उर्फ धुर्मुसबीच राम्रो सम्बन्ध छैन भनेर धेरैले भन्ने गर्छन् । कलाकारितामा संर्घष गर्र्दा देखिका यी साथी मेरीबास्सैको सफलता संगै छुट्टिएका थिए । यतिबेला सीताराम कट्टेल अर्थात धुर्मुस सामाजिक काम गर्दै नमुना नेपाल निर्माण गर्न व्यस्त छन् भने केदार घिमिरे छक्कापञ्जा २ सिनेमाको छायाकंन सकँएर बसेका छन् । यी दुई भाई छुटेपछि सबै भन्दा धेरै घाटा भने आम दर्शकलाई भएको छ । किनकी यी दुईको जोडी पर्दामा हेर्ने चाहना र इच्छा आमदर्शकमाझ अझै मेटिएको छैन ।

धेरै दर्शकले उनीहरुलाई संगै पर्दामा र वास्तविक जीवनमा पनि मिलेको हेर्न चाहने रहरका बीच दुवैजना एकसाथ मिडियामा देखिएका छन् । किरण केसीको जन्मदिन विशेष कार्यक्रममा पुगेका माग्ने र धुर्मुस एउटै सोफामा बसेर मस्त गफमा व्यस्त भएका देखिन्थे । उनीहरु एकअर्कालाई जिस्क्याउदै रमाइलो गरिरहेका पनि थिए । केही आत्मियता र हार्दिकता देखाएका यी दुवै कलाकारले एकअर्कालाई मज्जाले जिस्क्याएका छन् । forseenetwork

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2trOtAp
via IFTTT

जुम्ल्याहा छोराका पिता बने कमेडियन कृष्णा

भारतीय कमेडियन कृष्णा जुम्ल्याहा छोराका पिता बनेका छन् । भारतीय सञ्चार माध्ययमका अनुसार कृष्ण र उनकी पत्नी कश्मिराले सेरोगेसीबाट ६ हप्ता पहिले दुईवटा छोरा जन्माएका थिए । अहिले उनका छोराहरुलाई अस्पतालको निओनेटल केयरमा राखिएको छ । कृष्ण र करिश्मा पनि प्राय अस्पतालमा छोराछोरीसँग समय बिताउन जाने गरेका छन् ।

बलिवुडमा यस अघि शाहरुख खान, आमिर खान, तुषार कपूर, सोहेल खान लगायतका कलाकारहरु सेरोगेसीको माध्ययमबाट माता पिता बनिसकेका छन् ।

कृष्णा र कश्मिाराले प्रेम विवाह गरेका हुन् । सन् २००५ देखि कृष्णासँग प्रेम सुरु भएपछि कश्मिराले श्रीमान् ब्रेड लिस्टरम्यानसँग सम्बन्ध बिच्छेद गरेकी थिईन् । कश्मिराको कृष्णासँग दोस्रो विवाह हो कृष्णाको भने पहिलो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s8KcxV
via IFTTT

दाङका अपहरित व्यवसायी २१ दिनपछि मृत फेला

असार १६, २०७४- जेठ २६ गते राति अपहरित तुलसीपुर उपमहानगरपालिका ५ का ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठ शुक्रबार सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे रेन्जेको जंगलमा मृत फेला परेका छन् । अपहरणकारी पक्राउ परेपछि उनीहरुको सहायताले भर्खरै शव भेटिएको अनुसन्धान टोली प्रमुख राप्ती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानविक्रम शाहले बताए ।

शव विकट ठाउँमा भएकाले हेलिकोप्टरबाट ल्याउने प्रयास भइरहेको शाहले जानकारी दिए । प्रहरीले भए जति स्रोत साधन र जनशक्ति व्यापक रुपमा परिचालन गर्दा पनि व्यवसायीलाई जिवितै फेला पार्न सकेन । केन्द्रीय अनुसन्धान व्यूरोको टोली समेत दाङमै खटेर घटनाको अनुसन्धान गरिरहेको थियो । प्रहरीले अपहरणकारीको स्केच सार्वजनिक गर्दै अपहरित व्यवसायी र अपहरणकारीबारे सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो ।

श्रेष्ठसँगै अपहरित घोराही हापुरका २८ वर्षीय रणबहादुर घर्तीको अवस्था अझै अज्ञात छ । बा ११ च १०७१ नम्बरको निजी सेतो रंगको कारमा तुलसीपुरबाट निस्किएका श्रेष्ठको गाडी सल्यानको कपुरकोट गाउँपालिका ५ मेलखोलास्थित भित्री कच्ची सडक खण्डमा फेला परेको थियो । उक्त गाडीको साथमा भारतीय एचपी ११८६४८ नं को गाडी पनि फेला परेको थियो ।

घटनाबारे अनुसन्धान गर्न प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक शाहको संयोजकत्वमा एसपी वीरेन्द्र बस्याल, डिएसपी भुवनेश्वर तिवारी र प्रहरी निरीक्षक नरेन्द्र सलामी सदस्य रहेको समिति गठन गरेको थियो । मध्यपश्चिम प्रहरी प्रमुख डिआईजी विजय कायस्थले समेत घटनास्थलको अध्ययन अवलोकन गरेका थिए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2so1Yl3
via IFTTT

के हो पल शाहको वास्तविक नाम ?

नेपाली फिल्म क्षेत्रका हटकेक हुन् नायक पल शाह । ‘नाइ नभन्नु ल ३’ बाट नेपाली फिल्ममा डेब्यु गरेका पल शाहको ‘म यस्तो गीत गाउँछु’ असाढ ३० गतेबाट देशभर प्रर्दशन हुँदैछ ।

युवाहरु माझ निकै लोकप्रिय पल शाहले करिअरको सुरुवात म्युजिक भिडियोबाट गरेका थिए । तीन सय भन्दा बढि म्युजिक भिडियोमा मोडलिङ गरिसकेका पल हिजोआज चलचित्रमा निकै ब्यस्त छन् । दाङका स्थायी घर भएका पल ह्यान्सम भएकोले पनि महिलाहरु उनलाई धेरै पछ्याउँछन् । ह्यान्सम पल शाह जति ह्यान्सम छन् उनको नाम पनि उतिकै सुन्दर छ ।

तर पल शाहको खास नाम भने पल होईन् । उनको खास नाम पूर्ण विक्रम शाह हो । उनले साथीहरुको आग्रहमा नाम परिवर्तन गरेका थिए । मोर्डन समयमा पनि पूर्ण नाम हुँदा साथीहरुले ‘पूर्णे’ भनेर जिस्काउने गरेको पनि उनले बताए ।

तर आफ्नो नाम नागरिकतामा पूर्ण विक्रम रहेकोले आफुलाई गर्व लाग्ने पलको भनाई छ । नेपाली कलाक्षेत्रमा नाम फेर्नेमा पल मात्र एक्ला कलाकार भने होइनन् ।

पल शाहको बारेमा थप कुरा थाहा पाउन यो भिडियो हेर्नुहोस् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t7Wub6
via IFTTT

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो त्यती नै नयाँपन देखिन्छ भने त्यति नै अचम्मित गरिदिने तथ्य सार्वजनिक हुन्छन् । हरेक जीवसँग सेक्सको तरिका, दृष्टिकोण, मिथ परिवर्तन हुने गर्दछ । चाहे त्यो मानिससँग सम्बन्धित होस् वा सर्पसँग ।

जीजस रिवास अमेरिकाको मेक्सीको हाइल्याण्ड युनिभर्सिटीमा सर्पका विशेषज्ञ हुन् । अंग्रेजीमा यस्ता जानकारलाई हर्पिटोलोजिस्ट भनिन्छ केही समय अघि जिजसलाई दक्षिण अमेरिकामा पाइने विशालकाय सर्प अर्थात् एनाकोन्डाको यौनजीवनबारे अचम्म जानकारी प्राप्त भयो ।एनाकोन्डामा सेक्स पछि पोथीले भालेलाई खाने गर्दछ । योभन्दा अघि वैज्ञानिकले सर्पको सेक्समा पोथी हावी हुने बुझ्दथे ।पोथी सर्प भालेको इशारामा नाच्छ भन्ने सोच्ने गरिन्थ्यो । तर एनाकोन्डाबारे यो जानकारीले उनलाई अचम्मित बनाइदिएको छ । जिजसका अनुसार सर्पको मेटिङबारे यो सबैभन्दा ताजा जानकारी हो ।

सेक्समा हावी हुन्छन् पोथीः

अन्य प्रजातीको जनावरमा भाले ठूलो आकारको हुन्छ र शक्तिशाली पनि । तर सर्पको प्रजातीमा ठ्याक्कै उल्टो हुन्छ । त्यसकारण थुप्रै पटक सेक्स पश्चात् पोथीले भालेलाई निल्ने गर्दछ । एनाकोन्डामा पोथी थुप्रै पटक भालेभन्दा पाँच गुणासम्म ठूलो हुन्छ । जसका कारण पोथीलाई सजिलै निल्न सहयोगी हुन्छ ।छेपारो, चरा र स्तनधारी जनावरमा भाले साधारणतया पोथीभन्दा ठूलो आकारको हुन्छ । यसको प्राकृतिक कारण यो हो कि पोथीको तुलनामा भाले ठूलो हुँदा उनीहरुलाई यौनसम्बन्ध बनाउनका लागि साथी खोज्न सहूलियत हुन्छ ।

तर सर्पको प्रजातीमा भाले पाथीभन्दा ठूलो हुनु फाइदाजनक छैन । सेक्सका लागि अन्य भाले ससर्पसँगको तुलनामा धेरैजसो भाले सर्प आफ्नो पुच्छरले अर्कोलाई धकेलेर पोथी सर्पको प्रजननांगसम्म पुग्ने गर्दछ । यसका लागि उनीहरुलाई पोथीभन्दा धेरै ठूलो हुनुपर्ने आवश्यक छैन ।

सेक्सको रुची पोथीले नै व्यक्त गर्दछः

पोथी सर्प विशाल हुनु धेरैभन्दा धेरै अण्डा दिन र बच्चा जन्माउनका लागि सहयोगी हुने गर्दछ । त्यसकारण साना भाले सर्पले सेक्सको साथीको रुपमा विशाल पोथी सर्पको खोजी गर्दछ । तर प्रश्न यो उठ्छ कि सर्पले त राम्रोसँग देखिँदैन, यस्तोमा यौन सम्बन्ध बनाउनका लागि ठूला पोथीको कसरी खोजी गरिन्छ ?अनुसन्धानमा थाहा भयो कि सर्पमा सेक्सको इच्छा पोथी सर्पले जाहिर गर्ने गर्दछ । जब पोथी सर्प जाडो वा गर्मीमा हाइबरनेशनबाट बाहिर आउँछन् तब उनीहरुले काँचुली फेर्छन् ।

त्यसपछि उनीहरुले फेरोमन नामको हर्मोन उत्पादन गर्ने गर्दछ । यसैको मद्दतले भाले सर्प उनीहरुतर्फ आकर्षित हुन्छन् । यी हर्मोनको मद्दतले भाले सर्प पोथीको आकारबारे पनि जानकारी पाउने गर्दछ ।सर्पको ब्रिडिङ सिजनमा पोथी जति ठूलो हुन्छ त्यसको शरिरबाट त्यति नै धेरै केमिकल उत्पादन हुने गर्दछ । त्यसको पिछा गर्दै भाले सर्प उनीहरुसम्म पुग्ने गर्दछ । भाले सर्पले सानो आकारको पोथीलाई लोभ्याउन कोसिस गर्दैन भन्ने होइन ।

तर यस्तो निकै कम हुन्छ । तर यो क्रममा यदि कुनै ठूलो आकारको पोथी वरिपरि छ भने भाले सर्पले तुरुन्त आफ्नो ध्यान परिवर्तन गर्दछ । सर्पको बारेमा साधारणतया यो बुझिन्छ कि भाले सर्पले एकैपटक थुप्रै पोथीसँग सम्बन्ध राख्ने गर्दछ । तर नयाँ अनुसन्धानले त्यसको ठिक विपरित नतिजा निकालेको छ ।

कुनै विशेष पोथीको पिछा लाग्ने गर्दछ एनाकोन्डाः

ब्रिटेनको यूनिभर्सिटी अफ वोल्वरह्याप्टनका मार्क ओ’शियाले मलेसियामा पाइने प्याराडाइज फ्लाइंग स्नेकले यसको ठिक विपरित व्यवहार गर्दछ । यहाँ थुप्रै भालेले एक पोथीको पिछा गर्ने गर्दछ ।यससँगै सम्बन्धित सर्पको अर्को एक प्रजाति किल–बेलिड–व्हिपस्नेकमा पनि देखिएको छ । यो प्रजातीमा पनि थुप्रै भाले मिलेर एक पोथीलाई लोभ्याउने प्रतिस्पर्धा गर्दछन् ।जमिनी स्तरमा सर्पबिच ‘ओर्जी’ (अर्थात् एकैसाथ, एकै ठाउँमा थुप्रै जोडीको सेक्स हुनु) निकै धेरै हुने गर्दछ । जस्तै एनाकोन्डामा पोथी एक ठाउँमा बस्ने गर्दछ ।

यस्तै भाले एनाकोन्डा त्यसको वरिपरि घुम्ने गर्दछ । त्योसँग टाँस्सिएर रिझाउने कोसिस गर्दछन् । वैज्ञानिकका अनुसार थुप्रै पटक यो प्रक्रिया महिनौंसम्म चल्ने गर्दछ ।जिजस रिवासका अनुसार उनले एकपटक हरियो भाले एनाकोन्डाले एक पोथीको पछाडि हात धोएर लागीपरेको देखेका थिए । जबकी वरिपरि थुप्रै अन्य पोथी एनाकोन्डा थिए जोसँग उसले सेक्स गर्न सक्थ्यो ।तर उसले त्यसो गरेन एउटैलाई सेक्स गर्न फकाइरहेको थियो । जिजसका अनुसार सायद त्यो उनको वास्तविक प्रेम थियो ।

एक पोथीको पछाडि सय भाले सर्पः

क्यानडामा पाइने गार्टर स्नेकबिच त भयंकर प्रतिस्पर्धा हुने गर्दछ । यहाँ एक पोथीको पछाडि सयभन्दा बढि भाले सर्प लाग्ने गर्दछ । उनीहरु पोथीको वरिपरि लट्पटिरहन्छन् । क्यानडाको म्यानिटोबाको जंगलमा सर्पको मेटिङ सिजनमा यो दृश्य निकै साधारण हो ।तर सर्पको यही प्रजाती अमेरिकाको अन्य भागमा त्यही प्रकृतिको हुँदैन । अर्थात्, स्थानको हिसाबले सर्पको सेक्स गर्ने व्यवहार पनि परिवर्तन हुने गर्दछ । जस्तो कि न्यू मेक्सीकोमा पाइने गार्टर स्नेकले यस्तो गर्दैन ।

यहाँ पोथीले नै आफ्नो यौन साथी छान्ने गर्दछ । पोथीले नै आफ्नो यौनाङ्गले सेक्सको पूरा प्रक्रिया नियन्त्रण गर्दछ र यौन साथी छान्नुका साथै सेक्सको प्रक्रिया कति बेरसम्म चल्नेछ त्यो पनि पोथीले निर्धारण गर्नेछ ।

सन्तुष्ट नभए अन्य साथीको खोजीः

यदि पोथीले भोलेसँग सन्तुष्ट पाएन भने उसले तुरुन्त त्यसबाट छुटकार पाउँछ र अर्को साथीको खोजी गर्न थाल्छ । तर अब यो प्रश्न उठ्छ कि पोथीले कसरी तय गर्छ कि कुन भाले सर्प यौनसम्बन्धका लागि ठिक हुन्छ ?यो प्रश्नको सटिक जवाफ अहिलेसम्म वैज्ञानिकले खोज्न सकेको छैन । तर यो भालेको प्रतिभा र त्यसको लगनमा निर्भर हुने गर्दछ । अथवा, पोथीले आफ्नो छुने ताकतले भालेको ताकतको अन्दाज गर्ने सम्भावना छ ।

हुन त पोथी सर्पले कुनै एक भालेसँगमात्र यौनसम्बन्ध बनाउनुपर्छ भन्ने जरुरी छैन । धेरैजसो एक पोथी सर्पले थुप्रै भाले सर्पसँग सेक्स गरिरहेको देख्न सकिन्छ । यस्तै, भाले सर्प साधारणतया कुनै एक पोथी सेक्सका लागि तयार भएपछि त्यसप्रति इमान्दार हुने गर्दछ । जब पोथी निदाउँछ त्यतिबेला उनी भाले पोथीको वरिपरि नै घुम्ने गर्दछ ।

पोथीले एकसाथ थुप्रै सेक्स पार्टनर किन छान्ने गर्दछ ?

आखिर पोथी सर्पले थुप्रै यौन साथी निक छान्ने गर्दछ ? सायद त्यसभित्र सेक्सको धेरै चाहना हुने भएकाले हुनसक्छ । अथवा, थुप्रै सर्पसँग यौनसम्बन्ध बनाएर पोथी सर्पले यो निर्णय गर्नेछ कि कुन भालेबाट सबैभन्दा शक्तिशाली बच्चा हुनेछन् । किनभने सेक्सको उद्देश्य त अर्को पीढिलाई जन्म दिनु नै हो ।पोथी सर्पसँग भालेको शुक्राणुलाई केही दिनसम्म आफूभित्र बचत गरेर राख्ने क्षमता रहेको हुन्छ । सायद यसकारण त्यसले थुप्रै भाले सर्पसँग सेक्स गर्छ र तीमध्ये त्यो साथीको शुक्राणुका साथ बच्चा पैदा गर्ने तय गर्नेछ जसले सबैभन्दा स्वस्थ बच्चा जन्मिने अन्दाज गरिन्छ ।

प्रकृतिको खेल हेर्नुहोस्, पोथी सर्पले थुप्रै पटक सेक्सपछि विशेष प्रकारको फेरोमोन हर्मोन छोड्ने गर्दछ जसले भाले सर्पलाई यो सन्देश पुर्याउँछ कि अब त्यसले सेक्स गर्दैन । यस्तै अमेरिकाको लाल गार्टर स्नेकमा भालेले यौनसम्बन्ध बनाएपछि जिलेटिनजस्तो पदार्थ पोथकिो यौन अंगमा छोड्ने गर्दछ ।

पोथीसँग कसैले जबर्जस्ती गर्न सक्दैनः

यसलाई वैज्ञानिकले ‘मेटिङ प्लग’ भन्छन् । यसले पोथीको यौनअंगको बाटो बन्द हुने गर्दछ । अर्थात्, त्यसपछि यदि कुनै भाले सर्पले चाहेको खण्डमा पनि पोथीसँग सेक्स गरेर बच्चा जन्माउन सक्दैन किनभने त्यसको शुक्राणु भित्रसम्म पुग्दैन ।

तर यो ‘मेटिङ प्लग’ शत प्रतिशत प्रभावकारी हुँदैन । धेरैजसो यसमा शुक्राणु खस्ने गर्दछ । थुप्रै सर्पमा यी मेटिङ प्लगमा शुक्राणु भरिएका हुन्छ जुन बिस्तारै बिस्तारै पाथीको शरिरभित्र पुग्ने गर्दछ । अर्थात्, यी ‘मेटिङ प्लग’ मार्फत भाले सर्पले आफ्नो प्रजातीलाई अगाडि बढाउने काम पनि गर्न सक्छ ।

पोथी सर्पसँग थुप्रै भालेले सेक्स गर्ने गर्दछ । यस्तो अवस्थामा सबैभन्दा अन्तिममा यस्तो गर्ने फाइदामा रहन्छ । त्यसको शुक्राणु सबैभन्दा माथि हुन्छ र सबैभन्दा पहिले अण्डाशयसम्म पुग्ने गर्दछ । तर, सेक्सपछि आफूलाई कसरी बचाउने भन्नेमा केन्द्रित हुन्छ । किनभने पोथी एनाकोन्डाले सेक्सपछि भालेलाई खाने गर्दछ । त्यसकारण पोथी धेरैजसो सेक्सपछि भाग्ने कोसिसमा रहेको हुन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sYrgEP
via IFTTT

यस्तो छ ‘यौन उत्तेजक’ यार्सागुम्बाको रामकहानी!!!!

यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले यसलाई छाताबु भन्ने गरेको विश्वास गरिन्छ । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो । वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्सागुम्बा भनिन्छ ।

नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र कसै कसैले त अश्लील नामले समेत चिन्ने गरेको पाइन्छ । यार्सागुम्बा, यो शब्द तिब्बती भाषाबाट अपभ्रंस भएर आएको हो । त्यसैले तिब्बती भाषामा यसलाई ‘यारचा कुम्भू भनिन्छ । तिब्बती भाषामा ‘यार’ भनेको बषर्ा र ‘चा’ भनेको घास ‘कुम’ भनेको हिँउद तथा ‘भू’ भनेको किरा हो, अर्थात बषर्ा ऋतुमा घास र हिउँदमा घाससँग जोडिने किरा हुने बस्तु भन्ने अर्थ लाग्दछ । यही तिब्बती भाषाबाट यारचा कुम्भू अपभ्रंस भएर यार्सागुम्बा भएको मानिन्छ । त्यसो त कणर्ाली अञ्चलका मुगु, हुम्ला, जुम्लामा उत्तरी हिमाली भेकमा शेर्पा भोटेहरूले यार्साकिमु भन्दछन् । र, यार्सागुम्बाको अलावा यसलाई जीवनबुटी पनि भनिन्छ । किंवदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्सागुम्बा लिएर गइ लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ । हुन पनि यो कहिल्यै मर्दैन । बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ ।

बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । बसन्तकुमार शम्र्मा ‘नेपाल’ को ‘नेपाली शब्द सागर’ मा यार्सागुम्बाको अर्थ टुप्पोतिरको भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रुपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ । के हो त यार्सागुम्बा ? यार्सागुम्बा भनेको हिमाली भेकमा पाइने ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको बस्तु हो । यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रति भएका हुन्छन् । यार्सागुम्बाको जीवनचक्रका सम्बन्धमा बनस्पतिविदहरूका अनुसार यो ६ महिना किरा र ६ महिना बनस्पति भएर रहन्छ । त्यसरी हेर्दा बनस्पति जिवित रहे प्राणी मर्ने र प्राणी जिवित रहे बनस्पति मर्ने हुन्छ । जमिनमा रहेका पुराना यार्सागुम्बाबाट हावामा प्रशस्त बीऊहरू फैलिरहन्छन् । यी बीऊहरू एक प्रकारका पुतली, झुसिल्किराको शरीरमा टाँसिन्छन् र त्यहीँ उम्रन्छन् । यी बीऊहरू उम्रेपछि यिनका जराहरू झुसिल्किराको शरीरमा फैलन्छन् त्यस समयसम्म झुसिल्किरा हिडडुल गरिरहेकै हुन्छ । यसरी यो बनस्पतिको जराहरूले झुसिल्किरालाई पुरै ढाक्दै गएपछि झुसिल्किरा जमिनभित्र गएर मर्छ । झुसिल्किरा जमिनमा मरिसके पछि बनस्पतिले आˆनो आहारा त्यही झुसिल्किराको शरीरबाट लिन्छ र बनस्पति विकसित हुन्छ अर्थात माटो माथि जिवित रहन्छ माटो मुनी मर्छ । माटो माथिको बनस्पति माटोमुनिको प्राणीको टाउकोबाट पलाएको हुन्छ यसको रङ्ग कालो हुन्छ जसको टुप्पोमा सानासाना प्वालहरू हुन्छन् ती प्वाल भित्र लामा लामा थैला हुन्छन् र प्रत्येक थैलामा मसिना मसिना लामा लामा बीऊ हुन्छन् ।

यो बिशेष गरेर उत्तरी क्षेत्रमा बर्षभरि पाउन सकिन्छ । यो ढुसी झुसिल्किराको शरीरबाट खाद्य पदार्थ प्राप्त गरेर विकसित हुन्छ । र यसका प्रत्येक दुई भाग हुन्छन् जमीनमाथिको भाग यार्सा र जमिनमुनिको भाग गुम्बा । यो परस्पर जोडिएको हुन्छ । जबसम्म बनस्पति पूर्ण विकसित हुँदैन तबसम्म प्राणी डुलिरहने हुनाले यसलाई डुलन्ते झार भनिएको हो । विभिन्न बनस्पति सम्बन्धि पुस्तकमा यार्सागुम्बाका १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिएको छ । ती मध्ये जापानमा ३० वटा, बि्रटेनमा १२ वटा, भारतमा ७ वटा चीनमा २१ वटा प्रजातिका यार्सागुम्बा पाइन्छ । नेपालको सन्दर्भमा भने यकिन गरेर भन्न नसकिने बनस्पतिविज्ञहरू वताउछन् । तर पनि उनीहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमा कोर्डिसेप्स साइनेन्सिस, कोर्डिसेप्स मिलिटरिस र कोर्डिसेप्स नुटन्स प्रमुख रहेका छन् । कोर्डिसेप्स साइनेन्सिस जातका यार्सागुम्बा नेपालका ताप्लेजुङ, संखुवासभा, दार्चुला, बझाङ, बाजुरा, जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा जिल्लाहरूमा पाइन्छ । त्यस्तै कोर्डिसेप्स मिलिटरिस जातको यार्सागुम्बा भक्तपुरको सूर्यविनायकमा पाइन्छ भने कोर्डिसेप्स नुटन्स शिवपुरी नागाजूृनको जंगल, गोकर्ण मनाङमा पाइन्छ । हुनत हिमाली भेगमा लामाहरू यार्सागुम्बा धर्मात्मा मानिसहरूले मात्र भेटाउछन् भन्छन् र कतिपय लेकबाट औषधि बेच्न आएका मानिसहरूले यासार््गुम्बा भनेर झुक्याएर औषधि बेच्ने गरेको पनि पाइन्छ तर वास्तवमा यार्सागुम्बा च्याउ जस्तै भेटिने बस्तु हो तर के कुरा चाँही सत्य हो भने पहिला एउटा भेट्न चाँही निकै समस्या पर्छ ।

एउटा भेटिए पछि अरु सजिलै पाउन सकिन्छ किनभने अरु यार्सागुम्बाहरू आपसमा वरपर रहने हुनाले सजिलै पाउन सकिन्छ । यार्सागुम्बा भेटाउन धर्मी र पापी भन्ने कुरा चाँही सरासर गलत हो । कसरी भयो नेपालमा यार्सागुम्बाको पहिलो खोजी ? यार्सागुम्बाको अस्तित्व पौराणिक कालदेखि नै नेपालमा रहँदै आएको पाइन्छ । यसको उपयोग हिमाली भेगका शेर्पाहरूले गर्दै आएका थिए । विभिन्न जडीबुटीका रुपमा प्रयोग भइरहेको यार्सागुम्बा पहिलो पटक खोजी गरेर प्रकाशमा ल्याइएको भने त्यति धेरै भएको छैन । यार्सागुम्बाको पहिलो पटक संकलन गर्ने श्रेय सन् १९५२ मा बि्रटिस म्युजियम लण्डनको तर्फबाट बनस्पति संकलन गर्न आएका पोलुनिन साइकल र विलियमलाई जान्छ । उनीहरूले ४२०० मिटरको उचाईमा रहेको च्याखुर लेकबाट अत्यन्तै मूल्यवान यार्सागुम्बा भेटाएर लगेका थिए । यार्सागुम्बाको उपयोगिता संसारमा पाइने १०० भन्दा बढी प्रजातिका यार्सागुम्बाहरू दुर्लभ, बहुमूल्य र प्रयोगका लागि उपयुक्त मानिदैनन् । नेपालमैं पाइने ३ प्रकारका यार्सागुम्बाहरू पनि सबै प्रयोगयोग्य र बहुमूल्य छैनन् । बनस्पतिविज्ञहरूका अनुसार नेपालमा पाइने यार्सागुम्बाहरूमध्ये कोर्डिसेप्स सिाइनेन्सिस प्रजातिको यार्सागुम्बा मात्र बहुमूल्य र प्रयोगमा आउँछ । यी तीनैवटा यार्सागुम्बाको नाम बानस्पातिक नाम हो । संसारमा पाइने यार्सागुम्बाहरूमा पनि कोर्डिसेप्स सिाइनेन्सिस मात्र औषधिको रुपमा प्रयोग गरिन्छ । हुनत यार्सागुम्बाको प्रयोग कामोत्तेजक औषधि तथा स्मरण शक्तिवर्द्धक औषधिको रुपमा प्रयोग गरेको कुरा विभिन्न पुस्तकहरूमा उल्लेख भएको पाइन्छ ।

तर यसलाई औषधिको रुपमा त्यतिमा मात्र प्रयोग गरिने कुरा नेपालको आयुर्वेदिकले मान्न तयार छैन । उसका अनुसार यस बाहेक अन्य औषधिमा पनि यार्सागुम्बाको प्रयोग गरिन्छ । यार्सागुम्बा पाइने ठाउँका मानिसहरूका अनुसार यार्सागुम्बा रक्तश्राप रोक्न, काटेको घाउ चाँडै निको पार्न, रगतमासी निको पार्न तथा शरीर दुखेमा पनि यसलाई पिसेर धुलो बनाई खाने गरिन्छ । कतिपय मानिसहरूले भने हिमालमा पाइने पाँचऔंले, मौरीको मह र दूधसँग यार्सागुम्बा मिसाएर खाने गर्दछन् । यसरी खाँदा तागत बढ्ने विश्वास गरिन्छ । यसका साथै यसको धूलोलाई उमालेको दूधसँग खाएमा भिटामिनको कमीलाई पूरा गर्दछ भन्ने विश्वास गर्दछन् । कतिपयको भनाइमा भने तीन वटा यार्सागुम्बालाई उमालेको दूध वा महसँग खाएमा यौन उत्तेजकको काम गर्ने गर्छ भन्न विश्वास छ । बैज्ञानिक तथा वनस्पति विज्ञहरूको भनाइ अनुसार १३ वटा अन्य जडीबुटीसँग यार्सागुम्बालाई मिसाएर लगातार ३ बर्ष खाइरहे मोटोघाटो, फुर्तिलो र सुन्दर हुने गर्दछ । त्यसैले यार्सागुम्बाबाट बनाइएका टनिकहरू चीनमा खुल्ला रुपमा बिक्री गरिन्छ ।

हिमाली भेगबाट औषधि ल्याएर बिक्री गर्ने लामा भोटेहरू भने यसको उपयोग कामोत्तेजकका लागि तथा स्मरण शक्ति बढाउनका लागि उपयोग गरिने बताउछन् । उनीहरूका अनुसार ३ तोला यार्सागुम्बा, २ केजी सेतो चामल, ५ तोला पाँचऔंले र एक लिटर दूधलाई हिमालको चोखो पानीमा पकाएर तीन दिन दिनको ३/३ चम्चा बिहान बेलुका खाएमा यौन शक्ति बढ्ने बताउछन् । त्यसरी नै आधा लिटर रातो गाईको दूध, लिगातुर झार अलिकति, ५ तोला यार्सागुम्बा, ५ तोला यार्सागुम्बा, आधा लिटर कालो गाईको दूध १ तोला काँडे धुप्पी चौथाइ तोला भालुको पित्त, अलिकति पाहाको मासु र अलिकति हिमाली भेकमा पाइने सर्पको मासु जम्मा गरेर दूधबाहेक अरुलाई पिसेर दूधमा पकाएर साना साना मटरका दाना जत्रै गोली बनाएर एक महिनासम्म बिहान बाहिर हावामा ननिस्की ३ चक्की र बेलुका आगोलाई नछोइकन ३ चक्की खाएमा स्मरण शक्ति बढ्ने कुरा बताउछन् साथै उल्लेखित मात्रा भन्दा बढी खाएमा मान्छे पागल हुने कुरा उनीहरू बताउँछन् ।

अन्त्यमा बर्षायाम शुरु हुँदा नहुँदै पश्चिम उत्तरका मानिसहरू घर नै छोडेर यार्सागुम्बाको खोजीमा जान्छन् । कतिपय विद्यालय समेत बन्द हुन्छन् र विद्यार्थीहरू समेत उक्त कार्यमा सरिक हुन्छन् । यार्सागुम्बा टिप्न भने त्यति सजिलो भने छैन । घर बाहिरको बास र हिमपातका कारण ज्यान नै जोखिममा पर्ने हुन्छ । भर्खरै मात्र पनि १९ जना व्यक्तिहरू हिमपातमा परी मरिसकेका छन् । तर पनि बजार मूल्य राम्रो भएका कारण मान्छेहरूको यस प्रतिको आकर्षण घटेको पाइदैन । नेपाल सरकारले यार्सागुम्बा टिप्न प्रतिबन्ध नलगाए पनि करका रुपमा पैसा उठाउँदै आएको बताउछन् यार्सागुम्बा टिप्न जानेहरू ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uqmuxJ
via IFTTT

४६ लाखको बाला हातबाट झरेर भाँचिएपछि महिला बेहोस

चीनमा एकजना पर्यटक महिलाले करिब ४६ लाख रुपैयाँ (३ लाख युवान)पर्ने बाला (ब्रासलेट) लगाउनेक्रममा दुर्घटनावस भाँचिदिएपछि बेहोस भएकी छन् ।

पश्चिम चीनस्थित रुइली सहरको जेड मार्केटमा बिक्रीका लागि राखिएको महँगो उक्त बाला ती महिलाले लगाउनेक्रममा दुर्भाग्यवस हातबाट खसेर भाँचिएपछि उनी बेहोस भएकी ‘मेल अनलाइन’ले उल्लेख गरेको छ ।

पिपुल्स डेली’अनलाइनकाअनुसार गत मंगलबार ती महिलाले बाला लगाउने कोसिस गर्दा हातबाट झरेर भर्‍याङमा गुड्दै तल्लो तल्लामा पुगेर दुई टुक्रा भएको थियो । बाला झरेर भाँचिएको देखेपछि उनी बेहोस भएकी थिइन् ।

जेड मार्केटमा राखिएको उक्त बिलासी बाला लगाएमा स्वास्थ्य राम्रो हुने र धेरै वर्ष बाँच्ने चिनियाँ जनविश्वास रहेको छ ।

बाला पसलको मालिकले उक्त बाला तीन लाख युआन अर्थात् ४५ लाख ६९ हजार ६ सय २१ रुपैयाँमा बिक्री हुँदै आएको बताए ।

ती महिलाले होसमा आएपछि क्षतिपूर्ति तिर्न आफ्नो पारिवारिक सदस्यलाई बोलाएकी थिइन् ।

उनको परिवारले क्षतिपूर्तिस्वरुप उक्त पसललाई करिब ११ लाख रुपैयाँ (७० हजार युआन) दिन मन्जुर भएपनि पसल मालिकले नमानेको बताइएको छ ।

समाचारमा जनाइएअनुसार पसल मालिकले करिब २८ लाख रुपैयाँ (१ लाख ८० हजार युआन तिनुपर्ने शर्त राखेपछि ती महिलाको परिवारले उक्त रकम तिर्न सहमत भएको छ । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tsDBBW
via IFTTT

सिक्किमसँग जोडिएका सीमा विवाद चुलिएको बेला चीनले भारतलाई तत्काल सेना हटाउन धम्की दिएको छ ।

बेइजिङ, असार १५ । सिक्किमसँग जोडिएका सीमा विवाद चुलिएको बेला चीनले भारतलाई तत्काल सेना हटाउन धम्की दिएको छ ।

सिक्किम सेक्टरको डोङलाङ क्षेत्रबाट सेना हटाएपछि मात्रै वार्ता गर्ने अडान चीनको रहेको छ । भारतले चीनका सैनिकहरु आफ्नो क्षेत्रमा घुसपैठ गरेको बताएपनि चीनले भने भारतीय सैनिकहरु चिनियाँ क्षेत्रमा प्रवेश गरेको आरोप लगाएको छ ।

सीमा विवादलाई लिएर दुबै देशबीच तनाव चुलिएको हो ।

यसपटक भने चीनले सामान्य कुटनीतिक भाषामात्रै प्रयोग गरेको छैन, बरु यसअघि भारत र चीनबीच सन् १९६२ मा भएको युद्दलाई समेत स्मरण गराएको छ । “इतिहासबाट पाठ सिक”, चीनले भनेको छ, “पहिला सेना हटाऊ, अनि मात्रै वार्ताको कुरा हुन्छ ।”

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले भारतीय घुसपैठको तस्वीर जारी गर्दै यो विवाद दुई देशबीचका सेनाबीच युद्द हुने स्तरमा विकास हुनसक्ने चेतावनी दिएका छन् । भारतीय सैनिकहरुको घुसपैठ भएपछि यसबारेमा कुटनीतिक पहल गरिएपनि भारतले वास्ता नगरेपछि कडा जवाफ दिन बाध्य भएको प्रवक्ताले बताएका छन् ।

प्रवक्ता काङले भारतको उक्साहटमा भूटानले समेत भ्रमपूर्ण प्रचार गरेकोमा आपत्ती व्यक्त गरेका छन् । चीनले अरुको स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै हस्तक्षेप नगर्ने इतिहास रहेको बताउँदै काङले आफ्नो सीमाभित्र रहेका सैनिक नहटाए यसको गम्भीर परिणाम हुने बताएका छन् । -एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uquyP5
via IFTTT

२३ वर्षीया शिवकुमारीले ल्याइन् कसैले सोच्दै नसोचेको मत

कपिलवस्तु, १६ असार– कपिलवस्तुको शिवराज नगरपालिकामा एमालेतर्फबाट उम्मेदवार बनेकी २३ वर्षीया उम्मेदवार शिवकुमारी थारुले विपक्षको भन्दा चार गुणा बढी मतले लिड गरेकी छिन् ।

उपमेयर उम्मेदवार शिवकुमारीले १२३३ मत ल्याएकी छिन् । उपमेयरमा उनीपछि माओवादी केन्द्रका उम्मेदवार ३२६ मत ल्याएका छन् । शिवकुमारी भाषण गर्ने कुशल शैलीका कारण यसअघि खुबै चर्चामा रहेकी थिइन् । उनले शिक्षण पेशा त्यागेर राजनीतिमा लागेकी हुन् । उनी मिडियामा चर्चामा आएपछि उनको कति मत आउँछ भन्ने विषय सर्वत्र चर्चामा रहेको थियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2trgRlY
via IFTTT

प्रसिद्ध गायिका रिहाना साउदी अरबका खर्बपति जमीलसँग स्विमिङ पुलमै किस गरिरहेको भेटिएपछि…

एजेन्सी, १६ असार । विश्व चर्चित गायिका तथा मोडल रिहाना र साउदी अरबका खर्बपति हस्सन जमीलबीचको अन्तरंग रोमान्सका फोटो इन्टरनेटमा भाइरल बनेको छ ।

गत मंगलबार आयोजित स्पेनको एक पुल पार्टीमा रिहाना र साउदीका खर्बपति जमीलबीचको अन्तरंग रोमान्सको तस्बिरहरू सार्वजनिक भएपछि देखिएपछि अहिले हलिउड तातेको छ ।

रिहाना र जमीलको प्रेमसम्बन्ध यतिखेर चर्चाको विषय बनेको छ । रिहानाले स्पेनको पुल पार्टीमा ‘अफर’ गरेभन्दा बढी रकम हात पारेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरूले उल्लेख गरेका छन् । रिहानाले आफू जमीलसँग गहिरो प्रेम सम्बन्धमा परेको बताएकी छन् ।

युवा व्यवसायी जमील साउदी अरबको अब्दुल लतिफ जमीलका कार्यकारी निर्देशक तथा प्रमुख हुन् । यो संसारकै सबैभन्दा ठूलो कम्पनीमध्येको एक हो । यसले अरबभरि टोयटा गाडीको बिक्री गर्दछ ।

रिहाना र जमीलबीचको रोमान्सका कारण भने रिहानाकै मिल्ने साथी अमेरिकन सुपरमोडल नओमी च्याम्पबेल हुन् । ‘द सन’ का अनुसार गत वर्षको ‘ब्रिटिस समरटाइम फेस्टिभलमा’ नओमी र जमील प्रेमी–प्रेमिकाका रूपमा देखिएका थिए । इन्टरनेटमा यो खबरको हल्लीखल्ली भएपछि रिहाना र नओमीबीच खटपट सुरु भएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tsYrRu
via IFTTT

काठमाडौंको एयरपोर्टबाट सुनील सेठ्ठी पक्राउ

काठमाडौं, १६ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक सुनील सेट्ठी पक्राउ परेका छन् । विमानस्थलको डिपार्चर चेकिङ एरियामा खानतलासी गर्दा २ हजार दरका २ सय थान भारती मुद्रा सहित ५१ वर्षीय सेठ्ठी पक्राउ परेका हुन् । उनी एअर इन्डियाको उडानबाट दिल्ली जान लागेका बेलामा पक्राउ परेका हुन् । medianp

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uqnpyc
via IFTTT

लगनगाँठो कस्दै नीशा र शरद

काठमाडौँ । नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरले लामो समयदेखि गुपचुप रुपमा गर्दै आएको प्रेम रोमान्सलाई आज औपचारिकतामा बदल्दै छन् ।

नीशा र शरदको प्रेम लामो समयदेखि जारी रहेकै बेला यो जोडीले प्रेम चलिरहेकै बेला आँफुहरु सम्बन्धमा नरहेको भन्दै सुरक्षीत अवतरण गर्न र मिडयाबाट टाढा रहन गरेको प्रपञ्चहरका बिच आज आफ्नो प्रेमलाई सार्थकता दिने बाटोमा लागेको छ ।

उनीहरुको शुभ विबाह अहिले राजधानीको एक तारे होटलमा चलिहेको छ । ताजाखबरलाई प्राप्त तस्विरमा निशा र शरद बेहुला बेहुलीको पोशाकमा निकै नै आर्कषक मुद्रामा देखिएका छन् । उनीहरुको बिहेमा कलाकार , संचारकर्मी, र विशिष्ट पाहुनाहरुको पनि उपस्थिती रहेको छ ।

तस्विर : शान्तिप्रिया

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s8xEq4
via IFTTT

Thursday, June 29, 2017

शरद र नीशाको आज बिहे, नीशाले दिल खोलेर हाँस्दा शरद लजाए मात्रै

काठमाडौँ । नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरबिच असार १६ गते अर्थात शुक्रबार बिहे हुँदैछ । नशिा क्रिकेटर शरदसँग वैबाहिक बन्धनमा बाँधिन लाग्दा उनलाई शुभकामना दिने र भेट्ने साथीभाईहरुको निशाको घरमा घुँइचो नै लागेको छ ।

नीशालाई शुभकामना दिन नायिका वेनिशा हमाल, मोडल रीमा विश्वकर्मा, पूर्व मिस नेपाल माल्भिका सुब्बा लगायतका सुन्दरीहरु देखिए भने सुन्दरीको भिडमा भोलीका नायक शरद पनि लजाइरहेको अवस्थामा देखिएका थिए । निशा भने साथीहरुका माझ निकै फुरुगं देखिन्थिन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले भोली हिन्दु परम्परा अनुसार बिहे गर्दैछ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s7BFeA
via IFTTT

छोरो च्यापेरै स्कुल जान्छिन् किशोरी

असार १६, २०७४- अहिले टिफिन समय भएको छ । कोही विद्यार्थी ग्राउन्डमा खेलिरहेका छन्, कोही क्यान्टिनमा खाजाका लागि झुम्मिएका छन् । क्यान्टिनको अर्को छेउमा स्कुले पोसाक लगाएकी एउटी किशोरी बच्चालाई दूध चुसाइरहेकी छन् ।

बिहान १० बज्न १५ मिनेट बाँकी छँदै कुममा झोला झुन्डाएर, पिठ्युँमा छोरा बोकेर उनी स्कुल आउँछिन् । छोरालाई नर्सरी कक्षामा छाडेपछि प्रार्थनाको लाइनमा पुग्छिन् । मध्यान्न टिफिन समयमा छोरालाई दूध चुसाउँछिन्, खाजा खुवाउँछिन् । फुर्सद भयो भने साथीहरूसँग खेल्न पनि भ्याउँछिन् कहिलेकाहीं । पाँचौं पिरियडपछि छोराको छुट्टी हुन्छ, त्यसैले छैटौं र सातौं पिरियड छोरालाई काखमै राखेर पढछिन् ।
सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययनरत भूमिका परियार बल्ल १८ वर्षकी भइन् । उनको तीन वर्षीय छोरा रिदम पनि सँगै छन् । आमा ९ कक्षामा पढछिन् भने छोरा रिदम नर्सरीमा । बिहान १० नबज्दै र दिउँसो ४ बजेपछि दुईवटा झोला दुईपट्टि, पिठ्युँमा छोरा बोकेर स्कुल आउनु र डेरामा फर्कनु उनको दैनिकी हो । साबिक मराङ गाविसस्थित जनविकास माविमा ८ कक्षा पढदै गर्दा १४ वर्षको उमेरमा उनको परिवारले पल्लो गाउँ साबिक रुम गाविस–२ खबाङका २८ वर्षे किरण परियारसँग विवाह गरिदिएको हो । १५ वर्षकै उमेरमा उनी आमा बनिन् । स्कुल जाने क्रम छुट्यो । ‘बाबा–आमाले बिहे गर्नुपर्छ, हामीले टीकाटालो गरिसक्यौं भनेपछि म पनि खुरुखुरु गएँ । विवाह भन्ने नै थाहा भएन । गर्भवती भएपछि बल्न चेत खुल्यो,’ उनले भनिन् ।

बिहेपछि पढाइ छुटेकी उनी चारवर्षपछि मात्र विद्यालय जान थालिन् । यसमा पनि एउटा दु:खद घटना कारण छ । गत वर्ष डालेघाँस काट्ने क्रममा भूमिका लडिन् र ढाड भाँचियो । ६ महिनासम्म आफैं दिसा–पिसाब स्याहार्न नसक्ने गरी घाइते भइन् ।

लामो उपचारपछि भूमिकाको ढाडमा केही सन्चो त भयो तर पूरै सोझो नहुने भयो । उपचारमा धेरै खर्च भएपछि परिवारमा कचकच पनि थपियो । अब उनलाई पढेर सक्षम हुनुपर्छ भन्ने लाग्न थाल्यो ।
‘मेरा लागि यो बाध्यता थियो, त्यसैले छोरा बोकेर स्कुल आउँदा लाज वा अप्ठ्यारो केही लागेन । त्यसैले पढेर केही गर्छु भन्ने चाहनाले चार वर्षपछि स्कुल आएकी हुँ,’ उनले दृढ स्वरमा भनिन्, ‘गाउँमा हुर्केको, गाउँको स्कुलमै पढेर लामो समयसम्म पढाइ छोडेकी मजस्ती किशोरी आमालाई सहरी वातावरणमा फेरिएको पाठ्यक्रम बुझ्न गाह्रो भएको छ तर जसरी पनि पढाइ पूरा गर्छु, गर्छु ।’

घाइते भएपछि गाउँमा खेतीपाती र बस्तुभाउ सम्हालेर जीविकोपार्जन गर्ने अवस्था रहेन । त्यसैले भूमिकाले निर्णय गरिन्, सदरमुकाम झर्ने र पढाइलाई निरन्तरता दिने । सदरमुकाम बेनीमा एउटा कोठा भाडामा लिई डेरामा बस्दै विद्यालयको पढाइलाई पुन: निरन्तरता दिएकी उनका पति किरण रोजगारीका लागि अहिले कुवेतमा छन् ।

‘उनमा दृढ इच्छाशक्ति र उच्च मनोबल छ । भूमिकाको समस्यालाई ख्याल गरी उनको पढाइलाई कभर गराउन कक्षामा पनि चासो राख्ने गरेका छौं,’ विद्यालयका सहायक प्रध्यानाध्यापक लेखबहादुर हमालले भने, ‘उनको पढाइलाई निरन्तरताका लागि विद्यालयका तर्फबाट गर्ने सबै सुविधा र सहयोग गर्नेछौं ।’ kantipur.ekantipur.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u4XA7x
via IFTTT

विद्यार्थीले शिक्षकलाई हराए

बाजुरा, असार१६ – बाजुराको बडिमालिका नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसका कान्छा उम्मेदवार प्रकाश रावल विजयी हुनु भएको छ । उहाँले एमालेका दलबहादुर थापालाई पराजित गर्नु भएको हो ।

८ नम्बर वडाकै श्री मालिका उच्च माविका शिक्षक दलबहादुर थापाले वडा अध्यक्षको टिकट पाए पछि शिक्षक पदबाट राजीनामा दिनुभएको थियो ।

तर उहाँलाई त्यही विद्यालयमा अध्ययन गरेर अहिले स्नातक पढ्दै गरेका २१ वर्षका प्रकाश रावलले पराजित गर्नु भएको हो । विजयी भएपछि वडा अध्यक्षमा रावलले राजनीति रिटायर्डहरुले गर्ने नभई युवाहरुले गर्नुपर्ने बताउनुभएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sXh8Mw
via IFTTT

बिहान उठ्ने बित्तिकै यी ५ काम गर्नुहुँदैन, जो अशुभ मानिन्छन्

काठमाडौं । मासिसहरुले बिहानैको राम्रो साइत परे दिनभर राम्रो हुने विश्वास गर्ने गरिन्छ । त्यसैले बिहानको साइतले उक्त दिनको नजिता आउने विश्वास गरिन्छ त्यसैले धेरैले विहानको सयमलाई जति सक्दो शुभ बनाउने प्रयास गर्ने गर्दछन ।

यहाँ पनि हामी तपाइलाई बिहान उड्ने बित्तिकै गर्न नहुने अशुभ कामको बारेमा छोटो जानकारी दिदै छौ । ती काम गर्दा के हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ ।

१.सहवास नगर्नु बिहान उठ्ने बित्तिकै सहवास गर्यो भने शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिन्छ । सकेसम्म विहानमा सम्भोग गर्नु उचित हुँदैन् ।

२.ऐना नहेर्नु बिहान उठ्ने बित्तिकै मानिस अल्छी हुन्छ । मानिसको शरीरमा आलश्य हुन्छ । उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलश्यको मुद्राले दिनभरी नकारात्मक प्रभाव पार्छ । बरु ऐना हेर्नुभन्दा पहिले हत्केला हेर्नुस ।

३.बाँदरको नाम नलिनुस बिहान उठ्ने बित्तिकै बाँदरको नाम नलिन सुझाव दिन्छन् बुढा पाकाहरु । बिहानै बाँदरको नाम लिँदा खाना खान समस्या हुने उनीहरुको भनाइ छ ।बिहानमा बाँदरको नाम सकेसम्म उच्चारण नै नगर्दा राम्रो हुन्छ ।

४.तेलको भाँडो र सियो धागो नहेर्नुस उठ्ने बित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस । यस्ता सामान बिहान उठ्ने बित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्विमानी हुन्छ।

५.घर फोहोर नराख्नुस विहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ । बिहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ssyWfb
via IFTTT

विद्यार्थी चढेको बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, २० विद्यार्थी घाइते

सिन्धुली, १५ असार । विद्यार्थी चढेको बोलेरो दुर्घटना हँुदा सिन्धुलीमा आज एकजना विद्यार्थीको मृत्यु भएको छ । अन्य २० जना विद्यार्थी घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका– ११ का १३ वर्षीय विनोद मगर रहेको छ । गौमति नमुना मावि माडीबजारको कक्षा– ७ मा अध्ययनरत् विनोदको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो ।

विद्यालयको पढाइ सकिएपछि गौमति नमुना मावि माडीबजारमा अध्ययनरत विद्यार्थीले ज १ च १२९७ नम्बरको सिङगल क्यापको पिकअप बोलेरोमा चढेर फिटिङतर्फ जाँदै गर्दा बिपी राजमार्ग सडक खण्डअन्तर्गत बुका पुल नजिक दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका ९ जनालाई काठमाडाँै र धुलिखेल पठाइएको छ । गम्भीर घाइतेमध्ये रानीचुरीका– ११ वर्षीय अस्मित मोत्तान, १३ वर्षीय विनिता वाइवा र ९ वर्षीय ललित मगरलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडाँै लगिएको छ ।

यसैगरी सिन्धुली अस्पतालमा उपचार हुननसकेपछि १३ वर्षीय अमृत वाइवा, १३ वर्षीय प्रतिमान गोले र १५ वर्षीय रवीन रम्तेललाई एम्बुलेन्सबाट तथा १३ वर्षीय विष्णु तामाङ, १३ वर्षीय जगत वाइवा र ११ वर्षीकी ज्ञानीमाया वाइवालाई टाटा सुमोबाट थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ ।

त्यस्तै दुर्घटनामा परी घाइते भएका १२ वर्षीय अर्जुन मोक्तान, १३ वर्षीय सुजित घिसिङ, १४ वर्षीय उमेश लामा, १५ वर्षीय इन्द्रबहादुर तामाङ, १३ वर्षीय मेघराज दर्लामी, १४ वर्षीय चन्द्रकला मगर, १२ वर्षीय हर्कबहादुर स्याङवा, १७ वर्षीय मनप मगर, १६ वर्षीय राजु वाइवा, १७ वर्षीय दीपक श्रेष्ठ र १६ वर्षीय प्रताप स्याङतानको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तीव्रगतिका कारण सो बोलेरो दुर्घटनामा परेको छ । दुर्घटनास्थलबाट विद्यालयका कर्मचारी, विधार्थी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासीले उद्धार गरी अस्पतालमा पु¥याएका थिए ।

रामेछापमा इलोक्ट्रोनिक सामान पु¥याएर सो बोलेरो जनकपुरतर्फ जाँदै गरेको थियो ।etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sVhCD1
via IFTTT

चीनले बुलडोजर लगाएर भत्कायो भारतीय बंकर, युद्धको खतरा बढेपछि भारतीय सेना प्रमुख सिक्किम जाँदै

काठमाडौं, १५ असार । भारतीय सेना प्रमुख जनरल बिपिन रावत सिक्किम जाने भएका छन् । सिक्किम बोर्डर पछि चीन र भारतबीच तनाव बढेपछि भारतीय सेना प्रमुख सिक्किम भ्रमणमा जान लागेका हुन् ।

चीनले कैलाश मानसरोवर यात्रा रोकेपछि तीर्थयात्री सिमाबाटै फर्किएका छन् । रावतले बोर्डरमा सैनिक अधिकारीहरुसँग सुरक्षा अवस्थाका बारेमा छलफल गर्ने बताइएको छ ।

चीनले बुलडोजरले भत्कायो बंकर

बुधबार चीनले सिमा क्षेत्रमा रहेको भारतीय सेनाको बंकर बुल डोजर लगाएर भत्काएको छ । केही दिन देखि बढेको तनावले सिमा क्षेत्रमा युद्ध समेत हुन सक्ने बताइएको छ ।

भारत र चीनकोबीच जम्बुकश्मीर देखि अरुणाचल प्रदेशसम्म ३४८८ किलोमिटर सिमा छ । जसमा २२० किलोमिटर सिक्किममा पर्छ । बंकर हटाउन गरिएको आग्रह भारतले नटेरेपछि चीनले डोज लगाएर भत्काएको बताइएको छ । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sqYxou
via IFTTT

कपिल शर्मासँग टक्कर लिँदा नराम्ररी पछारीए सलमान र सुनिल !

‘कपिल शर्मा शो’ लगातार टप फाईभमा सामेल हुने क्रम जारि राखेको छ । गत साताको टिआरपी चार्टमा २.० टिआरपी ल्याउँदै ‘कपिल शर्मा शो’ टप फाईभको पाँचौ स्थानमा रहेको छ ।

जबकि सलमानले सुनिल ग्रोवर, अलि सागर, सुगन्धा मिश्रालाई लिएर गरेको स्पेशल शो ‘सुपरनाईट विथ ट्युवलाईट’ १.९ टिआरपी पाउँदै १८ औँ स्थानमा परेको छ । सलमान खान जस्तो बलिउड स्टारलाई ल्याएर शो चलाउँदा पनि सुनिल ग्रोवर (महशुर गुलाटी) ले कपिललाई टिआरपीमा जित्न सकेनन् । जबकि गत साता कपिलको कार्यक्रममा पञ्जाबी सिंगर आएका थिए ।

यदि ‘कपिल शर्मा शो’मा सलमान खान गएको भए नंम्बर वानमा पर्ने निश्चित जस्तै थियो । तर सलमानले कपिललाई छाडेर सुनिललाई रोजेका थिए । फलस्वरुपः सलमान र सुनिल दुबैले कपिललाई जित्न सकेनन् । यो कपिलका फ्यानका लागि निकै खुशीको खबर हो ।

उसो त अब शो मा चन्दन प्रभाकर पनि फर्किएका छन् । साथै कमेडियन भारती सिंह पनि कपिलको शो मा काम गर्ने भएकी छिन् । यो सँगै अब कपिल शर्मा शो भारतको नंम्बर वान शो बन्ने निश्चित भएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s5VRh1
via IFTTT

वार्तामै नबस्ने साउदी अरेबियाको भनाई अतिवादी: कतार

१५ असार, इस्तानबुल । कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध र नाकाबन्दीको समाधानका विषयमा पछिल्लो समय केही प्रयास भइरहेका बेला साउदी अरेबियाले कतारसँग वार्ता पनि नगर्ने भनी दिएको प्रतिक्रियाको कतारले कडा बिरोध गरेको छ ।

कतारको समस्या समाधानको लागि पछिल्लो पहलस्वरुप केही गल्फका देशले शर्त राखेका थिए । उनीहरुले १३ बुँदे प्रस्ताव पनि सार्वजनिक गरेका छन् । कुवेतको मध्यस्थतामा उनीहरुले सो सार्वजनिक गरेका हुन् ।

यी शर्तमध्ये साउदी अरेबियाले कतारको अल जाजिरा टेलिभिजन बन्द गर्नुपर्ने शर्त अघि सारेको छ । यसका साथै अरु मागप्रति आफू सहमत हुन नसकेको भनी कतारले आफ्नो देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय कानुन बिपरीत भएको धारणा राखेको थियो ।

ती शर्तका बारेमा बसेर छलफल गर्ने तयारीका लागि कुवेत लगायतले साउदी अरेबियालाई आग्रह गरेका थिए । तर साउदी अरेबियाले भने आफूले ती शर्तलाई कतारले पनि स्वागत नगरेकोले वार्तामा नै नबस्ने बताएको हो ।

उता कतारले भने यसरी वार्तामै नबस्ने भनी साउदी अ‍ेरिबयाले राखेको धारणा अतिवादी सोचबाट आएको बताएको हो । यस बारेमा उक्त गठबन्धनका अरु देशहरुको धारणा भने आएको छैन ।

उता टर्कीस् राष्ट्रपति रिसेप तैयप एर्दोगानले पनि कतारमाथिको प्रतिबन्ध अन्तर्राष्ट्रिय कानुन बिपरीत रहेको र त्यसलाई खुकुलो बनाउने निहूँमा ती देशले कतारमाथि राखेका विभिन्न शर्तहरु पनि अवैधानिक भएका टिप्पणी गरेका थिए ।

कतारकाथि उसका छिमेकी गल्फ देशले नाकाबन्दी लगाएका छन् । कतारमाथि नाकाबन्दी लगाउनुको साथै उसँगको कूटनीतिक सम्बन्ध पनि विच्छेद गरेका साउदी अरेबियालगायतका देशले पछिल्लो समयमा पुनः कतार माथि विभिन्न शर्त राखेका छन् ।

टर्कीले कतारको समर्थन गर्दै आएको छ । टर्कीको सरकारी समाचार समिति अनादोलुले राष्ट्रपति एर्दोगानलाई उद्धृतगर्दै भनेको छ– हामी कतारको साथमा छौँ, कतारले शर्त स्वीकार्य छैन भनी दिएको अभिव्यक्तिको हामी स्वागत गर्दछौँ ।

कतारमाथि यस्तो प्रतिबन्ध लागेको महिना दिन भएको छ । गल्फ सहितका छ वटा देशले कतारमाथि शर्त राखेका छन् र कुवेतले समस्या समाधानका लागि मध्यस्थता गरेको छ ।

ती शर्तहरुमा दोहामा रहेको टर्कीको सैनिक पोष्ट हटाउनुपर्ने पनि भनिएको छ । कतार त्यो शर्तमा पनि सहमत भएको छैन । कतारले आतङ्ककारीहरुलाई आश्रय र प्रश्रय दिएको आरोप मुस्लिम गल्फ देशहरुको रहेको छ । रासस/सिन्ह्वा

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2unvjbP
via IFTTT

नमुना नेपाल बनाउन कमिसन माग्ने नेताको नाम सुन्तलीले गरिन खुलासा, फेसबुकमा धुर्मुस सुन्तली ग्रेट भित्र कमिसन माग्ने को हो हेर्नुहोस

काठमाडौं – बुधवार जननेता मदन भण्डारीको ६६ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कुन्जना घिमिरे अर्थात सुन्तलीले कमिसन मागेको खुलासा गरेकी छन्

नमुना नेपाल बनाउन कमिसन माग्ने गरेको भन्दै सुन्तलीले भनिन फेसबुकमा धुर्मुस सुन्तली ग्रेट भित्र कमिसन माग्ने को हो उनीहरुलाई त्यसरी कमिसन माग्ने हेर्नुहोस उनको सम्बोधनको भिडियो

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sUDnTl
via IFTTT

मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपाय

खानपीनमा ध्यान नदिँदा धेरैलाई मृगौलामा पत्थरीको समस्याले सताउने गर्छ । मृगौलामा पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउनुपर्छ । पानी प्रशस्त पिउने गर्नाले पत्थरी बन्ने खनिज पदार्थ शरीरबाट पिसावमार्फत जान्छ । आज हामी मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपायको बारेमा तपाईलाई जानकारी दिन गईरहेका छौँ । घरमा नै पाईने सामाग्री सही तरिकाले प्रयोग गर्ने हो भने यो समस्याको जोखिमबाट बच्छौँ ।

कागती
कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यसलगत्तै पानी पिउने गर्नाले साना स्टोन फुटेर पिसाबमार्फत निस्किन्छ ।

अनारको जुस
अनारको जुस पनि किड्नीमा हुने स्टोन हटाउनको लागि लाभदायक मानिन्छ । अनारको जुसमा किड्नी स्टोन हराउने तत्व पाईन्छ । त्यसैले किड्नीमा स्टोन भएकाहरुले दिनमा एक अथवा दुई ग्लास अनारको जुस खाने गर्नु उत्तम हुन्छ ।

राजमा
राजमामा फाइबर, वनस्पतिक प्रोटिन, भिटामिन बी र मनरल्स पाइन्छ, जसले पिसाब नलीलाई सफा गर्न र किड्नीलाई सफा गर्न मद्दत गर्छ । साथै यसले किड्नी स्टोन बन्ने र बढ्ने क्रमलाई पनि रोक्छ ।

तुलसी
किड्नीलाई स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु लाभदायक हुन्छ । एक चम्चा तुलसीको पातको रस र मह एकसाथ पिउनुपर्छ । यसरी लगातार ६ महिनासम्म तुलसीको रस र मह मिसाएर खाँदा पथरी निस्किन्छ ।

खाना बार्ने
चकलेट, चुकन्दर, स्ट्रबेरी, ओखर, मरिच, पालक, कुरिलो जस्ता खानाले स्टोन बढाउने भएकाले यस्तो खाने कुराहरु नखानु उत्तम हुन्छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tnoMkm
via IFTTT

छातीमा छोरी च्यापेर रिक्सा चलाउने पितालाई खोस्यो दैवले, टुहुरी भइन् यी बालिका

राजस्थान, असार १५ । पत्नी वियोगपछि काखे छोरीको पालनपोषणमा आफूलाई पूर्ण समर्पित गरेका एक पितालाई पनि अन्ततः दैवले खोसेको छ ।

भारतको राजस्थानस्थित भरतपुर सहरमा रिक्सा चलाएर मजदुरी गर्दै आएका बबलूले सन् २०१२ मा पत्नी वियोग सहनु पर्‍यो । छोरी जन्मिएको केही समयपछि नै पत्नीको निधन भएपछि छोरीको सम्पूर्ण जिम्मेवारी बबलूकै काँधमा आयो । परिवारमा अन्य सदस्य नभएको र दैनिक रिक्सा चलाएर गुजारा गर्नुपर्ने बाध्यताका कारण उनका सामू समस्याको पहाड नै खडा भएको थियो ।

‘छोरीमा मैले आफ्नी पत्नीको अंश महसुस गरेँ,’ त्यतिबेला बबलूले संचारकर्मीको जिज्ञासामा भनेका थिए, ‘घरमा रेखरेख गर्ने कोही छैन, त्यसैले छोरीलाई आफूसँगै लिएर रिक्सा चलाउँछु ।’

बीबीसीले बबलूको मार्मिक कथा प्रकाशमा ल्याएपछि सहयोगी हातहरु जुट्न थाले । करिब १८ लाख भारतीय रुपैयाँ उनलाई सहयोगस्वरुप प्राप्त भयो । छोरीको रेखदेखका लागि एउटा समिति नै बन्यो । समितिबाट नै हाल उनको रेखदेख भइरहेको छ ।

तर त्यति मेहनत र स्नेहका साथ हुर्काउने पितालाई भने ती छोरीले गुमाउनु परेको छ । जन्मनासाथ आमा गुमाएकी उनले पाँच वर्षको कलिलो उमेरमा पिता पनि गुमाउनु परेको छ । बबलूको मंगलबार रहस्यमय निधन भएको छ । उनी सुतेकै ठाउँमा मृत पाइएको बताइएको छ । (एजेन्सी)

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2skciKB
via IFTTT

शौचालय गएर फर्किंदा न घर छ न परिवार

दोलखा । दोलखा भीमेश्वर नगरपालिका वडा नम्वर ९ कुतकुतेका मंगले थामीलाई अहिले सहिनस्कनुको पीडा आइलागेको छ । साथमै रहेका श्रीमती र दुई छोरीलाई पहिरोले बगाएकोसम्म पत्तो भएन ।

मंगलबार साझ खाना नखाई सुतेका उहाँका परिवारले ऐय्यासम्म भन्न पाएनन् । पहिरोमा परी ज्यान गुमाएकी ३५ बर्षीया शान्ती थामी मगंलबार छिमेकीको कोदो रोप्ने मेला जानु भएको थियो । दिनभरि मेला गएर आएकी थामी धेरै थाकेको भन्दै केही नखाइ स(परिवार सुतेका थिए । राति करिब १० बजे तिर छिमेकी बविता थामीले मृतक शान्तिलाई फोन गरेर धेरै पानी परेको छ, खोला पनि बढेको छ, राति पहिरो जान सक्छ, तुरुन्त ठाउँ सर्नुस भनी आग्रह गर्नुभएको थियो । तर शान्तिले आफू निकै थाकेको भन्दै बाहिर नजाने निधो गरी उनीहरु फेरि सुते । झमझम पानी परिरहेको थियो, करिब १ बजेतिर मंगलेलाई पेट काट्यो र घर नजिकै रहेको शौचालय गए, शौचालय जाने बेला श्रीमती शान्तिले पनि उठेर बाहिर हेरेकी थिइन् सबै ठिकै छ भन्दै सुत्न गएकी थिइन् । मंगले पनि शौचालयबाट फर्किएर पुन सुत्न पुगे ।

सुतेको केही मिनेटमा फेरी पेट दुख्यो र शौचालय गए । शौचालयमा करिब १० मिनेट बिताएका मंगले बाहिर निस्कदा छाँगाबाट खसेझै भए । न घर छ, न श्रीमती र दुई छोरी नै । घर नदेखेपछि आत्तिएर छिमेकीसँग गुहार मागे, छिमेकीहरु आए तर घरपरिवार सबै बगिसकेकोले कसैको केही लागेन । छिमेकीको कुरा मात्र मानेर ठाउँ सरेको भए श्रीमती र छोरीहरुलाई बचाउन सकिन्थ्यो होला, मलाई मात्र दैवले बचायो, बरु मलाई पनि सँगै बगाएको भए यो पीडा त भोग्नु पर्दैन थियो रुु श्रीमतीको शव रुगेर बस्नु भएका मंगलले भावुक हुँदै अन्नपूर्णसँग भन्नुभयो । जीवनको सहारा श्रीमती र दुई छोरीको अनाहकमै ज्यान गएको भन्दै आफू बाच्नुको कुनै सार्थकता नभएको उहाँले बताउनुभयो ।

पहिरोमा परी बेपत्ता भएकी मंगलेका श्रीमती शान्तिको शव घर भन्दा मुनी खोलाको किनारामा भेटियो । भने छोरीहरु १५ बर्षीया रोसनी थामी र १२ बर्षीया सन्तोषी थामीको शव अझै भेटिएको छैन । उहाँलाई छोरीहरु जीवितै भेटिन्छ की रु भन्ने आश भने अझै मरेको छैनन् । जेठी छोरी रोसनी र सन्तोषी घर नजिकै रहेको सुर्केमावी भण्डारेमा कक्षा ७ र कक्षा ५ मा पढ्दै आएका थिए । मंगलेको घरसँगै घर जोडिएको मंगलेकी ७० वर्षीया फुपू लाटी थामीको पनि शव भेटिएको छ । एक्लै घरमा बस्दै आउनु भएकी थामीको शव बुधवार दिउँसो मात्र भेटिएको थियो । मंगलबार दिउँसैबाट परेको पानी राति मात्र रोकिएको र आफूहरुले राति १ बजे तिर मात्र घटनाको बारेमा जानकारी पाएको मृतक शान्तिकी नन्द मनिशा थामीले बताउनुभयो । उहाँले पहिरोको जोखिममा रहेकोले दाजु भाउँजूलाई पटक(पटक त्यस ठाउँमा नबस्न आग्रह गर्दा पनि अटेर गरेको बताउनुभयो ।

घरभन्दा तल ठूलो खोला रहेका कारण दिनभर परेको बर्षाले उक्त परिवारको घर तानेको स्थानीयहरुको भनाइ रहेको छ । बेपत्ता रहेको दुई बालिकाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । घटनास्थलमा थप खोजीकार्यको लागि भन्दै रणभीम गण चरीकोटबाट नेपाली सेना पनि पुगेको छ । २० घर पहिरोको उच्च जोखिममा हाल सोही स्थानका २० घर पहिरोको उच्च जोखिममा रहेका छन् । उच्च जोखिममा रहेको बस्तीका स्थानीयहरुले घर छाडेर आफन्तकोमा शरण लिन पुगेका छन् । माघमा बनाएको घर राम्रोसँग बस्न नपाउँदै सर्नु परेको भन्दै स्थानीय रिठ्ठे थामीको परिवार दुखित भएका छन् ।

घर नछोडौ, पहिरो आइसक्यो, छोडौ घर बनाएको ऋण पनि तिरिसकेका छैनौ, गहभरी आँशु पार्दै थामीले भन्नुभयो । उहाँले अब छोरीको घरमा गएर केही दिन बस्ने उहाँले बताउनुभयो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2spIBmx
via IFTTT

मृत्यु नजिक रहेकी छोरीसँग चिहानमा खेल्ने गर्छन् पिता, यस्तो छ कारण

काठमाडौं, १४ असार — चीनको सिचुआन प्रान्तमा रहेको नेइजिङमा बस्ने एक दुई वर्षीया बालिकाका पिताले उनलाई चिहानमा गाड्न तयार पारेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेपछि जनताले आर्थिक सहयोग गरेका छन् ।

झाङ सिनलेई थालास्सेमिया नामक प्राणघातक रोगबाट पीडित छिन् र उनलाई पितासँगै दिनदिनै चिहानमा राखिने गरिन्छ । मिडियामा आएको रिपोर्टअनुसार पिताले बच्चीलाई चिहानमा दिनदिनै खेल्न र आराम गर्नका लागि ल्याउने गरेका छन् ।

मृत्युको तयारीस्वरूप यसो गरिएको पिता बताउँछन् ।

उक्त परिवारले झाङको उपचारका लागि करीब २० हजार ६०० डलर खर्च गरेपनि ठीक नभएको र उपचार खर्च उठाउन नसकेको बताएको छ ।

यो हृदयविदारक कथा चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको थियो र अखबारको हेडलाइन पनि बनेको थियो ।

झाङकी आमा देङ मिनले डोनेसनका लागि अनुरोध गरेकी छन् ।

जनताले बच्चीप्रति सहानुभूति देखाएपनि धेरैले आमाबुवाको व्यवहारको भने आलोचना गरे र बच्चीको मानसिक स्वास्थ्यमा क्षति पु–याएको आरोप लगाए ।

थालास्सेमिया वंशाणुगत रूपमा सर्ने रगतसम्बन्धी रोग हो । जन्मअघि नै यसको पहिचान हुनसक्ने भएपनि चीनका गाउँलेहरूलाई यसको परीक्षणका बारेमा जानकारी छैन ।

पिपुल्स डेली चाइनाबाट

भिडियो हेर्नुहोस

http://ift.tt/2spxeLo

from SHYANE http://ift.tt/2sUc4bK
via IFTTT

Wednesday, June 28, 2017

बम हातले फालेर सबैको सलाम खाने प्रहरी हवल्दार रानाको यस्तो छ नालीबेली

काठमाडौं । बम हातले समातेर फाल्ने प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई गृहमन्त्री जनार्दन शर्माले फोन गरेर बधाई दिनु भएको छ ।अन्नपूर्ण पोस्ट्डटकममा पहिलो पटक समाचार सार्वजनिक भएपछि गृहमन्त्रीले रानालाई फोन गरेर बधाई दिनु भएको हो। गृहमन्त्री शर्माले हवल्दार रानालाई सम्मान गर्ने समेत घोषणा गर्नु भएको छ। यसैबीच बुधबार नै रानालाई स्थानीयले नागरिक अभिनन्दन समेत गरेका छन्। आफूलाई जोखिममा राखेर मानवीय क्षति जोगाएको तथा स्थानीयको सुरक्षा गरेको भन्दै नागरिकले अभिनन्दन गरेका हुन्।

यी हुन् बम हातले समातेर फाल्ने प्रहरी हवल्दार राना

गृहमन्त्रीको बधाई खाने भाग्यमानी प्रहरी हवल्दार दुर्गाबहादुर राना संगठन भित्रका गुमनाम पात्र हुन्। तर, उनी बुधबार एकाएक चर्चाको शिखरमा पुगे। कारण, ज्यानको बाजी लगाएर मतदान स्थलमा अज्ञात समूहले फालेको बम भूइँमा खस्न नपाउँदै हातले समातेर बाहिर फालेर धेरैको ज्यान मात्र जोगाएनन् प्रहरीको उपस्थित भएपछि मतदान स्थल सुरक्षित हुन्छ भन्ने प्रमाण समेत प्रस्तुत गरे।

उनी चुनावमा थप मद्दतका लागि काठमाडौंको पहरागणबाट सात दिन अगाडि मात्रै तुल्सीपुर खटिएका हुन्। राना जहाँ थप मद्दका लागि पुगे त्यो संगठन प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्यालको गृह जिल्ला हो। बुधबार स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा दाङको तुल्सीपुरस्थित अम्वास मतदान केन्द्रमा भएको घटनाले राना चर्चाको शिखरमा छन्। सामाजिक सञ्जालदेखि आम सञ्चारमाध्यममा राना स्याब्बासीको पात्र बनेका छन्।

संगठन भित्रै एउटै दर्जाका अन्य सदस्यको मानसपटलमा समेत नभएका रानाले देखाएको बहादुरीका कारण उनी धेरैका स्याब्बासीका पात्र बनेका हुन्। सुन्दै ‘फिल्मी’ जस्तो लाग्ने यो घटना राना र उनका परिवारका लागि अभिशाप पनि बन्न सक्थ्यो। तर, रानाको साहसले बमलाई जितिदियो। उनले फालेको बमले कुनै मानवीय क्षति गरेन तर भूइँमा फालेको दुई सेकेण्डमै पड्कियो।

रानाको यो बहादुरी सुनेर संगठनकै पूर्व प्रमुखदेखि बहालवाला उच्च अधिकृतले समेत सामाजिक सञ्जालमा प्रशंसा गरेका छन्। पूर्व प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह फेसबुकमा लेख्नुहुन्छ,‘ यस्तो पो साहस।’ नेपाल प्रहरीकै प्रहरी नायव महानरीक्षक विजयलाल कायस्थले पनि रानाको साहसलाई उच्च सम्मान गर्नुभएको छ। ‘अ विग स्यालुट अफ दि हिरो’ कायस्थ लेख्नुहुन्छ।

दुवईमा बसेर काम गरेका नेपाली कामदारहरुले समेत रानाको प्रशंसा गरेका छन्। अर्घाखाँची घर भएर दुवैमा काम गरिरहनुभएका राजु खड्का लेख्नुहुन्छ, ‘मानिसहरुले उनलाई मूर्ख भन्लान् तर रानाको बहादुरीको उच्च सम्मान हुनुपर्छ भन्ने नेपाल सरकार समक्ष हाम्रो माग हो। राना लाई उक्त प्रशंसनीय कामको लागि धेरै धेरै धन्यवाद।’हातले बम फाल्ने हवल्दारलाई पूर्व आइजीपीको ‘बिग स्यालुट’

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहका अनुसार रानाले समातेको बम सुतली बम हो। ‘मतदानस्थल भित्रै पड्कीएको भए केहीको ज्यान जानसक्थ्यो र केही घाइते हुन्थे, ज्यानको बाजी लगाएर रानाले गरेको काम ज्यादै प्रशंसनीय हो’, एसपी सिंह भन्नुहुन्छ।
अज्ञात समूहले फालेको बम भूँइमा नखस्दै हवल्दारले समातेपछि।

को हुन् राना ?

सल्यान घर भएका राना २०६० पुस नौ गते प्रहरी जवानमा भर्ना भएका हुन्। प्रहरीमा प्रवेश गरेको १३ वर्षपछि हवल्दारमा बढुवा भएपछि उहाँको बढुवा भएको छैन। प्रहरी प्रवेशसँगै उनी निरन्तर पहरा गणमै दरबन्दी रहेर काम गर्दै आएका छन्।

उनले हालसम्म न कुनै कारबाही भोगेका छन् न पुरस्कारै पाएका छन्। भिड नियन्त्रण र आधारभूत तालिम लिएका रानाले हालसम्म २०६० पछिका काठमाडौंका ठूला राजनीतिक आन्दोलनमा ड्युटी गर्दै आएका छन्। उनले एसएलसीसम्मको अध्ययन गरेका छन्। अन्नपुर्णमा खबर रहेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2soKa4n
via IFTTT

गोर्खा सैनिक भर्ती सम्झौता खोरेजीको माग

काठमाडौँ, १४ असार । कूटनीतिक अध्ययन केन्द्रले त्रिपक्षीय गोर्खा सैनिक भर्ती सम्झौता नेपाल र नेपालीको हितमा नरहेकाले खारेजीको माग गरेको छ ।

केन्द्रका महासचिव डा दीपेन्द्र रोकायले मङ्गलबार जारी गरेको विज्ञप्तिमा सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच सो सम्झौता गरी नेपाली युवालाई विदेशमा बिक्री गरी भाडाको सैनिकका रुपमा विभिन्न मुलुकको सुरक्षाका लागि र नेपालका मित्र राष्ट्रहरुका विरुद्ध प्रयोग गरिएकोमा उक्त सम्झौता खारेज गर्न माग गर्नुुभएको छ ।

गोर्खा सैनिक जवानलाई भर्ती गर्दा बेलायतले प्रतिव्यक्ति एक पाउन्ड र भारतले
एक डलरमा किन्ने गरेकोमा यो कार्य लोकतान्त्रिक गणतन्त्र र बुद्ध जन्मेको देशका शान्तिप्रति प्रतिबद्ध नागरिकका लागि असह्य हुने उक्त विज्ञिप्तमा भनिएको छ ।

सो कार्यले मानव तस्करी र बेचबिखन गर्ने कार्यलाई वैधानिकता दिएकोमा चिन्ता व्यक्त गर्दै विज्ञप्तिमा गोर्खा भर्ती वैदेशिक रोजगारी होइन, चीनसँगको युद्ध, कारगिल युद्ध, अफगानिस्तानको युद्ध, इराकको युद्ध, फकल्यान्डको युद्धमा गोर्खा सेनाको प्रयोग गरिनु दुःखको विषय भएको उल्लेख गरिएको छ ।etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sTTGjl
via IFTTT

मतदान केन्द्रमा बम समात्ने ‘हिरो’ हवल्दारलाई गृहमन्त्री शर्माले गरे पुरस्कार दिने घोषणा

काठमाडौँ । दाङको मतदान केन्द्रमा बम समात्ने ‘हिरो’ हवल्दार दुर्गा बहादुर रानालाई सरकारले पुरस्कृत गर्ने भएको छ । गृहमन्त्री जर्नादन शर्माले बुधबार दाङमा चुनाव विरोधी समूहले फालेको बम पड्किन नदिई सर्वसाधारणलाई हताहत हुनबाट बचाएका प्रहरी हवल्दार रानालाई फोन नै गरेर उनको कामको तारिफ गरेका हुन् ।

आफ्नो ज्यानको जोखिम मोलेर चुनाव सफल बनाउन र दुर्घटनाबाट बचाएकोमा गृहमन्त्री शर्माले हवल्दार रानालाई बहादुरीको कदर गर्दै पुरस्कृत गर्ने समेत फोनबाट नै जानकारी दिएको बताइएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2soLggb
via IFTTT

२६ वर्षे लर्के केटासँग घुम्न आएको बेला सर्वस्वो सुम्पिएर बिहे गरेकी खैरेनी अहिले घर न घाटकी

एजेन्सी। २६ वर्षका युवकसँग प्रेममा परेर आफ्नो सर्वस्व बेचेर बिहे गरेकी एक महिला अहिले अलपत्र परेकी छिन् । अहिले न उनका पति रहे न पैसा नै बाँकी रह्यो ।

श्रीलंकामा ६ वर्षअघि घुम्न आएकी ब्रिटिश महिला डायने डी जोयसाको होटलमा काम गर्ने २६ वर्षीय युवक प्रियांजनसँग प्रेम भयो ।

सात महिनाअघि उनी प्रियांजनसँग बिहे गर्नको लागि पुनः श्रीलंका आइन् । उनीहरुको बिहे पनि भयो । तर प्रियांजनले उनलाई घरबाट बाहिर निस्कनै दिँदैनथे । पछि डायनेले थाहा पाइन् प्रियांजनले उनीसँग पैसाको लागि मात्र बिहे गरेका थिए ।

स्कटल्याण्डकी डायनेले बिहेका लागि श्रीलंका आउनुअघि १ करोड ३० लाख नेपाली रुपैयाँ बराबरको सबै सम्पत्ति बेचेर आएकी थिइन् । त्यो सबै पैया उनले प्रियांजनलाई दिइन् ।

तर, अचानक प्रियांजनको हत्या भयो । उनका एक साथीको घरमा उनको शव भेटिएको थियो । उनको हत्या कसले ग¥यो भन्ने अहिलेसम्म खुलेको छैन ।

डायनेलाई प्रियांजनको त्यही साथीले हत्या गरेको आशंका छ जसले उनीहरुलाई विवाह गर्न दवाव दिएको थियो । तर त्यो साथी को हो भन्ने उनले चिन्दिनन् ।

अहिले उनीसँग न पति छन् र पैसा । उनी अहिले स्कटल्याण्ड फर्कन चाहन्छिन् । तर, पैसा नभएका कारण उनी अलपत्र परेकी छिन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tn6Xl2
via IFTTT

शत्रुलाई पनि नहोस, दुई जिउकी श्रीमती बुढो भेट्न बाटोमा, श्रीमानको अकालमा मृत्यु

काठमाडौं, १४ असार । डाक्टरले असार ३ गते सन्तान जन्मने मिति तोकेपछि श्रीमतीले पटकपटक फोन गरेर इलाका प्रहरी कार्यालय मुग्लिनमा कार्यरत दीपक मास्केलाई घर आउन आग्रह गरे पनि इन्स्पेक्टर योगेन्द्र हमालले सुत्केरी हुँदैमा घर जानुपर्छ र भनिदिँदा एकप्रकारले डिप्रेसनमा परेका थिए उनी ।

दोहोरो चेपुवामा एकसुरेजस्तै बनेका दीपकले गाँजासेवन गर्न थाले । धादिङ जिल्ला घर भई तीन वर्षअिघ मात्र असइबाट जागिरमा आएका निश्चल तामाङकी श्रीमती महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत छिन् । १० दिने बिदा मिलाएर श्रीमान्लाई भेट्न आउँदै थिइन् । तर, जुन दिन श्रीमतीले फोनमा मुग्लिन आउने जानकारी गराइन्, त्यसै दिन नारायणगढ खण्डको कालीखोलामा गएको पहिरोमा परी उनीहरुको ज्यान गयो ।

गत बिहीबार चारकिलोमा गएको पहिरो पन्छाएर फर्केका असई निश्चल, बारा निजगढका चालक प्रज दीपक मास्के, जवान इच्छाकामना गाउँपालिका ३ चुमखोला चितवन घर भएका लीलाबहादुर चेपाङ, तनहुँ जिल्ला मानेचोकाका सन्दीप कार्की कालीखोला आइपुग्दा ससानो ढुंगा खसिरहेका थिए ।

मालवाहक गाडीमध्ये एउटा ट्रकको ड्राइभरले असईसा’ब, ढुंगा खसिरहेको छ, एकछिन रोकिनू भन्दै थिए तर चालक दीपकले कटिहालिन्छ नि भनी अघि बढेको केही मिनेट बित्न नपाउँदै उनीहरु सवार ना१झ १३९० नम्बरको प्रहरी भ्यानलाई पहिरोले बगायो । छोटो समयमै मुग्लिनबासीको आँखाको नानीजस्तै बनेका असई निश्चल र चालक मास्केको लाश भोलिपल्ट कालीखोलादेखि झण्डै सय मिटर तल क्षतविक्षत अवस्थामा फेला पर्‍यो । जनआस्था साप्ताहिकमा अञ्जनकुमार हिमालीले खबर लेखेका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ukuxMr
via IFTTT

सैफ अलि खानकी बहिनी २७ सय करोडकी मालिक, तर अझै अविवाहित !

काठमाडौं, १४ असार । बलिउड अभिनेता सैफ अली खानकी बहिनी सब अली खान २७ सय करोडकी मालिक हुन् । उनी फिल्म लाइन भन्दा टाढा छिन् । त्यसैले उनको मिडियामा चर्चा हुँदैन ।

पारिवारिक कार्यक्रमबाहेक उनी अन्य कुनै इभेन्टमा खासै देखिन्नन् । उनको उमेर ४१ बर्ष भइसकेको छ । तर उनी अझै अविवाहित छन् । उनी ज्वेलरी डिजाइनर हुन् । उनको आफ्नै व्यवसाय छ ।

उनले केही समय अघि हिराको व्यवापार समेत थालेकी छन् । सैफले पत्नी करिना कपुरको जन्मदिनका लागि हिराको हारको डिजाइन गर्न सबालाईनै जिम्मा दिएका छन् । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tngzfu
via IFTTT

मध्यरातमा भूकम्पको कडा धक्का, सर्वसाधारण त्रसित

काठमाडौं । बिहीबार राति १२ बजेर ९ मिनेट जाँदा रामेछाप केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पले रामेछाप र त्यस आसपासका क्षेत्रमा धक्का दिएको थियो । भूकम्प गएपछि मध्यरातमा सुतिरहेका सर्वसाधारणमा त्रास फैलिएको थियो ।

रामेछाप केन्द्रविन्दु भएर गएको उक्त भूकम्प दुई वर्ष अघिको शक्तिशाली भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दुई वर्षअघि २०७२ साल बैशाख १२ गते गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछि कैयौँ पटक पराकम्पनहरु गएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sT3XfC
via IFTTT

ब्राभोले तीन पेनाल्टी रोके, पोर्चुगललाई हराउँदै चिली फाइनलमा

http://ift.tt/2tmYIG8१५ असार, काठमाडौं । गोलकिपर क्लाउडिओ ब्राभोले उत्कृष्ट प्रदर्शनसँगै चिलीले पोर्चुगललाई हराएको छ र कन्फेडेरेसन कप फुटबलको फाइनलमा पुगेको छ । टाइब्रेकरमा चिलीका गोलरक्षक ब्रभोले पोर्चुथलको तीन पेनाल्टी रोकेका थिए ।

from ARENA http://ift.tt/2sjGpSm
via IFTTT

काँग्रेस प्रतिनिधिमाथि खुकुरी प्रहार, एमाले नेतृ झाँक्री प्रहरी नियन्त्रणमा

गुल्मी– गुल्मीको मालिका गाउँपालिकास्थित म्यालपोखरी मतदान केन्द्रमा नेपाली काँग्रेसका प्रतिनिधिमाथि खुकुरी प्रहार भएको छ । काँग्रेस प्रतिनिधि हरेराम खत्रीसहित दुई जनामाथि खुकुरी प्रहार भएको काँग्रेस नेता खिलध्वज पन्थीले जानकारी दिए ।

खत्रीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एमाले नेतृ रामकुमारी झाँक्रीलाई नियन्त्रणमा लिएको छ । दुई पक्षबीच विवाद हुँदा झाँक्रीलाई सुरक्षित स्थानमा ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी भोलाबहादुर रावलले बताए । मतदानका क्रममा दुई पक्षबीच ढुंगा हानाहान भएको र घटनाकोबारे विस्तृत जानकारी नआएको प्रहरी प्रमुख रावलले बताए ।

नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताकाअनुसार झाँक्री नेतृत्वको एक समुहले खत्रीसहितका आफ्ना कार्यकर्तामाथि खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।
बुधबार विहान वाङलामा काँग्रेस कार्यकर्ता अनिल विकमाथि छुरी प्रहार भएको छ । छुरी प्रहार भइ घाइते विकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ratopati

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sRgIqY
via IFTTT

चीनले संसारकै खतरनाक पनडुब्बी बनाएपछि भारत थुरथुर

काठमाडौं, १३ असार । चीनले संसारकै सबैभन्दा खतरनाक पनडुब्बी बनाएको छ । जुन पनडुब्बी संसारकै सबैभन्दा शक्तिशाली समेत हो । चीनको अनुसन्धान संस्था चाइनिज एकेडमी अफ साइन्सले संघाई प्रान्तमा यो पनडुब्बी बनाएको हो ।

यो पनडुब्बीलाई ‘ सुपर कन्डक्टिभ म्याग्नेटिक एनोमली डिटेक्सन एरे ’ नाम दिइएको छ । यो पनडुब्बीले समुद्रमा लुकेका खनिज तथा अन्य पनडुब्बीलाई चाँडो पत्ता लगाउन सक्ने बताइएको छ । चीनले यसको सफल परिक्षण समेत गरिसकेको छ ।

चीनले खतरनाक पनडुब्बी बनाएपछि भारतले चुनौती थपिएको भन्दै चीनलाई टक्क दिन योजना बनाएको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतले चीनलाई समुद्रमा टक्कर दिनकै लागि ६० हजार करोड रुपैंया खर्च गर्न लागेको बताइएको छ । जस अनुसार निजी कम्पनीहरुले पनडुब्बी बनाउने छन् । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uiJq22
via IFTTT

बम समात्ने प्रहरीको सम्मानमा अबिर जात्रा, स्कूले केटाले फालेका थिए बम

काठमाडौं, असार १४ – प्रहरीका एक हबल्दार आज एकाएक चर्चामा आए । असार १४ गते उहाँका लागि अविस्मरणीय भयो । बम बारुदसँग खेलेको पौठाजोरीले उहाँको ज्यानै ज्यान पनि सक्थ्यो तर भाग्य नै भन्नुपर्छ केही भएन । उहाँको साहसिक निर्णयले धेरैको ज्यान जोगायो । अहिले उहाँको साहसको चौतर्फी प्रशंसा भएको छ ।

प्रहरी पहरा गण काठमाडौंमा दरबन्दी भएका हबल्दार हुन् दुर्गाबहादुर राना । उहाँ एकसाता अघि चुनावी सुरक्षाका लागि दाङ खटिनुभएको थियो । हबल्दार रानाको घर सल्यानको शारदा नगरपालिका वडा नम्बर १ हो ।

दाङको तुलसीपुर नगरपालिका वडा नम्बर ३ श्री माध्यमिक विद्यालय प्रतापकोट अम्बास मतदान केन्द्रको जिम्मा प्रहरी नायव निरीक्षक गोपाल शर्माले पाउनुभयो । उहाँ जिल्ला ट्राफिक कार्यालय जाजरकोट चुनावका लागि त्यहाँ आउनुभएको हो । उहाँको साथमा ५ जना प्रहरी र ६ जना म्यादी प्रहरी गरी १२ जनाको टोली थियो । जहाँ अहिले बम पक्रिएर सर्वत्र चर्चा पाउनुभएका प्रहरी हबल्ल्दार राना पनि हुनुहुन्थ्यो ।

‘१२ जनाको सुरक्षा टोली लिएर म एक हप्तादेखि नै त्यस क्षेत्रमा खटिएको थिएँ । यो अतिसंवेदनशील क्षेत्र मानिन्थ्यो’ प्रहरी नायव निरीक्षक शर्माले उज्यालो अनलाइनसँग भन्नुभयो ‘मैले त्यसै अनुसार सुरक्षा तयारी गरेको थिएँ ।’

पालैपालो रातदिन २४ सै घण्टा त्यस मतदान केन्द्रको सुरक्षा दिइएको थियो । बुधबार मतदान गर्ने दिन बिहानैदेखि सुरक्षा व्यवस्था अझ मजबुद बनाइएको थियो ।

कडा सुरक्षाकैबिच बिहान साढे ९ बजे दाङको तुलसीपुर नगरपालिका वडा नम्बर ३ श्री माध्यमिक विद्यालय प्रतापकोट अम्बासमा एकाएक बम फालियो । ‘लाइनमा बसेका मतदाता भन्दा अघि म थिएँ’ बम पक्रिने प्रहरी हबल्दार रानाले भन्नुभयो ‘मतदाता अगाडि खसेको बम च्याप्पै समाएर घारीतिर फालिदिएँ ।’

प्रहरी हबल्दार रानाले उज्यालो अनलाइनसँग कुरा गर्दै भन्नुभयो । बिहानै हुस्सु लागेको थियो टाढाको मान्छे देख्न सक्ने अवस्था पनि थिए । त्यस्तै वरपर घारी थियो बम कस्ले फाल्यो पत्तै पाइन ।’

हबल्दार रानाले भुँइमा खस्ने बित्तिकै समाएर घारीतिर फालेको बम त्यसको दुई तीन सेकेण्डमै पड्किएको थियो । हबल्दारले फालेको सुतली बम होे ।

उहाँले आफू नागरिकलाई सुरक्षा दिन खटिएकाले आफ्नो जिम्मेवारी पूरा गर्न जोखिम मोलेर बम फालेको जानकारी दिनुभयो ।
मिडियामा नचाहिँदो हल्ला

प्रहरी हबल्दार दुर्गाबहादुरले साहसिक काम गर्नुभयो । धेरैको ज्यान जोगियो । उहाँको यो साहसिक कामको चौतर्फि प्रशंसा भयो । तर कतिपय मिडियामा घटनाको बढाइचढाई भएको देखियो । हबल्दार दुर्गाबहादुरको कामको प्रशांस हुँदै गर्दा कतिपय कुरा बनावटी भएको घटनाका प्रत्यक्षदर्शी सई गोपाल शर्माले उज्यालो अनलाइनसँग बताउनुभयो ।

‘हामी पनि मान्छे हौं नि । मिडियामा आएजस्तो भुइँमै नखसी, च्याप्पै फिल्मी शैलीमा बम क्रिएको भन्ने समाचार आएको त्यस्तो होइन । बढाइ चढाइ गरिएको हो । बम भुइँमा खस्ने बितिकै उहाँले पक्रेर फाल्नुभएको हो । यद्यपी काम निकै जोखिमपूर्ण नै हो’ सई शर्माले भन्नुभयो ।

प्रहरीलाई अविर जात्रा

बम समाएर फालेको सई गोपाल शर्माको टोली र प्रहरी हबल्दारको प्रंशास भयो । मतदान गर्न आएका नागरिकले जोखिम मोलेर बम फाली नागरिकको ज्यान जोगाएको भन्दै अविर जात्रा नै गरेको सई शर्माले जानकारी दिनुभयो । स्थानीय बासिन्दा खुसी भएर प्रहरीको प्रशंसा गरेका थिए । त्यस्तै प्रहरी हबल्दार रानालाई स्थानीय बासिन्दाले बोकेर मतदान केन्द्र वरपर घुमाएका थिए । उनीहरुले फूल, माला अबिर लगाएर सम्मान गरेका हुन् ।
बम फाल्नेले स्कूलको ड्रेस लगाएका थिए

कडा सुरक्षाका बिच मतदान केन्द्रमा बम फाल्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । हुस्सु लागेको र वरपर झाडी भएकाले बम फाल्नेको पहिचान हुन नसकेको सई शर्माले जानकारी दिनुभयो । यद्यपी घटनाको अनुसन्धानबाट केही कुरा भने खुलेको सई शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार बम फाल्न दुईजना १६/१७ वर्षका युवक आएका थिए । स्कूलको ड्रेसमा आएका उनीहरु बम फालेर भागेका थिए । घटनास्थलबाट तीन किलोमिटर पर उनीहरु भाग्दै गरेको देखेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सई शर्माले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । स्कुले विद्यार्थीको प्रयोग गरेर कसैले फाइदा लिन खोजेको प्रहरीले जनाएको छ ।
माओवादी कार्यकर्ताले फोन लगाए गृहमन्त्रीलाई

बम पक्रिएपछि सर्वत्र चर्चा बटुलेका प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई स्थानीय बासिन्दाले बधाई मात्रै दिएनन् । गृह मन्त्री जनार्दन शर्मासम्मलाई फोन लगाउन भ्याए । ‘हामीले गृहमन्त्रीलाई फोन गर्छौ, तपाईले राम्रो काम गर्नुभएको छ’ भन्दै उनीहरुले गृहमन्त्रीलाई फोन लगाएको सई शर्माले बताउनुभयो । फोन गर्नेहरु स्थानीय माओवादी केन्द्रका कार्यकर्ता थिए ।

मन्त्री शर्माले फोनमा बम पक्रिने प्रहरी हबल्दारसँग कुराकानी गर्नुभएको थियो । कुराकानीमा उहाँले सुरुमा साहसिक काम गरेको भन्दै हबल्दार रानालाई बधाई दिनुभएको थियो । ‘गृह मन्त्रीले मलाई बधाई दिनुभयो त्यसपछि गर्नु पर्ने जति तपाईलाई गरौंला भन्नुभयो’ प्रहरी हबल्दार रानाले भन्नुभयो ।
को हुन् हबल्दार दुर्गाबहादुर ?

सल्यानको शारदा नगरपालिका वडा नम्बर १ घर भएका हबल्दार दुर्गाबहादुर राना २०६० सालमा प्रहरी जवानमा भर्ना हुनुभएको हो । एसएलसी पास हबल्दार अहिले प्रहरी पहरा गण काठमाडौंमा कार्यरत हुनुहुन्छ । उहाँ गएको वर्ष हबल्दारमा बढुवा हुनुभएको हो । उहाँले भिड नियन्त्रण सम्बन्धी आधारभूत तालिम लिनुभएको छ । प्रहरीमा कुनै कारबाही नभोगी राम्रो छवी बनाएको प्रहरी कर्मचारीका रुपमा हबल्दार राना चिनिनुहुन्छ । ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tkX9IJ
via IFTTT

के तपाईलाई पाइल्स छ ? एक महिनामै ठिक हुने अचुक उपाय

तपाईलाई पाइल्स छ ? एक महिनामै ठिक हुन मुला खानुहोस्

पाइल्स रोकथाममा पनि मुलाभन्दा उत्तम विकल्प अर्को छैन । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या केही महिनामै समाधान हुने गर्दछ । यसको सबैभन्दा ठुलो फाइदा यो हो कि मुलाको नियमित सेवनबाट पाइल्ससम्बन्धी समस्या बढ्दा पनि बढ्दैन ।

पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ । पाइल्सका रोगीका साथ सबैभन्दा ठुलो समस्या यस विषयमा डाक्टरलाई बताउनु हो । तर, यो गलत हो । डाक्टरसँग सल्लाह लिएर यसको उपचार गर्नु आवश्यक छ। औषधिका साथसाथ घरेलु उपायबाट पनि केही दिनमा तपाई यो समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ ।

पाइल्सका रोगीहरुलाई सामान्यतः मुला खान सल्लाह दिने गरिन्छ । यसको सबैभन्दा ठुलो कारण हो, मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले स्टुललाई मुलायम गर्न सहयोग गर्दछ । यसबाट पाचन प्रक्रियापनि राम्रो हुन्छ । मुलामा कयौ यस्ता तत्व पाइन्छ, जुन पाइल्सका भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छ । यसका साथै मुलाले चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ ।
पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाई चाहनु हुन्छ भने यसलाई पिँधेर पनि सेवन गर्न सक्नु हुन्छ ।

अझ तपाई मुलाको रस निकालेर पनि पिउन सक्नु हुन्छ । मुलाको रस सेवन गर्दा भने एकपटक चिकित्सकको सल्लाह आवश्य लिनुस् । तपाई मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न लगाउन पनि सक्नु हुन्छ । अहिले त बजारमा मुलाको पाउडर पनि सहजै पाइन्छ ।

-EverydayKhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s1CFkt
via IFTTT

अर्घाखाँची : एमाले र माओवादीको झडप, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

अर्घाखाँची, असार १४ – अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबिच भएको झडपमा घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

मालारानी गाउँपालिका वडा नम्बर ३ खनदहको सुन्धरा प्रावि मतदान केन्द्रमा मतदानको समयमा भएको विवादले उग्र रुप लिएपछि एमालेका कार्यकर्ताको कुटपिटबाट माओवादीका कार्यकर्ता तथा अखिल क्रान्तीकारीका नेता नारायण खनाल घाइते भएका थिए । ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tkyTpB
via IFTTT

Tuesday, June 27, 2017

रातमा घरबाहिर कुकुर रोएको सुन्नु भयो ? यस्तो छ त्यसको संकेत: जानी राख्नुहोस!!

तपाई आफैँ भन्नुहोस्, यदि रातको समयमा कुनै जनावरको चर्को आवाज वा रोएको आजाव सुन्नुहुन्छ भने तपाई कस्तो महसुश गर्नुहुन्छ ? सबैभन्दा पहिले हामी कुनै न कुनै किसिमको अशुभ संकेत मान्ने थाल्छौँ ।

प्राचिन मान्यताअनुसार यदि रातको समयमा घरको बाहिर कुनै कुकुर रोएको आवाज आउँछ भने यो आउँन लागेको मृत्युको सूचक हो वा भविष्यमा आउन लागेको संकटलाई दर्शाउछ भनिन्छ । त्यसैले जब घरको बाहिर कुनै कुकुर रुन्छ भने त्यसलाई खेद्ने वा भगाउँने गरिन्छ ।

तर, के कुकुर रुनु साच्चिकै कुनै पनि अशुभ संकेत हो ? वा यो पनि अन्य भ्रामक मान्यताहरु जस्तै यो पनि एक बिना आधारको कुनै सोच हो । यसको उत्तर जवाफ कुकुर रुनुको वैज्ञाजिक आंकलनपछि जान्न सकिन्छ । वैज्ञानिकअनुसार, हामी जुनलाई कुकुर रोएको भन्छौ, वास्तवमा त्यो रोएको नभएर आफ्नो अर्को साथीसम्म एक विशेष प्रकारको संन्देश पुर्याउँन भुकेको हुन्छ । ऊ रोएको नभएर आफ्नो साथीलाई आफू रहेको ठाउँ थाहा होस् भन्ने हुन्छ ।

यसबाहेक यदि कुनै कुकुरलाई समस्या परिरहेको हुन्छ, तब ऊ आफ्नो साथीहरुलाई रोएको जस्तै आवाजबाट बोलाउँछ । कुकुरले तिखो आवाज सहन सक्दैन, त्यसैले ऊ विस्तारै–विस्तारै कराउँछ, जसलाई हामी रोएको सम्झन्छौँ ।

मानिसलाई जस्तै कुकुरलाई पनि एक्लो रहन मन पर्दैन । त्यसले जब ऊ एक्लो महसुश गर्न तब आफ्नो साथीहरु बोलाउँन भुक्न थाल्छ । तर, हामी यसलाई रोएको सम्झेनु गल्ती भनिएको छ । त्यसैले, यदि तपाईको घरबाहिर पनि कुकुर रोएजस्तो सम्झेर खेद्ने काम नगर्नुहोस् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tf89aj
via IFTTT

किन पक्राउ परे नायक पल शाह र पूजा शर्मा ?, हथकडी लगाएपछि फ्यानहरु हैरानीमा

काठमाडौं, १३ असार । हामी सबैलाई थाहा छ, कसैले गल्ती गरेको खण्डमा प्रहरीले पक्राउ गर्छ र हथकडी लगाएर नियन्त्रणमा लिन्छ । प्रहरी बाहेक अरुले हथकडी बोक्ने र लगाइदिने कार्य गर्न पाउँदैनन् । अहिले नायक पल शाह र नायिका पूर्जा शर्मालाई हथकडी लगाइदिएको तस्विर सार्वजनिक भएको छ ।

सो तस्विर सार्वजनिक भएसँगै उनीहरुका फ्यानहरु हैरानीमा परेका छन् । किन लगाइयो पल र पूजालाई हथकडी ? यही प्रश्नले उनीहरुका फ्यानहरु हैरानीमा परेका हुन् ।

तर, उनीहरुलाई हथकडी वास्तविक जीवनमा लगाइएको हो । चलचित्र ‘म यस्तो गीत गाउँछु’मा आफ्नो भूमिका निर्वाह गर्नेक्रममा लगाइएको हो ।

सो चलचित्रको सार्वजनिक भएका ट्रेलर र गीतमा उनीहरुलाई हथकडी लगाइएको दृश्य नदेखाइएपनि पोष्टर भने देखाइएको हो । उक्त पोष्टर सार्वजनिक भएपछि फ्यानहरु किन लगाइयो उनीहरुलाई हथकडी भन्ने जिज्ञासा मेट्न चलचित्र रिलिजलाई पर्खेर बसेका निर्माणपक्षको भनाइ छ ।

यही असार ३० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । medianp.tv

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ucTolc
via IFTTT

सीमा सुवेदी नेपालबाट गुगलमा सर्वाधिक खोजिने व्यक्तिको शीर्ष स्थानमा

नियोस्टफ्स

सीमा सुवेदी जताततै छिन् – उनी तपाईंको फेसबुकको न्यूजफिड, ट्वीटर, युट्युब र अन्य सोसल प्लेटफर्म भरी छिन् । यदि तपाईंलाई उनीबारे थाहा छैन भने तपाईं सायद समाज भित्रै पर्नुहुन्न ।

विवाद त्यतिबेला निम्तियो जब उनले यो हप्ताको सुरुवातमा फेसबुकमा लाइभ स्ट्रिममार्फत गोर्खाल्याण्ड आन्दोलन, भारतमा रहेक नेपाली भाषी र पूरा नेपालीबारे आफ्नो धारणा व्यक्त गरिन् । उनले भारतीय गोर्खाली (नेपाली भाषी भारतीय नागरिक) र नेपाली पूर्ण रुपमा फरक भएको बारे बारम्बार दोहोराइन् । आफू भारतीय हुनुमा उनलाई गर्व भएको वाक्यलाई पनि उनले सुगा रँटाई गरिन् । तर यसले नेपालीलाई केही पनि फरक पारेको थिएन किनभने यो वास्तविकता हो तर नेपाली त्यतिबेला रिसाए जब उनले नेपालीलाई भारतमा भाँडा माझ्नका लागि आउँछन् भनेर गाली गरिन् । उनी सम्भवतः नेपालीले सबैभन्दा घृणा गर्ने महिला पात्र बनेकी छिन् ।

उनको लाइभ भिडियो समाप्त भएलगत्तै त्यसलाई फेसबुक ह्यान्डलमा सेभ गरियो र नेपाली फेसबुक पेज, युट्युब च्यानल र अनलाइन पोर्टलले उनीबारे समाचार लेखे, उनले नेपाल र नेपालीलाई गरेको अपमानबारे लेखे ।

यद्यपी, उनी अहिले नेपालबाट गुगलमा सबैभन्दा बढि खोजिने व्यक्तिमा परेकी छिन् । यसका लागि गुगल ट्रेन्ड डाटा हेर्न सकिन्छ ।

अहिलेसम्म उनलाई नेपालबाट सायद कसैले गुगल खोजी गरेका थिएनन् । तर उनको भिडियो भाइरल बनेपछि उनलाई इन्टरनेटमा खोजी गर्नेको ताँती एकाएक उच्च भएको छ ।

सीमाको पहिलो भिडियोमा मानिसहरुले उनलाई तथानाम गाली गरेपछि उनी आइतबार पुनः फेसबुकमा दोस्रो पटक लाइभमा देखिइन् । यसपटक उनले नेपालीमा बोलेर माफी मागेकी छिन् तर नेपालीहरु भने उनलाई माफी दिने पक्षमा देखिँदैनन् ।

को हुन त सीमा सुवेदी ?

मुम्बईमा बस्ने सीमा सुवेदी श्रेष्ठ असामको स्वागपुरकी हुन् । उनले सन् २०१६ को मिसेज इन्डियाको उपाधी जितेकी छिन् । त्यसै वर्ष उनले मिसेज एसिया इन्टरनेशनल २०१६ मा भारतको प्रतिनिधित्व गरेकी थिइन् जसमा उनले मुख्य उपाधि हात पार्न सफल भइन् ।source:ratopati.com

 

http://ift.tt/2sWlh1D

from SHYANE http://ift.tt/2tRn48q
via IFTTT

पाल्पामा बस दुर्घटनामा एकको मृत्यु

रामपुर (पाल्पा), १३ असार । पाल्पाको तानसेन नगरपालिका–१२ को बौघापोखराथोकमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

बुटवलबाट बागलुङको बुर्तिवाङका लागि छुटेको लु १ ख ६११६ नम्बरको बस गएराति करिब १० बजे दुर्घटना हँुदा गोरखाका १७ वर्षका पदमकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ भने घाइते गुल्मी वालिटक्सारकी २६ वर्षीय हेमकुमारी काफ्लेको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बसमा कति यात्रु थिए भन्ने र दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बस र चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2shAdp7
via IFTTT

आफ्नो पतिसँग बोलेको भन्दै दुइ महिला यसरी सडकमै भिडे

एजेन्सी । अरुले भनेको कुरा सुनेको भरमा दुई महिला शनिबार सडकमै बजाले भिडे । हेर्दा हेर्दै दुवैले एक अर्कालाई मजाले कुटे । सुरुमा उनीहरु एक अर्कालाई आरोप लगाउँदै थिए तर एकैछिननमा मजाले कुस्तीझै भिड्न थाले । घटना भारतको गोरखपुरमा भएको बतायएको छ dcnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sMqryO
via IFTTT

ह्वात्तै मोटाएकी करिनाले दुब्लाउनका लागी चालिन् यस्ता कदम

एजेन्सी । स्वस्थ र सुन्दर जीवन बाँच्न योगले निकै सहायता गर्ने गर्दछ । त्यसमाथि पनि बलिउडका अधिकांश हिरोइनले आफ्नो सुन्दरता कायम राख्न योगको सहारा लिने गरेका छन् । सधैँ फिट एन्ट फाइन रहनका लागि शिल्पा सेट्टी, मलाइका अरोरा, करिना कपुर, आलिया भट्टलगायतका हिरोइनले जिमका साथै आफ्नो दैनिकीमा योग पनि सामेल गर्ने गरेका छन् ।

शिल्पाले त योग सिकाउँछिन् पनि । भारतीय अनलाइनले नियमित योग गर्ने हिरोइनबारे रिपोर्ट नै तयार पारेका छन् । जसमध्येकी एक प्रमुख पात्र हुन् करिना कपुर । करिना कपुर आमा बन्नुअघि योगप्रति करिनाको त्यति धेरै लगाव थिएन ।

कहिलेकाहीँ योग गर्ने गरेकी उनी आमा बनेपछि मोटाइन् । आफ्नो तौल घटाउनका लागि उनले योग क्लास सुरु गरिन् । अचेल उनी आफूलाई पहिलाकै अवस्थामा ल्याइपु¥याउन लागेकी छिन् । करिना अचेल प्रायः योग र जिमखानामा भेटिने गरेकी छिन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2thPGdO
via IFTTT

भाग्यमानी हुन्छन् त्यस्ता मानिस, जसको हातमा यस्तो ‘अक्षर’ हुन्छ

हातका रेखाले पनि हाम्रोबारे धेरै कुरा बोल्छन् । ‘हस्तरेखा शास्त्र’का अनुसार हतकेला, पञ्जा र औंलाले हाम्रो भविश्यबारे धेरै संकेत दिन्छन् । यसले हाम्रो स्वभावको बारेमा पनि धेरै कुरा बताउँछन्, साथै हाम्रो भविश्य कस्तो छ भन्ने पनि यसबाट थाहा पाउन सकिन्छ ।

जुन मानिसलाई हस्तरेखा शास्त्रबारे थोरै पनि ज्ञान हुन्छ, उनीहरु यो जान्छन् कि हातको रेखाले भविश्यको सटिक अनुमान लगाउन सकिँदैन । किनकी हातका रेखाहरु व्यक्तिले गर्ने राम्रा नराम्रा कामले हरेक पल बदलिरहन्छन् । तर, हस्तरेखाको माध्यमबाट भविश्यका संकेतबारे अनुमान लगाउन सकिन्छ, जसलाई हामीले नकार्न सकिन्न ।

भविश्यको अनुमान

यदि हामीलाई भविश्यमा हुन सक्ने घटनाबारे पहिले नै जानकारी हुन्छ भने हामी त्यससँग जोडिएर आउने नराम्रो समयलाई पहिले नै टार्न सक्छौं । पूर्ण रुपबाट नभएपछि त्यसको नराम्रो असरबारे बच्न हामीले पूर्वतयारी त गर्न सक्छौं ।

व्यक्तिगत स्वाभावबारे जानकारी

हस्तरेखाको अध्ययनबाट हाम्रो व्यक्तिगत स्वभावको बारेमा जान्न सकिन्छ । हामीमा कस्तो स्वभाव छ, के कुरा मन पर्छ, हामीलाई कस्ता मानिसहरु मन पर्छन्, यी सबै जानकारी हस्तरेखाबाट पाउन सकिन्छ ।

केही अन्य जानकारी

हस्तरेखाको अध्ययनबाट हामीले अन्य धेरै कुरा पनि जान्नसक्छौं, जो हाम्रो सामान्य जानकारीभन्दा धेरै हुन्छ । एक असल हस्तरेखा शास्त्रीले हामीलाई यसबारे जानकारी दिन सक्छ ।

हातमा खास अक्षर

खासमा हाम्रो हातको रेखामा एक खास अक्षर पनि लुकेको हुन्छ । यो अंग्रेजी अक्षर ‘एम’ हो । यदी कुनै व्यक्तिको हातको रेखालाई जोडेर यो अक्षर बन्छ भने ती व्यक्तिहरु धेरै भाग्मानी हुने मानिन्छ ।

यस्ता व्यक्तिलाई ‘भगवानको सन्तान’ पनि भन्ने गरिन्छ । शास्त्रअनुसार त्यस्ता व्यक्तिमाथि भगवानको आशिर्वाद हुन्छ ।

जो व्यक्तिको हातको रेखाबाट ‘एम’ अक्षर बन्छ, यस्ता व्यक्तिहरु धेरै बुद्धिमान हुन्छन् । यीनिहरु जुनसुकै काममा पनि आफ्नो प्रभाव छोड्न सक्छन् ।

साथै त्यस्ता व्यक्ति धेरै इमान्दार पनि हुन्छन् । यस्ता व्यक्तिसँग मित्रता गर्ने तथा आफन्तहरुमा पनि त्यसको सकरात्मक असर पर्छ । एजेन्शीहरुको सहयोगमा

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tRd6no
via IFTTT

सिलगुडीमा गोर्खाल्याण्डको विरोध

एजेन्सी। दार्जिलिङमा दुई सातादेखि गोर्खाल्याण्डको मागसहित आन्दोलन चलिरहेका बेला सिलगुडीमा यसको विरोध भएको छ । पहाडी क्षेत्रलाई बंगालबाट अलग गर्न खोजिएको भन्दै यहाँका बंगाली युवाहरुले विरोध सुरु गरेका हुन् । हजारौंको संख्यामा युवा युवती प्रदर्शनमा सहभागी थिए ।

उनीहरुले हृदय आमार आमार बांग्ला, तार भागन मेने नेबो ना, रक्त दिये नेभाबो आगुन, टुकरो होते देबो ना लेखिएको ब्यानरसहित र्याली गरेका थिए । यसको लागि शनिबारदेखि नै सोसल मिडियामार्फत प्रचार गरिएको थियो ।

कडा सुरक्षाका बीच प्रदर्शनकारीहरुले सहरका मुख्य मुख्य भागहरु परिक्रमा गरे । उनीहरु सिलिगुडी जंक्सनतर्फ जान लाग्दा प्रहरीले नदिएपछि पौने घण्टा तनाव भएको थियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2thXAUm
via IFTTT

पशुपति प्रसादका खगेन्द्रले खोले एक कप कफीमा विवाह गर्नुको रहस्य

काठमाडौं, असार १२ – थिएटर हुँदै सिनेमामा आएका अभिनेता खगेन्द्र लामिछानेलाई सेलिब्रेटी भइकन पनि सेलिब्रेटी जीवन जिउन मन पर्दैन ।

साधारण जीवन जिउन मन पर्ने लामिछाने साधारण परिवारबाट आएकै कारण पनि उनी आफूलाई हाइफाई दिएर लक्जरी जीवन भन्दा साधारण मान्छे भएर धर्तीमा टेकेर जिउन मन पर्ने बताउँछन् । यहाँसम्मकी लामिछानेले जीवनको विशेष दिनलाई पनि सामान्य तरिकाले मनाएका छन् । त्यो हो उनको विवाह । प्रेमीका रोजीना सिटौलासँग केही वर्षअघि सामान्य तरिकाले उनले मन्दिरमा विवाह गरे ।

विवाहपछि दुई जनाले कफी खाएर विवाहलाई स्पेसल बनाएको खगेन्द्र सम्झन्छन् । लामो समय विविसी नेपाली सेवामा ‘कथा मीठो सारङ्गीको’ नाटक लेखनको काम गरेका खगेन्द्रले देशका विभिन्न भू–भाग घुमेर समाज बुझ्ने मौका पाएका थिए । त्यही सिकाइबाट पनि उनी साधारण सोचमा जीउन मन पराउँछन् ।

तर एउटा कलाकार भइकन पनि तपाईँले विवाह सामान्य तरिकाले गर्नुको कारण के ? भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘म सानैदेखि जब बुझ्ने भएँ मलाई दाइजो प्रथा फिटिक्कै मन पर्दैनथ्यो । म यसको विरोधी थिएँ । यहि कारण मलाई सामान्य तरिकाले विवाह गर्न मन लाग्थ्यो । मलाई अरुले दिएको उपहार लिन एकदमै अप्ठ्यारो लाग्छ । हुन त मानिसहरुले सद्भावले, राम्रो मनले नै दिन्छन् उपहार । तर मलाई भने त्यो उपहार लिन बडो अप्ठ्यारो लाग्छ । मैलै पैला–पैला पत्रिकाहरु पढ्थेँ । अनि त्यसमा दाईजोको कारण घटेका घटनाहरु देखेर साह्रै चित्त दुख्थ्यो । यहि कारण मैलै विवाहलाई सामान्य तरिकाले गर्ने सोच राखेर अघि बढेको थिएँ । खगेन्द्र अगाडि थप्छन्, मेरो मनमा के विचार पलाएको थियो भने, ‘कमसे कम म यो प्रथा रोक्न नसकुँला तर म चाहिँ यस्तो गर्दिन ।’ त्यस माथि मैलै जीवन साथी पनि त्यस्तै पाएँ । उहाँले पनि मलाई हरेक कुरामा साथ दिनु भयो । हामीले दुवैको सहमती पछि नै सामान्य तरिकाले विवाह गरेका हौँ । हाम्रो मात्रै हैन हाम्रो मन मिलिसकेपछि फेरि हामीले दुवै परिवारबाट पनि सहमती लियौँ । दुवै परिवारले सहमती दिईसकेपछि हाम्रो विवाह भयो । पहिले देखि नै म मा हामी दुई जना मात्रै गएर विवाह गर्ने चाहना थियो । त्यो कुरा पूरा पनि भयो ।’
यस कारण मन परिन् रोजीना

त्यस्तै कुराकानीका क्रममा खगेन्द्रले आफूलाई श्रीमती रोजीना सिटौलाका तीनवटा कुराले आकर्षित गरेको बताए । उनका अनुसार रोजीना अनुशासित, ईमान्दार र सहयोगी मनकी छिन् ।

उनले खगेन्द्रलाई हरेक दुःखमा साथ दिँदै आएकी छिन् । धेरैलाई उनीहरुको विवाह भएको केही वर्ष जस्तो लाग्छ । तर खगेन्द्र यो क्षेत्रमा संघर्ष गरिरहेको समयमा पनि रोजीना उनकै साथमा थिइन् ।
सिनेमासँगै जागिरमा व्यस्त रोजिना

रोजीना सिनेमा निर्माता हुन् । उनले टलकजंग भर्सेज टुल्के, पशुपति प्रसाद लगायतका सिनेमाहरुको निर्माण पनि गरिसकेकी छन् ।

निर्माताको अलावा उनी जागिरे पनि हुन् । उनी मार्टिन चौतारी नामक संस्थामा त्यहाँको एडमिन फाइनान्स चिफ भएर काम गरिरहेकी छिन् ।

उज्यालो र forseenetwork.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2thTjk8
via IFTTT